Connect with us
Advertisement

पथरी उद्योग वाणिज्य संघमा धनकुमार तामाङ विजयी

Published

on

पथरीः मोरङको पथरीशनिश्चरेमा रहेको पथरी उद्योग वाणिज्य संघमा धनकुमार तामाङको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । सोमबार भएको निर्वाचनमा जम्मा खसेको मत १ हजार ४ सय ५८ मध्ये तामाङले ७ सय ८ मत पाए । उनका प्रतिष्पर्धी दीपक बस्नेतले ६ सय ६८ मत पाए । तामाङ संयुक्त गठबन्धनका तर्फबाट साझा प्यानलका उम्मेद्वार थिए भने बस्नेत नेकपा एमालेको तर्फबाट उम्मेद्वार बनेका थिए ।

त्यस्तै, वरिष्ठ उपाध्यक्षमा यादव दुलालले ७ सय ६१ मत ल्याएर गठबन्धनतर्फका उम्मेद्वार ओमप्रसाद लिम्बूलाई पराजित गरे । लिम्बूले ५ सय ६४ मत पाए ।

उपाध्यक्षमा आशा राईले ७ सय ५५ मत ल्याउँदा प्रतिष्पर्धी रविन राईले ५ सय ९४ मत प्राप्त गरे । विजयी राईलाई एमालेको समर्थन रहेको थियो ।

महासचिवमा संयुक्त गठबन्धनका तर्फबाट उम्मेद्वार बनेका राजेन्द्र बस्नेतले ७ सय ६० मत ल्याएर विजयी भए । प्रतिद्वन्द्वी अशोक साम्पाङले ५ सय ८७ मत ल्याए ।
वाणिज्य सचिवमा एमालेका तर्फबाट उम्मेद्वार बनेका ईश्वरी सापकोटा ५ सय ५७ मत ल्याएर विजयी भए । उनका प्रतिष्पर्धीहरु खेमनाथ ढुङ्गेलले ४ सय ५३ र टुङकुमार श्रेष्ठले २ सय ७१ मत ल्याए । श्रेष्ठ स्वतन्त्र उम्मेद्वार थिए भने ढुङ्गेल गठबन्धनबाट उम्मेद्वार बनेका थिए ।

उद्योग सचिव पदमा प्रेम प्रसाद सुवेदीले ६ सय ७० र मानबहादुर श्रेष्ठले ६ सय ४५ मत ल्याए । विजयी सुवेदी गठबन्धन प्यानलबाट उम्मेद्वार बनेका थिए ।

कोषाध्यक्ष पदमा विजयजंग बस्नेतले ७ सय ६२ र उद्दवराज बस्नेतले ५ सय ४० मत ल्याए । निर्वाचनमा सर्वाधिक २ सय २२ मतले पराजित गरेका बस्नेत गठबन्धन प्यानलबाट उम्मेद्वार रहेका थिए ।

४ जना विजयी हुने खुला सदस्यहरुमा गठबन्धन तर्फबाट उम्मेद्वार रहेका तुलसी लुनिया ६ सय ११ तथा इन्द्रबहादुर राई ६ सय ५६ मतका साथ विजयी भए । एमालेका तर्फबाट उम्मेद्वार बनेका नीलम बस्नेत ७ सय २१ मत र हरिराज प्याकुरेल ६ सय ३ मत ल्याए विजयी भए । लुनिया पथरी उद्योग वाणिज्य संघका सबैभन्दा कान्छा उम्मेद्वार हुन् ।

अन्य सदस्यहरु खेमराज निरौलाले ५ सय ६८, दुर्गाराज खत्रीले ४ सय ३१, पृथ्वी आलेमगरले ५ सय १२ र बलिदान चेम्जोङले ५ सय ७१ मत प्राप्त गरे । मगर र चेम्जोङ गठबन्धन समूहका उम्मेद्वार थिए भने निरौला र खत्री एमाले समर्थित उम्मेद्वार थिए ।

२ जना निर्वाचित हुने महिला सदस्यहरुमा एमाले पक्षबाट ८ सय ६१ मतसहित देवी राई र संयुक्त प्यानलबाट ६ सय ७७ मतसहित जुनी थपलिया विजयी भए । मीता राईले ५ सय २५ र साझा प्यानलबाट मुना पाण्डेले ४ सय १३ मत ल्याए ।

उता, लेखा संयोजकमा ७ सय २५ मत ल्याएर कृष्णप्रसाद भट्टराई निर्वाचित भए । उनका प्रतिष्पर्धी गठबन्धन प्यानलका चन्द्रप्रसाद सापकोटाले ५ सय ११ मत ल्याए । लेखा सदस्यहरुमा गठबन्धन प्यानलका प्रदीप पराजुलीले ६ सय ८७ र संस्थापन पक्षका एल्सन बास्तोलले ६ सय ४० मत ल्याएर विजयी भए । गठबन्धन प्यानलका सन्तवीर विश्वकर्मा र एमालेका कृष्णबहादुर श्रेष्ठले समान ५ सय ७१ मत ल्याए ।

अध्यक्ष, महासचिव, कोषाध्यक्ष, उद्योग सचिव जस्ता मुख्य पद सहित ८ पदमा गठबन्धन प्यानलबाट निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, वाणिज्य सचिव, लेखा संयोजक सहित ८ पदमा भने गठबन्धन प्यानलका उम्मेद्वार पराजित भएका छन् ।

Continue Reading

Facebook Comment

1 Comment

Banner

चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारी स्वतः पदमुक्त

Published

on

गएको चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारीहरु स्वतः पदमुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अस्ति जारी गर्नुभएको ‘सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था अध्यादेश, २०८३’ को दफा २ को (१) मा यो व्यवस्था छ ।

दफामा सार्वजनिक पदाधिकारीहरुको नियुक्तिमा जुनसुकै शर्त, सुविधा र पदावधि तोकिएको भए पनि यो अध्यादेश प्रारम्भ भएपछि त्यस्ता पदाधिकारीहरु कार्यरत रहेको पदबाट स्वतः पदमुक्त हुने उल्लेख छ । यो अध्यादेश कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले हिजो सार्वजनिक गरेको हो ।

अध्यादेशको दफा २ को उपदफा (२) मा पदमुक्त भएको पदाधिकारीलाई सम्बन्धित मन्त्रालयको सचिव वा निजले अख्तियारी दिएको अधिकारीले पदमुक्त भएको सूचना दिने उल्लेख छ । दफा १ को (२) बमोजिम यो अध्यादेश कार्यान्वयनमा आइसकेको छ ।

प्रचलित कानुनबमोजिम नियुक्त तथा मनोनयन भएका वा तोकिएको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा तत्काल कानुनी व्यवस्था गर्न वाञ्छनीय भएको र हाल सङ्घीय संसद्को अधिवेशन नभएकाले यो अध्यादेश जारी भएको प्रस्तावनामा भनिएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले प्रशासनिक सुदृढीकरण र राज्यका निकायलाई नयाँ गति दिने उद्देश्यले यो कदम चालेको हो । अध्यादेश जारी भएसँगै विभिन्न ऐन र संरचनाअन्तर्गत राजनीतिक नियुक्ति पाएका कुल १ हजार ५९४ पदाधिकारी एकमुष्ट पदमुक्त भएका छन् ।

Continue Reading

Banner

विश्व प्रेस स्वतन्त्रता दिवसमा इन्द्रपुर जेसीजद्वारा सञ्चारकर्मी सम्मान

Published

on

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा इन्द्रपुर जेसीजले सुन्दरहरैंचामा सक्रिय सञ्चारकर्मीहरूलाई सम्मान गर्दै कार्यक्रम आयोजना गरेको छ।

जेसीज सचिवालयमा सम्पन्न कार्यक्रममा वर्ष २०२६ का अध्यक्ष समीर बस्नेत तथा प्रमुख अतिथि, संस्थाका पूर्व अध्यक्ष एवं रेडियो सुसेलीका अध्यक्ष रमेश खड्काले ९ जना सञ्चारकर्मीलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नुभयो।

सम्मानित हुनेहरूमा कृष्णचन्द्र सुवेदी (पूर्वी अनलाइन), खेमचन्द्र अधिकारी (शिखरबास खबर), गणेश मिश्र (रेडियो सुसेली), निरज खवास (फटाफट न्यूज), मणिराम दाहाल (नेपाल गौरव), राज पोख्रेल (इष्ट खबर), लीलानाथ गच्छदार (जनचर्चा टाइम्स), शिव भट्टराई (भोजपुरे सुन्दरहरैँचा अपडेट) र ज्ञाननाथ ढकाल (निष्पक्ष खबर) रहेका छन्।

पत्रकारितामार्फत सूचना प्रवाह, जनचेतना विस्तार तथा लोकतान्त्रिक मूल्य स्थापनामा योगदान पुर्‍याएको कदर गर्दै संस्थाले आफ्नो २५औँ वर्षगाँठको सन्दर्भमा सञ्चारकर्मीलाई सम्मान गरेको अध्यक्ष बस्नेतले जानकारी दिनुभयो।

प्रमुख अतिथि खड्काले सत्य, निष्पक्ष र विश्वसनीय समाचार प्रवाहमा सञ्चारकर्मीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै यस्तो पहलको प्रशंसा गर्नुभयो।

कार्यक्रममा सम्मानित सञ्चारकर्मीका तर्फबाट मन्तव्य राख्दै शिखरबास खबरका सम्पादक खेमचन्द्र अधिकारीले वर्तमान सरकार प्रेसमैत्री नभएको आरोप लगाउनुभयो। निजी सञ्चार माध्यमप्रति सरकारी विज्ञापन वितरणमा गरिएको कटौतीले सरकार निरङ्कुशतातर्फ उन्मुख भएको संकेत मिलेको उहाँको भनाइ थियो।

उक्त कार्यक्रममा इन्द्रपुर जेसीज र इन्द्रपुर जुनियर जेसीजका पदाधिकारी तथा सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

Continue Reading

Banner

राष्ट्रपति कार्यालय पुग्यो अर्को अध्यादेश

Published

on

सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन संशोधन गर्नका लागि अध्यादेश जारी गर्न राष्ट्रपति कार्यालय पठाएको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयमा दर्ता भएको अनलाइनखबरलाई जानकारी दिए ।

‘सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश पनि यसअघि नै आइसकेको हो, अध्ययनको क्रममै छ,’ उनले भने ।

सरकारले विभिन्न ८ वटा अध्यादेश राष्ट्रपति कार्यालय पठाएको हो ।

जसमध्ये सहकारी र सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी भइसकेका छन् ।

अन्य ६ वटा अध्यादेश भने अध्ययनकै क्रममा रहेको शाक्यले बताए ।

संवैधानिक परिषद् लगायतका केही अध्यादेशमा राष्ट्रपति पौडेलले बिहीबार कानुनविद्हरूसँग पनि छलफल गरेका थिए ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक