Connect with us
Advertisement

‘कोल्याप्स’ हुनबाट जोगिएको जेठो बैंकको ८५ वर्षे यात्रा

Published

on

रोयल आचार्य

काठमाडौं । अहिले देशका गाउँगाउँमा बैंक पुगेका छन् । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई चार वर्गमा विभाजित गरेर काम गर्न अनुमति दिएको छ । यी बैंक तथा वित्तीय संस्थामध्ये कुनै न कुनै हरेक स्थानीय तहमा पुगेका छन् । अर्थात् वित्तीय पहुँच देशका कुनाकन्दरामा पुगिसकेको छ । अहिले बैंकिङ प्रणाली यति सहज भएको छ कि कारोबार गर्न बैंकमै जानु पर्ने बाध्यता छैन । अनलाईन बैंकिङ कारोबार बढ्दो छ ।

आजभन्दा साढे ८ दशक अघिको युग भने विल्कुलै फरक थियो । साहुमहाजनहरू कर्जा लगानीको कारोबार गर्थे । सुरक्षित बचतका लागि घरैमा थैली र बाक्साको विकल्प थिएन । मुद्रा सटही जस्ता कारोबारका लागि सिमित पैसावालले सहरमा मनी चेन्जर चलाउँथे ।

नेपालमा बैंकिङ युग सुरु भएको आज ३० कात्तिकमा ८५ वर्ष पुग्दैछ । नेपालको बैंकिङ इतिहास भन्ने वित्तिकै सबभन्दा जेठो बैंक अर्थात् नेपाल बैंकको नाम आइहाल्छ । १९९४ सालमा श्री ३ जुद्धशमशेर राणाले श्री ५ त्रिभुवनसमक्ष राखेको प्रस्तावको परिणाम थियो, नेपाल बैंक ।

राजाबाट प्रस्ताव स्वीकृत भएपछि जुद्धशमशेरले आफूनिकट केही व्यक्तिलाई बैंक खोल्ने तयारी थाल्न अह्राए । नभन्दै १० जना लगानीका लागि तयार भए, सरकार पनि शेयरधनी रहने भयो । त्यसका लागि १२ जना कर्मचारी तयार गरियो । अनि १९९४ कात्तिक ३० गते राजा त्रिभुवनबाट नेपाल बैंकको उद्घाटन भयो । त्यसरी नेपाल बैंकिङ युगमा प्रवेश गर्‍यो ।

नेपाल बैंक स्थापना भएको करीब २ दशकपछि नियामक निकायको पनि आवश्यकता महसुस भयो । अनि २०१३ वैशाख १४ गते नेपाल राष्ट्र बैंक स्थापना भयो । त्यसबेला नेपाल बैंककै कर्मचारी लगेर राष्ट्र बैंक चलाइएको थियो ।

यति गर्विलो इतिहास बोकेको नेपाल बैंक कुनै बेला धराशायी नै हुन लागेको थियो । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर अधिकारी नेपाल बैंक स्थापनादेखि हालसम्मको अवस्थालाई चार कालखण्डमा विभाजन गर्छन् ।

पहिलो- स्वर्णिम काल

स्थापनादेखि २०४५ सालसम्मको अवधिलाई पहिलो कालखण्डको रुपमा लिने गरिएको सीईओ अधिकारी बताउँछन् । नेपाल बैंकले स्थापनाको लामो समय प्रतिष्पर्धी बैंक पाएन । १९९४ सालदेखि २०४५ सालसम्मको समय नेपाल बैंकका लागि सुनौलो समयको रुपमा रहृयो । यस अवधिमा बैंकले राम्रा काम गर्यो, नराम्रो केही देखिएन ।

नेपाल बैंकको पहिलो जनरल म्यानेजर (जिएम) भारतीय नागरिक ठाकुरसिंह कठैत थिए । राम्रोसँग नेपाली बोल्ने उनलाई काम गर्न गाह्रो भएन । उनले सुरुमा केही कर्मचारी समेत भारतबाटै ल्याएका थिए ।

कठैतपछि बेलायती नागरिक रिचर्ड नेपाल बैंकको दोस्रो जिएम बने । तेस्रो जिएममा भने आनन्दराज भण्डारी नियुक्त भए । उनी नेपालको बैंकिङ इतिहासमा पहिलो कार्यकारी प्रमुख बने ।

२००३ असार १ गते सामान्य कर्मचारीको रुपमा बैंक प्रवेश गरेका भण्डारी २०२० सालमा कार्यबाहक जिएम र २०२२ मा जिएम नियुक्त भए । उनले २०३७ पुस १ गतेबाट लागू हुने गरी राजीनामा दिएकोमा बैंक सञ्चालक समितिले बैंक छाडेर नजान आग्रह गर्दै जिएमको भन्दा आकर्षक सुविधासहित पूर्णकालीन सल्लाहकारमा नियुक्त गरेको थियो । उनी दुईवर्ष सो पदमा रहे ।

त्यस अवधिमा बैंकमा अरु दुई जना जिएम नियुक्त भएका थिए । २०३९ सालमा सरकारले राजभण्डारीलाई नै नेपाल बैंकको जिएम नियुक्त गर्यो । पटक-पटक कार्यकाल थपिदै उनी २०४५ सालसम्म जिएमको जिम्मेवारीमा रहे । २०४५ माघ ८ गते जिएमबाट अवकाश लिएका उनी २०४७ माघ ७ गतेसम्म बैंक सञ्चालक समितिको सल्लाहकार रहे ।

‘त्यो अवधिलाई हामी नेपाल बैंकको स्वर्णकालको रुपमा लिन्छौं, आनन्दराज भण्डारीको नाम लिने ग्राहकहरू अझै हुनुहुन्छ’, सीईओ अधिकारी भन्छन्, ‘उहाँले बैंकलाई सफलतापूर्वक ‘ड्राइभ’ गर्नुभयो ।’

दोस्रो- संक्रमणकाल

२०४६ सालमा भएको राजनीतिक परिवर्तनको असर बैंकिङ क्षेत्रमा पनि पर्‍यो । मुलुकमा बहुदलीय व्यवस्था पुनस्थापनापछि बैंक पनि एक व्यक्तिमा केन्द्रीत रहेन । जिएम राजभण्डारी बाहिरिएपछि नेपाल बैंकको ओरालो यात्रा शुरु भयो ।

त्यसपछिका दिनमा प्रगति होइन, यथास्थितिमा रहन पनि बैंकलाई गाह्रो पर्दै गएको सीईओ अधिकारी सुनाउँछन् । ‘राजनीति छिरेपछि व्यवस्थापन सम्हालिन सकेन ।त्यसबेला बैंकलाई नराम्रो असर पर्नुमा भित्री र बाहिरी दुवै कारण छन्’ सीईओ अधिकारी भन्छन्, ‘अनि बैंक संक्रमणकालको बाटो लाग्यो गुज्रियो ।’

यो काल २०५८ सालसम्म रहेको उनी बताउँछन् । बैंकमा जेजति कमजोरीहरू भए यहीँ अवधिमा भएको उनले बताए । त्यो अवधिमा बैंकको निस्कृय कर्जा अनुपात बढेर ६० प्रतिशतसम्म पुग्यो । अर्थात्, सय लगानी गरेकामा ४० रुपैयाँमात्रै उठ्ने, ६० प्रतिशत जोखिम युक्त कर्जाको रुपमा परिणत हुने अवस्थता आयो ।

त्यसबेला बैंकमा ६ हजार कर्मचारी थिए । बैंकको पुँजी भने ३८ करोड रुपैयाँमात्र थियो । १० अर्ब रुपैयाँ नेगेटिभ नेटवर्थ थियो । घाटा हुने क्रम झन्झन् बढ्दै जाँदा कर्मचारीलाई सर्वसाधारणले राखेको निक्षेपबाट तलब खुवाउनपर्ने स्थिति आयो । ‘अहिले वर्षमा तीन अर्ब नाफा कमाइन्छ, त्यसबेला त तीन अर्ब घाटा थियो’, सीईओ अधिकारी भन्छन् ।

२०५५ सालदेखि त बैंकले लेखापरीक्षण गराउनै सकेन । बैंक यति धेरै समस्यामा परयो कि अब ‘कोल्प्यास’ हुने ‘कन्फर्म’ जस्तै भयो ।

माओवादी युद्धमा गाउँगाउँका रहेका शाखा कार्यालयहरू असुरक्षित थिए । असुरक्षित र घाटामा गएका धेरै शाखा त्यसैबेला बन्द भए । घाटाका शाखाहरू बन्द गर्दा बैंकको खर्च कतौटी भयो ।

तेस्रो- सुधारको काल

अब नेपाल बैंक ‘कोल्प्यास’ नै हुन्छ भन्ने भइरहेको बेला अर्को सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंक पनि समस्यामा थियो । बैंकहरू निकै नराम्रो अवस्थामा गुज्रिएपछि सरकारले ‘फाइनान्सीयल रिर्फम’ (बैंकिङ क्षेत्र सुधार अभियान) थाल्यो ।

दुई बैंकमा सुधार र राष्ट्र बैंकलाई रिइञ्जिनियरिङ गराउन अमेरिकी विज्ञ टोलि बोलाइयो । ‘नेपाल बैंक लिमिटेड इज टेक्नीकल्ली इन्सल्भेन्ट भन्ने त्यो त्यो टोलीको निचोड थियो’ सीईओ अधिकारी भन्छन् ।

बैंकमा व्यवस्थापकीय अक्षमता, कर्जा अनियमितता, एकदमै लथालिंग रेकर्ड प्रणालीलगायत कमजोरीहरू त्यसबेलाको अध्ययनले देखाएको थियो । त्यसपछि राष्ट्र बैंकले २०५८ साल चैत १ गते नेपाल बैंकलाई प्रत्यक्ष नियन्त्रणमा लियो । त्यसबेला भवानी देवी शर्मा जिएम थिइन् । जिएमभन्दा माथि संयोजक भनेर राष्ट्र बैंकले बासुदेव जोशीलाई नेपाल बैंकमा खटायो ।

राष्ट्र बैंकले नियन्त्रणमा लिएको करीब पाँच महिनापछि २०५९ साउनमा नेपाल बैंक विदेशी व्यवस्थापनको जिम्मामा गयो । ‘त्यसरी २०५९ सालदेखि २०७१ सालसम्म सुधारको अवधि बन्यो’ सीईओ अधिकारी भन्छन् ।

२०६४ सालमा विदेशी व्यवस्थापन टोलिको करार अवधि सकिएपछि २०७१ चैतसम्म राष्ट्र बैंक आफैले व्यवस्थापकीय जिम्मेवारी लिएको थियो । त्यो अवधिमा निस्कृय कर्जा घट्यो, समयमै लेखापरीक्षण गराउने, प्रविधि प्रयोग बढाउनेलगायत सुधारका कामहरू भए ।

२०७१ चैतमा पहिलो पटक खुला प्रतिष्पर्धाबाट देवेन्द्रप्रताव शाह नेपाल बैंक लिमिटेडको सीईओ बने । त्यसपछि समस्याको अवधि टुंगिएको सीईओ अधिकारी बताउँछन् ।

चौथो- बजार निर्देशित समय

धराशायी हुनबाट जोगाएर राष्ट्र बैंकले नेपाल बैंकको नियन्त्रण हस्तान्तरण गर्यो । अनि खुला प्रतिष्स्पर्धाबाट बैंकले प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्‍यो । त्यसपछिको समय अहिले चलिरहेको छ । यो समयलाई ‘बजार निर्देशित’भन्दा उपयुक्त हुने सीईओ अधिकारी बताउँछन् ।

उनका अनुसार अहिले ढड्डायुग अन्त्य गरेर प्रविधियुक्त सेवा प्रवाह भइरहेको छ । पहिले बन्द भएका शाखा कार्यालयहरू खुलेका छन् । विकट क्षेत्रमा समेत शाखा विस्तार भएको छ । २०६० को दशकको सुरुमा ९६ वटा शाखा रहेकोमा अहिले २१३ वटा पुगेको छ । सात प्रदेश कार्यालय र ४७ एक्टेक्सन काउन्टर सञ्चालनमा छन् ।

आजको यो अवस्थाबाट अगाडी जान जनशक्तिको भार घटाएर प्रविधि प्रयोग बढाएको सीईओ अधिकारी बताउँछन् ।

अन्य वाणिज्य बैंकसँग प्रतिष्पर्धा

कुनै बेला बन्द हुने अवस्था झेलेको नेपाल बैंक अहिले अरु वाणिज्य बैंकहरुसँग प्रतिष्पर्धामा छ । नेटवर्थ होस् या अन्य सूचक, धेरैमा नेपाल बैंक राम्रै स्थानमा देखिएको छ । गत असार मसान्तसम्म २७ वाणिज्य बैंकहरुमध्ये नेटवर्थको हिसावले नेपाल बैंक पहिलो नमबरमा थियो ।

क्यापिटल फण्ड, क्यापिटल एडिक्योसी र निक्षेपको हिसावले नेपाल बैंक अगाडि नै छ । कुनै पनि बैंकको स्वस्थता मापन गर्ने परिसूचक यी नै हुन् । यसैका आधारमा नेपाल बैंकलाई स्वस्थ र बलियो बैंक भन्न सकिने सीईओ अधिकारी बताउँछन् । सिडी रेसियो, बेसरेट, कस्ट अफ फण्ड आदी सबैमा आफूहरू बलियो रहेको उनले बताए ।

‘नेपाल देशको नाम जोडिएको बैंक हो नेपाल बैंक । नेपाली जनताको बैंक हो यो’, उनी भन्छन्, ‘यो बैंकसँग जोडिएको नेपाली जनताको भावनालाई ‘क्यास’ गर्न भने हामीले सकेका छैनौँ ।’ –अनलाइन खबरबाट

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

आज संविधान दिवस मनाइँदै

Published

on

आज संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी भएको दिनको स्मरण गर्दै संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने गरिन्छ ।

दिवसको अवसरमा हरेक वर्ष विशेष समारोह आयोजना हुँदै आएको छ । विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्षलगायत उच्च पदस्थ व्यक्तिहरु सहभागी हुने गर्दछन्

प्रदेश सरकार, स्थानीय सरकारका साथै गणतन्त्रवादी राजनीतिक दलहरु, विभिन्न संघसंस्था र नागरिकस्तरमा पनि छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेर संविधान दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा नेताहरुले शुभकामना सन्देश पनि जारी गरेका छन् ।।

Continue Reading

Banner

कांग्रेस वडा अधिवेशन आजदेखि सुरु, निर्वाचन समितिद्वारा सक्रिय सहभागिताको आह्वान

Published

on

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले आज र भोलि हुने वडा तहको अधिवेशनमा उत्साहपूर्वक सहभागी हुन पार्टीका क्रियाशील सदस्य तथा सबै तहका नेता, कार्यकर्तालाई आग्रह गरेको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार यही असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत वडा तहको निर्वाचन कार्यक्रम असोज ३ र ४ गतेदेखि सुरु हुँदैछ ।

समितिका सदस्य सचिव राजु कटुवालले विज्ञप्ति जारी गरी वडा तहको निर्वाचन सम्पन्न गर्न ७७ वटै जिल्लामा निर्वाचन अधिकृत खटिएर कार्यप्रारम्भ गरिसकेको बताएका छन्।

जिल्ला निर्वाचन अधिकृतले जिल्ला तह तथा स्थानीयस्तरका पार्टीका जिम्मेवार पदाधिकारी र सदस्यसँग निर्वाचनसम्बन्धी व्यापक छलफल गर्नुका साथै वडा तहमा मतदान अधिकृत खटाउनेलगायतका कार्य सम्पन्न गरिसकेको विज्ञप्तिमा उल्लेख छ ।

समितिले कुनै पनि अफवाह र भ्रामक कुरामा नलागी असोज ३ र ४ गते हुने वडा अधिवेशन प्रक्रियामा उत्साहपूर्वक सहभागी भई निर्वाचन प्रक्रियामा भाग लिन सम्पूर्ण क्रियाशील सदस्य तथा पार्टीका सबै तह र निकायलाई हार्दिक अनुरोध गरेको छ ।

Continue Reading

Banner

कांग्रेस वडा अधिवेशनका लागि ७७ जिल्लामा खटिए निर्वाचन अधिकृत

Published

on

नेपाली कांग्रेसको वडा तहको अधिवेशनका लागि ७७ वटै जिल्लामा निर्वाचन अधिकृत खटिएका छन् ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार ३ र ४ असोजमा हुने वडा तहको निर्वाचनका लागि जिल्ला निर्वाचन अधिकृतहरूले आफ्नो कार्य प्रारम्भ गरिसकेका छन् ।

उनीहरूले जिल्ला तह तथा स्थानीयस्तरका पार्टीका जिम्मेवार पदाधिकारी र सदस्यसँग निर्वाचन प्रक्रियाबारे छलफल गर्नुका साथै वडा तहमा मतदान अधिकृत खटाउनेलगायतका काम सम्पन्न गरेका छन् ।

समितिका सदस्य सचिव राजु कटुवालका अनुसार कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन १६ देखि १९ असोजसम्म हुँदै छ । महाधिवेशनअन्तर्गत वडा तहको निर्वाचन कार्यक्रम ३ र ४ असोजमा हुँदै छ ।

केन्द्रीय निर्वाचन समितिले निर्वाचन प्रक्रियाबारे फैलिन सक्ने अफवाह तथा भ्रममा नपरी वडा अधिवेशनमा सहभागी हुन सम्पूर्ण क्रियाशील सदस्य तथा पार्टीका सबै तह र निकायलाई आग्रह गरेको छ ।

कटुवालले विज्ञप्तिमार्फत ३ र ४ असोजमा हुने वडा अधिवेशनमा उत्साहपूर्वक सहभागी भई निर्वाचन प्रक्रियामा भाग लिन आग्रह गरेका हुन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक