कोशी प्रदेश
कादम्बिनीको साधारणसभामा संस्थापक पदाधिकारी सम्मानित
विराटचोकः कादम्बिनी कृषि सहकारी संस्थाको नवौं वार्षिक साधारण सभामा संस्थापक पदाधिकारी, उत्कृष्ट किसान, उत्कृष्ट ऋणी, उत्कृष्ट बचतकर्ता, ज्येष्ठ नागरिकलगायत सम्मानित भएका छन् ।
शनिबार भएको साधारण सभाको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले कृषि सहकारीहरुलाई नगरपालिकाले सहयोग गरिरहेको बताए । अघिल्लो वर्ष नगरपालिकाले फूल खेती प्रवद्र्धनका लागि बजेट विनियोजन गरे पनि सो रकम फ्रिज भएकाले यस पटक रकम विनियोजन नगरिएको बताए ।
‘सहकारीलाई योजना प्रस्ताव आह्वान गर्नुहोस् भन्दा पनि गर्नुहुुन्न, नगरपालिकाले नै कार्यक्रम आयोजना गर्दा पनि सहकारीबाट प्रतिनिधित्व हुँदैन’, मेयर ढकालले भने, ‘माग गर्नुहोस्, योजना ल्याउनुहोस्, सहयोग गर्न नगरपालिका सदैव तयार हुन्छ ।’ कादम्बिनीले गरेको फूल खेतीको प्रशंसा गर्दै उनले यस पटक अन्य शीर्षकको बजेट रकमान्तर गरेर भए पनि नगरपालिकाले फूल खेतीमा जोड दिने उनले बताए ।

नगरपालिकाले धान काट्ने मेसिन किन्न लागेको पनि उनले जानकारी दिए ।
वडा नम्बर ७ का अध्यक्ष चैतन्यप्रसाद सिटौलाले अन्य वडाका सहकारीको तुलनामा वडा नम्बर ७ का सहकारीहरु कम मात्रामा स्थानीय तहमा कार्यक्रम माग गर्न जाने गरेको बताए । वडाले किसानको हितको लागि सक्दो काम गरिरहेको उनको भनाइ थियो ।
जिल्ला कृषि सहकारी संघका उपाध्यक्ष शोभितमान पौडेलले स्थानीय तहले सहकारीसम्बन्धी कार्यक्रम नै नल्याएको आरोप लगाए । कृषि सहकारी संस्थालाई व्यावसायीकरण गर्न पूँजीको आवश्यकता पर्ने तर सहकारीलाई सधैँ पूँजीको अभाव भइरहने गरेको उनको भनाइ थियो ।

कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाको कृषि शाखा प्रमुुख फरिन्द्र भट्टराई, साना किसान कृषि सहकारी संस्था सुन्दरपुरका अध्यक्ष भीम पौडेल, साना किसान कृषि सहकारी संस्था संस्था दुलारीकी प्रबन्धक कमला पोखरेल, संस्थाका पूूर्व सञ्चालक समितिका पदाधिकारीहरुलगायतको उपस्थिति थियो ।
कार्यक्रममा संस्थाकी उपाध्यक्ष सरस्वती दाहालले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । संस्थाका अध्यक्ष मनोज दाहालको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सचिव मिलन लुइँटेलले गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि ढकालले गमलामा लालुपाते फूलको बिरुवा रोपेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

Facebook Comment
Banner
जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स पहिलोपटक प्लेअफमा
सिद्धार्थ बैंक एनपीएल क्रिकेटमा लुम्बिनी लायन्स प्लेअफमा प्रवेश गर्ने चौथो टोली बनेको छ। शुक्रबार जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनीले पहिलोपटक प्लेअफ स्थान सुरक्षित गरेको हो । १३३ रनको लक्ष्य लुम्बिनीले १९.१ ओभरमा ६ विकेट खोस्दै पूरा गर्यो। कप्तान रोहित पौडेलले ३४, डार्शी सर्टले ३० रन बनाए। पराजयसँगै जनकपुर, पोखरा एभेन्जर्स र चितवन राइनोज प्लेअफ दौडबाट बाहिरिए। यसअघि सुदूरपश्चिम रोयल्स, काठमाडौँ गोर्खाज र विराटनगर किंग्सले प्लेअफ बुक गरिसकेका छन्। अब शनिबारको खेलपछि दोस्रो र तेस्रो स्थानको टुङ्गो लाग्नेछ।
Banner
गछिया गोल्डकपको फाइनलमा गाईघाट युनाइटेड
सहलेस फुटबल क्लब सिरहामाथि संघर्षपूर्ण जित निकाल्दै गाईघाट युनाइटेड अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम गछिया गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
मोरङको सुन्दरहरैंचा–गछिया बजार खेल मैदानमा शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा गाईघाटले सहलेसलाई १–० ले पराजित गर्दै उपाधि नजिक पुगेको हो। खेलको ६९औँ मिनेटमा सुनिल खड्काले प्रहार गरेको फ्री–किक नै टिमका लागि निर्णायक गोल बन्यो।
विजयी टिमका विनोद राई ‘म्यान अफ द म्याच’ घोषित भए। उनले नगद ५ हजार १ सय रुपैयाँ प्राप्त गरे।
गाईघाट युनाइटेडले अब उपाधिका लागि शनिबार हुने आयोजक गछिया युवा समाज र राष्ट्रिय जागृति क्लब इटहरीबीचको दोस्रो सेमिफाइनल विजेतासँग सोमबार भिड्नेछ।
प्रतियोगितामा विजेताले २ लाख १ हजार र उपविजेताले १ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
Banner
एनपीएल क्रिकेटमा आज जनकपुर र लुम्बिनी खेल्दै
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो ४ बजे सुरु हुने छ।
रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लिग चरणको अन्तिम खेल खेल्दैछ। अघिल्ला ६ खेलमध्ये ३ मा जित निकाल्दै ६ अंकसहित प्लेअफ नजिक पुगेको लुम्बिनीका लागि आजको खेल अत्यन्तै महत्वपूर्ण मानिँदैछ। जीत हासिल गरे प्लेअफ स्थान सुरक्षित हुने छ।
पछिल्लो संस्करणको विजेता जनकपुर बोल्ट्सको भने यसपटक प्रदर्शन कमजोर रह्यो। ५ खेलमा जम्मा २ अंक जोडेको जनकपुरले एक खेल मात्र जित्न सफल भएको छ। अनिल साहको कप्तानीमा रहेको जनकपुरले आज आफ्नो छैटौँ खेल खेल्दैछ।
जनकपुरले आजको खेल जिते पनि प्लेअफ समीकरण अन्य खेलहरूमा निर्भर रहने छ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login