Connect with us
Advertisement

सुन्दरहरैँचामा नेकपा (एकीकृत समाजवादी)को पार्टी कार्यालय स्थापना

Published

on

विराटचोकः नेकपा एकीकृत समाजवादी सुन्दरहरैंचा नगर कमिटी कार्यालय स्थापना गरेको छ । मोरङ सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १० मा विहिबार पार्टीको नगर कमिटिको कार्यालय स्थापना गरेको हो ।

स्थापना कार्यक्रममा बोल्दै नगर अध्यक्ष महेश आचार्यले पार्टी विस्तार र जनताको विश्वासीलो बनाउन लाग्ने बताए । पूवाञ्चल विश्वविद्यालय, सामुदायिक वन, विद्यालय, कलेजजस्ता क्षेत्रमा हुने विक्रितिका विरुद्दमा सक्रियताका साथ लाग्ने आचार्यले बताए ।
यस नगरलाई देशकै नमुना बनाउन पार्टीले भुमिका खेल्ने बताए । कार्यक्रममा संविधानसमा सदस्य चन्द्रबहादुर गुरुङ, प्रदेश कमिटि सदस्य देबराज कार्कीलगायतकोे उपस्थीति रहेको थियो ।

 केपी शर्मा ओली नेतृत्वको एमालेबाट विद्रोह गरेर वरिष्ठ नेता माधवकुमार नेपालमा गठन भएको एकीकृत समाजवादीकाे कार्यालय गठन गरेकाे हाे ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

म्याग्दीमा टहरा भत्काएर सडक विस्तार

Published

on

म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङका बासिन्दाले आफैँ घरका पेटी र विभिन्न प्रयोजनका निम्ति बनाइएका टहरा भत्काएर सडक विस्तार गरेका छन् ।

दरवाङ बजारको सडक स्तरोन्नति योजनामार्फत सडक फराकिलो पार्न स्थानीयले आफ्ना घरहआँगनका संरचना भत्काएका मालिका गाउँपालिका–६ का वडाध्यक्ष पथबहादुर रोकाले बताए ।

यसअघि ३.५ मिटर फराकिलो सडकको दायाँबायाँका संरचना हटाएर ५.५ मिटर फराकिलो बनाइएको उनले जानकारी दिए । हुलाकचोक, तल्लो दरवाङ, पुलचोक र झोलुङ्गे पुलतर्फ सडकका दुवै किनारमा ४०० मिटर लामो पानी निकासका निम्ति नाली निर्माण भएको छ ।

मालिका गाउँपालिकाले ४७ लाख ५३ हजार अनुदान उपलब्ध गराएको योजना कार्यान्वयनका लागि उपभोक्ताले पाँच लाख ४१ हजार आठ सय ३३ श्रमदान गरेका थिए ।

Continue Reading

Banner

सरकारका नीति तथा कार्यक्रम र बजेटलाई जनमुखी बनाउन दबाब दिने माओवादीको निर्णय

Published

on

११ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले नीति तथा कार्यक्रम र बजेटलाई जनमुखी बनाउन सरकारलाई दबाब दिने निर्णय गरेको छ । आज बिहान बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले सो निर्णय गरेको हो ।

साथै शिक्षकका माग सम्बोधनका लागि पहल गर्न प्रतिपक्षी दलहरुसँग सहकार्य गर्ने, शिक्षा ऐन र संघीय निजामती सेवा ऐन जारी गरी संघीयता कार्यान्वयनमा पहलकदमी लिने लगायतका निर्णय पनि माओवादी केन्द्रले गरेको छ ।

साथै जम्मुकश्मिरको पहलगाममा भएको आतंकवादी आक्रमणमा एक नेपालीसहित २६ जनाको ज्यान गएको घटनाको भर्त्सना गर्ने, वैशाख १२ को भूकम्पको स्मरणमा गोरखाको बारपाकमा हुने कार्यक्रममा अध्यक्ष प्रचण्ड सहभागी हुने र तराई मधेश जागर अभियान वैशाख १७ गते समापनन गर्ने निर्णय पनि माओवादी केन्द्रले गरेको छ ।

यी निर्णयको जानकारी माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले पत्रकार सम्मेलनमार्फत् दिएका हुन् ।

पाण्डेका अनुसार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले समसामयिक राजनीतिक अवस्थाबारे सांसदहरुलाई जानकारी दिँदै माओवादी केन्द्रले खेल्नुपर्ने भूमिकाबारे निर्देशनात्मक मन्तव्य राखेका थिए ।

त्यसक्रममा प्रचण्डले सरकार शिक्षकका मागप्रति संवेदनशील नभएको र गैरजिम्मेवारीपूर्वक प्रस्तुत भएको निष्कर्ष सुनाएका थिए । शिक्षामन्त्री फेरबदलले पनि त्यसलाई पुष्टि गरेको भन्दै प्रचण्डले शिक्षकका माग सम्बोधनका लागि सरकारलाई दबाब दिन सडक र सदनबाट भूमिका खेल्नुपर्ने बताएका थिए ।

‘शिक्षकका समस्या हल गर्नका लागि अरु प्रतिपक्ष दलहरुसँग पनि सहकार्य, छलफल र सम्वाद गरेर एउटा निचोडमा लैजाने भन्ने भएको छ,’ प्रमुख सचेतक पाण्डेले पत्रकार सम्मेलनमा भने, ‘सदन, सरकार र सडकबाट जनताका माग सम्बोधनका लागि पहल गर्ने भन्ने भएको छ ।’

बैठकको सुरुमा गोपीबहादुर अछामीले राष्ट्रिय सभाका र हितराज पाण्डेले प्रतिनिधि सभामा भएका काम र गर्न बाँकी कामबारे जानकारी गराएका थिए ।

Continue Reading

Banner

बेपत्ताको युवकको खोजीमा गोताखोर परिचालन

Published

on

नदीमा बेपत्ता युवकको खोजी गर्दै सशस्त्र प्रहरी बल, बाँकेबाट आएका गोताखोर । तस्बिर: कमल पन्थी/कान्तिपुर

बर्दिया — बुधबार बेलुकी गुलरिया नगरपालिका–५ बबई (भादा) नदी रामबागमा नुहाउन गएका एक युवक बेपत्ता भएपछि बिहीबार बिहानदेखि सशस्त्र प्रहरी बल, बाँकेबाट आएको गोताखोरले खोजी कार्य जारी गरेको छ ।

बिहान ५ बजे घटनास्थलमा ४ जना गोताखोरसहित नौ जना बेपत्ता युवाको खोजीमा परिचालित भएका छन् ।

बुधबार गुलरिया–५ का सृजन पोखरेल साथीहरुसँग भादा नुहाउन जाँदा बेपत्ता भएको सशस्त्र प्रहरी उपरीक्षक मानबहादुर शाहीले बताए ।

अन्यको शकुशल उद्धार गरिएको थियो । बुधबार साँझसम्म खोजी गर्दा फेला नपरेपछि बाँकेको शम्सेरगन्जबाट आएका सशस्त्र प्रहरीका गोताखोरले खोजी जारी राखेको उनले बताए ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

nispakshyakhabar@gmail.com
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक