Connect with us
Advertisement
Advertisement

विराट टेलिभिजनको आयोजनामा भोलिदेखि फुटबल प्रतियोगिता हुने

Published

on

इटहरीः विराट न्युज नेटवर्क प्रालिद्वारा सञ्चालित विराट टेलिभिजनको आयोजनामा सुनसरीको इटहरीमा भोलिदेखि फुटबल प्रतियोगिता हुने भएको छ ।

असोज २६ गतेसम्म ‘प्रथम विराट मिडिया कप २०७८’ आयोजना हुने भएको हो । प्रतियोगितामा प्रदेश १ मा सञ्चालित विभिन्न मिडिया हाउसहरूले सहभागिता जनाउने भएका छन् । आयोजकका अनुसार मिडिया हाउसबीच हुने सो प्रतियोगिता प्रदेशकै पहिलो प्रतियोगिता हो ।

दशैं तथा तिहारको शुभकामना आदानप्रदान हुने अवसरको रुपमा मिडिया कप हुने आयोजकको भनाइ छ । प्रतियोगिताका संयोजक मनोज भुजेलका अनुसार विजेतालाई ३० हजार र उपविजेतालाई १५ हजार, नगद सहित ट्रफी र मेडल प्रदान गरिनेछ ।

प्रत्येक खेलको म्यान अफ दी म्याचलाई नगद १ हजार र बेस्ट गोलकिपरलाई ३ हजार नगद प्रदान गरिने उनले भएको छ ।
२ हजार रुपैयाँ प्रवेश शुल्क राखिएको खेलमा खेलाडीहरूको आधिकारिक मिडिया परिचयपत्र अनिवार्य गरिएको आयोजकले जनाएको छ । मिडिया हाउस बाहेक गैर व्यावसायिक खेलाडी खेलाउन सख्त मनाही गरिएको र खेलाडीले आफ्नो मिडिया आबद्ध लोगोसहितको जर्सी अनिवार्य लगाउनुपर्ने नियम राखिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा आयोजकका साथै उद्घोष दैनिक विराटनगर, ग्रामीण पत्रकार समूह वराहक्षेत्र, नेपाल टेलिभिजन इटहरी, मकालु टेलिभिजन विराटनगर, हिमशिखर टेलिभिजन दमक, सूर्याेदय टेलिभिजन बिर्तामोड, सप्तकोशी एफएम इटहरी र दीप खबर इटहरी सहभागी हुने भएका छन् ।

Continue Reading

Facebook Comment

Advertisement
Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

खोलाले बगाएर बेपत्ता

Published

on

फाइल तस्बिर

धनकुटाः धनकुटाको चौबिसे – ५ बज्रमाईका ७१ वर्षीय भुवन सिंह खड्कालाई आज खोलाले बगाएर बेपत्ता बनाएको छ ।

आज बिहान ९ बजे सोही स्थानमा रहेको छरुवा खोला तर्ने क्रममा खोलाले बगाएर उनी बेपत्ता भएको भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खोजीमा खटिएको थियो ।

अस्थायी प्रहरी बिट मौनबुधुक र प्रहरी चौकी मूलघाटबाट प्रहरी टोली खटिई गई उनका खोजी भइरहेको बताइएको छ । घटनास्थल अस्थायी प्रहरी बिट मौनबुधुकबाट अन्दाजी १७ किलोमिटर उत्तरतर्फ रहेको प्रहरीले जनाएको छ ।

Continue Reading

Banner

सुनको भाउ ४ सय रुपैयाँ बढ्यो, चाँदीको १० रुपैयाँ

Published

on

विराटचोकः आज सुन र चाँदी दुवैको भाउ बढेको छ । सुनको भाउ तोलामा ४ सय रुपैयाँ र चाँदीको भाउ तोलामा १० रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला ९२ हजार १ सय रुपैयाँ कायम भएको छ । तेजाबी सुनको भाउ प्रति तोला ९१ हजार ६ सय रुपैयाँ र चाँदीको भाउ प्रति तोला १ हजार २ सय ६० रुपैयाँ निर्धारण भएको छ ।

शुक्रबार सुनको भाउ स्थिर रहेको थियो भने चाँदीको भाउ तोलामा १० रुपैयाँ घटेको थियो ।

Continue Reading

Banner

प्रदेश १ का मुख्यमन्त्रीले आज विश्वासको मत लिने

Published

on

फाइल तस्बिर

विराटनगरः भदौ १० गते प्रदेश १ को मुख्यमन्त्री नियुक्त भएका नेकपा एमालेका नेता भीम आचार्यले आज विश्वासको मत लिँदैछन् । अल्पमतमा रहेका आचार्यले शुक्रबार प्रदेशसभामा विश्वासको मतका लागि प्रस्ताव पेश गरेका थिए । आज दिउँसो साढे १२ बजे बस्ने बैठकमा प्रस्तावमाथि छलफल हुने र आजै विश्वासको मत लिने काम हुने बताइएको छ ।

आचार्यले विश्वासको मत पाउने सम्भावना नरहेकाले विपक्षी गठबन्धनको तर्फबाट चाँडै नै नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईलाई मुख्यमन्त्रीको रूपमा अघि सार्ने तयारी रहेको बताइएको छ ।

आचार्यले विश्वासको मत लिने सम्बन्धी प्रस्ताव असोज २५ गते संसद् सचिवालयमा दर्ता गराएका थिए । त्यसअघि असोज २४ गते सभामुखले सूचना टाँस गर्दै कात्तिक ५ गतेसम्मका लागि बैठक स्थगित गरेका थिए । शुक्रबारको बैठकमा मुख्यमन्त्रीले विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेपछि सभामुखले आजसम्मका लागि बैठक स्थगित गरेका थिए ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५११३३२९९, ९८४२१९२४१२, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक खेमचन्द्र अधिकारी
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः नवराज पोख्रेल
व्यवस्थापकः कृष्णचन्द्र सुवेदी
हाम्रो फेसबुक