राजनीति
मोरङमा पनि आयो कांग्रेसको क्रियाशील सदस्यको नाम, असोज ५ गते वडा अधिवेशन हुने
विराटचोकः नेपाली कांग्रेसले हिजो मोरङसहित सात जिल्लाको क्रियाशील सदस्यको नामावली सार्वजनिक गरेको छ । योसँगै प्रदेश नम्बर १ का सबै जिल्लाको क्रियाशील सदस्यको नाम सार्वजनिक भएको छ । देशभरका ६४ जिल्लामा क्रियाशील सदस्यको नाम सार्वजनिक भएको छ ।
हिजो मोरङ, काठमाडौं, काभ्रे, सिन्धुपाल्चोक, कपिलवस्तु, बर्दिया र बाजुराको क्रियाशील सदस्यको नाम सार्वजनिक भएको हो । प्रदेश दुईका आठ वटै जिल्ला, बागमती प्रदेशको रसुवा, लुम्बिनी प्रदेशको बाँके, सुदूरपश्चिम प्रदेशको कैलाली र कर्णाली प्रदेशको सुर्खेत र डोल्पाको क्रियाशील सदस्यता नामावली प्रकाशन हुन बाँकी छ । ती जिल्लाको क्रियाशील सदस्यताको विवाद अझै टुङ्गो नलागेको हो ।
यसअघि क्रियाशील सदस्यको नाम सार्वजनिक भएका लगभग सबै जिल्लामा वडा अधिवेशन भइसकेको छ । बाँकी जिल्लामा असोज ५ गते वडा अधिवेशन हुने भएको हो ।
यसअनुसार मोरङका १ सय ३७ वडामा असोज ५ मा अधिवेशन हुनेछ । पालिकाहरुको अधिवेशन असोज ९ गते हुने भएको छ । यस्तै प्रदेश निर्वाचन असोज १२ गते तथा एकमात्र निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन असोज १५ गते गरिने भएको छ । एक भन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा असोज १८ गते तथा प्रदेशको अधिवेशन कात्तिक १० देखि १२ सम्म हुने भएको छ । मंसिर ९ देखि १३ सम्म कांग्रेसले १४ औँ महाधिवेशन गर्दैछ ।
Facebook Comment
Banner
साउदी विमानस्थलमा हुथीको आक्रमण
यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।
इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।
हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्याएको दाबी गरेका छन् ।
यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।
सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।
संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।
यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।
Banner
कांग्रेस महाधिवेशनमा मतदान दिउँसो २ बजेबाट सुरु हुने
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने मतदान फेरि सरेको छ।
निर्वाचनको सम्पूर्ण तयारी पूरा नभएपछि दिउँसो १ बजेका लागि तय गरिएको मतदानको समय पुनः सारिएको हो। अब दिउँसो २ बजेबाट मतदान सुरु गर्ने सहमति भएको हो। यसअघि बिहान १० बजेबाट मतदान सुरु गर्ने निर्वाचन समितिको तयारी थियो। तर आवश्यक तयारी पूरा नभएपछि मतदानको समय दिउँसो १ बजेसम्म सारिएको थियो।
Banner
मेस्सीको अन्तर्राष्ट्रिय करिअरको सुखद अन्त्य
बेनिनलाई ३–० गोलले पराजित गर्दै अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले अन्तर्राष्ट्रिय करिअरको सुखद अन्त्य गरेका छन् ।
करिअरको अन्तिम खेलमा मेस्सीले अर्जेन्टिनाका तीनवटै गोलमा योगदान गरे । उनले एक गोल र दुई असिस्ट गर्दै टोलीलाई जित दिलाएका हुन् ।
३९ वर्षीय मेस्सीको अर्जेन्टिनाको राष्ट्रिय जर्सीमा यो अन्तिम तथा २०८औँ खेल थियो ।
खेलको ४८औँ मिनेटमा निकोलास ओटामेन्डीले मेस्सीको कर्नरमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । त्यसपछि ५९औँ मिनेटमा मैदान प्रवेश गरेका निको पाजले ६१औँ मिनेटमा मेस्सीको पासमा गोल गर्दै अर्जेन्टिनाको अग्रता २–० बनाए ।
त्यसको १० मिनेटपछि अर्जेन्टिनाले पाएको पेनाल्टीमा मेस्सीले गोल गरे । उक्त गोल उनको अन्तर्राष्ट्रिय करिअरको अन्तिम गोल बन्यो । खेलअघि र खेलपछि मेस्सी निकै भावुक देखिएका थिए ।
आठपटकका बालोन डी’ओर विजेता मेस्सीको सम्मानमा अर्जेन्टिनाले बेनिनविरुद्ध यो खेल आयोजना गरेको हो । २१ वर्ष लामो अन्तर्राष्ट्रिय करिअरमा उनले २०८ खेल खेल्दै १२६ गोल गरेका छन् ।
अर्जेन्टिनाले सन् २००५ मा फिफा विश्व युवा च्याम्पियनसिप जित्दा मेस्सी टोलीका सदस्य थिए । त्यसको तीन वर्षपछि उनले ओलम्पिक स्वर्ण पदक जिते । सिनियर टोलीबाट उनले सन् २०२१ र २०२४ मा कोपा अमेरिका, २०२२ मा फाइनलिसिमा तथा कप्तानका रूपमा २०२२ मा विश्वकपको उपाधि जितेका छन् ।
मेस्सीले सन् २०१४ र २०२६ मा आफ्नै कप्तानीमा अर्जेन्टिनालाई विश्वकपको फाइनलसम्म पुर्याएका थिए ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















You must be logged in to post a comment Login