राजनीति
आउन थाल्यो सुनसरीमा कांग्रेसको नगर अधिवेशनको नतिजा, वराहक्षेत्रमा रमेश कार्की विजयी
चतराः नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज सम्पन्न नगर अधिवेशनबाट वराहक्षेत्रको सभापतिमा रमेश कार्की विजयी भएका छन् । खसेको २ सय २६ मत मध्ये आधा मत अर्थात् १ सय १३ मत प्राप्त गरेर उनी सभापतिमा विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नारायण नेपालले ६१ र अर्का प्रतिष्पर्धी रत्नबहादुर राउतले ४४ मत प्राप्त गरेका छन् ।
उपसभापतिमा युवराज श्रेष्ठ र जीतबहादुर कार्की ( कान्टिन ) विजयी भएका छन् । श्रेष्ठले ९७ र कान्टिनले ९३ मत प्राप्त गरी विजयी भएका हुन् । उनीहरुका प्रतिस्पर्धी चित्रबहादुर राईले ८३, महेन्द्रप्रसाद मेहताले ७७ र प्रसिद्ध प्रसाईँ (जोन) ले ३५ मत पाए ।
सचिवमा प्रतीक राई र हरिकृष्ण भट्टराई विजयी भएका छन् । राईले १ सय ४२ र भट्टराईले ९५ मत प्राप्त गरेका थिए । प्रतिस्पर्धी रोनी बिष्टले ६०, तीर्थराज भट्टराईले ५५ र अविराम थापा (अनिल) ले ४४ मत पाएका थिए ।
सह– सचिवमा दिवाबसिंह राई र सन्तोष भण्डारी विजयी भएका छन् । राईले १ सय ४३ र भण्डारीले ९५ मत प्राप्त गरेका थिए । प्रतिस्पर्धी महेन्द्र कार्कीले ८९ र युवराज भट्टराईले ७७ मत पाएका थिए ।
निर्वाचन समितिका संयोजक गोकुल गुरागाईँका अनुसार पदाधिकारी बाहेक अन्य नगर सदस्य निर्विरोध निर्वाचित भएका छन् ।
Banner
फिफाले गर्यो एन्फा निलम्बन, नेपाली फुटबल संकटमा
अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई अनिश्चितकालका लागि निलम्बन गरेको छ ।
फिफा काउन्सिल ब्युरोले जारी गरेको निर्णयअनुसार फिफा विधानको धारा १६ बमोजिम एन्फाको सदस्यता निलम्बन गरिएको हो । फिफाले तेस्रो पक्षको हस्तक्षेपलाई कारण देखाएर नेपाललाई प्रतिबन्ध लगाएको हो ।
निलम्बनसँगै एन्फाले फिफा सदस्यका रूपमा प्राप्त गर्ने सबै अधिकार गुमाएको छ । नेपाली फुटबल अनिश्चिता र अन्याेलतातर्फ गएको छ ।
निलम्बनसँगै एन्फा तथा यसअन्तर्गतका राष्ट्रिय टोली, क्लब र पदाधिकारीहरू फिफा तथा एशियाली फुटबल महासंघ (एएफसी) अन्तर्गतका अन्तर्राष्ट्रिय प्रतियोगिता र गतिविधिमा सहभागी हुन नपाउने भएका छन् ।
साथै फिफाबाट प्राप्त हुने आर्थिक, प्राविधिक तथा विकाससम्बन्धी सहयोगसमेत प्रभावित हुने भएकाे छ । फिफाको यो निर्णयले नेपाली फुटबलको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रत्यक्ष असर पार्ने भएको छ ।
Banner
रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान हुने
रास्वपा केन्द्रीय सदस्यको निर्वाचनका लागि साँझ साढे ७ बजेबाट मतदान सुरु हुने भएको छ ।प्रवक्ता मनिष झाले साँझ साढे ७ बजेबाट सुरु हुने जानकारी दिए । गत आइतबार (असार ७) बाट सुरु भएको महाधिवेशन ९ गतेसम्मका लागि तय भएको थियो । यद्यपि महाधिवेशनको समय लम्बिन पुगेको छ ।आज बिहान ९ बजेबाटै सुरु हुने भनिए पनि मतदान सुरु हुन सकेको थिएन । केहीबेरअघि उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक भएको छ । प्रवक्ता झाका अनुसार, साँझ ५ बजेसम्म दाबी विरोधको समय तय भएको छ भने ६ बजे अन्तिम नामावली प्रकाशन गरिनेछ । दोस्रो चरणको मतदान भने भोलि बिहान ९ बजे गर्न सकिने आकलन पार्टीको रहेको झाले बताए ।
Banner
उज्बेकिस्तानलाई हराएर शीर्षस्थानमा उक्लियो पोर्चुगल,
पोर्चुगल फिफा विश्वकपमा उज्बेकिस्तानलाई हराएर समूह ‘के’ को शीर्षस्थानमा उक्लिएको छ ।
मंगलबार राति उज्बेकिस्तानलाई ५-० गोलअन्तरले हराउँदै पोर्चुगल आफ्नो समूहको शीर्षस्थानमा उक्लिएको हो ।
पोर्चुगलको जितमा कप्तान क्रिस्टियानो रोनाल्डले २ तथा नुनो मेन्डेस र राफेल लिओले १/१ गोल गरे । भने, एक गोल उज्बेकिस्तानले आत्मघाती गर्यो ।
पहिलो हाफमा नै २ गोल गरे पनि रोनाल्डो ह्याट्रिक गर्नबाट चुके ।
यद्यपि, रोनाल्डो लगातार ६ विश्वकप खेल्दा ६ वटै विश्वकपमा गोल गर्ने खेलाडी बने । साथै, उनले पोर्चुगलका लागि विश्वकपमा सर्वाधिक गोल गर्ने कीर्तिमान पनि बनाए ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















Pingback: कांग्रेसको धरान नगर समितिमा श्याम पोख्रेल प्यानलसहित विजयी, यस्तो छ अन्तिम मत परिणाम - निष्पक्ष