स्थानीय तह
जनप्रतिनिधि र बालबालिकाबीच राखिएको अन्तरक्रिया कार्यक्रमको जनप्रतिनिधिले नै गरे उपेक्षा
विराटचोकः सुन्दरहरैंचा नगरपालिकाले आफूहरुलाई उपेक्षा गरेको आरोप सुन्दरहरैंचाका बालबालिकाले लगाएका छन् । राष्ट्रिय बाल दिवसको अवसरमा आज आयोजित कार्यक्रममा आफ्नो धारणा राख्ने बालबालिकाहरुले यस्तो आरोप लगाएका हुन् ।
अरु बेला नगरपालिकाले उपेक्षा गरे पनि बाल दिवसको अवसरमा आयोजित कार्यक्रममा उपेक्षा हुँदैन भन्ने अनुमान गरे पनि मेयर, उपमेयर तथा अधिकांश वडाध्यक्षहरु कार्यक्रममा उपस्थित नभएर आफूहरुलाई खिसी गरेजस्तो लागेको उनीहरुले बताए ।

‘जनप्रतिनिधि र बालबालिकाबीच अन्तरक्रिया तथा सवालजवाफ’ शीर्षकमा भएको कार्यक्रममा जनप्रतिनिधि नै उपस्थित नभएपछि बालबालिकाले गुनासो गरेका हुन् । कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर ४ का अध्यक्ष शैलेन्द्र श्रेष्ठ र वडा नम्बर ७ का अध्यक्ष चैतन्यप्रसाद सिटौला सहभागी थिए । त्यस्तै, वडा नम्बर २ का सदस्य झरिलाल चौधरी, वडा नम्बर ४ की सदस्य दुर्गा चौधरी र वडा नम्बर ५ की सदस्य संगीता सापकोटा पनि उपस्थित थिए । अन्य जनप्रतिनिधि भने उपस्थित थिएनन् ।
नगर बाल सञ्जाल सुन्दरहरैंचाका अध्यक्ष मदन भण्डारीका अनुसार मेयर, उपमेयर तथा सबै वडाध्यक्षलाई कार्यक्रममा सहभागी भएर बालबालिकाले राखेका जिज्ञासा सुन्न र सल्लाह सुझाव दिन निमन्त्रणा गरिएको थियो । वडाध्यक्ष आउन नभ्याउँदा वडा सदस्यलाई प्रतिनिधिको रुपमा पठाउन अनुरोध गरिएको थियो ।

वडा नम्बर ४ का जनप्रतिनिधि केही समय कार्यक्रममा बसेर हिँडेका थिए भने केही ढिलो कार्यक्रममा पुगेका वडा नम्बर ७ का अध्यक्ष कार्यक्रमको अन्तिम समयसम्म बसेर बालबालिकाले राखेका प्रश्नको नगरपालिकाको तर्फबाट जवाफ दिएका थिए । वडा नम्बर २ र वडा नम्बर ५ का वडा सदस्य पनि कार्यक्रम अवधिभर बसेर बालबालिकाको जिज्ञासाका जवाफ दिएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकाल कार्यक्रममा अनुपस्थित भएपछि विशिष्ट अतिथि प्रमुख प्रशासकीय अधिकृत डा. कृष्णबहादुर घिमिरेले गमलामा पानी हालेर कार्यक्रमको उद्घाटन गरेका थिए ।
डा. घिमिरे पनि कार्यक्रममा लामो समय बसेका थिएनन् । सोमबार र मंगलबार वडाका कर्मचारीलाई तालीम दिइएकाले ती दुई दिन वडाबाट हुने सेवा प्रवाह नभएपछि आज सेवाग्राहीको अधिक चाप भएकाले आफू आउन केही ढिलो भएको बताएका वडा नम्बर ७ का अध्यक्ष सिटौला भने कार्यक्रममा बसेर सहभागीले उठाएका प्रश्नको जवाफ दिएका थिए ।

नगरपालिका र वडासँग सम्बन्धित प्रश्नको जवाफ जनप्रतिनिधिहरु सिटौला, चौधरी र सापकोटाले दिएका थिए । कार्यक्रममा उपस्थित मनोविमर्शकर्ता सुशीला पाठकले मनोविज्ञानसँग सम्बन्धित प्रश्नको जवाफ दिएकी थिइन् । नयाँ वृन्दावन गौशालाका संस्थापक संरक्षक दीनबन्धु शास्त्रीले धर्म र समाजसँग सम्बन्धित प्रश्नको जवाफ दिएका थिए । बालबालिकाले उठाएका स्वास्थ्यसँग सम्बन्धित प्रश्नको जवाफ सुन्दरपुर स्वास्थ्य चौकीका प्रमुख रमेश गौतमले दिएका थिए ।
बालबालिकाहरुले नगरपालिकाले बालबालिकाको क्षेत्रमा कम बजेट विनियोजन गर्नुको कारण सोधेका थिए । त्यस्तै, नगरपालिकामा बालबालिकासँग सम्बन्धित छुट्टै शाखा हुनुपर्ने, भौतिक विकासलाई मात्र नहेरी बालबालिकाको मानसिक विकास गर्ने खालका कार्यक्रममा पनि बजेट छुट्याउनुपर्ने माग गरेका थिए ।

सञ्चारमाध्यमले नकारात्मक समाचारलाई प्राथमिकता दिने गरेको तर बालबालिकाका सकारात्मक समाचारलाई बेवास्ता गर्ने गरेको उनीहरुको भनाइ थियो । बालबालिकाको प्रतिभा प्रस्फुटनको लागि ठाउँ नदिएको र प्रतिभावान बालबालिकाको सफलतको कथालाई सञ्चारमाध्यमले उपेक्षा गर्ने गरेको उनीहरुको गुनासो थियो ।
निजी विद्यालयमा पढ्ने बालबालिकाको लागि मात्रै नगरपालिकाले बजेट छुटयाउने गरेकोमा पनि उनीहरुको गुनासो थियो ।
शिवहाङ राईले सहजीकरण गरेको कार्यक्रम नगर बाल सञ्जाल सुन्दरहरैंचाका अध्यक्ष मदन भण्डारीको अध्यक्षतामा भएको थियो ।


Facebook Comment
Banner
कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए
नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।
निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।
यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।
पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।
१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login