Connect with us
Advertisement

कांग्रेस मोरङ अधिवेशनः जीत निकाल्न सकेन देउवा–सिटौला गठबन्धनले, जिल्ला सभापतिमा लिम्बू विजयी

Published

on

विराटनगरः २५ वर्षसम्म कोइराला गुटबाट राजनीति गरेर अन्तिम समयमा सिटौला समूहबाट उम्मेद्वार बनेका यदु विष्टले समर्थन गरेसँगै देउवा– सिटौला गठबन्धन भए पनि मोरङ सभापतिमा सो गठबन्धनले कोइराला प्यानललाई हराउन सकेन ।

पार्टी सभापति दाबी गरिरहेका कांग्रेस नेता डाक्टर शेखर कोइरालाको गृहजिल्ला मोरङको जिल्ला सभापतिमा कोइराला प्यानलका डिगबहादुर लिम्बू विजयी भएका छन् । संस्थापन पक्षका उम्मेदवार दिलिप गच्छदारलाई पराजित गर्दै दोस्रो कार्यकालका लागि उनी मोरङ सभापति पदमा विजयी भएका हुन् ।

लिम्बूले १ हजार ९ सय ६ मत पाउँदा गच्छदारले १ हजार ४ सय २२ मत पाएका छन् । जम्मा ३ हजार ३ सय ५६ मत खसेकोमा २५ मत बदर भएको थियो ।

गत आइतबार भएको निर्वाचनमा प्रतिष्पर्धा गरेका ३ जना उम्मेद्वारमध्ये कुनै पनि उम्मेद्वारले ५० प्रतिशत मत नकटाएपछि पहिलो र दोस्रो हुने उम्मेद्वारबीच मंगलबार पुनः मतदान भएको थियो ।

कोइराला पक्षका लिम्बू, संस्थापनका गच्छदार र सिटौला पक्षबाट यदु बिष्ट बीचको प्रतिस्पर्धामा भए पनि दोस्रो चरणको प्रतिष्पर्धामा लिम्बू र गच्छदार चुनावी मैदानमा थिए ।

आइतबारको मतदानमा तेस्रो भएपछि सोमबार पत्रकार सम्मेलन गर्दै बिष्टले दोस्रो चरणको निर्वाचनमा गच्छदारलाई समर्थन गर्ने जनाएका थिए । उनले वैचारिक सिद्धान्त मिल्ने र आगामी ५ वर्षमा आफ्ना एजेण्डाहरुलाई निरन्तरता दिइने प्रतिबद्धताका आधारमा गच्छदारलाई समर्थन गरेको जनाएका थिए । तर उनको समर्थन उनलाई मत दिने कार्यकर्ताले नमान्दा गच्छदार विजयी हुन सकेनन् ।

यसअघि कोइराला समूहमा रहेका विराटनगर महानगरका प्रमुख भीम पराजुलीले पनि सोमबारदेखि औपचारिक रुपमा देउवा पक्षका उम्मेद्वारलाई सघाउने घोषणा गरेका थिए ।

कांग्रेस मोरङ अधिवेशनः गच्छदारलाई बिष्टको समर्थन

 

 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

प्रमिला ढकाल ‘एरिका’ कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवार

Published

on

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका लागि युवा नेतृ प्रमिला ढकाल ‘एरिकाले उम्मेदवारी दिने तयारी गरेकी छन्। कांग्रेसको केन्द्रीय कार्यसमितिका लागि उम्मेदवारी दर्ता असोज १९ गते हुने निर्वाचन कार्यक्रम सार्वजनिक भइसकेको छ।
ढकालले आफ्नो राजनीतिक यात्रा नेपाल विद्यार्थी संघको इकाइ सदस्यबाट सुरु गरेकी हुन्। उनका अनुसार उनी २०७२ सालमा सुकुना बहुमुखी क्याम्पसको नेविसंघ इकाइ सदस्य, २०७५ सालमा नेविसंघ सुन्दरहरैँचा नगर उपसभापति हुँदै संगठनमा सक्रिय रहिन्।
त्यसपछि २०८० सालमा नेविसंघको केन्द्रीय सदस्य बनेकी ढकालले २०८१ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय शिक्षा विभाग प्रमुखको जिम्मेवारी सम्हालेकी थिइन्। २०८० सालमा एरिका ढकाललाई नेविसंघको केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्य रहेकी थिइन् उनको राजनीतिक सक्रियता विद्यार्थी संगठनमा मात्र सीमित छैन। २०८१ सालमा उनी नेपाली कांग्रेसकी क्षेत्रीय प्रतिनिधि बनेकी थिइन् भने प्रदेश सभा निर्वाचन क्षेत्र ३(ख)को सचिव पदका लागि प्रत्याशीसमेत बनेको उनले जनाएको विवरणमा उल्लेख छ।

ढकालले कांग्रेसलाई नेपाली समाज, युवा पुस्ता र वर्तमान समयको आवश्यकता अनुरूप अघि बढाउने उद्देश्यसहित केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको बताएकी छन्।

“नेपाली कांग्रेस पार्टीलाई नेपाल र नेपाली माटो सुहाउँदो युवा मैत्री पहिलो पार्टी बनाउनका निमित्त मैले उम्मेदवारी दिँदैछु,” ढकालको भनाइ छ।

उनले कांग्रेसको राजनीतिक दस्तावेजलाई अझ प्रगतिशील र समयसापेक्ष बनाउँदै नेपालको समुन्नतिका लागि काम गर्ने आफ्नो उद्देश्य रहेको बताएकी छन्।

युवा पुस्ताको सहभागिता, विद्यार्थी राजनीतिबाट पार्टीको मूल नेतृत्वसम्मको यात्रा र संगठनभित्र प्राप्त जिम्मेवारीलाई आफ्नो उम्मेदवारीको आधारका रूपमा प्रस्तुत गर्दै ढकालले कांग्रेसको भावी राजनीतिक दिशामा युवाको भूमिका थप बलियो बनाउनुपर्ने धारणा अघि सारेकी छन्।

Continue Reading

Banner

साफको इतिहासमा नेपाल पहिलोपटक नखेल्ने,एन्फा निलम्बनको असर,

Published

on

साफले दिएको डेडलाइन (३० सेप्टेम्बर) मा पनि निलम्बन फुकुवा नभएसँगै नेपालले इतिहासमा पहिलोपटक साफ च्याम्पिनयसिप गुमाउने निश्चित भएको हो ।

नेपालले बंगलादेशमा आगामी नोभेम्बर ४ देखि १७ सम्म आयोजना हुने १५औं संस्करणको साफ च्याम्पियनसिप गुमाउने भएको छ ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले दिएको डेडलाइन (३० सेप्टेम्बर) मा पनि निलम्बन फुकुवा नभएसँगै नेपालले इतिहासमा पहिलोपटक साफ च्याम्पिनयसिप गुमाउने निश्चित भएको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) माथि तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले १० असारमा अनिश्चितकालका लागि निलम्बन गरेको थियो ।

निलम्बनपछि नेपालले एकपछि अर्काे अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउँदै आएको छ । त्यसक्रममा ३३ वर्षको साफ इतिहासमा पहिलोपटक नेपाल सहभागी नहुने निश्चित भएको हो ।

दक्षिण एसियाली फुटबल महासंघले यसअघि ३० सेप्टेबरसम्म निलम्बन फुकुवा भए नेपाललाई समेट्ने गरी खेल तालिका सार्वजनिक गरेको थियो । तर, तोकिएको समयसीमामा निलम्बन फुकुवा नभएसँगै नेपालले साफ गुमाउन लागेको हो ।

योसँगै यसपटक साफमा ६ देश सहभागी हुने भएका छन् । समूह ‘ए’ मा आयोजक बंगलादेशसँगै श्रीलंका र भुटान छन् । समूह ‘बी’मा भारत, पाकिस्तान र माल्दिभ्स छ । निलम्बन खुलेको अवस्थामा नेपालले समूह ‘ए’बाट खेल्न पाउँथ्यो ।

नेपालले साफको यसअघिका १४ संस्करण सबैमा सहभागिता जनाएको थियो । जसमा नेपाल एकपटक उपविजेता र एकपटक तेस्रो बनेको छ । त्यसबाहेक पनि ५ पटक सेमिफाइनल पुगेको थियो ।

साफमा नेपालले आफ्नो दाबेदारी प्रस्तुत त गर्थ्यो नै, खेलाडीहरूले पनि आफ्नो क्षमता देखाउन पाउँथे । तर, यसपटक सहभागिता नजनाउँदा उक्त अवसर गुम्न पुगेको छ ।
नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान, प्रशिक्षक तथा एन्फा पूर्वउपाध्यक्ष उपेन्द्रमान सिंह साफ सहभागी नहुँदा खेलाडीले आफुलाई प्रमाणित गर्ने प्लाटफर्म गुमाएको बताउँछन् ।
‘दुई–तीन वर्षमा आउने प्रतियोगिता, यही प्रतियोगिता खेलेर कतिजना खेलाडीहरू विदेश अरू देशमा व्यावसायिक फुटबलमा कन्ट्याक्ट हुने अवसर पनि हो, एउटा प्लेटफर्म पनि हो साउथ एसियाका खेलाडीहरूको लागि । अब यो पनि वञ्चित हुने भयो’ उनी भन्छन्, ‘माथिको एउटा पोलिटिकल लडाइँले गर्दाखेरि आज खेलाडीहरूमा ठूलो मार परिरहेको मैले महसुस गरेको छु ।’

‘मै हुनुपर्छ’ भन्ने दम्भका कारण नेपाली फुटबल यो अवस्थामा आइपुगेको सिंहको अनुभव छ । ‘जुन पहिला राजनीतिक संरक्षण थियो । त्यो राजनीतिक संरक्षण भएको कारणले गर्दाखेरि उहाँहरूसँग दम्भ आयो त्यो बेलामा, हामीलाई कसैले केही गर्न सक्दैन, बहुमत हामीसँग छ, जस्तै गलत निर्णय गरे पनि हामी नै हौँ भन्ने भयो’ उनी भन्छन्, ‘एउटा दम्भ, घमण्ड र जुन पोलिटिकल शक्तिको मिसयुज भयो । जसले गर्दाखेरि नै फुटबलमा यो घटना दुर्घटना घटेको हो ।’

सरकारका प्रवक्तासमेत रहेका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मंगलबार मात्रै साफमा नेपालको सहभागिता सम्भव नरहेको संकेत गरेका थिए । साफका लागि ढिलो भइसकेको र घरेलु लिग सञ्चालनको तयारीमा लागिरहेको उनको भनाइ थियो । एन्फाको निलम्बन फुकुवा कहिले हुन्छ ? भन्ने प्रश्नमा मन्त्री पोखरेलले भने, ‘साफभन्दा अगाडि ढिलो भइसकेको छ । केही गरी निलम्बन खुलेन भने के गर्ने भनेर हामीले विभिन्न खेलाडीसँग छलफल गरेका छौं । घरेलु लिग गर्नुपर्‍यो । घरेलु लिग नखेलेको वर्षौं भइसक्यो भनेर खेलाडीहरूबाट आइसकेपछि घरेलु लिगका लागि तयारी गरिराखेका छौंं ।’

उनको भनाइलाई आधार मान्ने हो भने नेपाल तत्काल फिफाबाट निलम्बन फुकुवा हुने सम्भावना छैन । यसअघि मन्त्री पोखरेलले सार्वजनिक रुपमै फिफासँग सकारात्मक छलफल भएको र छिट्टै निलम्बन फुकुवा हुने अभिव्यक्ति दिँदै आएका थिए । तर, फिफाबाट सकारात्मक जवाफ नआएपछि सरकार घरेलु फुटबल गतिविधि अगाडि बढाउने दिशामा अगाडि बढेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले खेल मिलेमतोको आरोपमा एन्फा कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सञ्जिव पाण्डेलाई पक्राउ गरेको छ । अनुसन्धानको घेरा भएपछि एन्फा पदाधिकारीहरू अहिले सम्पर्कविहीन छन् । जसले नेपाली फुटबल झनै अन्यौलतातर्फ धकेलिएको छ ।

Continue Reading

Banner

सलकपुरमा चारदिने कला उत्सव हुने

Published

on

मोरङको सुन्दरहरैँचा–८ सलकपुरमा सलकपुर कला उत्सव २०८३ आयोजना हुने भएको छ। शिल्पी नाट्य केन्द्र, सलकपुरको आयोजनामा हुने उत्सव चार दिनसम्म सञ्चालन हुनेछ।
उत्सवमा नाटक, कविता, गजललगायतका साहित्यिक तथा सांस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ। यस्तै, गायिका झुमा लिम्बु र रैथाने ब्यान्डको विशेष साङ्गीतिक प्रस्तुति समेत रहनेछ।
कला, साहित्य, सङ्गीत र संस्कृतिप्रति रुचि राख्ने दर्शकलाई लक्षित गर्दै आयोजना गरिएको उत्सवमा परिवार तथा साथीभाइसँग उपस्थित भई कार्यक्रमको आनन्द लिन आयोजकले आग्रह गरेको छ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक