Connect with us
Advertisement

नझरेका फूलहरू पलेटीँ साँझमा वरिष्ठ कलाकारको क्रेज, उपत्यका पछि विराटचोक मोह 

Published

on

विराटचोक,मोरङ प्राय: कलाकारहरू देश तथा विदेशका स्टेजहरूमा जान भ्याइनभ्याई हुन्छन् । उनीहरुको कला र गलाले दर्शक स्रोतालाई खुशीयाली दिलाउने माध्यम स्टेज बन्ने गर्दछ । तर कुनै त्यस्ता स्टेज छन् जहाँ वरिष्ठ कलाकार नियमित आउने र जाने क्रम बाक्लो हुने गरेको छ। दर्शकको माया र स्थानीयको भब्य स्वागतले कलाकारको मन लोभ्याउने मोरङको सुन्दरहरैंचामा रहेको नझरेका फूलहरू कला केन्द्रले जुटाउँदै आएको छ । विभिन्न प्रायोजक संघ संस्था तथा व्यक्तिगत सहयोग र नझरेका फूलहरूका प्रस्तोता केपी घिमिरेको आफ्नै लागतका भरमा नझरेका फूलहरू २७ औँ श्रृङखलामा आइपुगेको छ । यस पटक वरिष्ठ गायिका तथा सङ्गीतकार ज्ञानु राणा आउने भएकी छिन् । आगामी पौष १७ गते शनिवार सुन्दरहरैँचा उद्योग वाणिज्य सङ्घको सभाहलमा कार्यक्रमको आयोजना गरिने कार्यक्रम प्रस्तोता केपी घिमिरेले जानकारी दिए ।
किन बाक्लीए कलाकार :
नेपाली गीत सङ्गीतको क्षेत्रमा ख्याती कमाएका सर्जकलाई जीवित रहँदानै सम्मान गर्नुपर्छ र कला,भाषा र संस्कृतिको जर्गेना गर्दै लैजानुपर्छ भन्ने उद्देश्यका साथ नझरेका फूलहरूले कलाकारलाई सम्मान गर्दै आएको छ । विशेष गरी काठमाण्डौँ बाहिर कमै निस्कने कलाकारलाई पनि यस कार्यक्रममा उपस्थित गराउन सक्नु प्रस्तोता केपी घिमिरेको रुचि ,सक्रियता र लगावले नै हो।कलाकारलाई सम्मानभावले सुसोभित गर्न पाउनु र उहाँहरुको दरिलो र अविस्मरणीय उपस्थीति हुनु यस क्षेत्रकै गौरवमात्रै होइन, उपत्यका पछि कलाकारको मोह विराटचोक हुने गरेकोसमेत पाइएको छ।
कार्यक्रममा राष्ट्रका गरिमा,निधि र पहिचानका रूपमा रहेका सर्जकलाई सम्मान र प्रस्तुतिका निम्ति आमन्त्रण गरेर घिमिरेले यस क्षेत्रको संवर्द्धन र संरक्षणमा अतुलनीय योगदान पुर्याएका छन् ।
२७ औं संस्करणसम्म आइपुग्दाका कलाकार:
नेपाली भाषा,साहित्य, कला, सङ्गीत र संस्कृतिका क्षेत्रमा नझरेका फूलहरूले विगत लामो समयदेखि राष्ट्रका ख्यातिप्राप्त स्रष्टालाई सम्मान गर्दै आएको छ । वरिष्ठ गायिका मीरा राणा, वरिष्ठ गायक लाक्पा शेर्पा, रामकृष्ण ढकाल, कर्ण दास, यम बराल, राजु सिंह, हेमन्त शर्मा, कुबेर नेपाली, सत्यकला राई, रेखा शाह, तृष्णा गुरुङ, गणेश रसिक, राज सिग्देल, शिशिर योगी, तुलसी पराजुली, लेखु विवश, प्राश्ना शाक्य, दीप श्रेष्ठ, सुरेश गन्धर्व ,सीताराम ताजपुरिया, कृष्णभक्त राई, दुर्गा पराजुली, मनु मञ्जिल, एलपी जोशी, छवि वैरागी घिमिरे, सृष्टि हिङ्माङ, अमृतप्रसाद आचार्य, मीनकुमार नवोदित श्रेष्ठ, हेमन यात्री,श्रीकृष्ण लुइँटेल, मेदिनीप्रसाद बराल,मोहनप्रसाद काफ्ले,रेखा सुवेदी, रमेश कार्की,भीम बस्नेत, जेबि थुलुङ,तारा पराजुली, रेखा सुवेदी, बादलदेवी चाम्लिङ,तीला लेकाली,अजर सङ्गमलगायत तीन दर्जनभन्दा बढी स्रष्टालाई पलेँटी शृङ्खलामा समावेश गरी सम्मान गरिसकेको आयोजकले जनाएको छ ।
को हुन् ज्ञानु राणा? :
सुप्रसिद्ध साहित्यकार एवम् गायक जनकवि केशरी स्व. धर्मराज थापाकी छोरी हुन् ज्ञानु राणा । उनको जन्म वि.सं. २००६ साल कात्तिक ३ गते भएको थियोे।राणाले १५ बर्षकै उमेरदेखि गीत गाउन थालेकी हुन् । उनी इन्द्रराज्यलक्ष्मी पुरस्कार, छिन्नलता पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार, संगीत महाविद्यालय प्रथम पुरस्कारलगायत दर्जनौं पुरस्कार तथा सम्मानले सम्मानित भइसकेकी छिन् ।
स्वरसम्राट नारायणगोपालसँग ज्ञानु राणाले युगल गाएको ‘सिरिमा सिरी नि कान्छा’ अत्यन्त लोकप्रिय गीत हो । त्यस्तै ‘मान्छेको माया यहाँ खोलाको पानीजस्तो’ आधुनिक गीत पनि उत्तिकै लोकप्रिय गीत हो । चालीसको दशकमा ज्ञानु राणाले गायक तथा सङ्गीतकार गोपाल योन्जनसँग गाएको ‘च्याङबा है च्यांङबा सुन सुन है च्यांङबा’ पनि रेडियो नेपालमा बज्न थालेदेखि आजसम्म पनि लोकप्रियता उत्तिकै छ ।
पलेँटी साँझ कार्यक्रममा गायिका राणालाई गायक दुर्गा पराजुलीले युगल गीतमा साथ दिने आयोजकले बताएको छ। गायिका पम्फा चाहारको समेत केही प्रस्तुति रहने बताइएको छ।गायिका चाहार युवा पुस्ताकी लोकप्रिय गायिकासमेत हुन् ।
कार्यक्रमको व्यवस्थापनमा लामिछाने थापा कुल प्रतिष्ठान नेपाल सुन्दरहरैँचा मोरङ, लामिछाने क्षत्री समाज नेपाल क्षेत्रीय समिति पूर्व क्षेत्र र लामिछाने क्षत्री कुल पूजा समिति सुन्दरहरैँचा मोरङ, लामिछाने थापा क्षत्री समाज नेपाल जिल्ला कार्यसमिति झापा रहेको छ भने सह–आयोजकमा एकता युवा क्लब र सुन्दरहरैँचा कला साहित्य विकास समिति रहेको छ। अफिसियल मिडिया निष्पक्ष खबर.कम र सुन्दरहरैँचा पत्रकार समूह रहेको छ।
कार्यक्रम बेलुकी ७ बजेदेखि सुरु हुने र प्रवेश नि:शुल्क गरिएको नझरेका फूलहरू कला केन्द्रका अध्यक्ष केपी घिमिरेले बताउनुभयो ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

मन्त्रिपरिषद् बैठक बस्दै

Published

on

प्रधानमन्त्री बालेन शाहले बुधबार अपराह्नका लागि बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ बजे बस्नेछ ।

Continue Reading

Banner

रास्वपाको पहलमा सर्वदलीय बैठक, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल

Published

on

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ ।

बैठक बिहान ११ बजे रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।

बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल हुने बताइएको छ ।

भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीपछि रास्वपा सभापति रविले भदौ ११ र १६ गते दुई पटक सर्वदलीय बैठक राखिसकेका छन् । प्रधानमन्त्री वालेन्द्र शाहले दलहरूसँगको संवादमा चासो नदिएपछि रवि आफैँले बैठक राखेका थिए ।

भदौ १६ गते बसेको सर्वदलीय बैठकमा दोस्रो तहका नेताहरू सहभागी भए । भोटेकोशी बाढीले निम्त्याएको संकट समाधानका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठनसम्बन्धी छलफल गर्न रास्वपाले उक्त बैठक राखेको थियो ।

त्यसअघि भदौ ११ गते लामिछानेले पहिलो बैठक बोलाएका थिए । त्यस बैठकले बाढी प्रभावित क्षेत्रका जनतालाई उद्धार, राहत तथा व्यवस्थापनको लागि उच्चस्तरीय संयन्त्र गठन गर्ने निर्णय गरेको थियो ।

Continue Reading

Banner

जलवायु न्यायको मागसहित मनास्लुमा आमरण अनशनको घोषणा

Published

on

जलवायु अन्यायविरुद्ध सामागाउँका युवा आमरण अनशन बस्ने भएका छन्। हिमाली क्षेत्रले भोगिरहेका दुःखकाविरुद्धमा जिल्लाको चुमनुब्री गाउँपालिका–१ सामागाउँका युवाले मनास्लु बेसक्यापमा आमरण अनशन बस्ने घोषणा गरेका हुन्।

जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्नुपर्ने मागसहित आगामी असोज २ गतेदेखि १८ गतेसम्म अनशन बस्न लागेको स्थानीय धावा नोर्बु लामाले बताए।

गोरखाका प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गरी लेखिएको आठबुँदे ध्यानाकर्षण पत्र सामागाउँका वडाध्यक्ष कर्मा छेवाङ लामा, मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) को स्थानीय इकाइ कार्यालय र सामागाउँ प्रहरीचौकीमा पेस गरेको लामाले बताए।

पत्रमा मनास्लु आधार शिविर तथा सामागाउँ क्षेत्रमा यो वर्ष धेरै नयाँ हिमताल थप भइरहेकाले यसबाट उत्पन्न हुनसक्ने जोखिमको अध्ययन तथा यसबाट बच्न अपनाउनुपर्ने उपायको खोजी गर्न सरकारसमक्ष माग गरिएको छ।

‘मनास्लुको फेद (पुंगेन)मा ताल थपिएका छन्। वीरेन्द्र ताल, कालताल, घुन्सारफुकमा रहेको ताल, न्योचुथानमा रहेका तीन वटा ठूलो जोखिमयुक्त हिमताल एवं मनास्लु क्षेत्र र चुम क्षेत्रमा रहेका अन्य तालको हवाइ अनुगमन, निरीक्षण गरियोस्,’ पत्रमा भनिएको छ, ‘यी सबै तालको गहिराइ मापन गरी भविष्यमा हुनसक्ने हिमताल विस्फोटको जोखिम अध्ययन गरियोस्।’

ताल र नदीमा पानीको जलसतह नाप्ने संयन्त्र र जोखिम बढेमा सर्वसाधारणलाई सतर्क गराउन साइरन बज्ने प्रविधि जडान गर्न माग गरिएको छ।

नेपाल र चीनमा रहेका हिमताल तथा हिमनदीको संयुक्त रुपमा अध्ययन, अनुगमन गर्न माग गरिएको छ। एमक्यापजस्ता हिमाली क्षेत्रसँग सम्बन्धी संस्थाले देशभरका हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण बढिरहेको जलसतहको नियमित अनुगमन र निगरानी राखी त्यसबाट उत्पन्न जोखिमबाट आसपासका नागरिकलाई सुरक्षित राख्न पहल गर्नुपर्ने माग गरिएको छ।

हिमाली क्षेत्रका विद्यालयमा जलवायु परिवर्तनको प्रभावका विषय पाठ्यक्रममा समेट्न पनि माग गरिएको छ। विश्वव्यापी वातावरणीय प्रदूषणमा नेपालको योगदान जम्मा शून्य दशमलव चार प्रतिशत योगदान रहेकामा प्रदूषण फैलाउने विकसित राष्ट्रबाट नेपालले पाउनुपर्ने जलवायू क्षतिपूर्ति र न्यायका लागि जोडदार पहल गर्न माग गरिएको छ।

हिमाली क्षेत्रमा परेको जलवायु परिवर्तनको वास्तविक प्रभाव प्रत्यक्ष अनुभव गर्न सहरमा हुने गरेका जलवायु सम्बन्धी बैठक, सेमिनार हिमाली क्षेत्रमा आयोजना गर्न विभिन्न राष्ट्रिय, अन्तरराष्ट्रिय सरकारी, गैरसरकारी संस्थासँग माग गरिएको छ।

सन् २०२७ मा एलनिनोको प्रभावले हिमाली क्षेत्रमा अझै धेरै असर पर्ने हुनाले हिमाली बस्तीका नागरिकको जीवन रक्षा गर्न पूर्वतयारी गर्न पनि माग गरिएको छ। सुरुमा आफू एक्लै आमरण अनशन बस्ने र आफूलाई साथ दिन धेरै युवा तयार रहेको धावा नोर्बु लामाले बताए।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक