शिक्षा / स्वास्थ्य
आज विश्व मधुमेह दिवस, ‘मधुमेह उपचारमा पहुँच’ नाराका साथ विश्वभर मनाइँदै
विराटचोकः हरेक वर्ष नोभेम्बर १४ मा मनाइने विश्व मधुमेह दिवस आज विश्वभर मनाइँदैछ । सन् २००६ देखि आजको दिनलाई विश्व मधुमेह दिवसका रुपमा संयुक्त राष्ट्रसंघले आधिकारिकता दिएको हो ।
मधुमेहको उपचारमा अहिलेसम्म सबैभन्दा प्रभावकारी देखिएको इन्सुलिनको आविष्कार गरेका सर फ्रेड्रिक बान्टिङको जन्मदिनमा सो दिवस मनाउन थालिएको हो । सर बान्टिङ र चाल्र्स बेस्टले सन् १९२२ मा पहिलो पटक संयुक्त रुपमा मधुमेह वा डायबेटिजको उपचारका लागि इन्सुलिनको आविष्कार गरेका थिए ।
सन् २०२१ का लागि विश्व मधुमेह दिवसको नारा ‘एक्सेस टु डायबेटिज केयर’ अर्थात्, मधुमेह उपचारमा पहुँच रहेको छ ।
अहिले मधुमेह वा डायबेटिजको उपचार नेपालमा पनि सहज बन्न थालिसकेको छ । त्यसैले समयमा नै मधुमेहको पहिचान गरेर उपचार गर्ने हो भने हामीले पछि गम्भीर समस्याहरुबाट प्रताडित हुनु पर्दैन । मधुमेह वा डायबेटिजलाई हामी बोलीचालीको भाषामा चिनी रोग वा सुगर पनि भन्छौँ ।
चिकित्सकहरुले डायबेटिज हुने सबैभन्दा जिम्मेवार कारणलाई हाम्रो जीवनशैली मान्छन् ।
मधुमेह नियन्त्रणका लागि खानामा पनि विशेष ध्यान दिनुपर्छ । मधुमेह भएका मानिसहरुले त खानामा विशेष ध्यान दिनु पर्छ । डायबेटिज भएको प्रमाणित भयो भने धूमपान र मध्यपान गर्नै हुँदैन । बजारको तयारी खानेकुरा भन्दा घरमा पकाइएका पौष्टिक तथा ताजा खानेकुरा खानुपर्छ ।
मधुमेह भइसकेको प्रमाणित भएमा खाने कुरामा हामीले सकेसम्म कार्बाेहाइड्रेट खानु हुँदैन । भात, आलु आदि बार्नुपर्ने हुन्छ । फलफूललाई प्राथमिकतामा राख्नुपर्छ भने रातो मासु खानै नहुने चिकित्सकहरु बताउँछन् ।
मधुमेह समयमा नै थाहा भयो र यसलाई नियन्त्रणमा लिन सकियो भने यसका कारण हुनसक्ने विभिन्न गम्भीर रोगबाट बच्न सकिन्छ ।
Facebook Comment
Banner
कांग्रेस महामन्त्रीका आकांक्षीमा डा. सुनील शर्माको नाम चर्चामा
नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा नयाँ नेतृत्व चयनका लागि पार्टीभित्र आन्तरिक छलफल र आकांक्षीहरूको चर्चा बढेको छ। वडा अधिवेशनबाट सुरु भएको महाधिवेशन प्रक्रिया पालिका, क्षेत्र हुँदै प्रतिनिधि छनोटको चरणमा पुगेसँगै सभापति र पदाधिकारीका सम्भावित उम्मेदवारबारे बहस तीव्र भएको हो।
असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनमा सभापतिपछि महामन्त्री पदलाई महत्वपूर्ण पदका रूपमा हेरिएको छ। महामन्त्रीका आकांक्षीका रूपमा कांग्रेस नेता डा. सुनीलकुमार शर्मासहित वर्तमान महामन्त्री प्रदीप पौडेल, गुरुराज घिमिरे, सहमहामन्त्री उदयशमशेर राणा र केन्द्रीय सदस्य मधु आचार्यको नाम चर्चामा छ।
डा. शर्मा २०५४ सालमा कांग्रेसको सदस्य बनेर राजनीतिमा सक्रिय भएका हुन्। १३औँ महाधिवेशनदेखि महासमिति सदस्यका रूपमा पार्टीमा सक्रिय रहँदै आएका शर्माले सार्वजनिक सरोकारका विषयमा आफ्ना धारणा राख्दै आएका छन्।
स्वास्थ्य तथा शिक्षा क्षेत्रमा सक्रिय शर्माको सामाजिक सेवासम्बन्धी भूमिका पनि सार्वजनिक रूपमा चर्चामा रहँदै आएको छ। आर्थिक अभावका कारण उपचारबाट वञ्चित नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउने, स्वास्थ्य शिविर सञ्चालन गर्ने तथा विपन्न विद्यार्थीलाई शैक्षिक सहयोग गर्ने गतिविधिमा उनी संलग्न रहँदै आएका छन्।
गिरिजाप्रसाद कोइराला फाउन्डेसनको सभापतिको जिम्मेवारी पाएपछि शर्माले स्वास्थ्य तथा सामाजिक सेवाका गतिविधिलाई थप विस्तार गर्ने प्रयास अघि बढाएका छन्। फाउन्डेसनमार्फत आर्थिक अभावका कारण उपचार गर्न नसक्ने बिरामीका लागि निःशुल्क शल्यक्रिया गर्ने अभियान अघि बढाइएको जनाइएको छ।
कांग्रेसको आगामी नेतृत्वमा सभापति पदका लागि गगनकुमार थापाको नाम चर्चामा रहँदा महामन्त्री पदका सम्भावित आकांक्षीबारे पनि पार्टीभित्र छलफल भइरहेको छ। यही क्रममा थापासँगको राजनीतिक सहकार्य, कार्यकर्तासँगको पहुँच तथा सामाजिक क्षेत्रमा सक्रियतालाई आधार बनाएर शर्माको नाम महामन्त्रीका सम्भावित उम्मेदवारका रूपमा चर्चामा आएको छ।
महामन्त्री पद पार्टीको संगठन सञ्चालन, नीति कार्यान्वयन र कार्यकर्तासँगको समन्वयमा महत्वपूर्ण भूमिकामा रहने भएकाले १५औँ महाधिवेशनमा यो पदका लागि हुने प्रतिस्पर्धालाई कांग्रेसको आगामी संगठनात्मक दिशासँग जोडेर हेरिएको छ।
महामन्त्रीका आकांक्षीहरूबीचको प्रतिस्पर्धा र नेतृत्व चयनको अन्तिम तस्वीर भने महाधिवेशन प्रक्रिया अघि बढ्दै जाँदा थप स्पष्ट हुने देखिन्छ।
Banner
डा. सुनील शर्मा कांग्रेसको १५औँ महाधिवेशनका लागि क्षेत्रीय प्रतिनिधिमा निर्विरोध
नेपाली कांग्रेसका नेता तथा गिरिजाप्रसाद कोइराला फाउन्डेसनका सभापति डा. सुनीलकुमार शर्मा मोरङको बेलबारी नगरपालिका–४ बाट नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि क्षेत्रीय प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका छन्।
क्षेत्रीय प्रतिनिधिमा निर्विरोध निर्वाचित भएसँगै शर्माको १५औँ महाधिवेशन यात्रा औपचारिक रूपमा अघि बढेको छ। बेलबारी–४ बाट महाधिवेशनका लागि चयन हुने सबै प्रतिनिधि सर्वसम्मत भएका छन्। यसअघि पनि वडा तहमा प्रतिनिधि चयन सर्वसम्मत हुँदै आएको थियो।
स्वास्थ्य तथा शिक्षा क्षेत्रमा सामाजिक सेवामार्फत सक्रिय रहँदै आएका शर्माले आर्थिक अभावका कारण उपचारबाट वञ्चित विपन्न तथा असहाय नागरिकलाई निःशुल्क उपचार उपलब्ध गराउँदै आएका छन्। उनले निःशुल्क उपचार तथा शल्यक्रिया, स्वास्थ्य शिविर सञ्चालन र विपन्न विद्यार्थीलाई शैक्षिक सहयोगलगायतका गतिविधि गर्दै आएका छन्।
गिरिजाप्रसाद कोइराला फाउन्डेसनको नेतृत्व सम्हालेपछि पनि शर्माले स्वास्थ्य सेवाको पहुँचबाट वञ्चित नागरिकलाई सहयोग गर्ने तथा अवसरबाट वञ्चित विद्यार्थीलाई शिक्षामा सहजीकरण गर्ने अभियानलाई निरन्तरता दिँदै आएको जनाइएको छ।
स्वास्थ्य, शिक्षा तथा सामाजिक सेवाका क्षेत्रमा सक्रिय शर्माले विभिन्न जिल्लामा मानवीय सेवासम्बन्धी गतिविधि सञ्चालन गर्दै आएका छन्।
क्षेत्रीय प्रतिनिधिमा निर्विरोध निर्वाचित भएसँगै शर्मा अब कांग्रेसको १५औँ महाधिवेशन प्रक्रियामा प्रतिनिधिका रूपमा सहभागी हुने भएका छन्।
Banner
इन्द्रपुर सहकारीको २६औँ साधारणसभा सम्पन्न, २७ करोड बढी पुँजी
मोरङको सुन्दरहरैँचा–९ स्थित इन्द्रपुर बहुउद्देश्यीय सहकारी संस्थाको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।
इन्द्रपुर जेसीजको भवनमा संस्थाका अध्यक्ष गोपालप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न साधारणसभाका प्रमुख अतिथि सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईं रहनुभएको थियो।
साधारणसभामा अध्यक्ष पौडेलले आर्थिक वर्ष २०८२/०८३ को प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। प्रतिवेदनअनुसार संस्थाको कुल पुँजी २७ करोड २१ लाख ९ हजार ८२२ रुपैयाँ रहेको छ भने कुल सम्पत्ति २७ करोड २९ लाख ९ हजार ८२२ रुपैयाँ पुगेको छ।
कार्यक्रममा नगरप्रमुख गुरागाईंले सहकारीका सदस्यहरू संस्थाको गतिविधि, लगानी तथा आर्थिक अवस्थाबारे नियमित रूपमा सचेत र जागरुक हुनुपर्ने बताउनुभयो। केही सहकारीमा समस्या देखिनुको एउटा कारण सञ्चालकलाई मात्रै जिम्मेवार ठानेर सदस्यहरूले संस्थाका गतिविधिप्रति पर्याप्त चासो नदिनु पनि रहेको उहाँले बताउनुभयो।
इन्द्रपुर सहकारीका सदस्यहरूले संस्थाको लगानी कहाँ र कस्तो अवस्थामा रहेको छ भन्नेबारे समय–समयमा जानकारी लिनुपर्नेमा उहाँले जोड दिनुभयो।
साधारणसभाले आर्थिक वर्ष २०८२/०८३ को प्रतिवेदन अनुमोदन गर्नुका साथै आर्थिक वर्ष २०८३/०८४ का लागि कार्यक्रम तथा बजेट पारित गरेको छ।
उत्कृष्ट विद्यार्थी तथा सदस्य सम्मानित
साधारणसभाका अवसरमा संस्थाले विभिन्न विधामा सदस्य तथा उनीहरूका परिवारका सदस्यलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ।
इन्द्रपुर सहकारी छात्रवृत्ति कोषमार्फत २०८२ सालको प्लस टु परीक्षामा सामुदायिक तथा संस्थागत विद्यालयतर्फ उत्कृष्ट अंक प्राप्त गर्ने शेयर सदस्यका छोराछोरीलाई पुरस्कृत गरिएको हो।
सामुदायिक विद्यालयतर्फ जेसिका सुवेदी र बद्री सुवेदी तथा संस्थागत विद्यालयतर्फ प्रज्वल रेग्मी र शर्मिला कार्की पुरस्कृत भएका छन्।
यस्तै, असल ऋणीका रूपमा कमला घिमिरे, गोविन्दबहादुर कार्की, शोभा इजम र रुद्रप्रसाद ढकाल तथा असल बचतकर्ताका रूपमा दिपा न्यौपाने, खेमराज श्रेष्ठ, उर्मिला चौहान र शिवप्रसाद सुवेदीलाई सम्मान गरिएको छ।
अनुशासित शेयर सदस्यका रूपमा शान्ता आचार्यलाई सम्मान गरिएको छ। ज्येष्ठ सदस्यतर्फ मोहनबहादुर भण्डारी, प्रेमप्रसाद काफ्ले, वीरबहादुर खलाल, भीमप्रसाद ढकाल र यममाया थापा सम्मानित भएका छन्।
त्यसैगरी कनिष्ठ सदस्यका रूपमा अपेक्षा तिम्सिना तथा उत्कृष्ट कर्मचारीका रूपमा सविता ढकाललाई सम्मान गरिएको संस्थाले जनाएको छ।
साधारणसभामा लेखा समितिको प्रतिवेदन लेखा समिति संयोजक गंगाराम फुँयलले प्रस्तुत गर्नुभएको थियो। कार्यक्रम संस्थाका सचिव सन्तोष वान्तवाले सञ्चालन गर्नुभएको थियो।
सुन्दरहरैँचाका अग्रणी सहकारी संस्थामध्ये रहेको इन्द्रपुर बहुउद्देश्यीय सहकारीले वित्तीय सेवा तथा सदस्य केन्द्रित कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















You must be logged in to post a comment Login