Connect with us
Advertisement

सुन्दरहरैंचाका जनप्रतिनिधिले यसरी आक्रोश पोखे पूर्वाञ्चल विश्वविद्यालयका पदाधिकारीसमक्ष

Published

on

विराटचोकः पूर्वाञ्चल विश्वविद्यालयलाई आज नेपाल स्कुल अफ अन्ट्रप्रनरसीपले १० थान अक्सिजन कन्सन्ट्रेटर प्रदान गर्न आयोजना गरेको कार्यक्रममा बोल्ने क्रममा जनप्रतिनिधिले विश्वविद्यालयका प्रतिनिधिसमक्ष आक्रोश पोखेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सुन्दरहरैंचाका प्रमुख शिवप्रसाद ढकाल र प्रदेश सांसद लोकप्रसाद संग्रौलाले विश्वविद्यालयका पदाधिकारीसमक्ष आक्रोश पोखेका हुन् । जनप्रतिनिधिले सहयोग गर्दागर्दै पनि विश्वविद्यालयका पदाधिकारीले गम्भीरतापूर्वक काम नगर्दा विश्वविद्यालयको अवस्था खराब हुँदै गएको जनप्रतिनिधिको भनाइ थियो ।

‘लामो रस्साकस्सीपछि विश्वविद्यालयमा पदाधिकारी नियुक्त हुनुभयो’ नगरप्रमुख ढकालले भने, ‘अब विश्वविद्यालय लम्किने मात्रै होइन चम्किन्छ भन्ने थियो । तर त्यस्तो भएन ।’ विश्वविद्यालयका पदाधिकारीले नै खासै चासो नदिएको उनले आरोप लगाए । कोरोनाको महामारीको पहिलो लहरमा विश्वविद्यालयले क्वारेन्टाइन निर्माणको लागि स्थान उपलब्ध गराएर सहयोग गरे पनि दोस्रो लहरमा अपेक्षाकृत सहयोग नपाइएको उनले बताए ।

‘विश्वविद्यालयमा कोभिड अस्पताल सञ्चालन गर्नुपर्छ भनेर बारम्बार म धाएँ । तर कतैबाट सहयोग नपाएपछि म आफैँ ‘ग्वाँ’ भएँ’, उनले अगाडि थपे, ‘कोभिड संक्रमितको उपचार पनि होस् र सहज क्वारेन्टाइन व्यवस्थापनमा जस्तो सहज उपचारमा पनि विश्वविद्यालयको नाम आओस् भन्ने नगरपालिकाको चाहना थियो । तर पदाधिकारीको असहयोगकै कारण बाध्य भएर हरैंचा अस्पताललाई स्तरोन्नति गरेर कोभिड अस्पताल व्यवस्थापन गर्नुपर्याे । यो संस्था स्वास्थ्य विज्ञ उत्पादन गर्ने कारखाना हो, तर कारखानामै विज्ञको हाहाकार किन हुन पुग्यो भन्ने मैले बुझ्न सकिनँ ।’

उपकुलपतिले शीघ्र निर्णय लिन सक्नुपर्ने नगर प्रमुख ढकालले बताए । अहिले विश्वविद्यालय आउने बाटो कालोपत्रे भएपछि बिरामी आउन धेरै सहज भएको बताउँदै नगरपालिकाले गर्ने सहयोग गर्न सधैँ तयार भएको उनले बताए । नगरपालिका आफैँ लागेर कोरोना संक्रमित नगरवासीको घरघरमा पुगेर औषधी वितरण गरेको, मध्यरातमा पनि अक्सिजनका सिलिण्डर संक्रमितका घरमा पुर्याएको बताउँदै यत्रो भौतिक संरचना हुँदा पनि विश्वविद्यालयमा आफूले सोचेअनुसार स्वास्थ्य सेवा दिने वातावरण बनाउन नसकेको उनको भनाइ थियो ।

प्रदेश सांसद लोकप्रसाद संग्रौलाले पनि विश्वविद्यालयले गति लिन नसक्नुमा पदाधिकारी मुख्य दोषी भएको बताए । पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पताल भनिए पनि अस्पताल जस्तो नभएको उनले बताए ।

‘यहाँ पिलोसम्म काटिँदैन’ संग्रौलाले भने, ‘अनि कसरी हो यो शिक्षण अस्पताल ?’ घरनजिक अस्पताल भए पनि उपचारको लागि अन्यत्र जानुपर्दा मन दुख्ने गरेको उनले सुनाए ।

कार्यक्रमलाई सम्बोधन गर्दै उपकुलपति प्रा. डा यादवराज कोइरालाले विश्वविद्यालय स्थापना हुँदा नै जनस्तरबाट सहयोग जुटाएर चलाइने भनिएको हुनाले सरकारले सहयोग गर्न नसकेको बताए । विश्वविद्यालयको प्रस्तावनामा रहेको जनस्तरबाट सञ्चालित भन्ने वाक्यांश नहटाएसम्म सरकारबाट सहयोग पाउने गाह्रो हुने कोइरालाको भनाइ थियो ।

उद्यमशीलताको तालीम दिने अन्ट्रनसीपले कोभिडको समयमा धेरै जना अक्सिजनको अभावमा छटपटिएको पाएपछि सहयोगी खोजेर सहयोग गरिएको दातासँग समन्वय गरेर स्वास्थ्य सामग्री ल्याएको नेपाल स्कुल अफ अन्ट्रप्रनरसीपका प्रणय समशेर राणाले बताए । यसै क्रममा सामाजिक सञ्जालमा रञ्जन ओझा तथा अस्पताल निर्देशक डा. विपेश आचार्यसँग समन्वय भइरहेको समयमा डा. आचार्य काठमाडौं पुगेर स्वास्थ्य सामग्री अति नै आवश्यक भएको बताएपछि हामीले १० थान स्वास्थ्य सामग्री दिने निर्णय गरेको राणाले जानकारी दिए ।

पूर्वाञ्चल विश्वविद्यालयलाई १० वटा अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

गुराँस लघुवित्तको लाभांश घोषणा

Published

on

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड (GLBSL ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको ९.५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

असोज २ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

Continue Reading

Banner

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

Published

on

इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा धनकुटा नगरपालिका–२ भिरगाउँका २९ अनिल राईको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकलमा सवार सोही स्थानका २६ वर्षीय सन्दीप राई घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए।

विराट शिक्षण अस्पतालमा अनिलको मृत्यु भएको हो भने सोही अस्पतालमा सन्दीपको उपचार जारी छ । सडकमा राखिएका डिभाइडरमा द्रुत गतिको मोटरसाइकल ठोक्किएको हो ।

Continue Reading

Banner

आज गणेशमान सिंहको २९औँ स्मृति दिवस मनाइँदै

Published

on

विसं २०४६ मा प्रजातन्त्र पुन:स्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २९औँ स्मृति दिवस आज नेपाली काँग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विविध कार्यक्रमका साथ मनाउँदै छन् ।

नेपाली राजनीतिमा त्याग र साहसको उदाहरण प्रस्तुत गरेका सिंह आन्दोलन सफल भएपछि राजा वीरेन्द्रले प्रधानमन्त्री हुन गरेको आग्रह अस्वीकार गर्दै आफ्ना समकक्षी कृष्णप्रसाद भट्टराईलाई प्रस्ताव गरेका थिए ।

विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्र पाटीमा जन्मिएका नेता सिंहको २०५४ साल असोज २ गते निधन भएको हो । उनले प्रजा परिषद्को सदस्य भई राणाशासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाएका थिए ।

विसं २००७ अघि भद्रगोल जेल फोरेर भाग्न सफल भएका सिंहले भारतमा पुगी अर्का नेता बिपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित गरे । उनले २००३ सालमा स्थापित नेपाली राष्ट्रिय काँग्रेसलाई नेतृत्व गरे ।

प्रजातन्त्र स्थापनाका लागि भएको २००७ सालको क्रान्तिका एक अगुवाका रूपमा उनले वीरगन्ज मोर्चामा सशस्त्र संघर्ष गरेका थिए ।

विसं २०१५ मा पहिलो निर्वाचन भएपछि बनेको सरकारमा वरिष्ठ मन्त्री भएका उनले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष सिंहदरबार र सुन्दरीजल बन्दीगृहमा कारावास जीवन बिताए ।

विसं २०२५ मा बिपीसँगै सुन्दरीजल बन्दी गृहबाट रिहा भएपछि प्रवासमा राजनीतिक सङ्गठन विस्तार गरे। विसं २०३३ मा बिपीसँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्केर पञ्चायती व्यवस्थाविरुद्ध सक्रिय रहे ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक