Connect with us
Advertisement

एमाले लेटाङको प्रथम अधिवेशन सुरु, एमालेले मात्र विकास र समृद्धिको सपना पुरा गर्न सक्ने नेता खतिवडा

Published

on

विराटचाेक नेकपा एमालेका नेता तथा मोरङ क्षेत्र नम्बर १ का सांसद् घनश्याम खतिवडाले नेकपा एमालेले मात्र विकास र समृद्धिको सपना पुरा गर्न सक्ने बताउनु भएको छ । मोरङको लेटाङमा आज नेकपा एमालेको प्रथम नगर अधिवेशनको उद्घाटन गर्दै नेता खतिवडाले वर्तमान सरकारले मन्त्रिमण्डल गठन गर्नै ३ महिना लगाएकाले यो सरकारबाट जनताले कुनै अपेक्षा नगरेको दावी गर्नुभयो ।

उहाँले यो सरकारको काम अघिल्लो सरकारले गरेका विकासका योजनाहरुलाई खारेज गर्ने मात्र रहेको भन्दै देशको विकासका लागि नेकपा एमालेमा गोलबद्ध हुन सबैलाई आह्वान गर्नुभयो । उहाँले अब ताजा जनादेश लिएर नेकपा एमाले पुन सरकारमा जाने र देश विकासको अभिभारा पुरा गरेरै छाड्ने दावी गर्नुभयो । उहाँले नेकपा एमालेलाई समाप्त पार्ने कार्यभार लिएर पार्टी फुटाएका माधव नेपाल आफैं समाप्त भएर जाने भन्दै घर जलाएर खरानी ताप्नेहरुले पछुताउनु पर्ने बताउनुभयो ।

कार्यक्रममा एमाले मोरङका उपाध्यक्ष तथा प्रदेश कमिटी सदस्य रामलाल शाह, प्रदेश कमिटी सदस्य तथा पूर्वराज्यमन्त्री राजकुमार ओझा, प्रदेश कमिटी सदस्य डीपी राई, दहशेर राई, डिल्लीशर्मा अधिकारी, प्रदेश कमिटी सदस्य तथा एमाले लेटाङका पूर्वअध्यक्ष भूपेन्द्र लावती, नीर विक्रम किराँती, लेटाङ नगर उपप्रमुख तथा अनेमसंघ प्रदेश कमिटी सदस्य कृष्णकुमारी निरौला लगायतले शुभकामना मन्तव्य राख्नुभयो ।

यसैगरि नगर अधिवेशनको अवसरमा नेकपा एमाले पार्टीमा योगदान पुर्याउने तथा भूमिगत कालमा नेता कार्यकर्तालाई संरक्षण गर्ने विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको छ । कार्यक्रममा बालकृष्ण देवकोटा, चन्द्रप्रसाद गौतम, युवनाथ पौडेल, नेत्रकुमारी गौतम, अकलमान मगर, मानबहादुर बलम्पाकी, पर्शुराम खतिवडा, भीमा खतिवडा, हरिबहादुर माखिम मगर, रत्न घिमिरे, सावित्रा सुवेदी राईलाई दोसल्ला ओडाएर सम्मानपत्र सहित सम्मान गरिएको छ ।

सोही अवसरमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायत दल परित्याग गरि १ दर्जन बढी नेकपा एमालेमा प्रवेश गरेका थिए । नगर अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

नगर कमिटी अध्यक्षमा कृष्ण लुइँटेल र खगेन्द्र भण्डारीको दावेदारी रहेपनि सर्वसहमति जुटाएरै नगर कमिटी गठन गर्ने प्रयास भइरहेको सचिव डिल्ली विश्वकर्माले जानकारी दिनुभयो ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए

Published

on

नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।

निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।

यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।

पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।

१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह

Continue Reading

Banner

चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल

Published

on

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।

खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।

Continue Reading

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक