Connect with us
Advertisement

व्यक्ति होइन संगठन बलियो बनाउन क्षेत्रीय सभापतिमा मेरो उमेदवारीः राजेन्द्रप्रसाद ढकाल

Published

on

विराटचोकः नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको माहोल तातेको छ । नेता, कार्यकर्ता आफ्नो नेतृत्व छान्न कम्मर कसेर लागि परेका छन् । वडा र गाउँ–नगरको महाधिवेशन सकिएको छ । अहिले क्षेत्र, जिल्ला र संघको नेतृत्व छान्ने तयारी भइरहेको छ ।

मोरङ क्षेत्र नम्बर ३ को सभापतिमा असल राजनीतिक छवि बनाएका युवा नेता राजेन्द्रप्रसाद ढकालले उमेद्वारी घोषणा गरेका छन् । २०५४ सालपछि विद्यार्थी राजनीतिमा आएका ढकाल २०६० सालमा नेविसंघबाट स्ववियुको सदस्य निर्वाचित भएका थिए । युवालाई सधैँ माया र हौसला प्रदान गरेर व्यवसायसँगै राजनीतिमा डोहोर्याउन अग्रसरता देखाउने ढकाल पार्टीको १३ औँ महाधिवेशनमा निर्वाचित जिल्ला सदस्य समेत हुन् ।

कांग्रेससँग इतिहास जोडिएको मोरङ जिल्लाको राजनीतिमा सक्रिय युवाको उमेदवारीले पछिल्लो समय समाजमा देखा परेको राजनीतिक वितृष्णालाई थप झक्झक्याएको अग्रजको बुझाई रहेको छ । महाधिवेशनमा मोरङ क्षेत्र नम्बर ३ बाट सभापतिमा उम्मेद्वारी दिएका ढकालसँग गरिएको कुराकानीको सारांशः

पार्टीमा सिद्धान्त विपरीत केही व्यक्तिवादी प्रवृत्ति देखा परेकाले यसलाई सुधार गरेर पार्टीलाई चलयमान बनाउन लागि परेको छु । नेपाली कांग्रेसजनलाई मात्र नभएर समाज र जनताको पार्टी बनाउने उद्देश्यले म नेतृत्वमा आउन लागेको हुुँ । पार्टीमा बेथिति मौलाउँदै गएकाले पार्टीलाई सही दिशामा ल्याएर चलाउनुपर्छ भनेर म २–३ वर्षदेखि अभियान नै चलाएर लागेको छु । यसमा युवा जमातको ठूूलो साथ र सहयोग रहेको छ ।

नेतृत्वमा नआइकन यी सबै परिवर्तन गर्न नसकिने रहेछ । बाहिर बसेर कति दिन विरोध गर्ने ? त्यही भएर समाज र जनताको हितका लागि पनि मैले सभापतिमा उमेदवारी दिएको छु । यसमा कसैको त्रास, डर र धम्कीबाट पछि हटेर स्वविवेकमा नेतृत्व चुन्ने अवस्थाको सिर्जना गर्नुपर्छ ।

मैले कोभिड १९ को पहिलो र दोस्रो चरणमा  आफ्नो व्यक्तिगत खर्चमा समुदाय स्तरमा जनचेतना जगाउँदै स्वास्थ्य सामग्री, राहत वितरण गरेर समाजमा नमूूना काम गरेको छु । गाउँ, समाजमा हुने हरेक गतिविधिमा सक्रिय युवा पंक्तिमा रहेर काम गर्दै आएको छु । राजनीति गर्नु भनेकै अरुको सेवा गर्नु हो त्यसैले आफ्नो सेवा भन्दा पनि अरुको सेवा गर्नु म महत्वपूर्ण ठान्छु ।

विचारमा मतभेद कतै पनि नेपाली कांग्रेसमा छैन यो सब गाउँसमाजमा जुँगाको लडाइँ मात्र हो । यहाँ कोइराला गुट, देउवा गुट भन्दा पनि नेपाली कांग्रेसको सच्चा कार्यकर्ता भएको हिसाबले अघि बढ्नुपर्छ । यहाँ दुवै समूहमा चाहिने मान्छे पनि छन् र नचाहिने मान्छे पनि छन् यस्तो अवस्थामा प्रतिनिधिहरुलाई स्वविवेक प्रयोग गर्न दिनुपर्यो । अनि मात्रै सबल नेतृत्व आउँछ । यहाँ कसैले दुई दिन उचाल्दैमा नेतृत्व लिन तम्सिने परम्परा छ यसले सिंगो पार्टीलाई सिध्याउन सक्छ र जनमानसमा नैराश्यता ल्याउँछ । त्यसैले पार्टीलाई चलाउन सक्ने सक्षम योग्य नेतृत्व छान्नु पर्छ ।

सभापति हुदाँमात्र समाजसेवामा लाग्ने होइन । अनवरत रुपमा जनताको दुःखमा लाग्ने भएकाले मलाई पद नै ठूूलो कुरा जस्तो लाग्दैन । कांग्रेस र देशको हितको लागि  निरन्तर लाग्छु ।

वडाबाट चुनिएर आएका प्रतिनिधि देउवा र कोइराला भन्ने हुँदैन । उहाँहरु सबै नेपाली कांग्रेसका प्रतिनिधि हो । त्यसैले उहाँहरुले योग्य र चाहिने नेतृत्व छान्न कसैको डर, धम्की, त्रास र प्रलोभनमा पर्नुहुने छैन भन्ने लाग्छ । यति गर्न सके पछि पछुताउनुपर्ने छैन ।

म सभापतिमा विजयी हुँदै गर्दा म मध्यमार्गी हुँ । म कसैको विरोध गरेर नेता हुन्नँ । गलत प्रवृत्तिको विरोध गर्नुपर्छ तर अरुको विरोध गरेर नेता हुने होइन । सबैको आत्मसम्मान हुने खालको काम र व्यवहार गरेर संगठन दरो बनाउनतर्फ मेरो भूमिका रहने छ । कसैले औँला उठाउन नसक्ने गरी पार्टीलाई अगाडि लानेछु । (कृष्णचन्द्र सुवेदीसङ्ग गरिएकाे कुराकानीमा आधारित)

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए

Published

on

नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।

निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।

यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।

पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।

१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह

Continue Reading

Banner

चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल

Published

on

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।

खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।

Continue Reading

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक