मनोरन्जन
सुन्दरहरैंचावासीलाई हँसाए पाँडे र जीग्रीले
विराटचोकः गत सोमबार साँझ मोरङको सुन्दरहरैंचा–६ खर्साङ्गेनी चोकमा भएको सांस्कृतिक कार्यक्रममा हास्य कलाकार अर्जुन घिमिरे (पाँडे) र कुमार कट्टेल (जीग्री) ले दर्शकलाई हँसाएका थिए । सांगीतिक कार्यक्रममा हास्य टेलि शृंखला ‘सक्किगो नि’ का कलाकार घिमिरे र कट्टेलका साथै चर्चित गायिका एलिना चौहान, भ्वाइस अफ नेपालका फष्ट रनरअप विकास लिम्बू तथा स्थानीय कलाकारहरुले प्रस्तुति दिएका थिए ।
कार्यक्रममा पाँडे र जीग्रिले आफ्नो नियमित अभिनय प्रस्तुत गर्दै दर्शकलाई हँसाएका थिए । पर्दामा देखिंदै आएका पाँडे र जीग्रिलाई पहिलो पटक आफ्नै आँगनमा आँखै अघि देख्दा दर्शकले पनि लामो हुटिङ गरेका थिए ।
गायिका चौहानले ओखलढिकीमा, मिनरल वाटर जस्ता चर्चित गीत गाइरहँदा दर्शक दीर्घाबाट वान्स मोरको हुटिङ भएको थियो । उनले आधा दर्जन गीत गाएकी थिइन् । एलिनासँग फोटो खिचाउने चाहनाले दर्शकहरु कार्यक्रमको स्टेजमै भीड लाग्दा भीड व्यवस्थापन गर्न समस्या भएको देखिन्थ्यो ।

यसैगरी, अर्का गायक भ्वाइस अफ नेपालका फष्ट रनर अप विकास लिम्बूले समेत दर्शकहरुलाई गीतमा झुमाए ।
स्थानीय कालकारहरुले लोकनृत्य तथा विभिन्न आधुनिक नृत्यहरु प्रस्ुतत गर्दै मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रम सञ्चालक रेवती निरौला र मेनुका डुम्जनले बीच बीचमा दर्शकहरुलाई हँसाउँदै रमाइलो पारामा कार्यक्रम सञ्चालन गरेका थिए । मनोरञ्जनात्मक कार्यक्रमको उद्घाटन सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख धनमाया तामाङले गरेकी थिइन् ।
दिउँसो भएको नृत्य प्रतियोगितामा १० वटा समूहले सहभागिता जनाएका थिए । सुन्दरहरैंचा– ६ का वडा सदस्य तथा कार्यक्रम संयोजक डम्बर थापामगरले तिहार छठ लगायतका पर्वहरुको अवसर पारेर स्थानीयवासीलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले कार्यक्रम गरिएको बताए । कार्यक्रम स्थानीयवासीले दिएको सहयोग रकमबाट सञ्चालन गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा विराट टेलिभिजन इटहरी र कोशी बुलेटिन डट कम मिडिया पार्टनरको रुपमा रहेका थिए ।
Facebook Comment
Banner
गुराँस लघुवित्तको लाभांश घोषणा
गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड (GLBSL ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
लघुवित्तले हाल कायम चुक्ता पूँजीको ९.५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
असोज २ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।
Banner
डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु
इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा धनकुटा नगरपालिका–२ भिरगाउँका २९ अनिल राईको मृत्यु भएको छ ।
दुर्घटनामा मोटरसाइकलमा सवार सोही स्थानका २६ वर्षीय सन्दीप राई घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए।
विराट शिक्षण अस्पतालमा अनिलको मृत्यु भएको हो भने सोही अस्पतालमा सन्दीपको उपचार जारी छ । सडकमा राखिएका डिभाइडरमा द्रुत गतिको मोटरसाइकल ठोक्किएको हो ।
Banner
आज गणेशमान सिंहको २९औँ स्मृति दिवस मनाइँदै
विसं २०४६ मा प्रजातन्त्र पुन:स्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २९औँ स्मृति दिवस आज नेपाली काँग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विविध कार्यक्रमका साथ मनाउँदै छन् ।
नेपाली राजनीतिमा त्याग र साहसको उदाहरण प्रस्तुत गरेका सिंह आन्दोलन सफल भएपछि राजा वीरेन्द्रले प्रधानमन्त्री हुन गरेको आग्रह अस्वीकार गर्दै आफ्ना समकक्षी कृष्णप्रसाद भट्टराईलाई प्रस्ताव गरेका थिए ।
विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्र पाटीमा जन्मिएका नेता सिंहको २०५४ साल असोज २ गते निधन भएको हो । उनले प्रजा परिषद्को सदस्य भई राणाशासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाएका थिए ।
विसं २००७ अघि भद्रगोल जेल फोरेर भाग्न सफल भएका सिंहले भारतमा पुगी अर्का नेता बिपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित गरे । उनले २००३ सालमा स्थापित नेपाली राष्ट्रिय काँग्रेसलाई नेतृत्व गरे ।
प्रजातन्त्र स्थापनाका लागि भएको २००७ सालको क्रान्तिका एक अगुवाका रूपमा उनले वीरगन्ज मोर्चामा सशस्त्र संघर्ष गरेका थिए ।
विसं २०१५ मा पहिलो निर्वाचन भएपछि बनेको सरकारमा वरिष्ठ मन्त्री भएका उनले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष सिंहदरबार र सुन्दरीजल बन्दीगृहमा कारावास जीवन बिताए ।
विसं २०२५ मा बिपीसँगै सुन्दरीजल बन्दी गृहबाट रिहा भएपछि प्रवासमा राजनीतिक सङ्गठन विस्तार गरे। विसं २०३३ मा बिपीसँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्केर पञ्चायती व्यवस्थाविरुद्ध सक्रिय रहे ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner7 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login