अर्थ
सुरक्षा सामाजिक उद्यमी महिला सहकारीले गर्याे ५ हजार लिटरभन्दा बढी दूध बेच्ने शेयर सदस्यलाई सम्मान
विराटचोकः महिलाद्वारा सञ्चालित सुरक्षा सामाजिक महिला सहकारी संस्थाले ५ हजार लिटरभन्दा बढी दूध विक्री गर्ने ५ जना शेयर सदस्यलाई सम्मान गरेको छ ।

जसअनुसार उमा चौहान १० हजार २ सय ५१ लिटर दूध बेचेर सम्मानित भएकी छिन् । रुकमिना लुइँटेलले गत आर्थिक वर्षमा ८ हजार १ सय लिटर दूध बेचेकी थिइन् । त्यस्तै, ६ हजार ६ सय ७५ लिटर दूध विक्री गर्ने चन्द्रकला पौडेल, ५ हजार ४ सय १९ लिटर दूध बिक्री गर्ने उर्मिला दाहाल र ५ हजार ३ सय ५८ लिटर दूध बिक्री गर्ने इन्दिरा फुयाल सम्मानित भएका हुन् । उनीहरुलाई प्रमाणपत्र तथा दूध बोक्ने क्यान (ट्यामी) प्रदान गरिएको थियो ।

त्यस्तै, संस्थाका पूर्व सचिव कृष्ण भुजेल, पूर्व ऋण उपसमितिका संयोजक शिवप्रसाद सुवेदी र धितो मूल्यांकन उपसमितिका बद्री पेश्कार र दुर्गाप्रसाद भट्टराईलाई पनि सम्मान गरिएको थियो । बढी शेयर रकम हुने, बढी बचत हुने, बढी ऐच्छिक बचत गर्ने, धेरै बाल बचत गर्ने, धेरै गृहिणी बचत गर्ने शेयर सदस्यलाई सम्मान गरिएको थियो ।
आज भएको ११ औँ वार्षिक साधारण सभामा प्रस्तुत प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा संस्थाले ४ लाख ५ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । संस्थाको वार्षिक प्रतिवेदनमा उल्लेख भए अनुसार संस्थाले गत वर्ष ७१ लाख ६१ हजार आम्दानी गरेको थियो भने ६७ लाख ५५ हजार रुपैयाँ खर्च गरेको थियो ।

कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै सहकारी समन्वय समिति सुन्दरहरैंचाका उपाध्यक्ष खगेन्द्र अधिकारीले सहकारी संस्थालाई सक्षम बनाउन समन्वय समिति सदैव क्रियाशील रहने बताए । भाखा नाघेको ऋण असुलीमा हरेक सहकारीले ध्यान दिनुपर्ने उनको भनाइ थियो । संस्थाले खरीद गरेका र वित्तीय अनुदानमा पाएका साधनको अधिकतम उपयोगमा जोड दिन उनले सुझाव दिए ।
विशेष अतिथि सुन्दरहरैंचा नगरपालिकाको पशुपंक्षी शाखाका प्रमुख जीवन चापागाईँले गैर सरकारी संस्थको अनुकूलमा सहकारी होइन, सहकारीको अनुकूलमा गैर सरकारी संस्थाले कार्यक्रम ल्याउने वातावरण बनाउनुपर्ने बताए ।

वडा नम्बर ६ का अध्यक्ष जीवन राईले महिलाहरुले चलाएका सहकारी सक्षम छन् भन्ने कुरा सहकारीले प्रमाणित गरेको बताए । समुदायलाई महिलाहरुले हाँक्नुपर्छ भन्ने भावनाका साथ संस्थालाई अघि बढाउनुपर्ने उनको सुझाव थियो ।
संस्थाकी अध्यक्ष दुर्गादेवी भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संस्थाकी सचिव भगवती पराजुलीले गरेकी थिइन् । उपाध्यक्ष कमला दाहाल घिमिरेले स्वागत मन्तव्य राखेको कार्यक्रममा कोषाध्यक्ष तुलसा घिमिरेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।
लेखा तथा सुपरीवेक्षक समिति संयोजक गोमा कटुवाल देउजाले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।


Facebook Comment
Banner
कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए
नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।
निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।
यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।
पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।
१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login