कोशी प्रदेश
सुन्दरहरैंचा प्याब्सनको पदस्थापन सम्पन्न, मेयर भन्छन्, ‘संस्थागत र सामुदायिक विद्यालयबीचको खाडल हटाउन चाहन्छु’
विराटचोकः आइतबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) सुन्दरहरैंचाको नवनिर्वाचित कार्यसमितिको पदस्थापन गराइएको छ ।
कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै नगर प्रमुख शिवप्रसाद ढकालले सुन्दरहरैंचा नगरपालिका र संस्थागत विद्यालयबीच सहकार्यको वातावरणमा काम भइरहेको बताए । नगरपालिकाले कोभिड महामारी तथा दैवी प्रकोप नियन्त्रण तथा राहतको लागि संस्थागत विद्यालयसँग सहयोग लिएको उनले बताए ।
आफूले सामुदायिक र संस्थागत विद्यालयलाई कुनै भेदभाव नगरेको र सामुदायिक र संस्थागत विद्यालयबीचको खाडल पुर्न लागिरहेको बताए । राष्ट्रपति कप फुटबल प्रतियोगिता, संस्थागत र सामुदायिक विद्यालयले हरेक वर्ष आलोपालो गरी सञ्चालन गर्ने व्यवस्था मिलाइएको उनले बताए । परीक्षा सञ्चालन तथा कोभिडविरुद्धको खोप लगाउने क्रममा सामुदायिक र संस्थागत विद्यालयबीच भेदभाव नगरिएको उनले जनाए ।
सुन्दरहरैंचा प्याब्सनका निवर्तमान अध्यक्ष हरिश्चन्द्र ढकालले प्याब्सनको कार्यक्रममा नगरपालिकाले बजेट विनियोजन गरेर सहयोग गरेको र यस्तो सहयोग फेरि पनि पाउने अपेक्षा गरेको बताए ।

सुन्दरहरैंचा प्याब्सनका नवनिर्वाचित अध्यक्ष दीपेन राईले आफ्नो कार्यकालका लागि योजना प्रस्तुत गरेका थिए । प्याब्सन फुटसल, ब्याडमिन्टनलगायतका प्रतियोगिता आयोजना गर्ने तथा स्कुल बसका चालक तथा सहचालकका लागि तालीमलगायतका कार्यक्रम अघि सारिने उनले जानकारी दिए ।
प्याब्सन मोरङका अध्यक्ष अर्जुन बस्नेतले अधिवेशनको क्रममा पराजित भएका व्यक्तिलाई पनि सम्मान गर्दै र सल्लाह लिँदै अघि बढ्नुपर्ने बताए ।

नेल्टा मोरङका अध्यक्ष गुणराज नेपालले सामुदायिक विद्यालयका विद्यार्थीले संस्थागत विद्यालयका विद्यार्थीसँग प्रतिष्पर्धा गर्न थालेकाले संस्थागत विद्यालयले गुणस्तरीय शिक्षामा थप जोड दिनुपर्ने आवश्यकता भएको औँल्याए ।
प्याब्सनका प्रदेश उपाध्यक्ष ज्ञानेन्द्र दाहालले सुन्दरहरैंचामा जस्तो इटहरीमा स्थानीय सरकारले विद्यालय सञ्चालनमा प्रभावकारी समन्वय नगरेको बताए । दशैंपछि विद्यालय सञ्चालनको निर्णय हुने भनी शिक्षा शाखाले जनाएको उनले जानकारी दिए ।

कार्यक्रममा नगरपालिकाकी उपप्रमुख धनमाया तामाङ, प्याब्सनका केन्द्रीय सदस्य हेमन्त कार्की र जीव गुरागाई, जिल्ला अध्यक्ष अर्जुन बस्नेत, कोषध्यक्ष देवी सिटौला, सचिव प्रेम सिंह सुवाल, बेलबारी नगर अध्यक्ष प्याब्सनको बेलबारी नगर समितिका अध्यक्ष भगवतीप्रसाद घिमिरेलगायतको उपस्थिति थियो ।

Facebook Comment
Banner
कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए
नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।
निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।
यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।
पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।
१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login