कोशी प्रदेश
मोरङ कांग्रेसको नेतृत्वका लागि आकाङ्क्षी धेरै, कडा प्रतिस्पर्धा हुने
विराटचोकः नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा होमिएको छ । निर्वाचन क्षेत्रको अधिवेशन सकिएको छ । केही जिल्लामा जिल्ला अधिवेशन पनि सकिएको छ । मोरङ जिल्लामा भने आज जिल्ला अधिवेशन हुँदैछ ।
मोरङ जिल्ला कांग्रेस नेतृत्वको अग्रणी जिल्ला हो । अहिले यस जिल्लामा पार्टीको नेतृत्व गर्नका लागि धेरै आकांक्षी देखिएका छन् । आकांक्षि धेरै भएकाले सबैलाई मिलाएर लाने अवस्था नभएपछि आज निर्वाचनमार्फत् नेतृत्वको छिनोफानो हुने भएको हो ।
खासगरी देउवा पक्ष र कोइराला पौडेल पक्षबीच कडा प्रतिष्पर्धा हुने देखिन्छ । पार्टीको जिल्ला सभापति पदका लागि लेटाङबाट डिगबहादुर लिम्बू, पथरी शनिश्चरेबाट यदुकुमार विष्ट, बेलबारीबाट दिलिप गच्छदारले उमेदवारी दिएका छन् । एक जना सभापतिका लागि ३ उम्मेदवार प्रतिष्पर्धामा उत्रिएका छन् ।
उपसभापतिमा राजु मास्के, नागेश कोइराला, भक्तिनाथ माझी, सुबोधकुमार सिंह, गोपालबहादुर थापाले उमेद्वारी दिएका छन् । मास्के र कोइराला विराटनगर महानगरपालिकाका हुन् । माझी कटहरी गाउँपालिका, सिंह धनपालथान गाउँपालिका र थापा सुन्दरहरैंचा नगरपालिकाका हुन् ।
यसैगरी, सचिव पदमा रतुवामाईका रबिन राई, विराटनगरका मनोज बस्नेत, लेटाङका ज्ञानेन्द्र ढकाल, रंगेलीका बोधराज घिमिरे तथा सुन्दरहरैंचाका ललितबहादुर श्रेष्ठ र शिवप्रसाद ढकाल तथा विराटनगरका अर्जुन निरौलाले उमेदवारी दिएका छन् । रबिन राई रतुवामाई नगरपालिका र शिवप्रसाद ढकाल सुन्दरहरैचा नगरपालिकाका मेयर हुन् । त्यस्तै, शिवप्रसाद ढकाल र ललितबहादुर श्रेष्ठ दुवै जना सुन्दरहरैंचाको विराटचोकका बासिन्दा हुन् ।
सह सचिव पदमा रतुवामाईका विशालकुमार गौतम, बुढीगंगाका अशोकप्रसाद रिजाल, लेटाङका थिरप्रसाद फुयाल, बुढीगंगाका भुवनेश्वर मण्डल, विराटनगरका सञ्जय मण्डल र उर्लाबारीका सुवास भण्डारीले मनोनयन दर्ता गराएका छन् ।
यसरी हेर्दा कांग्रेस मोरङको नेतृत्व चयनमा कडा प्रतिस्पर्धा हुने भएको छ । अधिकांश युवा उमेदवार हुँदा यहाँको राजनीतिक चहलपहल बढेको छ ।
उता शिवप्रसाद ढकाल र ललित श्रेष्ठ एकै निर्वाचन क्षेत्र मोरङको क्षेत्र नम्बर ३ का कार्यकर्ता हुन् । फरकफरक गुटबाट निर्वाचनमा सहभागी भएका उनीहरुमा ढकाल संस्थापन पक्षका उम्मेद्वार हुन् । संस्थापन इतर पक्ष बलियो देखिएको हुनाले आफूले चुनाव जित्नेमा श्रेष्ठ विश्वस्त छन् । केन्द्रीय महाधिवेशन प्रतिनिधिमा सर्वाधिक मत पाएका श्रेष्ठलाई त्यो मत जोगाउन जिल्लामा जित्नै पर्ने दवाब पनि छ । ढकालले पनि क्षेत्रीय प्रतिनिधि छनोटमा सर्वाधिक मत पाएका थिए । त्यतिमात्रै होइन कम्युनिष्टको गढ मानिएको सुन्दरहरैंचामा गत स्थानीय निर्वाचनमा शानदार मत ल्याएर नगर प्रमुखमा निर्वाचित भएकाले र १ कार्यकाल सहसचिवसहित ३ कार्यकाल जिल्ला कार्यसमितिमा रहेर अनुभव बटुलिसकेका हुनाले उनलाई बलियो उम्मेद्वारको रुपमा लिइएको छ ।
सुन्दरहरैंचाका नगरप्रमुख ढकाल र रतुवामाईका नगरप्रमुख राई दुवै जनालाई चुनाव जित्नैपर्ने दवाब छ । जनताबाट चुनिए पछि पार्टीमा हार व्यहोर्नुपर्ने अवस्था नआओस भनेर अहिले कम्मर कसेर जीत निकाल्न दुवै जना लागि परेका छन् ।
Facebook Comment
Banner
आज योग दिवस
‘स्वस्थ वृद्धावस्थाका लागि योग’ भन्ने नारासहित आज अन्तर्राष्ट्रिय योग दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाइन्छ । राष्ट्रसङ्घ महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रसङ्घको ६९औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गर्नुभएको थियो । यो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियनलगायत राष्ट्रसङ्घका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए । सङ्घले घोषणा गरेका दिवसमध्ये ९० दिनमा १७७ देशले समर्थन गर्ने कीर्तिमान योग दिवसले कायम गरेको छ ।
सन् २०१६ देखि २१ जुनमा अन्तर्राष्ट्रिय योग दिवस विश्वभर मनाइएको थियो । नेपालमा २०३६ माघ १ गतेदेखि सूर्य उत्तरायण लाग्ने दिनको अवसर पारेर योग दिवस मनाउन थालिएको थियो । नेपाल संस्कृत विश्वविद्यालयमा छ महिनाको योग तथा प्राकृतिक चिकित्साको अध्यापन हुँदै आएको छ । त्यसैगरी, त्रिभुवन विश्वविद्यालयमा संस्कृत केन्द्रीय विभागअन्तर्गत योग विषयको अध्ययन एवं अध्यापन शुरु भइसकेको छ ।
यसअघि विसं २०३६ देखि उत्तरायण शुरु हुने दिन पारेर नेपालमा डा. हरिप्रसाद पोखरेलको सक्रियतामा योगको क्षेत्रमा काम गरेका संस्थाको सहभागितामा विश्व योग दिवस मनाउन थालिएको थियो । सरकारले माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको छ । अहिले नेपालमा माघ १ गते राष्ट्रिय र जुन २१ का दिन अन्तर्राष्ट्रिय योग दिवस मनाइन्छ । जसका कारण पछिल्लो समय नेपालमा योगको राम्रो प्रचारप्रसार भइरहेको छ ।
रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिन योग प्रभावकारी रहेको योगलाई सर्वव्यापी बनाइनुपर्ने अभियान चलाउँदै आउनुभएका डा. हरिप्रसाद पोखरेल बताउनुहुन्छ ।
Banner
एकैपटक १५ वटा मन्त्रिपरिषद् बैठककाे निर्णय सार्वजनिक
सरकारले वैशाख र जेठ महिनामा विभिन्न मितिमा बसेका मन्त्रिपरिषद् बैठककाे निर्णय सार्वजनिक गरेकाे छ । सरकारका प्रवक्ता एवम् शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आज पत्रकार सम्मेलनमार्फत बैठकका निर्णय सार्वजनिक गर्नुभएकाे हाे ।
वैशाखमा बसेका ९ र जेठमा बसेका ६ गरी १५ वटा बैठककाे निर्णय एकैपटक सार्वजनिक भएकाे हाे ।
पछिल्लो निर्णयअनुसार सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष पदमा नियुक्तिका लागि गठित सिफारिश समितिले गरेको छनोट प्रक्रिया रद्द गरेको छ । गएको जेठ १९ गते बसेको मन्त्रिपरिषद् बैठकले यसअघि समितिले गरेका सबै प्रक्रिया रद्द गर्दै नयाँ छनोट प्रक्रिया अघि बढाउन स्वीकृति प्रदान गरेको सरकारका प्रवक्ता पोखरेलले जानकारी दिनुभयो ।
सरकारले संविधान संशोधनको बहसपत्र तयार पार्ने कार्यदलको अवधि थप गर्नेदेखि सरकारी जग्गा छानबिनसम्बन्धी आयोगको प्रतिवेदन कार्यान्वयन गर्नेसम्मका निर्णय गरेको छ ।
सरकारले भूमि समस्या समाधान समितिको अध्यक्षसहित सदस्य नियुक्त गरेको छ । समितिको अध्यक्ष पदमा बलभद्र बास्तोला तथा सदस्यहरूमा अमिरप्रसाद न्यौपाने, पदमनिधि सोती र डा. रेहना श्रेष्ठ नियुक्त हुनुभएको छ ।
Banner
आज बजेट पारित गरिँदै,
प्रतिनिधिसभा बैठकले आज आर्थिक वर्ष २०८३–०८४ को बजेट पारित गर्दैछ ।
त्यसअघि सम्बन्धित मन्त्रीहरूले सम्बन्धित मन्त्रालयमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदैछन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र रक्षा मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।
यस्तै शिक्षा तथा खेलकुद मन्त्रालय, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयका बजेट शीर्षकमाथि सांसदहरूले उठाएको प्रश्नमा सम्बन्धित मन्त्रीले जबाफ दिने कार्यसूची छ ।
सामान्यतया: विधेयकमाथि हुने छलफलमा सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्ने प्रतिनिधिसभा नियमावलीको व्यवस्था छ । हिजोदेखि विनियोजन विधेयक, २०८३ माथि विभिन्न मन्त्रालयका शीर्षकहरूमा केन्द्रित भई उठेका प्रश्नहरूमा सम्बन्धित मन्त्रीहरूले जवाफ दिइरहेका छन् ।
यसरी जवाफ दिने क्रम समाप्त भएपछि अर्थमन्त्रीले बजेट पारित गर्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । बजेट पारित भएपछि बजेटसँगै सम्बन्धित आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक लगायतका विधेयक माथि छलफल हुनेछ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login