Connect with us
Advertisement
Advertisement

१ लाख रुपैयाँ राशीको साधनादेवी प्रहरी पराक्रम पुरस्कारबाट दुई जना प्रहरी अधिकृत पुरस्कृत

Published

on

विराटचोकः प्रहरी दिवसको अवसर पारेर १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ लाख रुपैयाँ पुरस्कार राशीको ‘साधनादेवी प्रहरी पराक्रम पुरस्कार’ २ जना प्रहरीलाई प्रदान गरेको छ ।

प्रहरी निरीक्षक योगराज खतिवडा र प्रहरी नायब निरीक्षक रुद्रबहादुर खड्कालाई सो पुरस्कार प्रदान गरिएको हो । उत्कृष्ट कार्य गर्ने प्रदेशभरीका प्रहरीमध्ये इलाका प्रहरी कार्यालय चैनपुर संखुवासभाका प्रहरी निरीक्षक योगराज खतिवडा र १ नं. प्रदेश प्रहरी कार्यालय, प्रदेश अनुसन्धान समूहका प्रहरी नायब निरीक्षक रुद्रबहादुर खडकालाई ६६ औँ प्रहरी दिवसका अवसरमा प्रदेश प्रहरी कार्यालयल विराटनगरले पुरस्कृत गरेको हो ।

उनीहरुलाई २०७८ भदौ २१ गते संखुवासभाको मादी नगरपालिका १ खोलागाउँका एकै परिवारका ६ जना सदस्यहरुको हत्या भएको घटनाको सफल अनुसन्धान गरी हत्यामा संलग्न ५ जना अभियुक्तहरुलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन सफल भएकाले पुरस्कृत गरिएको जनाइएको छ । सर्वसाधारणलाई सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउनुको साथै सर्वसाधारणमा शान्ति सुरक्षाको अनुभूति अभिवृद्धि गर्ने तर्फ प्रशंसनीय कार्य गरेकाले कामको उच्च मूल्याङ्कन गर्दै प्रदेश प्रहरी कार्यालय विराटनगरले उनीहरुलाई पुरस्कृत गर्ने निर्णय गरेको बताइएको छ ।

सो पुरस्कार कोषका संस्थापक प्रा.डा. विक्रमप्रसाद श्रेष्ठले १ लाख रुपैयाँको चेक तथा प्रशंसा–पत्र प्रदान गरेका थिए । प्रहरी जवान तथा अधिकृतहरुको मनोबल उच्च राख्न आफ्नी स्वर्गीय आमा साधनादेवी श्रेष्ठको नाममा कोष स्थापना गरेको श्रेष्ठले बताए ।

पुरस्कृत हुने प्रहरीद्वय खतिवडा र खड्काले आफूबाट सम्पादित कार्यहरुको मूल्यांङ्न गर्दै उत्कृष्ट प्रहरीको रुपमा आफूलाई छनौट गरिएबाट संगठनले आफूलाई ठुलो सम्मान गरेको र यसले अझ बढी जिम्मेवार भएर आफ्नो दायित्व निर्वाह गर्न प्रेरणा मिलेको बताए ।

कार्यक्रममा सो पुरस्कारका संस्थापक श्रेष्ठलाई प्रमुख अतिथि प्रदेश नम्बर १ का मुख्य मन्त्री भीमप्रसाद आचार्यले दोसल्ला ओढाई सम्मान गरेका थिए ।

Continue Reading

Facebook Comment

Advertisement
Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

पौने २ लाख नगदसहित तास खेल्ने ४ जना पक्राउ

Published

on

बिर्तामोडः झापाको शिवसताक्षी–९ स्थित जितेन्द्र शाक्यको घरमा तास खेलिरहेको अवस्थामा ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही स्थानका ५० वर्षीय अग्नि राई, ४० वर्षीय लालबहादुर लिम्बू, ४५ वर्षीय मनिष क्षेत्री र शिवसताक्षी नगरपालिकाका ३७ वर्षीय सुरेश लिम्बू रहेका छन् ।

हिजो राती ९ बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले तास खेलिरहेको अवस्थामा ३ बुङ तास, नगद रु. १ लाख ७३ हजार ५ सयसहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका चारै जना उपर कानुन बमोजिम कारबाही तथा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Continue Reading

Banner

खोलाले बगाएर बेपत्ता

Published

on

फाइल तस्बिर

धनकुटाः धनकुटाको चौबिसे – ५ बज्रमाईका ७१ वर्षीय भुवन सिंह खड्कालाई आज खोलाले बगाएर बेपत्ता बनाएको छ ।

आज बिहान ९ बजे सोही स्थानमा रहेको छरुवा खोला तर्ने क्रममा खोलाले बगाएर उनी बेपत्ता भएको भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खोजीमा खटिएको थियो ।

अस्थायी प्रहरी बिट मौनबुधुक र प्रहरी चौकी मूलघाटबाट प्रहरी टोली खटिई गई उनका खोजी भइरहेको बताइएको छ । घटनास्थल अस्थायी प्रहरी बिट मौनबुधुकबाट अन्दाजी १७ किलोमिटर उत्तरतर्फ रहेको प्रहरीले जनाएको छ ।

Continue Reading

Banner

सुनको भाउ ४ सय रुपैयाँ बढ्यो, चाँदीको १० रुपैयाँ

Published

on

विराटचोकः आज सुन र चाँदी दुवैको भाउ बढेको छ । सुनको भाउ तोलामा ४ सय रुपैयाँ र चाँदीको भाउ तोलामा १० रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला ९२ हजार १ सय रुपैयाँ कायम भएको छ । तेजाबी सुनको भाउ प्रति तोला ९१ हजार ६ सय रुपैयाँ र चाँदीको भाउ प्रति तोला १ हजार २ सय ६० रुपैयाँ निर्धारण भएको छ ।

शुक्रबार सुनको भाउ स्थिर रहेको थियो भने चाँदीको भाउ तोलामा १० रुपैयाँ घटेको थियो ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५११३३२९९, ९८४२१९२४१२, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक खेमचन्द्र अधिकारी
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः नवराज पोख्रेल
व्यवस्थापकः कृष्णचन्द्र सुवेदी
हाम्रो फेसबुक