Connect with us
Advertisement
Advertisement

इन्द्रपुर समस्त भजन सन्जालद्वारा भजन समूहलाई वाद्यवादन सामग्री वितरण

Published

on

विराटचाेक  माेरङकाे सुन्दरहरैँचा नगरपालिकामा रहेको इन्द्रपुर समस्त भजन संजालले आफ्नो प्रथम वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बिहिबार सिद्धेश्वर शिवालय मन्दिरको हलमा एक कार्यक्रमको आयोजना गरी साधारणसभा सम्पन्न गरेको हो । नगरभित्र रहेका विभिन्न भजन समूहलाई एकिकृत गरी ५३ वटा भजन समूह समाबेश  भएका छन् ।

सबै समूहलाई सदस्यताकाे प्रमाणपत्र प्रदान गरिएकाे छ । कार्यक्रमका प्रमुख अतिथि शिवप्रसाद ढकालले गत वर्षकाे बजेट बाट बाध्यवादनका सामग्री वितरण गरिएकाे र यस वर्षपनि बजेटकाे व्यवस्था मिलाइएकाे बताए । यस्तै सञ्चालकाे आः्नाे भवन नभएकाे र बनाउन सञ्चाल अग्रसर भए सहयाेग गर्ने बताएका थिए । कार्यक्रममा बाेल्दै समस्त सुन्दरहरैचा भजन सञ्चाल बनाउनु पर्ने र सबै वडालाई समेट्नुपर्ने धारणा समेत राखेका थिए ।

साेहि अवसरमा काेभिडकाे समयमा राहत प्रदान गर्ने १८ वटा भजन समूहलाई सम्मान पत्रद्वारा विशेष सम्मान गरिएकाे थियाे भने १५ वटा समूहलाई नगरपालिकाकाे सहयाेगमा बाद्यबादन सामग्री प्रदान गरिएकाे छ । हारमुनि ढाेलक साउड सिस्टम मजिरा झ्यालि लगायत सामग्री वितरण गरिएकाे आयाेजकले जनाएकाे छ ।

 मासिक रुपमा भजन किर्तन र अन्य कार्यक्रम गर्दै आएको  भजन संजालले कोरोना महामारीका विषम परिस्थिति देखि अन्य विपद्का बेलामा समेत सामाजिक कार्यमा आफ्नो अग्रसरता देखाउँदै आएको छ । कार्यक्रममा अध्यक्ष रुजा घिमिरेले वार्षिक प्रतिवेदन तथा लेखा संयोजक केदार अधिकारीले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

Continue Reading

Facebook Comment

Advertisement
Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सुनसरीका सञ्चारकर्मीले निर्माण गरेको सर्ट फिल्म ‘चेत’ यूएनडीपीको उत्कृष्ट वीसमा

Published

on

विराटचाेक  सुनसरीका सञ्चारकर्मीहरुले निर्माण गरेको जातीय विभेद विरुद्धको सर्ट फिल्म ‘चेत’ यूएनडीपीको उत्कृष्ट २० मा पर्न सफल भएको छ ।

जातीय विभेद विरुद्ध सचेतना जगाउने उद्देश्यले यूएनडीपीको आह्वानमा देशभरबाट निर्माण भएका ७० मध्ये सञ्चारकर्मी रोहित खनाल र रेवती निरौलाको टीमले निर्माण गरेको उक्त सर्ट फिल्म उत्कृष्ट २० मा छनोट भएको हो । रोहित खनालले निर्देशन गरेको यो सर्ट फिल्मलाई केशवजीले लेखेका हुन् ।

सर्ट फिल्ममा रेवती निरौला र कमल नेपालको मुख्य भूमिका रहेको छ । सर्ट फिल्मको छायांकन तथा सम्पादन रोहितले नै गरेका हुन् । जातीय विभेद विरुद्ध सचेतना जगाउने अधिकांश फिल्मभन्दा यो सर्ट फिल्म फरक ढंगले निर्माण गर्ने कोशिश गरिएको निर्देशक खनालले बताए ।

जबसम्म चेतनामा परिवर्तन हुँदैन तबसम्म जातीय विभेद अन्त्य हुन नसक्ने विषयलाई फिल्ममा समेटिएको उनको भनाइ छ । ३ मिनेटको सर्ट फिल्म ‘चेत’मा एक ब्राह्मण समुदायका व्यक्तिले कोरोना भाइरस संक्रमण भएको बेला आइसोलेसनमा ‘अछुत’ भएर बस्दा दलितहरुको पीडा महसुस गरी छुवाछुत त्यागेको कथा छ । यूएनडीपीले फेसबुक पेजमा पोष्ट गरेको दुई हप्तासम्म आउने भ्युज, कमेन्ट र लाइकलाई आधा र निर्णायक मण्डलको निर्णयलाई आधा अंकभार दिएर नजिता प्रकाशन गर्ने जनाइएको छ ।

Continue Reading

Banner

सुनको भाउ १००० रुपैयाँ बढ्यो, चाँदीको ३० रुपैयाँ

Published

on

विराटचोकः आज सुन र चाँदी दुवैको भाउ बढेको छ । सुनको भाउ तोलामा १ हजार रुपैयाँ तथा चाँदीको भाउ तोलामा ३० रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला ९३ हजार ७ सय रुपैयाँ कायम भएको छ । तेजाबी सुनको भाउ प्रति तोला ९३ हजार २ सय रुपैयाँ र असली चाँदीको भाउ प्रति तोला १ हजार ३ सय १५ रुपैयाँ निर्धारण भएको छ ।

हिजो र अस्ति सुनको भाउ तोलमा १ सय रुपैयाँका दरले बढेको थियो ।

 

Continue Reading

Banner

सुनवर्षी नगरपालिकाको प्रशासकीय भवन उद्घाटन

Published

on

विराटनगरः सुनवर्षी– ९ मुस्लिम टोलमा सुनवर्षी नगरपालिकाको प्रशासकीय भवन सञ्चालनमा आएको छ । भूकम्पप्रतिरोधी सो भवनको नेपाली कांग्रेसका नेता एंव पूर्व मन्त्री डा मीनेन्द्र रिजालले उद्घाटन गरे ।

स्थानीयले उपलव्ध गराएको १ बिघा ६ कठ्ठा जग्गामा ३ करोड ४१ लाख रुपैयाँको लागतमा पालिकाले भवन निर्माण भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरेले बताए । २०७६ साल चैत १० गते भवनको शिलान्यास भएको थियो । बाबुल एण्ड खान जेवी सुनसरीले समय अगावै भवन निर्माण गरेर हस्तान्तरण गरेको घिमिरेले बताए ।

भवन निमार्णका लागि प्रदेश सरकारबाट १ करोड तथा जिल्ला समन्वय समिति मोरङबाट ७६ लाख रुपैयाँ सहयोग प्राप्त भएको कार्यक्रममा जानकारी गराइएको थियो ।
भवन उद्घाटन गर्दै सांसद डा. रिजालले सुनवर्षी नगरपालिकाले विकास निर्माणसँगै पूर्वाधार निमार्णमा समेत उल्लेखनीय काम गरेको बताए । भवन निर्माणपछि पालिकाले दिेने सेवा थप प्रभावकारी हुने उनको भनाइ थियो ।

नगरपालिकाका मेयर कालीप्रसाद दासले सीमित स्रोत साधनका बाबजुद नगरपालिकाले सडक निर्माण कालोपत्रे तथा कृषि, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा काम गरिरहेको बताए । भवन निर्माणका लागि स्थानीय महताव आलम, हामी अव्दुल रहिम, जमिमुल रहमान, खुर्सिद आलम, इस्तियाक अहमद, उतिउर रहमान लगायतले जग्गा प्रदान गरेका थिए । जग्गादातालाई कार्यक्रममा सम्मान गरिएको थियो ।

उद्घाटन कार्यक्रममा प्रदेश सांसद लीलाबल्लभ अधिकारी, रतुवामाई नगरपालिकाका मेयर रविन राई, सुनवर्षी नगरपालिकाकी उपमेयर मन्जु राई, वडाध्यक्ष तेजनारायण ताजपुरिया, नेपाली कांग्रेसका नेता गोपालराज भण्डारी तथा जग्गादात महताव आलम तथा पदमविनोद घिमिरे लगायतले आफ्नो भनाइ राखेका थिए ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५११३३२९९, ९८४२१९२४१२, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक खेमचन्द्र अधिकारी
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः नवराज पोख्रेल
व्यवस्थापकः कृष्णचन्द्र सुवेदी
हाम्रो फेसबुक