शिक्षा / स्वास्थ्य
एम्स एकेडेमीद्वारा विद्यार्थीहरुको बिदाइ तथा स्वागत
धरानः एम्स एकेडेमी धरानले कक्षा १२ को परीक्षा दिएका विद्यार्थीहरुको बिदाइ गरेको छ भने स्नातक तहमा अध्ययन गर्न आएका विद्यार्थीहरुलाई स्वागत गरेको छ ।
एकेडेमीले मंगलबार धरान– १९ स्थित ब्रिटिश कम्युनिटी हलमा एक कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुको बिदाइ तथा स्वागत गरेको हो । एकेडेमीका अनुसार कक्षा १२ को परीक्षा दिएका २ सय भन्दा बढी विद्यार्थीहरुलाई बिदाइ गरिएको छ । यस्तै, बि.एड.आई.टि.पहिलो वर्ष अध्ययनको लागि भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गरिएको प्राचार्य मित्र तामाङले जानकारी दिए ।
धरान–१२ स्थित एकेडेमीले यसै शैक्षिक सत्रदेखि स्नातक तहमा बि.एड.आइ.टि.शैक्षिक कार्यक्रम पनि शुरु गरेको हो । प्राचार्य तामाङले प्रविधिमैत्री शिक्षा अध्ययन गर्न विद्यार्थीहरुलाई आग्रह गर्दै प्रविधिमैत्री शिक्षा लिएमात्र अबको विश्वमा अस्तित्व रहन सक्ने बताए ।
हाल बिएड आइटि प्रथम वर्षमा अध्ययनरत विद्यार्थी सोनी चेम्जोङले भविष्यमा अवसर पाउने भएकोले आफूले सो विषय रोजेको बताइन् । उनले कलेजको शैक्षिक वातावरण विद्यार्थीमैत्री भएको र गुणस्तरीय भएको पनि धारणा व्यक्त गरिन् ।
बिदाइ भएकी १२ कक्षाकी विद्यार्थी एवं छैटौ मिस फ्रेसर पूर्णिमा दर्नालले शिक्षकहरुले आफ्नो साथीलाई जस्तै विद्यार्थीहरुलाई साथ, सहयोग गर्ने पाएको बताइन् ।
कार्यक्रममा एकेडेमीले विभिन्न संकायका उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरेको थियो । व्यवस्थापनमा सुनिता दर्लामी मगर, सुजा राई, सजना पौडेल र सन्ध्या पौडेल उत्कृष्ट भएका छन् भने विज्ञान संकायमा हेमकुमार श्रेष्ठ र युवराज बस्नेत उत्कृष्ट भएका छन् । मानविकी संकायतर्फ सुजना तुलाधार र रिमा लिम्बू उत्कृष्ट भएका छन् भने शिक्षा संकायतर्फ राधिका अधिकारी र निरुता चर्मकार उत्कृष्ट भएका छन् ।
एकेडेमीले धरानका नृत्य गुरुद्धय मणिकुमार राई र नगेन्द्र राईलाई सम्मान गरेको छ । मणिकुमार राई हालै सम्पन्न भएको नृत्य कला प्रतिष्ठानको साधारणसभाबाट अध्यक्षमा चुनिएका छन् भने नगेन्द्र राई उपाध्यक्षमा चुनिएका छन् ।
Facebook Comment
Banner
कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए
नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।
निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।
यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।
पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।
१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login