सुनचाँदी
सुनको भाउ १ सय रुपैयाँ घट्यो, चाँदीको २० रुपैयाँ बढ्यो

विराटचोकः आज सुनको भाउ तोलामा १ सय रुपैयाँ घटेको छ भने चाँदीको भाउ २० रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला ८९ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ । तेजाबी सुनको भाउ प्रति तोला ८९ हजार १ सय ५० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला १ हजार १ सय ४० रुपैयाँ निर्धारण भएको छ ।
हिजो सुनको भाउ तोलामा २ सय रुपैयाँ घटेको थियो भने चाँदीको भाउ तोलामा ३५ रुपैयाँ घटेको थियो ।
Facebook Comment
Banner
पूर्वाञ्चल विश्वविद्यालय बन्द निषेधित क्षेत्र घोषणा गर्न सबै दल तयार,

गोठगाउँः पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय गोठगाउँमा कुनै पनि बहानामा बन्द हुन नदिन सुन्दरहरैंचाका राजनीतिक दलहरू सहमत भएका छन् । विश्वविद्यालयलाई बन्द निषेधित क्षेत्र घोषणा गर्ने प्रतिबद्धता जनाउँदै आज सर्वदलीय प्रतिबद्धतासहितको १० बुँदे सुझाव तथा ज्ञापनपत्र विश्वविद्यालयका उपकुलपति प्रा.डा. बिजुकुमार थपलियालाई बुझाइएको छ ।
विश्वविद्यालयका उपकुलपति प्रा.डा. बिजुकुमार थपलियालाई ज्ञापनपत्र बुझाउँदै एम.बि.बि.एस. कार्यक्रम सञ्चालनको तयारी, गोठगाउँ परिसरको प्रभावकारी प्रयोग, ८०५ विघा विश्वविद्यालयको भोगाधिकार प्राप्त जमिनको समुचित विकास लगायतका सुझावहरू राखिएको छ ।
ज्ञापनपत्रमा उल्लेख गरिएका प्रमुख बुँदाहरूमा विश्वविद्यालयको आफ्नै मेडिकल कलेज स्थापनासँगै एम.बि.बि.एस. कार्यक्रम शुरु गर्नका लागि स्पष्ट कार्ययोजना माग गरिएको छ । साथै विश्वविद्यालय परिसरको शैक्षिक, प्राज्ञिक र भौतिक संरचनालाई दीर्घकालीन दृष्टिकोणमा प्रयोग गर्न, केन्द्रीय कार्यालयहरू स्थायी रूपमा गोठगाउँमा स्थानान्तरण गर्न र संरचनाहरूको मर्मत तथा सौन्दर्यीकरण गर्न माग गरिएको छ ।
स्थानीय स्तरमा शैक्षिक वातावरण प्रवद्र्धन गर्न र विश्वविद्यालयलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन पूर्वाधार विकासका साथै शान्ति क्षेत्र घोषणा समेत गर्न आग्रह गरिएको छ ।
सर्वदलीय ज्ञापनपत्रमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा समाजवादी, राष्ट्रिय जनमुक्ति पार्टी, जसपा लगायत दलका प्रतिनिधिहरूको हस्ताक्षर रहेको छ । कार्यक्रमको संयोजन नेपाली कांग्रेस सुन्दरहरैँचाका सभापति भक्तिप्रसाद सिटौलाले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन नेपाली कांग्रेस सुन्दरहरैंचाका सचिव होमनाथ पोखरेलले गर्नुभएको थियो ।
ज्ञापनपत्र बुझाएपछि स्वतन्त्र नागरिक समाजका साथै विभिन्न दलका प्रतिनिधिले आफ्नो भनाइ राख्नुभएको थियो ।
ज्ञापनपत्र बुझ्दै उपकुलपति प्रा. डा. बिजुकुमार थपलियाले आफूले हालसम्म गरेका र आगामी दिनमा गर्ने कार्यको बारेमा जानकारी गराउनुका साथै ज्ञापनपत्रमा समेटिएका बुँदा कार्यान्वयन गर्न विश्वविद्यालय तयार रहेको बताउनुभएको थियो ।
Banner
बर्खास्तीमा परे ऊर्जा राज्यमन्त्री तामाङ

ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) बर्खास्तीमा परेका छन् । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार पदबाट बर्खास्त गरेका हुन् ।
स्रोतका अनुसार गृहमन्त्री रमेश लेखकले तामाङलाई बर्खास्तमा परेको टेलिफोनमार्फत् जानकारी गराएका छन्
Banner
शिक्षामन्त्रीमा रघुजी पन्त

शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त हुने भएका छन् । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गर्ने तयारी गरेको स्रोतले जानकारी दियो ।
गत ८ वैशाखमा विद्या भट्टराईले मन्त्री पदबाट राजीनामा दिएकी थिइन् । लगत्तै रिक्त पदमा एमालेले पन्तलाई मन्त्री बनाउने भएको हो ।
प्रधानमन्त्री निकट स्रोतका अनुसार उनको शपथ भोलि गराउने तयारी छ ।
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login