Connect with us
Advertisement

सुकुनाको स्वर्ण महोत्सव सम्पन्न, २० वर्षभन्दा बढी सेवा गरेका शिक्षक कर्मचारी अभिनन्दित

Published

on

विराटचोकः सुकुना मावि सुन्दरहरैंचाको स्वर्ण महोत्सव सम्पन्न भएको छ । विद्यालय स्थापनाको ५० वर्ष पुगेको अवसरमा गत पुस १ गते शुरु भएको स्वर्ण महोत्सवको औपचारिक कार्यक्रम बुधबार सम्पन्न भएको हो ।

समापन कार्यक्रममा विद्यालयमा २० वर्षभन्दा बढी सेवा गरेका शिक्षक र कर्मचारीलाई अभिनन्दन गरिएको थियो । अभिनन्दित शिक्षक र कर्मचारीलाई उनीहरुले खाईपाई आएको ग्रेडबराबरको वार्षिक रकम पनि प्रदान गरिएको थियो ।

समापन कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद लोकप्रसाद संग्रौलाले पछिल्लो समय सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षा दिन थालेपछि विद्यार्थी र अभिभावकको आकर्षण बढिरहेको बताए । सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर सुधार्न आफू सदैव लागिरहने उनको भनाइ थियो ।

कार्यक्रममा विद्यालयका जग्गादाता, अक्षय कोषका संस्थापक, लामो समय सेवा गरेर विद्यालयबाट सेवानिवृत्त भएका कर्मचारीलगायतलाई सम्मान गरिएको थियो ।

कार्यक्रमलाई राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले भर्चुअल माध्यमबाट सम्बोधन गरेका थिए । उनले जागिर खाने होइन उद्यमी बन्ने विद्यार्थी बन्न विद्यार्थीलाई अनुरोध गरेका थिए । सुकुनाका विद्यार्थीले आविष्कार केन्द्र स्थापना गर्न चाहेमा आफू केही दिनको लागि आउन तयार भएको उनको भनाइ थियो ।

पूर्व विद्यार्थी स्वयम्सेवी मञ्चका अध्यक्ष डोलेश्वर तिम्सिनाले पूर्व विद्यार्थीले १ करोड रुपैयाँ संकलन गरेर संग्रहालय निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरिने बताए । उनका अनुसार पूर्व विद्यार्थीले दैनिक ५ रुपैयाँ जम्मा गरेर वर्षको १ हजार ८ सय २५ रुपैयाँ जम्मा गरी कम्तीमा १ करोड रुपैयाँ संकलन गरिने र सो रकमले संग्रहालय स्थापना गरिने तिम्सिनाले बताए ।

कार्यक्रममा स्वर्ण महोत्सवको अवसरमा भएका विभिन्न प्रतियोगितामा विजयी हुने प्रतियोगीलाई पुरस्कार प्रदान गरिएको थियो ।

वर्षभरी नै विद्यालयमा स्वर्ण महोत्सवको अवसरमा कार्यक्रम भइरहने विद्यालयले जनाएको छ ।

 

 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए

Published

on

नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।

निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।

यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।

पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।

१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह

Continue Reading

Banner

चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल

Published

on

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।

खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।

Continue Reading

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक