Connect with us
Advertisement

हराउँदैछ ‘पिङ संस्कृति’

Published

on

विराटचोकः दशैंको टीकाको दिन धर्ती छोड्नुपर्छ भन्ने मान्यता छ । पहिलेपहिले सो दिन सबैले पिङ खेलेर धर्ती छोड्ने मान्यता थियो । गाउँगाउँमा र टोलटोलमा रोटे पिङ र लिङ्गे पिङ हालिएका हुन्थे । त्यति मात्रै होइन प्रत्येक घरमा पनि पिङ हालिएको हुन्थ्यो । तर अहिले पिङ हाल्ने क्रम घटेको छ ।

गाउँघरमा युवा जनशक्ति कम मात्रमा हुनु र बजार क्षेत्रमा मनोरञ्जनका अन्य धेरै साधन हुँदा पिङ राख्ने संस्कृति भने पातलो हुँदै गएको बताइन्छ । जसका कारण लिङ्गे पिङका लागि बाँस काट्ने, बाबियो काटी डोरी बाट्ने, रोटे पिङका लागि मादल खाँबो ठिक पार्ने सबै अहिले कम हुन थालेको छ ।

रोजगारको खोजीमा युवा विदेश पलायन भएसँगै गाउँघरमा चहलपहल कम हुने गरेको छ । शहरमा सबै आफ्नो काममा व्यस्त हुने र मनोरञ्जनका साधन अन्य धेरै हुने हुनाले पिङ खेल्ने क्रम पनि कम हुन थालेको बुढापाकाको भनाइ छ ।

यस्तै क्रम बढ्दै गएमा आगामी दुई तीन दशकपछि पिङ खेल्ने संस्कृति नै लोप हुने खतरा बढ्दै गएको छ ।

पौराणिक कथाअनुसार द्वापर युगभन्दा अगाडिदेखि पिङको विकास भएको हो । पौराणिक कथामा वृन्दावनमा चराले गीत गाइरहेको बेला भगवान कृष्णले पिङ खेलिरहेको बताइन्छ । कृष्ण गाई चराउँदा पिङमा राधासँग मस्त हुन्थे र पिङमै कृष्णको साथमा राधा पनि लुटुपुटु हन्थिन् । कृष्ण–राधा दिनभर पिङ मच्चाउँथे भन्ने पाइन्छ ।

रोटे पिङको मज्जा (फोटो फिचर)

लिङ्गे पिङको मज्जा (फोटो फिचर)

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

आजदेखि फेरि हावाहुरी, चट्याङ र असिनासहित वर्षाको सम्भावना

Published

on

हिजो सफा रहेको मौसम आजदेखि फेरि बदली हुने भएको छ । आज बेलुकीदेखि पर्सि शनिबारसम्म देशका धेरै ठाउँमा चट्याङ, हावाहुरी र असिनासहित पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् ।

आज कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागका केही ठाउँहरु, लुम्बिनी र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै ठाउँहरु तथा कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभाग लगायत  सुदूरपश्चिम प्रदेशको तराईका एक, दुई ठाउँमा मेघगर्जन, चट्याङ्ग र असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रिमनसुनको योबेला दिउँसोपछि हावाहुरीसमेत चल्न सक्ने भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ । भोलि र पर्सि पनि धेरै ठाउँमा चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसमविदको भनाइ छ ।

जलवायुविज्ञ उज्जवल उपाध्यायले भोलि बेलुकीदेखि पर्सि बिहानसम्म पहाडीमार्गमा यात्रा नगर्न, पूर्वाधार निर्माण तथा उच्चहिमाली भूभागमा पदयात्रा स्थगन गर्न सुझाव दिनुभएको छ ।

Continue Reading

Banner

ज्ञानज्योती इङ्लिश स्कुलको २८औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

Published

on

ज्ञानज्योती इङ्लिश स्कुलको २८औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमका अवसरमा शिक्षा क्षेत्रमा योगदान पुर्‍याएका दुई जना शिक्षा सेवि तथा पाँच जना सञ्चारकर्मीलाई सम्मान गरिएको थियो। शिक्षा सेवितर्फ पञ्चायत माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक टोम बहादुर श्रेष्ठ र पूर्व शिक्षक लक्ष्मी खरेल सम्मानित हुनुभयो। त्यसैगरी सञ्चारकर्मीतर्फ शिव भट्टराई, भोजपुरे, खेमचन्द्र अधिकारी, ग्याननाथ ढकाल, मनिराम दाहाल र लीलानाथ गच्छेदारलाई सम्मान गरिएको थियो।

उत्सवमा विद्यालयका विद्यार्थीहरूले एजुकेशनल एक्जिबिशन, विभिन्न प्रदर्शनी, नाटक, नृत्य तथा गायन प्रस्तुत गर्दै आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए। विद्यार्थीहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

विद्यालयकी प्रधानाध्यापिका देवी सिटौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख अकली देवी चौधरी प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा जनप्रतिनिधि, समाजसेवी, विद्यालय व्यवस्थापन समिति, अभिभावक तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमले विद्यार्थीहरूको क्षमता अभिवृद्धि गर्नुका साथै शिक्षा र सहकार्यको महत्व उजागर गरेको विद्यालयले जनाएको छ।

Continue Reading

Banner

समानुपातिक सांसदहरुले विहीबार प्रमाणपत्र पाउने, सपथ चैत १२ मा हुने

Published

on

प्रतिनिधि सभा निर्वाचनबाट समानुपातिकतर्फ सांसद बनेकाहरुले भोलि बिहीबार निर्वाचन आयोगमामार्फत प्रमाणपत्र पाउने भएका छन् ।  आयोगले बिहीबार समानुपातिकतर्फका कुल ११० सांसदलाई प्रमाणपत्र दिने भएको हो ।निर्वाचन आयोगका अनुसार, निर्वाचित सांसदहरुले प्रमाणपत्र पाएपछि आगामी चैत्र १२ गते सपथको तयारी गरिएको हो । त्यसपछि मात्र सरकार गठन हुनेछ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक