Connect with us
Advertisement

विराटचाेकमा गजल महफिलकाे दोस्रो शृङ्खला-तथा स्रष्टा सम्मान

Published

on

विराटचाेक  साइकल  र साहित्य  फरक विधा भए पनि माेरङकाे सुन्दरहरैँचामा साइकल राइडर्स ग्रुपले भब्य साहितिक कार्यक्रम सम्पन्न गरेकाे छ । स्वास्थ्य खेलकुद स‌ङ्गै कला साहित्य क्षेत्रका माध्यमबाट मनाेरन्जन प्रदान गर्न गजल महफिलकाे दोस्रो शृङ्खला-तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएकाे हाे ।
विराटचाेकमा रहेकाे डाक्टर डेभिड क्याफेमा आयोजित गजल महफिलमा मोरङका स्रष्टा छवि वैरागी घिमिरे, काठमाडौँका आँचलकुमार शर्मा तथा धनकुटका स्रष्टा ईश्वर दाहाल रहेका थिए । तीन जना गजलकारले तीन तीन चरणमा आ –आफ्ना चर्चित गजल वाचन गरेका थिए ।  गजलकारले शास्त्रीय बहर तथा मुक्त बहरका गजलहरू वाचन गर्दा दर्शकहरुले तालीद्वारा स्वागत गर्दै जाेडदार हुटिङ सहित  खुलेर गजलमा रमेका थिए । 
प्रतिनिधि रूपमा सहभागिताका गजल समेत वाचन गरिएका थिए । जस अन्तर्गत पत्रकार मणिराम दाहाल , कवि किशोर कोइराला, कार्यक्रमका विशिष्ट अतिथी तथा साहित्यकार अमृतप्रसाद आचार्यले समेत आफ्ना गजल रचना सुनाएका थिए ।
गजल महफिल कार्यक्रममा स्थानीय राजनीतिकर्मी तथा कलाप्रेमी सुरेन्द्रबहादुर थापा प्रमुख अतिथी थिए । विशिष्ट अतिथिमा नगर उपमेयर धना तामाङ, प्रेमप्रसाद भट्टराई,डम्बरुबल्लभ भण्डारी,मीनकुमार नवोदित रहेका थिए ।
कार्यक्रममा  विराटनगर, धरान ,इनरुवा ,बेलेपुर, बेलबारी ,केराबारी ,लेटाङ ,इटहरी ,विर्तामोड धनकुटालगायत क्षेत्रकाट स्रष्टा सर्जकहरूको उपस्थिति रहेको थियो । गजल महफिलमा पर्शुराम खतिवडाले आमन्त्रित महानुभाव समक्ष स्वागत मन्तव्य व्यक्त गरेका थिए । माेफसलमा गजल पारखीलाई लक्षित गरेर साहित्य कलाकाे विकास गर्ने उदेश्यका साथमा गजल महफिल भएको थियाे । कार्यक्रमलाई सहज बनाउन सहजकर्ताद्वय यादव भट्टराई तथा रमेश न्यौपाने लगायतको महत्त्वपूर्ण भूमिका रहेको थियाे ।
साथै कार्यक्रममा हरेक वर्ष नेपाली भाषासाहित्य, कला ,संस्कृतिका लागि विशिष्ट योगदान दिने स्रष्टा सम्मान तथा गजल महफिलकाे अवसरमा यसपटक वरिष्ठ नाट्यकर्मी तथा पूर्व शिक्षक भरत गुरागाईँ लाई नगद पुरस्कारकाे साथमा सम्मानपत्रद्वारा सम्मानित गरिएको थियो ।  सम्मानित भएका गुरागाईं मोरङको झोराहाटमा ५ दशक अघि जन्मिएर विगत लामाे समय देखि निरन्तर रूपमा नेपाली भाषा साहित्य, कला र संस्कृति क्षेत्रमा क्रियाशील रहँदै आएका छन् । आयाेजक राइडर्स ग्रुपका उपाध्यक्ष रामकृष्ण खड्काको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन भने नझरेका फूलहरूका प्रस्तोता केपी घिमिरेले गरेका थिए ।
Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए

Published

on

नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।

निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।

यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।

पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।

१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह

Continue Reading

Banner

चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल

Published

on

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।

खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।

Continue Reading

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक