शिक्षा / स्वास्थ्य
प्याब्सन मोरङमा पहिलो पटक महिलाको नेतृत्व, शीतला सुब्बा भइन् सर्वसम्मत अध्यक्ष
विराटनगरः निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङको अध्यक्षमा शीतला सुब्बा निर्विरोध निर्वाचित भएकी छिन् । विराटनगरस्थित सुम्निमा बोर्डिङ स्कुलकी प्रिन्सिपल सुब्बाले प्याब्सन मोरङको १५ औं जिल्ला अधिवेशनबाट निर्विरोध चयन भएर इतिहास रचेकी हुन् । कार्यवाहक अध्यक्ष भएर सावित्री पराजुलीले प्याब्सन मोरङको नेतृत्व गरेको इतिहास भने थियो ।
अध्यक्ष निर्वाचित भएपछि सुब्बाले निजी विद्यालयहरूको संस्थागत विकास र हकहितमा सधै क्रियाशील भएर लाग्ने बताएकी छिन् । शनिबार सम्पन्न प्याब्सनको अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा प्रेमलाल सिंह सुवाल पनि निर्विरोध निर्वाचित भएका छन् ।
दुई जना उपाध्यक्षको लागि तीन जनाले उम्मेदवारी दिएका थिए । उपाध्यक्षमा सुरेन्द्र सुवेदीले १ सय ३१ मत र भक्तराज सुब्बाले १ सय ७ मत ल्याएर विजयी भए । पराजित इन्द्र राईले ९८ मत ल्याए ।
सचिवमा जगतबहादुर बस्नेत ९९ मत ल्याएर निर्वाचित हुँदा प्रतिष्पर्धी देवी सिटौलाले ७९ मत ल्याए । सह–सचिवमा मनोज रेग्मी र विकर्ण कार्की निर्विरोध निर्वाचित भए ।
कोषाध्यक्षमा विष्णु डंगोल १ सय ३ मत ल्याएर निर्वाचित हुँदा प्रतिस्पर्धी खगेन्द्रराज भण्डारीले ६८ मत ल्याए । सह–कोषाध्यक्षमा गोलाप्रथाबाट भुपाल बस्नेत निर्वाचित भए । सह–कोषाध्यक्षमा समान ८७\८७ मत आएपछि गोलाप्रथाबाट बस्नेत कोषाध्यक्ष चुनिएका हुन् ।
खुल्ला सदस्यहरुमा रुद्र थापा, दीपकप्रसाद घिमिरे, कमलप्रसाद तिम्सिना र मणिराज भट्टराई निर्विरोध निर्वाचित भए ।
पालिका तर्फबाट रहने १\१ जना सदस्य निर्विरोध चयन भए पनि बेलाबारी र सुन्दरहरैंचाका लागि भने निर्वाचन नै गर्नुपरेको प्याब्सनले जनाएको छ ।
पालिकातर्फ लेटाङबाट भोलानाथ पाण्डे, सुनवर्षीबाट कसराज राजवंशी, उर्लाबारीबाट रियन्द्रबहादुर थापा, मिक्लाजुङबाट अमित खड्का निर्विरोध भए । यस्तै पथरी शनिश्चिरेबाट राजु तिम्सिना, रतुवामाइबाट छविलाल बास्कोटा, रंगेलीबाट जीवन खनाल, विराटनगरबाट सिएम श्रेष्ठ, कटहरीबाट सीताराम बिक निर्विरोध निर्वाचित भए ।
बेलबारीबाट तेजबहादुर खत्री १ सय २२ मत ल्याएर निर्वाचित हुँदा प्रतिष्पर्धी महेन्द्र गिरीले ५७ मत ल्याए । यस्तै सुन्दरहरैचका अर्जुन ढकालले १ सय ३२ मत ल्याएर निर्वाचित हुँदा प्रतिष्पर्धी गणेशप्रसाद दाहालले ४७ मत मात्र पाए ।

Facebook Comment
Banner
जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स पहिलोपटक प्लेअफमा
सिद्धार्थ बैंक एनपीएल क्रिकेटमा लुम्बिनी लायन्स प्लेअफमा प्रवेश गर्ने चौथो टोली बनेको छ। शुक्रबार जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनीले पहिलोपटक प्लेअफ स्थान सुरक्षित गरेको हो । १३३ रनको लक्ष्य लुम्बिनीले १९.१ ओभरमा ६ विकेट खोस्दै पूरा गर्यो। कप्तान रोहित पौडेलले ३४, डार्शी सर्टले ३० रन बनाए। पराजयसँगै जनकपुर, पोखरा एभेन्जर्स र चितवन राइनोज प्लेअफ दौडबाट बाहिरिए। यसअघि सुदूरपश्चिम रोयल्स, काठमाडौँ गोर्खाज र विराटनगर किंग्सले प्लेअफ बुक गरिसकेका छन्। अब शनिबारको खेलपछि दोस्रो र तेस्रो स्थानको टुङ्गो लाग्नेछ।
Banner
गछिया गोल्डकपको फाइनलमा गाईघाट युनाइटेड
सहलेस फुटबल क्लब सिरहामाथि संघर्षपूर्ण जित निकाल्दै गाईघाट युनाइटेड अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम गछिया गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
मोरङको सुन्दरहरैंचा–गछिया बजार खेल मैदानमा शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा गाईघाटले सहलेसलाई १–० ले पराजित गर्दै उपाधि नजिक पुगेको हो। खेलको ६९औँ मिनेटमा सुनिल खड्काले प्रहार गरेको फ्री–किक नै टिमका लागि निर्णायक गोल बन्यो।
विजयी टिमका विनोद राई ‘म्यान अफ द म्याच’ घोषित भए। उनले नगद ५ हजार १ सय रुपैयाँ प्राप्त गरे।
गाईघाट युनाइटेडले अब उपाधिका लागि शनिबार हुने आयोजक गछिया युवा समाज र राष्ट्रिय जागृति क्लब इटहरीबीचको दोस्रो सेमिफाइनल विजेतासँग सोमबार भिड्नेछ।
प्रतियोगितामा विजेताले २ लाख १ हजार र उपविजेताले १ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
Banner
एनपीएल क्रिकेटमा आज जनकपुर र लुम्बिनी खेल्दै
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो ४ बजे सुरु हुने छ।
रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लिग चरणको अन्तिम खेल खेल्दैछ। अघिल्ला ६ खेलमध्ये ३ मा जित निकाल्दै ६ अंकसहित प्लेअफ नजिक पुगेको लुम्बिनीका लागि आजको खेल अत्यन्तै महत्वपूर्ण मानिँदैछ। जीत हासिल गरे प्लेअफ स्थान सुरक्षित हुने छ।
पछिल्लो संस्करणको विजेता जनकपुर बोल्ट्सको भने यसपटक प्रदर्शन कमजोर रह्यो। ५ खेलमा जम्मा २ अंक जोडेको जनकपुरले एक खेल मात्र जित्न सफल भएको छ। अनिल साहको कप्तानीमा रहेको जनकपुरले आज आफ्नो छैटौँ खेल खेल्दैछ।
जनकपुरले आजको खेल जिते पनि प्लेअफ समीकरण अन्य खेलहरूमा निर्भर रहने छ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login