Connect with us
Advertisement

जनप्रतिनिधि र बालबालिकाबीच राखिएको अन्तरक्रिया कार्यक्रमको जनप्रतिनिधिले नै गरे उपेक्षा

Published

on

विराटचोकः सुन्दरहरैंचा नगरपालिकाले आफूहरुलाई उपेक्षा गरेको आरोप सुन्दरहरैंचाका बालबालिकाले लगाएका छन् । राष्ट्रिय बाल दिवसको अवसरमा आज आयोजित कार्यक्रममा आफ्नो धारणा राख्ने बालबालिकाहरुले यस्तो आरोप लगाएका हुन् ।

अरु बेला नगरपालिकाले उपेक्षा गरे पनि बाल दिवसको अवसरमा आयोजित कार्यक्रममा उपेक्षा हुँदैन भन्ने अनुमान गरे पनि मेयर, उपमेयर तथा अधिकांश वडाध्यक्षहरु कार्यक्रममा उपस्थित नभएर आफूहरुलाई खिसी गरेजस्तो लागेको उनीहरुले बताए ।

‘जनप्रतिनिधि र बालबालिकाबीच अन्तरक्रिया तथा सवालजवाफ’ शीर्षकमा भएको कार्यक्रममा जनप्रतिनिधि नै उपस्थित नभएपछि बालबालिकाले गुनासो गरेका हुन् । कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर ४ का अध्यक्ष शैलेन्द्र श्रेष्ठ र वडा नम्बर ७ का अध्यक्ष चैतन्यप्रसाद सिटौला सहभागी थिए । त्यस्तै, वडा नम्बर २ का सदस्य झरिलाल चौधरी, वडा नम्बर ४ की सदस्य दुर्गा चौधरी र वडा नम्बर ५ की सदस्य संगीता सापकोटा पनि उपस्थित थिए । अन्य जनप्रतिनिधि भने उपस्थित थिएनन् ।

नगर बाल सञ्जाल सुन्दरहरैंचाका अध्यक्ष मदन भण्डारीका अनुसार मेयर, उपमेयर तथा सबै वडाध्यक्षलाई कार्यक्रममा सहभागी भएर बालबालिकाले राखेका जिज्ञासा सुन्न र सल्लाह सुझाव दिन निमन्त्रणा गरिएको थियो । वडाध्यक्ष आउन नभ्याउँदा वडा सदस्यलाई प्रतिनिधिको रुपमा पठाउन अनुरोध गरिएको थियो ।

वडा नम्बर ४ का जनप्रतिनिधि केही समय कार्यक्रममा बसेर हिँडेका थिए भने केही ढिलो कार्यक्रममा पुगेका वडा नम्बर ७ का अध्यक्ष कार्यक्रमको अन्तिम समयसम्म बसेर बालबालिकाले राखेका प्रश्नको नगरपालिकाको तर्फबाट जवाफ दिएका थिए । वडा नम्बर २ र वडा नम्बर ५ का वडा सदस्य पनि कार्यक्रम अवधिभर बसेर बालबालिकाको जिज्ञासाका जवाफ दिएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकाल कार्यक्रममा अनुपस्थित भएपछि विशिष्ट अतिथि प्रमुख प्रशासकीय अधिकृत डा. कृष्णबहादुर घिमिरेले गमलामा पानी हालेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

डा. घिमिरे पनि कार्यक्रममा लामो समय बसेका थिएनन् । सोमबार र मंगलबार वडाका कर्मचारीलाई तालीम दिइएकाले ती दुई दिन वडाबाट हुने सेवा प्रवाह नभएपछि आज सेवाग्राहीको अधिक चाप भएकाले आफू आउन केही ढिलो भएको बताएका वडा नम्बर ७ का अध्यक्ष सिटौला भने कार्यक्रममा बसेर सहभागीले उठाएका प्रश्नको जवाफ दिएका थिए ।

नगरपालिका र वडासँग सम्बन्धित प्रश्नको जवाफ जनप्रतिनिधिहरु सिटौला, चौधरी र सापकोटाले दिएका थिए । कार्यक्रममा उपस्थित मनोविमर्शकर्ता सुशीला पाठकले मनोविज्ञानसँग सम्बन्धित प्रश्नको जवाफ दिएकी थिइन् । नयाँ वृन्दावन गौशालाका संस्थापक संरक्षक दीनबन्धु शास्त्रीले धर्म र समाजसँग सम्बन्धित प्रश्नको जवाफ दिएका थिए । बालबालिकाले उठाएका स्वास्थ्यसँग सम्बन्धित प्रश्नको जवाफ सुन्दरपुर स्वास्थ्य चौकीका प्रमुख रमेश गौतमले दिएका थिए ।

बालबालिकाहरुले नगरपालिकाले बालबालिकाको क्षेत्रमा कम बजेट विनियोजन गर्नुको कारण सोधेका थिए । त्यस्तै, नगरपालिकामा बालबालिकासँग सम्बन्धित छुट्टै शाखा हुनुपर्ने, भौतिक विकासलाई मात्र नहेरी बालबालिकाको मानसिक विकास गर्ने खालका कार्यक्रममा पनि बजेट छुट्याउनुपर्ने माग गरेका थिए ।

सञ्चारमाध्यमले नकारात्मक समाचारलाई प्राथमिकता दिने गरेको तर बालबालिकाका सकारात्मक समाचारलाई बेवास्ता गर्ने गरेको उनीहरुको भनाइ थियो । बालबालिकाको प्रतिभा प्रस्फुटनको लागि ठाउँ नदिएको र प्रतिभावान बालबालिकाको सफलतको कथालाई सञ्चारमाध्यमले उपेक्षा गर्ने गरेको उनीहरुको गुनासो थियो ।

निजी विद्यालयमा पढ्ने बालबालिकाको लागि मात्रै नगरपालिकाले बजेट छुटयाउने गरेकोमा पनि उनीहरुको गुनासो थियो ।

शिवहाङ राईले सहजीकरण गरेको कार्यक्रम नगर बाल सञ्जाल सुन्दरहरैंचाका अध्यक्ष मदन भण्डारीको अध्यक्षतामा भएको थियो ।

 

 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कांग्रेस महामन्त्रीमा डा. सुनील शर्माको उम्मेदवारी घोषणा

Published

on

नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद डा सुनीलकुमार शर्माले पार्टीको महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् । पार्टीको १५ औँ महाधिवेशन आइतबारदेखि शुरू हुँदै गर्दा शनिबार पार्टी मुख्यालयम सानेपामा पत्रकार सम्मेलन गर्दै डा शर्माले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

उनले भने, ‘मैले महामन्त्री पदमा उम्मेदवारी दर्ता गर्ने विचार गरेको छु। मेरा अग्रजहरू, मेरा साथीहरू, मुलुकभित्रबाट विभिन्न ठाउँबाट पाल्नुभएका तमाम नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि ज्यूहरूलाई यो अभियानमा तपाईंहरूले साथ दिनु हुनेछ। हामीसँगै हातमा हात मिलाएर नेपाली कांग्रेसलाई जनतासँग जोड्ने अभियान र कांग्रेस बनाउने र कांग्रेस बनिसकेपछि देश बनाउने अभियानमा तपाईंहरूले साथ दिनुहुनेछ भन्ने हाम्रो अपेक्षा छ।’

शर्माले कांग्रेसलाई दूर दराजका नागरिकसँग जोड्दै सामान्य नागरिकका समस्या र आवश्यकतालाई राजनीतिको केन्द्रमा राखेर काम गर्ने आफ्नो अभियान रहेकोसमेत बताएका छन् ।

शर्माको राजनीतिक यात्रा भने लामो छ । २०५४ सालमा कांग्रेसको सदस्य बनेर राजनीतिक यात्रा शुरू गरेका उनी १३औँ महाधिवेशनदेखि महासमिति सदस्यका रूपमा पार्टीमा सक्रिय छन्। स्पष्ट रूपमा आफ्ना धारणा राख्ने, सार्वजनिक सरोकारका विषयमा बोल्ने र कार्यकर्तासँग प्रत्यक्ष सम्पर्कमा रहने नेताका रूपमा उनको परिचय बनेको छ।

स्वास्थ्य र शिक्षाको क्षेत्रमा उनको सक्रियता बढी चर्चित भए पनि शर्माको सार्वजनिक भूमिकाको दायरा त्यतिमै सीमित छैन। सामाजिक सेवा, विपन्न तथा असहाय नागरिकका पक्षमा काम, संगठनमा कार्यकर्तासँगको सम्बन्ध र सार्वजनिक विषयमा स्पष्ट धारणा राख्ने शैली उनका राजनीतिक पहिचानका अन्य पाटा हुन्।

पछिल्लो समय गिरिजाप्रसाद कोइराला फाउन्डेसनको सभापतिको जिम्मेवारी पाएपछि उनको सामाजिक सक्रियता थप फराकिलो बनाउने प्रयास अघि बढेको छ।

फाउन्डेसनको नेतृत्व सम्हालेसँगै शर्माले आर्थिक अभावका कारण उपचार गर्न नसक्ने एक हजार बिरामीको निःशुल्क शल्यक्रिया गर्ने घोषणा गरेका छन्। स्वास्थ्य सेवामार्फत सामाजिक क्षेत्रमा जोडिएको उनको यो पहललाई समर्थकहरूले राजनीतिलाई जनजीवनसँग जोड्ने अभ्यासका रूपमा व्याख्या गर्दै आएका छन्।

महामन्त्री कांग्रेसको संगठन सञ्चालन, नीति कार्यान्वयन र कार्यकर्तासँग प्रत्यक्ष समन्वय गर्ने महत्वपूर्ण पद हो। त्यसैले १५औँ महाधिवेशनमा यो पदका आकांक्षीबीचको बहस व्यक्ति केन्द्रित मात्र छैन। पार्टीलाई कुन दिशामा लैजाने, संगठनलाई कसरी चलाउने र जनतासँगको सम्बन्ध कसरी बलियो बनाउने भन्ने विषय पनि महामन्त्रीको प्रतिस्पर्धासँग जोडिएको छ।

Continue Reading

Banner

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि

Published

on

नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ ।

‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नाराका साथ महाधिवेशनको दिउँसो २ बजे खुलामञ्चमा औपचारिक उद्घाटन हुने पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

उद्घाटन समारोहमा विभिन्न दलका शीर्ष नेताहरूलाई निमन्त्रणा गरिएको छ । प्रवक्ता चालिसेका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाललगायत विभिन्न दलका शीर्ष नेतृत्वलाई महाधिवेशनको उद्घाटन समारोहमा निमन्त्रणा गरिएको छ ।

असोज २२ गतेसम्म चल्ने महाधिवेशनमा सात हजार पाँच सयभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूको सहभागिता रहने कांग्रेसले जनाएको छ ।

महाधिवेशनको बन्दसत्र र बाँकी कार्यक्रमहरू असोज १९ र २० गते हुनेछ भने निर्वाचन कार्यक्रमका लागि असोज २१ र २२ गतेका लागि तोकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले असोज १९ गते दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म काठमाडौंस्थित राष्ट्रिय सभागृहमा उम्मेदवारहरूको मनोनयनपत्र दर्ता गर्ने तालिका सार्वजनिक गरेको छ ।

निर्वाचन समितिका सदस्य–सचिव राजु कटुवालका अनुसार तोकिएको समयभित्र सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधि सदस्य तथा महाधिवेशनबाट उम्मेदवार बन्न योग्य व्यक्तिहरूले मनोनयनपत्र दर्ता गर्न सक्ने छन् ।

महाधिवेशनमा सहभागी प्रतिनिधिका लागि खानाको व्यवस्था भृकुटीमण्डपमा मिलाइएको छ। प्रतिनिधिहरूले आफ्नो बसोबासको व्यवस्था आफैँ गर्नुपर्नेछ।

Continue Reading

Banner

सर्वाधिक मत ल्याएर डा. सुनील शर्मा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित

Published

on

सर्वाधिक मत ल्याएर डा. सुनील शर्मा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि डा. सुनील शर्मा मोरङ–३ बाट अत्यधिक बहुमतसहित केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्। मोरङ–३ मा खसेको ७९० सदरमतमध्ये शर्माले ६५० मत प्राप्त गर्दै ८२ दशमलव २८ प्रतिशत मतसहित केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन्।

शर्माले प्राप्त गरेको मतले कांग्रेसको १५औँ महाधिवेशनमा उनको राजनीतिक सक्रियता र नेतृत्वसम्बन्धी चासोलाई थप बलियो बनाएको छ। वडा अधिवेशनबाटै उनको महाधिवेशन यात्रा सर्वसम्मत रूपमा अघि बढेको थियो। उनी बेलबारी नगरपालिका–४ बाट वडा प्रतिनिधिमा सर्वसम्मत भएका थिए।

यसअघि नै डा. शर्मा कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवार बन्ने तयारीमा रहेको चर्चा हुँदै आएको छ। पार्टीको नयाँ नेतृत्व र पदाधिकारी चयनलाई लिएर बहस चलिरहेका बेला शर्माले महामन्त्री पदमा आफ्नो दाबी प्रस्तुत गर्ने तयारी गरेका हुन्। स्वास्थ्य, शिक्षा र सामाजिक सेवाका क्षेत्रमा सक्रिय रहँदै आएका शर्मा पछिल्लो समय पार्टीभित्र नेतृत्वको भूमिकामा पनि चर्चामा छन्।

शर्मा नेपाली कांग्रेसको राजनीतिमा २०५४ सालदेखि सक्रिय छन्। १३औँ महाधिवेशनदेखि महासमिति सदस्य रहँदै आएका उनी अहिले १५औँ महाधिवेशनको प्रक्रियामा केन्द्रीय महाधिवेशन प्रतिनिधिका रूपमा अघि बढेका हुन्। वडा तहबाट सर्वसम्मत रूपमा सुरु भएको उनको महाधिवेशन यात्रा अब केन्द्रीय महाधिवेशन प्रतिनिधिका रूपमा अघि बढेको छ।

१५औँ महाधिवेशनमा महामन्त्रीका आकांक्षीका रूपमा शर्माको नाम चर्चामा रहेका बेला मोरङ–३ बाट प्राप्त ६५० मतले उनको राजनीतिक यात्राप्रति थप चासो बढाएको छ। नेता र कार्यकर्ताबीचको दूरी घटाउँदै प्रत्यक्ष रूपमा जनतासँग जोडिएर राजनीति गर्नुपर्छ भन्ने मान्यता राख्ने शर्मा आफूलाई जनतासँग निरन्तर जोडिने नेताका रूपमा स्थापित गर्दै आएका छन्। राजनीति जनतासँग प्रत्यक्ष जोडिनुपर्ने र जनताका समस्या तथा आवश्यकतासँग नजिक रहेर काम गर्नुपर्ने उनको धारणा छ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक