Connect with us
Advertisement
Advertisement

सुन्दरहरैंचा मेयर कप फुटसल प्रतियोगिताको च्याम्पियन वडा नम्बर १०

Published

on

विराटचोकः सुन्दरहरैंचा मेयर कप फुटसल प्रतियोगितामा वडा नम्बर १० विजयी भएको छ । मंगलबार भएको फाइनल खेलमा वडा नम्बर ११ लाई ० का विरुद्ध ३ ले गर्दै वडा नम्बर १० ले जीत हासिल गरेको हो । प्रतियोगिताको विजयी टिमले ३५ हजार रुपैयाँ र उपविजेता वडा नम्बर ११ ले २० हजार रुपैयाँ पाएका छन् । त्यस्तै, तेस्रो हुने वडा नम्बर लाई ५ हजार रुपैयाँका साथमा ट्रफी र प्रमाणपत्र कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख शिवप्रसाद ढकालले प्रदान गरेका थिए ।

प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगरप्रमुख ढकालले मोफसलमा पनि फुटसल सञ्चालन हुनु युवा खेलाडी र खेलप्रेमीहरुका लागि गौरवको विषय भएको बताए ।

नगरले खेल क्षेत्रमा विभिन्न कार्यक्रमसँगै बजेटको व्यवस्था गरेको र खेलकुद क्षेत्रमा सहयोग गर्ने उनको भनाइ थियो ।

यसैगरी प्रदेश १ खेलकुद विकास बोर्डका सदस्य सन्तोष बान्तवाले खेलकुदका क्षेत्रबाट यस ठाउँको विकास र युवा खेलाडी उत्पादनमा फुटसल प्रतियोगिताले सहयोग पुग्ने बताए ।

कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा. कृष्णबहादुर घिमिरे, वडा नम्बर १२ का वडाध्यक्ष रोशनप्रसाद ढकाल, इन्द्रपुर जेसीजका अध्यक्ष कृष्णप्रसाद ओझा, नेपाली काङग्रेसका नेता ललितबहादुर श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

प्लानेट रिक्रिएसन सेन्टरको आयोजनामा आइतबार वडास्तरीय फुटसल प्रतियोगिता शुरु भएको थियो । मेयर कप फुटसल प्रतियोगिताको दोस्रो संस्करणको रुपमा रहेको सो प्रतियोगिताको मुख्य प्रबद्र्धकमा सुन्दरहरैंचा नगरपालिका रहेको थियो । सुन्दरहरैंचाका १२ वटा वडालाई ४ समूहमा विभाजन गरेर लिग कम नक आउटको आधारमा खेल खेलाइएको थियो ।

यसैबीच, मंगलबार नै सुन्दरहरैंचा नगरपालिका र सुन्दरहरैंचा उद्योग वाणिज्य संघबीच भएको मैत्रीपूर्ण फुटसल प्रतियोगिता नगरपालिकाले जितेको थियो । वाणिज्य संघलाई २ का विरुद्ध ६ गोल नगरपालिकाले गरेको थियो ।

Continue Reading

Facebook Comment

Advertisement
Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

विदेशी मुद्राको विनिमय दर स्थिर

Published

on

विराटचोकः आज अधिकांश विदेशी मुद्राको विनिमय दर स्थिर रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार यस्तो छ आज मंसीर  १९  गतेका लागि निर्धारण भएको विदेशी मुद्राको विनिमय दरः

Continue Reading

Banner

बिभिन्न कार्ययाेजना पारित गर्दै लायन्स क्लव ३२५ ए वान डिष्ट्रिकको क्याविनेट मिटिङ सम्पन्न

Published

on

विराटचाेक: लायन्स क्लव ३२५ ए वान डिष्ट्रिकको दोश्रो क्याविनेट मिटिङ आज मोरङको सुन्दरहरैंचामा सम्पन्न भएको छ ।  लायन्स क्लव ३२५ ए वान डिष्ट्रिक गभर्नर लायन रेवतबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादव, सुन्दरहरैंचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकाल, उपप्रमुख धनमाया तामाङ, लायन्सका पाष्ट इन्टरनेशनल डाइरेक्टर सञ्जय खेतान, जीएपी एरिया लिडर खगेन्द्र सिटौला लगायतका लायन्सका उच्चपदस्थ व्यक्तित्वहरुको आतिथ्यता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले लायन्स निश्वार्थभावले विशुद्ध समाजसेवामा समर्पित रहेको भन्दै लयान्ससँग सहकार्य गरेर अघि बढ्न प्रदेश सरकार तत्पर रहेको उल्लेख गरे ।  यस्तै सामााजिक विकास मन्त्री जयराम यादवले आफुपनि लायन्ससँग जोडिएको व्यक्ति भएकाले समाजसेवाको क्षेत्रमा लायन्ससँग हातमालो गर्दै अघि बढ्ने प्रतिवद्धता जनाए

नगर प्रमुख शिवप्रसाद ढकालले  लायन्सका हरेक गतिविधिमा नगरपालिकाको तर्फबाट सँधै साथ र सहयोग रहने भन्दै विभिन्न विपतका सायमा लायन्सले खेलेको भूमिकाको प्रशंशा गरेका थिए । उपप्रमुख धनमाया तामाङले व्यक्तित्व विकासमा लायन्स जेसीज जस्ता सस्थाले युवालाई अगाडि बढाउन सहयाेग गरेकाे बताइन् ।

उद्घाटन सत्रपछि सञ्चालन भएको डिस्ट्रिकको क्याविनेट मिटिङले विभिन्नि सामाजिक कामका योजना अघि बढाउने निर्णय गरेको छ । विराटनगरस्थित मानव सेवा आश्रमको भवन, दमकस्थित आम्दा अस्पतालमा आकस्मिक भवन, विराटनगरमा बहिरा स्कुलमा भवन लगायतका १५ वटा विकासका योजना अघि बढाउने निर्णय भएको विराटनगर एरिया चिफ चन्द्रमणि गुरागाईंले जानकारी दिए ।

मिटिङमा लायन्स क्लव ३२५ ए वान डिष्ट्रिकमा पर्ने विभिन्न क्लवहरुबाट १४ सय बढीको सहभागिता रहेको कार्यक्रम संयोजक तथा जोन चेयर पर्सन मनिता दंगालले बताइन्  ।

Continue Reading

Banner

कांग्रेस प्रदेश १ अधिवेशनः २० जनाको उम्मेद्वारी

Published

on

विराटनगरः १४ औँ महाधिवेशनअन्तर्गत हुन लागेको नेपाली कांग्रेसको प्रदेश अधिविेशनअन्तर्गत प्रदेश १ को सभापतिमा गुरुराज घिमिरे र उद्धव थापा चुनावी मैदानमा उत्रिएका छन् ।

झापाका थापा संस्थापनपक्षका हुन् भने र मोरङका घिमिरे संस्थापन इतर पक्षका हुन् । घिमिरे नेपाल विद्यार्थी संघका पूर्व सभापति हुन् । थापा सिटौला निकट कार्यकर्ता हुन् ।

त्यस्तै, २ जना निर्वाचित हुने उपसभापतिमा गोविन्द ढुंगाना, टंक राई, विश्वनाथ रिजाल र रमेशजंग रायमाझीले उम्मेद्वारी दिएका छन् ।

२ जना महामन्त्रीका लागि दिपेन श्रेष्ठ, भुपेन्द्र राई, उमेश थापा र पदम सुन्दर पालुङ्वा उम्मेद्वार हुने भएका छन् ।

सहमहामन्त्रीमा प्रमिला गच्छदार, मानबहादुर लिम्बू, अन्जना ताम्ली, रोहित साह, शुभचन्द्र राई, सीता कार्की, वीरकाजी राई, विनोदकुमार बस्नेत, खड्गबहादुर फागो र इन्दिरा थापाले उम्मेद्वारी दिएका छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५११३३२९९, ९८४२१९२४१२, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक खेमचन्द्र अधिकारी
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः नवराज पोख्रेल
व्यवस्थापकः कृष्णचन्द्र सुवेदी
हाम्रो फेसबुक