शिक्षा / स्वास्थ्य
सुन्दरहरैंचाको पञ्चायत माविलाई माछापुच्छ्रे बैंक कर्मचारी संघद्वारा स्मार्ट टिभी प्रदान
विराटचोकः माछापुच्छ्रे बैंक लिमिटेडका कर्मचारीको संस्था माछापुच्छ्रे बैंक कर्मचारी संघले मोरङको सुन्दरहरैंचा–७ मा रहेको पञ्चायत माविलाई १ थान स्मार्ट टिभी प्रदान गरेको छ ।
आज विद्यालयमा आयोजित कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष विकास श्रेष्ठ, वंशीधर घिमिरे, संघको १ नम्बर प्रदेश प्रमुख दीपेन्द्र वाग्ले, उपप्रमुख मुकेश थापा, बैंकको विराटचोक शाखाका प्रबन्धक रमेश अधिकारीलगायतले स्मार्ट टिभी प्रदान गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व विद्यार्थी मञ्चका सदस्य तथा जनता बहुमुखी क्याम्पस इटहरीका सहायक क्याम्पस प्रमुख युवराज सिटौलाले शैक्षिक उन्नयनका लागि वित्तीय संस्थाले गरेको सहयोग सह्रानीय भएको बताए । वित्तीय गतिविधिका साथै यसरी शैक्षिक उन्नयनमा चासो दिने कार्यले बैंकप्रति सेवाग्राहीको सकारात्मक भाव अझै बढ्ने उनको भनाइ थियो ।
माछापुच्छ्रे बैंकको विराटचोक शाखाका प्रमुख रमेश अधिकारीले बैंकलाई शिक्षक र कर्मचारीले सेवा गर्ने मौका दिइरहनुभएको बताए । आगामी दिनमा पारस्परिक सहयोग थपिँदै जाने अपेक्षा गरिएको उनको भनाइ थियो ।

बैंकको कर्मचारी संघका प्रदेश उपप्रमुख मुकेश थापाले प्रत्येक वर्ष संघको वार्षिक उत्सवमा सामाजिक सेवाअन्तर्गत सहयोग गर्ने गरिएको बताए । सामुदायिक विद्यालयमा, चेपाङ बस्तीमा सहयोग गर्नुको साथै दैवी प्रकोपमा परेका मानिसलाई सहयोग गर्ने गरिएको उनले जानकारी दिए । बैंकले शिक्षकहरुलाई क्रेडिट कार्ड निःशुल्क वितरण गर्ने तयारी गरेको पनि उनले जानकारी दिए ।
संघको प्रदेश नम्बर १ का प्रमुख दीपेन्द्र वाग्लेले डिजिटल शिक्षण सिकाइमा सहज होस् भनेर स्मार्ट टेलिभिजन विद्यालयलाई दिइएको बताए ।

विद्यालयका प्रधानाध्यापक खगेन्द्र रायमाझीले विद्यालयले प्राथमिकता क्रममा राखेको सामग्री नै संघले सहयोग गरेकोमा खुशी लागेको बताए । आगामी दिनमा खानेपानी लगायतका अन्य स्वास्थ्यसँग सम्बन्धित विषयमा संघले सहयोग गर्न अपेक्षा गरिएको उनको भनाइ थियो ।
कार्यक्रमका सभापति तथा संघका केन्द्रीय अध्यक्ष विकास श्रेष्ठले बैंकका कर्मचारीको कोषमा संकलित रकमबाट संघले देशभर सहयोग गर्ने गरेको जानकारी दिए । विद्यालयका साथै अनाथ आश्रम, वृद्धाश्रम, पिछडिएको बस्ती, बाढीपीडित, आगलागीपीडितलगायतलाई प्राथमिकताको क्रममा राखेर सहयोग गर्र्ने गरिएको उनको भनाइ थियो । विद्यालयको शैक्षिक गुणस्तर सुधार्न यस्ता सामग्रीले सहयोग पुग्ने अपेक्षा गरिएको उनले जनाए ।

कार्यक्रममा बैंकका विभिन्न तहका कर्मचारी, विद्यालयका शिक्षक, पूर्व विद्यार्थी मञ्चका सदस्यहरु, पूर्व प्रधानाध्यापक गुरुप्रसाद अधिकारी, विद्यालय व्यवस्थापन समितिका सदस्यहरुलगायतको उपस्थिति थियो ।
कार्यक्रमको सञ्चालन शिक्षक अम्बिकाप्रसाद सापकोटाले गरेका थिए ।
विद्यालयका तर्फबाट सहयोगी संस्थालाई सम्मानपत्र प्रदान गरिएको थियो ।

Facebook Comment
Banner
कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए
नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।
निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।
यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।
पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।
१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login