Connect with us
Advertisement

माओवादीले एकै दिन बिस्तार गर्याे केराबारीका ७ वडामा संगठन

Published

on

केराबारीः नेकपा विभाजनपछि आफ्ना कार्यकर्ता खोज्दै र संगठित गर्दै गाउँगाउँमा नेकपा माओवादी पुग्न थालेको छ ।

राष्ट्रिय सभा सदस्य तथा पूर्व खेलकुद राज्यमन्त्री गोपी अछामीले शनिबार केराबारी– ९ मा पुगेर संगठन बिस्तार गरेका थिए । प्रदेश सभाका सदस्य तथा मोरङ क्षेत्र नं. १ (क) का सांसद कुशल लिम्बू वडा नं. ५, ६ र ७ मा र प्रदेश कमिटी सदस्य अरुण सुन्दाससहितका विभिन्न नेताहरु केराबारीको वडा नम्बर ३, ८ र १० को वडा भेलामा पुगेका थए ।

कार्यक्रममा राष्ट्रिय सभा सदस्य अछामीले माओवादीले राजनीतिक व्यवस्था परिवर्तन गरेसँगै जनजीविकाको व्यवस्था परिवर्तन गर्न नयाँ क्रान्तिको आवश्यकता भएकोमा जोड दिए ।

प्रदेश सांसद लिम्बूले माओवादीले ल्याएको एजेण्डामा देश अघि बढेको बताउँदै माओवादीको राजनीतिक एजेण्डामा हिँड्न नसकेपछि ओलीले दुई पटक संसद विघटन गरी पार्टीलाई पनि विघटनको दिशामा लान खोजेको बताए ।

प्रदेश कमिटी सदस्य अरुण सुन्दासले केपी ओलीको स्वेच्छाचारिताका कारण कम्युनिष्ट एकता धराशायी बनेको बताए । आफू प्रधानमन्त्री हुनका लागि पार्टी एकताको नाटक गरेको र लाखौं जनताको भावनालाई कुठाराघात गर्दै संसद विघटन गरेको उनको आरोप थियो ।

केराबारी ९ को वडा भेलाले थानेश्वर बरालको संयोजकत्वमा २९ सदस्यीय वडा कमिटी गठन गरेको छ ।

त्यस्तै, एकता सामुदायिक वन समूहको सभाहलमा भएको भेलाले वडा नं. ३ मा सन्तोष तामाङको संयोजकत्वमा ४१ सदस्यीय, ८ नं. वडामा मीनप्रसाद आचार्यको संयोजकत्वमा २९ सदस्यीय, १० नम्बर वडामा चकमान लिम्बूको संयोजकत्वमा २९ सदस्यीय वडा कमिटी बिस्तार गरेको छ ।

भेलालाई मिक्लाजुङ गाउँपालिका कमिटी इन्चार्ज प्रेमबहादुर लिम्बू, अखिल नेपाल शिक्षक संगठनका उपाध्यक्ष डब्लुविक्रम खाण ठकुरीलगायतले बधाई तथा शुभकामना दिएका थिए ।

उता, ५, ६ र ७ नं. वडाको भेलाले पनि नयाँ कमिटी गठन गरेको छ । वडा नम्बर ५ मा फडिन्द्र बिकको संयोजकत्वमा २९ सदस्यीय, वडा नम्बर ६ मा प्रकाश श्रेष्ठको संयोजकत्वमा २९ सदस्यीय र वडा नम्बर ७ मा टेकबहादुर थापाको संयोजकत्वमा २९ सदस्यीय वडा कमिटी गठन भएको छ ।

भेलामा अनेम संघ जिल्ला अध्यक्ष लता न्यौपाने, प्रेस संगठन मोरङका संयोजक अर्जुन आचार्य, वृहत राष्ट्रिय शिक्षक अभियानका सहसंयोजक श्रीमन्त भट्टराईलगायतको आतिथ्यता रहेको थियो ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए

Published

on

नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।

निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।

यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।

पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।

१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह

Continue Reading

Banner

चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल

Published

on

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।

खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।

Continue Reading

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक