कला / साहित्य
आजदेखि इटहरीमा ३ दिने सङ्गीत उत्सव हुने
इटहरीः साङ्गीतिक विश्वविद्यालयको तयारीमा रहेको सङ्गीत साधना प्रतिष्ठान नेपालको आयोजनामा इटहरीमा आजदेखि ३ दिने सङ्गीत उत्सवको आयोजना हुने भएको छ । प्रतिष्ठानले सङ्गीत मार्फत इटहरीलाई परिचित गराउन साङ्गीतिक साँझको आयोजना गर्न लागिएको जनाएको छ ।
पत्रकार सम्मेलनमार्फत् प्रतिष्ठानले जनाएअनुसार प्रतिष्ठानको २८ औँ वार्षिक उत्सवको हुने ‘साधना सङ्गीत उत्सव–२०७८’ को पहिलो दिन आज बिहान ११ बजेदेखि विद्यालय तथा उच्चशिक्षा अध्ययन गर्ने विद्यार्थीहरूका सामु अन्नपूर्ण च्याम्बर वाद्यवादन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
नारायण गोपाल सङ्गीत कोष काठमाडौका ३५ जना वाद्यवादक सङ्गीतकर्मीहरूबाट अर्केस्ट्रा प्रस्तुति गरिने कार्यक्रम तय भएको प्रतिष्ठानका महासचिव राजु केसीले जानकारी दिए । उनका अनुसार प्रदेश १ सामाजिक विकास मन्त्री जयदेव यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम हुनेछ ।
उत्सवको दोस्रो दिन भोलि बिहान ११ बजे देखि १ बजे सम्म साहित्य उत्सव आयोजना गरिने भएको छ । पूर्वका ख्यातिप्राप्त सर्जकहरूका रचनाहरू प्रस्तुत गर्ने उद्देश्यले कार्यक्रम हुन लागेको आयोजकले जनाएको छ । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्वोको प्रमुख आतिथ्यता साँझ साढे ४ बजेदेखि साढे ७ बजेसम्म सङ्गीतकर्मी, साहित्यकर्मी, विशिष्ट व्यक्तित्वको उपस्थितिमा साङ्गीतिक प्रस्तुतिको आयोजना गरिने भएको छ ।
तेस्रो दिन मङ्सिर २३ गते साँझ साढे ४ बजेदेखि ८ बजेसम्म मुख्य मन्त्री राजेन्द्र राईको प्रमुख आतिथ्यतामा नारायण गोपाल साङ्गीतिक साँझको आयोजना गरिने भएको छ । स्वरसम्राट नारायण गोपालको ३१ औँ पुण्य तिथिको उपलक्ष्यमा साङ्गीतिक साँझ आयोजना गरिने भएको हो ।
सो साँझमा प्रख्यात गायक÷गायिका यम बराल, भीषण मुकारुङ, राजन सागर, जिना रसाइलीले सांगीतिक प्रस्तुति दिने भएका छन् । सङ्गीत साधना प्रतिष्ठानका विद्यार्थीहरूले नारायण गोपालको गीत गाएर लाइभ प्रस्तुति दिने कार्यक्रम पनि रहेको आयोजकले जनाएको छ ।
अन्नपूर्ण च्याम्वर अर्केस्ट्रा एवम् नारायण गोपाल सङ्गीत कोष उपत्यका बाहिर पहिलो पटक कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । प्रतिष्ठानको प्राङ्गणमा निःशुल्क सो कार्यक्रम हुने आयोजकले जानकारी दिएको छ ।
Facebook Comment
Banner
नेप्सेमा निरन्तर वृद्धि, लगानीकर्तामा उत्साह
शुक्रबार नेप्से परिसूचक २२.८५ अंक बढेर २६४७.२२ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ५.३२ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.८७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९० अंक बढेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बिहीबार ५ अर्ब ४९ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४५ स्टकको ६४ हजार ७२ पटकको कारोबारमा ६ अर्ब ७४ करोड ५६ लाख ३१ हजार रुपैयाँबराबरको २ करोड १२ लाख ७२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन स्नो रिभर्स लिमिटेडको शेयरमूल्य सर्वाधिक १३.६६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ। कारोबारमा आएको हाथवे इन्भेष्टमेन्टको शेयरमूल्य यस दिन सर्वाधिक १५ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन कुमारी बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ३२ करोड १३ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन लक्ष्मी सनराइज बैंकको २७ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने ग्लोबल आइएमई बैंकको कारोबार रकम २३ करोड रुपैयाँ नाघेको छ।
१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक १.५९ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन जीवन बीमा उपसमूहको परिसूचक साढे १ प्रतिशत बढेको छ। कारोबारमा आएको वित्त र अन्य उपसमूहको परिसूचक भने यस दिन सामान्य अंक घटेको छ।
Banner
गुराँस लघुवित्तको लाभांश घोषणा
गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड (GLBSL ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
लघुवित्तले हाल कायम चुक्ता पूँजीको ९.५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
असोज २ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।
Banner
डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु
इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा धनकुटा नगरपालिका–२ भिरगाउँका २९ अनिल राईको मृत्यु भएको छ ।
दुर्घटनामा मोटरसाइकलमा सवार सोही स्थानका २६ वर्षीय सन्दीप राई घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए।
विराट शिक्षण अस्पतालमा अनिलको मृत्यु भएको हो भने सोही अस्पतालमा सन्दीपको उपचार जारी छ । सडकमा राखिएका डिभाइडरमा द्रुत गतिको मोटरसाइकल ठोक्किएको हो ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner7 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login