Connect with us
Advertisement

‘कोल्याप्स’ हुनबाट जोगिएको जेठो बैंकको ८५ वर्षे यात्रा

Published

on

रोयल आचार्य

काठमाडौं । अहिले देशका गाउँगाउँमा बैंक पुगेका छन् । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई चार वर्गमा विभाजित गरेर काम गर्न अनुमति दिएको छ । यी बैंक तथा वित्तीय संस्थामध्ये कुनै न कुनै हरेक स्थानीय तहमा पुगेका छन् । अर्थात् वित्तीय पहुँच देशका कुनाकन्दरामा पुगिसकेको छ । अहिले बैंकिङ प्रणाली यति सहज भएको छ कि कारोबार गर्न बैंकमै जानु पर्ने बाध्यता छैन । अनलाईन बैंकिङ कारोबार बढ्दो छ ।

आजभन्दा साढे ८ दशक अघिको युग भने विल्कुलै फरक थियो । साहुमहाजनहरू कर्जा लगानीको कारोबार गर्थे । सुरक्षित बचतका लागि घरैमा थैली र बाक्साको विकल्प थिएन । मुद्रा सटही जस्ता कारोबारका लागि सिमित पैसावालले सहरमा मनी चेन्जर चलाउँथे ।

नेपालमा बैंकिङ युग सुरु भएको आज ३० कात्तिकमा ८५ वर्ष पुग्दैछ । नेपालको बैंकिङ इतिहास भन्ने वित्तिकै सबभन्दा जेठो बैंक अर्थात् नेपाल बैंकको नाम आइहाल्छ । १९९४ सालमा श्री ३ जुद्धशमशेर राणाले श्री ५ त्रिभुवनसमक्ष राखेको प्रस्तावको परिणाम थियो, नेपाल बैंक ।

राजाबाट प्रस्ताव स्वीकृत भएपछि जुद्धशमशेरले आफूनिकट केही व्यक्तिलाई बैंक खोल्ने तयारी थाल्न अह्राए । नभन्दै १० जना लगानीका लागि तयार भए, सरकार पनि शेयरधनी रहने भयो । त्यसका लागि १२ जना कर्मचारी तयार गरियो । अनि १९९४ कात्तिक ३० गते राजा त्रिभुवनबाट नेपाल बैंकको उद्घाटन भयो । त्यसरी नेपाल बैंकिङ युगमा प्रवेश गर्‍यो ।

नेपाल बैंक स्थापना भएको करीब २ दशकपछि नियामक निकायको पनि आवश्यकता महसुस भयो । अनि २०१३ वैशाख १४ गते नेपाल राष्ट्र बैंक स्थापना भयो । त्यसबेला नेपाल बैंककै कर्मचारी लगेर राष्ट्र बैंक चलाइएको थियो ।

यति गर्विलो इतिहास बोकेको नेपाल बैंक कुनै बेला धराशायी नै हुन लागेको थियो । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर अधिकारी नेपाल बैंक स्थापनादेखि हालसम्मको अवस्थालाई चार कालखण्डमा विभाजन गर्छन् ।

पहिलो- स्वर्णिम काल

स्थापनादेखि २०४५ सालसम्मको अवधिलाई पहिलो कालखण्डको रुपमा लिने गरिएको सीईओ अधिकारी बताउँछन् । नेपाल बैंकले स्थापनाको लामो समय प्रतिष्पर्धी बैंक पाएन । १९९४ सालदेखि २०४५ सालसम्मको समय नेपाल बैंकका लागि सुनौलो समयको रुपमा रहृयो । यस अवधिमा बैंकले राम्रा काम गर्यो, नराम्रो केही देखिएन ।

नेपाल बैंकको पहिलो जनरल म्यानेजर (जिएम) भारतीय नागरिक ठाकुरसिंह कठैत थिए । राम्रोसँग नेपाली बोल्ने उनलाई काम गर्न गाह्रो भएन । उनले सुरुमा केही कर्मचारी समेत भारतबाटै ल्याएका थिए ।

कठैतपछि बेलायती नागरिक रिचर्ड नेपाल बैंकको दोस्रो जिएम बने । तेस्रो जिएममा भने आनन्दराज भण्डारी नियुक्त भए । उनी नेपालको बैंकिङ इतिहासमा पहिलो कार्यकारी प्रमुख बने ।

२००३ असार १ गते सामान्य कर्मचारीको रुपमा बैंक प्रवेश गरेका भण्डारी २०२० सालमा कार्यबाहक जिएम र २०२२ मा जिएम नियुक्त भए । उनले २०३७ पुस १ गतेबाट लागू हुने गरी राजीनामा दिएकोमा बैंक सञ्चालक समितिले बैंक छाडेर नजान आग्रह गर्दै जिएमको भन्दा आकर्षक सुविधासहित पूर्णकालीन सल्लाहकारमा नियुक्त गरेको थियो । उनी दुईवर्ष सो पदमा रहे ।

त्यस अवधिमा बैंकमा अरु दुई जना जिएम नियुक्त भएका थिए । २०३९ सालमा सरकारले राजभण्डारीलाई नै नेपाल बैंकको जिएम नियुक्त गर्यो । पटक-पटक कार्यकाल थपिदै उनी २०४५ सालसम्म जिएमको जिम्मेवारीमा रहे । २०४५ माघ ८ गते जिएमबाट अवकाश लिएका उनी २०४७ माघ ७ गतेसम्म बैंक सञ्चालक समितिको सल्लाहकार रहे ।

‘त्यो अवधिलाई हामी नेपाल बैंकको स्वर्णकालको रुपमा लिन्छौं, आनन्दराज भण्डारीको नाम लिने ग्राहकहरू अझै हुनुहुन्छ’, सीईओ अधिकारी भन्छन्, ‘उहाँले बैंकलाई सफलतापूर्वक ‘ड्राइभ’ गर्नुभयो ।’

दोस्रो- संक्रमणकाल

२०४६ सालमा भएको राजनीतिक परिवर्तनको असर बैंकिङ क्षेत्रमा पनि पर्‍यो । मुलुकमा बहुदलीय व्यवस्था पुनस्थापनापछि बैंक पनि एक व्यक्तिमा केन्द्रीत रहेन । जिएम राजभण्डारी बाहिरिएपछि नेपाल बैंकको ओरालो यात्रा शुरु भयो ।

त्यसपछिका दिनमा प्रगति होइन, यथास्थितिमा रहन पनि बैंकलाई गाह्रो पर्दै गएको सीईओ अधिकारी सुनाउँछन् । ‘राजनीति छिरेपछि व्यवस्थापन सम्हालिन सकेन ।त्यसबेला बैंकलाई नराम्रो असर पर्नुमा भित्री र बाहिरी दुवै कारण छन्’ सीईओ अधिकारी भन्छन्, ‘अनि बैंक संक्रमणकालको बाटो लाग्यो गुज्रियो ।’

यो काल २०५८ सालसम्म रहेको उनी बताउँछन् । बैंकमा जेजति कमजोरीहरू भए यहीँ अवधिमा भएको उनले बताए । त्यो अवधिमा बैंकको निस्कृय कर्जा अनुपात बढेर ६० प्रतिशतसम्म पुग्यो । अर्थात्, सय लगानी गरेकामा ४० रुपैयाँमात्रै उठ्ने, ६० प्रतिशत जोखिम युक्त कर्जाको रुपमा परिणत हुने अवस्थता आयो ।

त्यसबेला बैंकमा ६ हजार कर्मचारी थिए । बैंकको पुँजी भने ३८ करोड रुपैयाँमात्र थियो । १० अर्ब रुपैयाँ नेगेटिभ नेटवर्थ थियो । घाटा हुने क्रम झन्झन् बढ्दै जाँदा कर्मचारीलाई सर्वसाधारणले राखेको निक्षेपबाट तलब खुवाउनपर्ने स्थिति आयो । ‘अहिले वर्षमा तीन अर्ब नाफा कमाइन्छ, त्यसबेला त तीन अर्ब घाटा थियो’, सीईओ अधिकारी भन्छन् ।

२०५५ सालदेखि त बैंकले लेखापरीक्षण गराउनै सकेन । बैंक यति धेरै समस्यामा परयो कि अब ‘कोल्प्यास’ हुने ‘कन्फर्म’ जस्तै भयो ।

माओवादी युद्धमा गाउँगाउँका रहेका शाखा कार्यालयहरू असुरक्षित थिए । असुरक्षित र घाटामा गएका धेरै शाखा त्यसैबेला बन्द भए । घाटाका शाखाहरू बन्द गर्दा बैंकको खर्च कतौटी भयो ।

तेस्रो- सुधारको काल

अब नेपाल बैंक ‘कोल्प्यास’ नै हुन्छ भन्ने भइरहेको बेला अर्को सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंक पनि समस्यामा थियो । बैंकहरू निकै नराम्रो अवस्थामा गुज्रिएपछि सरकारले ‘फाइनान्सीयल रिर्फम’ (बैंकिङ क्षेत्र सुधार अभियान) थाल्यो ।

दुई बैंकमा सुधार र राष्ट्र बैंकलाई रिइञ्जिनियरिङ गराउन अमेरिकी विज्ञ टोलि बोलाइयो । ‘नेपाल बैंक लिमिटेड इज टेक्नीकल्ली इन्सल्भेन्ट भन्ने त्यो त्यो टोलीको निचोड थियो’ सीईओ अधिकारी भन्छन् ।

बैंकमा व्यवस्थापकीय अक्षमता, कर्जा अनियमितता, एकदमै लथालिंग रेकर्ड प्रणालीलगायत कमजोरीहरू त्यसबेलाको अध्ययनले देखाएको थियो । त्यसपछि राष्ट्र बैंकले २०५८ साल चैत १ गते नेपाल बैंकलाई प्रत्यक्ष नियन्त्रणमा लियो । त्यसबेला भवानी देवी शर्मा जिएम थिइन् । जिएमभन्दा माथि संयोजक भनेर राष्ट्र बैंकले बासुदेव जोशीलाई नेपाल बैंकमा खटायो ।

राष्ट्र बैंकले नियन्त्रणमा लिएको करीब पाँच महिनापछि २०५९ साउनमा नेपाल बैंक विदेशी व्यवस्थापनको जिम्मामा गयो । ‘त्यसरी २०५९ सालदेखि २०७१ सालसम्म सुधारको अवधि बन्यो’ सीईओ अधिकारी भन्छन् ।

२०६४ सालमा विदेशी व्यवस्थापन टोलिको करार अवधि सकिएपछि २०७१ चैतसम्म राष्ट्र बैंक आफैले व्यवस्थापकीय जिम्मेवारी लिएको थियो । त्यो अवधिमा निस्कृय कर्जा घट्यो, समयमै लेखापरीक्षण गराउने, प्रविधि प्रयोग बढाउनेलगायत सुधारका कामहरू भए ।

२०७१ चैतमा पहिलो पटक खुला प्रतिष्पर्धाबाट देवेन्द्रप्रताव शाह नेपाल बैंक लिमिटेडको सीईओ बने । त्यसपछि समस्याको अवधि टुंगिएको सीईओ अधिकारी बताउँछन् ।

चौथो- बजार निर्देशित समय

धराशायी हुनबाट जोगाएर राष्ट्र बैंकले नेपाल बैंकको नियन्त्रण हस्तान्तरण गर्यो । अनि खुला प्रतिष्स्पर्धाबाट बैंकले प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्‍यो । त्यसपछिको समय अहिले चलिरहेको छ । यो समयलाई ‘बजार निर्देशित’भन्दा उपयुक्त हुने सीईओ अधिकारी बताउँछन् ।

उनका अनुसार अहिले ढड्डायुग अन्त्य गरेर प्रविधियुक्त सेवा प्रवाह भइरहेको छ । पहिले बन्द भएका शाखा कार्यालयहरू खुलेका छन् । विकट क्षेत्रमा समेत शाखा विस्तार भएको छ । २०६० को दशकको सुरुमा ९६ वटा शाखा रहेकोमा अहिले २१३ वटा पुगेको छ । सात प्रदेश कार्यालय र ४७ एक्टेक्सन काउन्टर सञ्चालनमा छन् ।

आजको यो अवस्थाबाट अगाडी जान जनशक्तिको भार घटाएर प्रविधि प्रयोग बढाएको सीईओ अधिकारी बताउँछन् ।

अन्य वाणिज्य बैंकसँग प्रतिष्पर्धा

कुनै बेला बन्द हुने अवस्था झेलेको नेपाल बैंक अहिले अरु वाणिज्य बैंकहरुसँग प्रतिष्पर्धामा छ । नेटवर्थ होस् या अन्य सूचक, धेरैमा नेपाल बैंक राम्रै स्थानमा देखिएको छ । गत असार मसान्तसम्म २७ वाणिज्य बैंकहरुमध्ये नेटवर्थको हिसावले नेपाल बैंक पहिलो नमबरमा थियो ।

क्यापिटल फण्ड, क्यापिटल एडिक्योसी र निक्षेपको हिसावले नेपाल बैंक अगाडि नै छ । कुनै पनि बैंकको स्वस्थता मापन गर्ने परिसूचक यी नै हुन् । यसैका आधारमा नेपाल बैंकलाई स्वस्थ र बलियो बैंक भन्न सकिने सीईओ अधिकारी बताउँछन् । सिडी रेसियो, बेसरेट, कस्ट अफ फण्ड आदी सबैमा आफूहरू बलियो रहेको उनले बताए ।

‘नेपाल देशको नाम जोडिएको बैंक हो नेपाल बैंक । नेपाली जनताको बैंक हो यो’, उनी भन्छन्, ‘यो बैंकसँग जोडिएको नेपाली जनताको भावनालाई ‘क्यास’ गर्न भने हामीले सकेका छैनौँ ।’ –अनलाइन खबरबाट

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए

Published

on

नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।

निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।

यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।

पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।

१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह

Continue Reading

Banner

चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल

Published

on

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।

खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।

Continue Reading

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक