Connect with us
Advertisement

सुन्दरहरैंचावासीलाई हँसाए पाँडे र जीग्रीले

Published

on

विराटचोकः गत सोमबार साँझ मोरङको सुन्दरहरैंचा–६ खर्साङ्गेनी चोकमा भएको सांस्कृतिक कार्यक्रममा हास्य कलाकार अर्जुन घिमिरे (पाँडे) र कुमार कट्टेल (जीग्री) ले दर्शकलाई हँसाएका थिए । सांगीतिक कार्यक्रममा हास्य टेलि शृंखला ‘सक्किगो नि’ का कलाकार घिमिरे र कट्टेलका साथै चर्चित गायिका एलिना चौहान, भ्वाइस अफ नेपालका फष्ट रनरअप विकास लिम्बू तथा स्थानीय कलाकारहरुले प्रस्तुति दिएका थिए ।

कार्यक्रममा पाँडे र जीग्रिले आफ्नो नियमित अभिनय प्रस्तुत गर्दै दर्शकलाई हँसाएका थिए । पर्दामा देखिंदै आएका पाँडे र जीग्रिलाई पहिलो पटक आफ्नै आँगनमा आँखै अघि देख्दा दर्शकले पनि लामो हुटिङ गरेका थिए ।

गायिका चौहानले ओखलढिकीमा, मिनरल वाटर जस्ता चर्चित गीत गाइरहँदा दर्शक दीर्घाबाट वान्स मोरको हुटिङ भएको थियो । उनले आधा दर्जन गीत गाएकी थिइन् । एलिनासँग फोटो खिचाउने चाहनाले दर्शकहरु कार्यक्रमको स्टेजमै भीड लाग्दा भीड व्यवस्थापन गर्न समस्या भएको देखिन्थ्यो ।

यसैगरी, अर्का गायक भ्वाइस अफ नेपालका फष्ट रनर अप विकास लिम्बूले समेत दर्शकहरुलाई गीतमा झुमाए ।

स्थानीय कालकारहरुले लोकनृत्य तथा विभिन्न आधुनिक नृत्यहरु प्रस्ुतत गर्दै मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रम सञ्चालक रेवती निरौला र मेनुका डुम्जनले बीच बीचमा दर्शकहरुलाई हँसाउँदै रमाइलो पारामा कार्यक्रम सञ्चालन गरेका थिए । मनोरञ्जनात्मक कार्यक्रमको उद्घाटन सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख धनमाया तामाङले गरेकी थिइन् ।

दिउँसो भएको नृत्य प्रतियोगितामा १० वटा समूहले सहभागिता जनाएका थिए । सुन्दरहरैंचा– ६ का वडा सदस्य तथा कार्यक्रम संयोजक डम्बर थापामगरले तिहार छठ लगायतका पर्वहरुको अवसर पारेर स्थानीयवासीलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले कार्यक्रम गरिएको बताए । कार्यक्रम स्थानीयवासीले दिएको सहयोग रकमबाट सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा विराट टेलिभिजन इटहरी र कोशी बुलेटिन डट कम मिडिया पार्टनरको रुपमा रहेका थिए ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल

Published

on

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।

खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।

Continue Reading

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading

Banner

कांग्रेस उम्मेदवार चयन आजै टुंग्याइने : सभापति थापा

Published

on

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फका उम्मेदवारको नाम आजै टुंगो लाग्ने बताएका छन् । सोमबार बिहान फेसबुकमा भिडियो पोस्ट गर्दै भन्नुभएको छ, ‘हामी उम्मेदवार छनोटको अन्तिम चरणमा छौँ। समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको छ।’ उनले पार्टीको पक्षमा एक ढिक्का भएर उम्मेदवारी दर्ताको पक्षमा रहेको बताएका छन् । उनले उम्मेदवार छान्ने भन्दा सहमति गर्ने र सबै पक्षलाई समेट्ने प्रयास भइरहेको उल्लेख गरेका छन् । उनले पार्टी एकताको अभियानमा जुट्न सबैलाई अनुरोधसमेत गरेका छन् । भोलि सबैजना आ–आफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर लागौँ । यो व्यक्तिगत होइन, पार्टीको साझा अभियान हो।’समयको चापका बीच पार्टीभित्र सन्तुलन मिलाउने प्रयास भइरहेको थापाले बताएका छन् । थापाले आन्तरिक विवाद छाडेर एक जुट भएर निर्वाचनको अभियानमा जुट्न सबै पक्षलाई अनुरोध गरेका छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक