Connect with us
Advertisement

सर्पले डसाएर श्रीमतीको हत्या, अदालतले सुनायो आजीवन जेल सजाय

Published

on

सुरज कुमार र उनकी पत्नी उत्तरा

श्रीमतीको हत्या गर्न उनका श्रीमानले सबैभन्दा विषालुमध्येको सर्प किन्छन् । सर्पले श्रीमतीलाई डसाउँछन् । श्रीमती अस्पतालमा उपचार गरेर ठीक हुँदै गर्दा ती व्यक्तिले अर्को एउटा विषालु सर्प किन्छन् र फेरि डसाउँछन् । यसपटक भने श्रीमतीको मृत्यु हुन्छ ।

मानिस अपराधको यो हद पार गर्न सक्छ भनेर पत्याउनु हुन्छ ? नपत्याइ सुखै छैन । कुनै फिल्मको बनावटी कथाजस्तै लाग्ने यो सत्य घटना हाम्रै छिमेकी मुलुक भारतको हो ।

सर्पलाई हतियारको रुपमा प्रयोग गरेर तेस्रो प्रयासमा श्रीमतीको हत्या गर्न सफल भएको अपराधको यो दुर्लभ शैली भारत केरलाका सुरज कुमारले अपनाएका हुन् । उनलाई अदालतले आजीवन काराबासको सजायँ सुनाएको छ ।

यसरी गरे हत्या

सुरज कुमारले विश्वकै विषालुमध्येको एक गोमन सर्प ७ हजार भारुमा खरिद गरेका थिए । भारतमा सर्पको व्यापार अवैध छ । त्यसैले सुरजले दक्षिणी राज्य केरलाका सपेरा सुरेश कुमारसँग गोप्य रुपमा पाँच फिट लामो गोमन सर्प खरिद गरेका थिए । उनले प्लास्टिकको एउटा भाँडोमा राखे । भाँडोभित्र सर्प नमरोस् भनेर उनले हावा छिर्ने सानो प्वाल पनि बनाएका थिए । सर्प बोकेर उनी ४४ किलोमिटरको टाढा रहेको आफ्नो ससुराली गए ।

सर्पलाई राखिएको भाँडोको अनुसन्धान गर्दै एक अनुसन्धान अधिकृत

त्यहाँ उनकी पत्नी उत्तरा पहिलेदेखि थिइन् । उत्तरा सर्पले डसेको उपचारको सिलसिलामा माइतीमा थिइन् । सर्पले पहिलोपटक डसेपछि उनी उपचारको लागि ५२ दिनसम्म अस्पताल बसेकी थिइन् । अस्पतालबाट डिस्चार्ज भएपछि उनी माइत गएकी थिइन् । सुरुमा उनलाई रसेल वाइपर नामक विषालु सर्पले डसेको थियो । त्यसको उपचारका लागि उनको खुट्टामा तीन पटक अपरेशन गर्नु परेको थियो ।

गत मे ६ तारिखको दिन राति सुरजले श्रीमती उत्तरालाई एक गिलास जुस खान दिए । त्यो जुसमा उनले बेहोस हुने औषधि मिसाएका थिए । उत्तरा बेहोस् भएपछि उनले गोमन सर्पलाई झोलाबाट निकाले र श्रीमतीको शरीरमाथि खसालिदिए । तर सर्पले उत्तरालाई डसेन । सुरजले भाग्न खोजेको त्यो सर्पलाई फेरि समातेर श्रीमतीतिर फ्याँके । यसपटक पनि सर्पले डसेन ।

सुरजले तेस्रो पटक प्रयास गरे । यसपटक भने उनले सर्पको गर्धनमा समातेर उत्तराको वायाँ हाततर्फ लगे । रिसाएको त्यो गोमन सर्पले यसपटक भने उत्तरालाई डस्यो । त्यसपछि उनले त्यो सर्पलाई त्यही भाँडोभित्र बन्द गरेर राखे । जुस पिलाएको भाँडो सफा गरे, सर्पलाई चलाउन प्रयोग गरेको लठ्ठी नष्ट गरे, आफ्नो मोबाइलको कल रेकर्ड डिलिट गरे अनि श्रीमती सुतेकै कोठामा सुते ।

अर्को दिन बिहानपख उत्तराकी आमा कोठाभित्र आउँदा उत्तरा ओछ्यानमा सुतिरहेकी थिइन् । उत्तराको मुख खुल्लै थियो र बायाँ हात एकातर्फ झुण्डिरहेको थियो । परिवारका सदस्यहरुले उत्तरालाई अस्पताल पुर्याए । तर डाक्टरहरुले उनको मृत्यु भइसकेको घोषणा गरे ।

उत्तराको मृत्यु भएको कोठा

पोष्टमार्टम रिपोर्टबाट पत्ता लाग्यो कि उत्तराको मृत्यु विषको कारण भएको छ । अस्पतालले प्रहरीलाई फोन गरेर जानकारी दियो । त्यसपछि थप अनुसन्धानको क्रममा उत्तराको मृत्युको कारण सर्पको विष र बेहोस बनाउने औषधि भएको पत्ता लाग्यो ।

उत्तराका आमा–बुवाले मृत्यु असामान्य भएको भन्दै अनुसन्धानका लागि प्रहरीमा निवेदन दिए । प्रहरीले सोधपुछका लागि उनकै श्रीमान सुरजलाई पक्राउ गर्यो । ७८ दिन लामो अनुसन्धानबाट पत्ता लाग्यो कि सुरजले नै आफ्नी श्रीमतीलाई सर्पले डसाएर हत्या गरेका हुन् ।

हत्याको योजना

सुरज र उत्तराबीच एक मेट्रोमोनियल ब्रोकरमार्फत चिनजान भएको थियो । सुरजका बुवा अटो रिक्सा चालक थिए र आमा गृहिणी थिइन् । उत्तरा सुरजभन्दा तीन वर्ष कान्छी थिइन् । उनी नयाँ कुरा सिक्न गाह्रो हुने ‘लर्निङ डिसएबिलिटी’बाट पीडित थिइन् ।

उत्तरा सम्पन्न परिवारकी थिइन् । उनका बुवा रबरको ब्यापारी थिए र आमा स्कुलको प्रिन्सिपलबाट सेवा निवृत्त भएकी थिइन् ।

सुरज र उत्तराबीच बिहे हुँदा सुरजले ७६८ ग्राम सुन, एक सुजुकी सेडान कार र चार लाख भारु नगद दाइजोस्वरुप लिएका थिए । त्यसबाहेक पनि उत्तराको हेरचाहका लागि भनेर उनका आमा–बुवाले हरेक महिना आठ हजार भारु अतिरिक्त दिंदै आएका थिए ।

अनुसन्धान अधिकृतहरुका अनुसार सुरजले एक वर्ष अगाडिदेखि नै श्रीमतीको हत्या गर्ने योजना बनाएका थिए । सोही योजनाअनुसार चार महिनाको अवधिमा श्रीमतीको हत्या गर्न तीन पटक कोसिस गरेका थिए ।

प्रहरी नियन्त्रणमा सुरज कुमार

स्थानीय एक बैंकमा कलेक्सन एजेण्टको रुपमा काम गर्दै आएका सुरजको चिनजान गत वर्ष फेब्रुअरी महिनामा सर्प पक्रने काम गर्दै आएका सुरेशसँग भएको थियो । तीनै सुरेशसँग सुरजले पहिलो पटक रसेल वाइपर नामको सर्प १० हजार रुपैयाँ भारुमा किनेका थिए । उनले त्यो सर्पलाई एउटा भाँडोमा राखेर आफ्नो घरको दाउराको रासमुनि लुकाएर राखे ।

२७ फेब्रुअरीको दिन उनले घरको पहिलो तलामा त्यो सर्पलाई छाडिदिए र श्रीमती उत्तरालाई पहिलो तल्लामा गएर आफ्नो मोबाइल फोन ल्याइदिन भने । उत्तरा मोबाइल फोन लिन गएको बेला फर्समा सर्पलाई देखिन् । त्यसपछि उनी डराएर चिच्याइन् । श्रीमती कराएको सुनेर सुरज श्रीमती भएको ठाउँमा गए र सर्पलाई घरबाट बाहिर निकाले ।

२ मार्चको राति सुरजले फेरि कोसिस गरे । यसपटक उनले श्रीमती सुत्ने समयमा त्यही सर्पलाई बेडरुममा ल्याएर छाडिदिए । यस पटक त्यो सर्पले उत्तराको खुट्टामा डस्यो । उत्तरा चिच्याइन् । सुरजले त्यो सर्पलाई झ्यालबाट बाहिर फ्याँके ।

उत्तराका बुवा विजयसेनन विद्यधरन भन्छन्, ‘केरलामा सर्पले डस्नु सामान्य जस्तै भइसकेको छ । त्यसैले पहिलो पटक हामीले केही गडबडी छ कि भनेर आशंका गरेनौं ।’ भारतमा हरेक वर्ष ६० हजार जनाको मृत्यु सर्पको डसाइबाट हुने गरेको तथ्यांक छ ।

अनुसन्धानको क्रममा सुरजले आफ्ना साथीहरुसँग उनकी श्रीमतीलाई नागले सपनामा श्राप दिएकाले उनको मृत्यु सर्पको डसाइबाट नै हुनेवाला छ भनेर भनेको पत्ता लागेको छ

उत्तराको उपचारका लागि आईसीयू बेड भएको अस्पताल पत्ता लगाउन राति दुई घण्टाभन्दा बढी समय लाग्यो । उत्तरालाई शरीर सुन्निने र रक्तस्राब हुने समस्या थियो । तीन पटकसम्म अपरेशन गरेर स्वास्थ्यका सुधार भएपछि उनी आराम गर्न कोल्लमस्थित आफ्नो माइतमा आएकी थिइन् ।

सुरज भने छोरा र आमा–बुवासँग पथानमथिट्टा भन्ने ठाउँको आफ्नो घरमा थिए । उनी घरमै बसेर एकपटक फेरि श्रीमतीको हत्याको योजना बनाउन थाले ।

हत्याको योजनामा इन्टरनेटको सहारा

एकजना अनुसन्धान अधिकृत अनुप कृष्ण भन्छन्, ‘जब उनकी पत्नी अस्पतालमा थिइन्, सुरज भने विषालु सर्प पत्ता लगाउन इन्टरनेटमा खोजी गरिरहेका थिए ।’

सुरजले सन् २०१९ मा छोरो ध्रुव जन्मिएपछि नै श्रीमतीको हत्याको योजना बनाएका थिए । उनको इन्टरनेट हिस्ट्रीबाट थाहा हुन्छ कि उनले विषालु सर्पका बारेमा खोजी गरेका थिए र युट्युबमा सर्पका भिडियोहरु हेरेका थिए, जसमा रसेल वाइपर सर्प कति खतरनाक हुन्छ भन्ने भिडियो पनि थियो ।

अनुसन्धानको क्रममा सुरजले आफ्ना साथीहरुसँग उनकी श्रीमतीलाई नागले सपनामा श्राप दिएकाले उनको मृत्यु सर्पको डसाइबाट नै हुनेवाला छ भनेर भनेको पत्ता लागेको छ ।

अनुसन्धान अधिकृतका अनुसार सुरजले आफ्नी श्रीमतीलाई मारेर, उसको धन सम्पत्ती आफ्नो बनाएर अर्कै महिलासँग बिहे गर्न चाहन्थे ।

प्रहरीका प्रमुख अनुसन्धान अधिकृत अपुकुट्टन अशोकले भनेका छन्, सुरजले श्रीमतीको हत्या गर्न सावधानीपूर्वक योजना बनाए र तेस्रो प्रयासमा सफल भए ।

उत्तरालाई सर्पबाट दुईपटक डसाइएको थियो

अनुसन्धान अधिकृतहरुका अनुसार सुरजले श्रीमतीको हत्याका लागि एउटा मात्र होइन, दुईवटा सर्प किनेका थिए । सुरजले गोमन सर्प किन्नु अगाडि रसेल वाइपर सर्प पनि किनेका थिए । जसले केही महिना अगाडि मात्र उत्तरालाई डसेको थियो ।

सर्प पक्रनेवाला सुरेशले पनि सुरजलाई दुईवटा सर्प बेचेको प्रहरीसमक्ष स्वीकारी बयान दिएका छन् ।

अभियोजन पक्षले सुरजको कल रेकर्ड, इन्टरनेट हिस्ट्री, घरको पछाडि फेला परेको मृत गोमन सर्प, परिवारको कारमा भेटिएको नशालु पदार्थ जस्ता प्रमाणहरु जुटाएर मुद्दा दायर गरेको थियो ।

अदालतसमक्षम पशु चिकित्सक र डाक्टरहरुसहित ९० भन्दा बढी व्यक्तिहरुले वयान दिएका थिए । साथै गोमन सर्प, सपेरा र मान्छेको डमी प्रयोग गरेर यो घटनाक्रमलाई रिक्रिएट गरिएको थियो ।

एक पशु चिकित्सक मविश कुमारले अदालतसमक्ष भनेका छन्– गोमन सर्प घरको झ्यालबाट कोठाभित्र गएर दम्पत्तीको सुत्ने कोठासम्म पुग्ने सम्भावना निकै कम हुन्छ । रातिको बेला गोमन सर्प धेरै सक्रिय हुँदैन । हरेक पटक हामीले त्यो सर्पलाई डमीमाथि खसाउँदा त्यो चिप्लिएर खस्थ्यो र कोठाको अँध्यारो ठाउँमा गएर लुक्थ्यो । हामीले गोमनलाई उक्साउँदासमेत त्यसले डस्ने कोसिस गरेन । त्यसपछि डाक्टरले गोमनको गर्धन समातेर प्लास्टिकले बाँधिएको कुखुराको मासुको एक टुक्रामा डसाउने खोजेपछि मात्र डस्यो । मासुमा डसेको दुरी र सुरजकी पत्नी उत्तराको वायाँ हातमा सर्पले डसेको दुरी समान जस्तै थियो ।

न्यायाधीश एम मनोजले सुरजलाई जन्मकैदको सजायँ सुनाउँदै भनेका छन्, ‘यो जघन्य हत्याको मामिला हो । सुरजले उत्तराको हत्या गर्ने योजना बनाए र उनलाई एक गोमन सर्पले डसेर मृत्यु भएकोजस्तो देखाउन खोजे ।’ – अनलाइन खबरबाट

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान

Published

on

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने मधेस र कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा कोशी, लुम्बिनी र कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराईका केही स्थान र मधेश प्रदेश तथा सुदूरपश्चिमको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थान मधेस तथा कर्णाली पहाडी भूभागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुहुन र विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन महाशाखाको अनुरोध छ । रासस

Continue Reading

Banner

मनसुनी वायुको प्रभाव: देशका केही स्थानमा भारी वर्षाको सम्भावना

Published

on

 हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ ।

विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

विभागद्वारा मौसम ‘बुलेटिन’का अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, मधेस प्रदेश तथा कर्णाली पहाडी भू–भागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

Continue Reading

Banner

गछिया खोला भ्याट भ्रष्टाचार प्रकरण : तिलक आलेविरुद्ध अख्तियार सर्वोच्चमा

Published

on

 आन्तरिक राजस्व कार्यालय, धरानका तत्कालीन कर अधिकृत तिलक आलेसमेतका प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ।

आयोगका अनुसार सुन्दरहरैँचा नगरपालिकास्थित गछिया खोलाबाट आर्थिक वर्ष २०७६-०७७ मा नदिजन्य पदार्थ उत्खनन् गर्ने क्रममा प्राप्त हुने राजस्वमध्ये आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट) रकम दाखिला नगरी भ्रष्टाचार गरिएको आरोपमा तिलक आलेसमेतका प्रतिवादीविरुद्ध मुद्दा दायर गरिएको थियो।

उक्त प्रकरणमा आयोगले प्रतिवादीहरूबाट रु. १ करोड २३ लाख ६९ हजार ६४९ रुपैयाँ ६९ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र १७ बमोजिम कसुर ठहर गरी कैद तथा बिगो बराबर जरिवानासहितको सजाय माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको थियो।

तर विशेष अदालतले मिति २०८२।१२।१० मा गरेको फैसलाबाट प्रतिवादीहरूलाई आंशिक सफाइ दिएको थियो। उक्त फैसलाप्रति चित्त नबुझेपछि आयोगले मिति २०८३।०४।०४ गते सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरेको जनाएको छ।

आयोगले विशेष अदालतको फैसलाको कानुनी परीक्षण आवश्यक रहेको भन्दै अभियोगमा प्रस्तुत प्रमाण र तथ्यका आधारमा पुनरावेदन प्रक्रिया अघि बढाएको हो।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक