कला / साहित्य
आजदेखि इटहरीमा ३ दिने सङ्गीत उत्सव हुने
इटहरीः साङ्गीतिक विश्वविद्यालयको तयारीमा रहेको सङ्गीत साधना प्रतिष्ठान नेपालको आयोजनामा इटहरीमा आजदेखि ३ दिने सङ्गीत उत्सवको आयोजना हुने भएको छ । प्रतिष्ठानले सङ्गीत मार्फत इटहरीलाई परिचित गराउन साङ्गीतिक साँझको आयोजना गर्न लागिएको जनाएको छ ।
पत्रकार सम्मेलनमार्फत् प्रतिष्ठानले जनाएअनुसार प्रतिष्ठानको २८ औँ वार्षिक उत्सवको हुने ‘साधना सङ्गीत उत्सव–२०७८’ को पहिलो दिन आज बिहान ११ बजेदेखि विद्यालय तथा उच्चशिक्षा अध्ययन गर्ने विद्यार्थीहरूका सामु अन्नपूर्ण च्याम्बर वाद्यवादन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
नारायण गोपाल सङ्गीत कोष काठमाडौका ३५ जना वाद्यवादक सङ्गीतकर्मीहरूबाट अर्केस्ट्रा प्रस्तुति गरिने कार्यक्रम तय भएको प्रतिष्ठानका महासचिव राजु केसीले जानकारी दिए । उनका अनुसार प्रदेश १ सामाजिक विकास मन्त्री जयदेव यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम हुनेछ ।
उत्सवको दोस्रो दिन भोलि बिहान ११ बजे देखि १ बजे सम्म साहित्य उत्सव आयोजना गरिने भएको छ । पूर्वका ख्यातिप्राप्त सर्जकहरूका रचनाहरू प्रस्तुत गर्ने उद्देश्यले कार्यक्रम हुन लागेको आयोजकले जनाएको छ । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्वोको प्रमुख आतिथ्यता साँझ साढे ४ बजेदेखि साढे ७ बजेसम्म सङ्गीतकर्मी, साहित्यकर्मी, विशिष्ट व्यक्तित्वको उपस्थितिमा साङ्गीतिक प्रस्तुतिको आयोजना गरिने भएको छ ।
तेस्रो दिन मङ्सिर २३ गते साँझ साढे ४ बजेदेखि ८ बजेसम्म मुख्य मन्त्री राजेन्द्र राईको प्रमुख आतिथ्यतामा नारायण गोपाल साङ्गीतिक साँझको आयोजना गरिने भएको छ । स्वरसम्राट नारायण गोपालको ३१ औँ पुण्य तिथिको उपलक्ष्यमा साङ्गीतिक साँझ आयोजना गरिने भएको हो ।
सो साँझमा प्रख्यात गायक÷गायिका यम बराल, भीषण मुकारुङ, राजन सागर, जिना रसाइलीले सांगीतिक प्रस्तुति दिने भएका छन् । सङ्गीत साधना प्रतिष्ठानका विद्यार्थीहरूले नारायण गोपालको गीत गाएर लाइभ प्रस्तुति दिने कार्यक्रम पनि रहेको आयोजकले जनाएको छ ।
अन्नपूर्ण च्याम्वर अर्केस्ट्रा एवम् नारायण गोपाल सङ्गीत कोष उपत्यका बाहिर पहिलो पटक कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । प्रतिष्ठानको प्राङ्गणमा निःशुल्क सो कार्यक्रम हुने आयोजकले जानकारी दिएको छ ।
Facebook Comment
Banner
जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स पहिलोपटक प्लेअफमा
सिद्धार्थ बैंक एनपीएल क्रिकेटमा लुम्बिनी लायन्स प्लेअफमा प्रवेश गर्ने चौथो टोली बनेको छ। शुक्रबार जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनीले पहिलोपटक प्लेअफ स्थान सुरक्षित गरेको हो । १३३ रनको लक्ष्य लुम्बिनीले १९.१ ओभरमा ६ विकेट खोस्दै पूरा गर्यो। कप्तान रोहित पौडेलले ३४, डार्शी सर्टले ३० रन बनाए। पराजयसँगै जनकपुर, पोखरा एभेन्जर्स र चितवन राइनोज प्लेअफ दौडबाट बाहिरिए। यसअघि सुदूरपश्चिम रोयल्स, काठमाडौँ गोर्खाज र विराटनगर किंग्सले प्लेअफ बुक गरिसकेका छन्। अब शनिबारको खेलपछि दोस्रो र तेस्रो स्थानको टुङ्गो लाग्नेछ।
Banner
गछिया गोल्डकपको फाइनलमा गाईघाट युनाइटेड
सहलेस फुटबल क्लब सिरहामाथि संघर्षपूर्ण जित निकाल्दै गाईघाट युनाइटेड अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम गछिया गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
मोरङको सुन्दरहरैंचा–गछिया बजार खेल मैदानमा शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा गाईघाटले सहलेसलाई १–० ले पराजित गर्दै उपाधि नजिक पुगेको हो। खेलको ६९औँ मिनेटमा सुनिल खड्काले प्रहार गरेको फ्री–किक नै टिमका लागि निर्णायक गोल बन्यो।
विजयी टिमका विनोद राई ‘म्यान अफ द म्याच’ घोषित भए। उनले नगद ५ हजार १ सय रुपैयाँ प्राप्त गरे।
गाईघाट युनाइटेडले अब उपाधिका लागि शनिबार हुने आयोजक गछिया युवा समाज र राष्ट्रिय जागृति क्लब इटहरीबीचको दोस्रो सेमिफाइनल विजेतासँग सोमबार भिड्नेछ।
प्रतियोगितामा विजेताले २ लाख १ हजार र उपविजेताले १ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
Banner
एनपीएल क्रिकेटमा आज जनकपुर र लुम्बिनी खेल्दै
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो ४ बजे सुरु हुने छ।
रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लिग चरणको अन्तिम खेल खेल्दैछ। अघिल्ला ६ खेलमध्ये ३ मा जित निकाल्दै ६ अंकसहित प्लेअफ नजिक पुगेको लुम्बिनीका लागि आजको खेल अत्यन्तै महत्वपूर्ण मानिँदैछ। जीत हासिल गरे प्लेअफ स्थान सुरक्षित हुने छ।
पछिल्लो संस्करणको विजेता जनकपुर बोल्ट्सको भने यसपटक प्रदर्शन कमजोर रह्यो। ५ खेलमा जम्मा २ अंक जोडेको जनकपुरले एक खेल मात्र जित्न सफल भएको छ। अनिल साहको कप्तानीमा रहेको जनकपुरले आज आफ्नो छैटौँ खेल खेल्दैछ।
जनकपुरले आजको खेल जिते पनि प्लेअफ समीकरण अन्य खेलहरूमा निर्भर रहने छ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login