Banner
नझरेका फूलहरू पलेटीँ साँझमा वरिष्ठ कलाकारको क्रेज, उपत्यका पछि विराटचोक मोह
विराटचोक,मोरङ प्राय: कलाकारहरू देश तथा विदेशका स्टेजहरूमा जान भ्याइनभ्याई हुन्छन् । उनीहरुको कला र गलाले दर्शक स्रोतालाई खुशीयाली दिलाउने माध्यम स्टेज बन्ने गर्दछ । तर कुनै त्यस्ता स्टेज छन् जहाँ वरिष्ठ कलाकार नियमित आउने र जाने क्रम बाक्लो हुने गरेको छ। दर्शकको माया र स्थानीयको भब्य स्वागतले कलाकारको मन लोभ्याउने मोरङको सुन्दरहरैंचामा रहेको नझरेका फूलहरू कला केन्द्रले जुटाउँदै आएको छ । विभिन्न प्रायोजक संघ संस्था तथा व्यक्तिगत सहयोग र नझरेका फूलहरूका प्रस्तोता केपी घिमिरेको आफ्नै लागतका भरमा नझरेका फूलहरू २७ औँ श्रृङखलामा आइपुगेको छ । यस पटक वरिष्ठ गायिका तथा सङ्गीतकार ज्ञानु राणा आउने भएकी छिन् । आगामी पौष १७ गते शनिवार सुन्दरहरैँचा उद्योग वाणिज्य सङ्घको सभाहलमा कार्यक्रमको आयोजना गरिने कार्यक्रम प्रस्तोता केपी घिमिरेले जानकारी दिए ।
किन बाक्लीए कलाकार :
नेपाली गीत सङ्गीतको क्षेत्रमा ख्याती कमाएका सर्जकलाई जीवित रहँदानै सम्मान गर्नुपर्छ र कला,भाषा र संस्कृतिको जर्गेना गर्दै लैजानुपर्छ भन्ने उद्देश्यका साथ नझरेका फूलहरूले कलाकारलाई सम्मान गर्दै आएको छ । विशेष गरी काठमाण्डौँ बाहिर कमै निस्कने कलाकारलाई पनि यस कार्यक्रममा उपस्थित गराउन सक्नु प्रस्तोता केपी घिमिरेको रुचि ,सक्रियता र लगावले नै हो।कलाकारलाई सम्मानभावले सुसोभित गर्न पाउनु र उहाँहरुको दरिलो र अविस्मरणीय उपस्थीति हुनु यस क्षेत्रकै गौरवमात्रै होइन, उपत्यका पछि कलाकारको मोह विराटचोक हुने गरेकोसमेत पाइएको छ।
कार्यक्रममा राष्ट्रका गरिमा,निधि र पहिचानका रूपमा रहेका सर्जकलाई सम्मान र प्रस्तुतिका निम्ति आमन्त्रण गरेर घिमिरेले यस क्षेत्रको संवर्द्धन र संरक्षणमा अतुलनीय योगदान पुर्याएका छन् ।
२७ औं संस्करणसम्म आइपुग्दाका कलाकार:
नेपाली भाषा,साहित्य, कला, सङ्गीत र संस्कृतिका क्षेत्रमा नझरेका फूलहरूले विगत लामो समयदेखि राष्ट्रका ख्यातिप्राप्त स्रष्टालाई सम्मान गर्दै आएको छ । वरिष्ठ गायिका मीरा राणा, वरिष्ठ गायक लाक्पा शेर्पा, रामकृष्ण ढकाल, कर्ण दास, यम बराल, राजु सिंह, हेमन्त शर्मा, कुबेर नेपाली, सत्यकला राई, रेखा शाह, तृष्णा गुरुङ, गणेश रसिक, राज सिग्देल, शिशिर योगी, तुलसी पराजुली, लेखु विवश, प्राश्ना शाक्य, दीप श्रेष्ठ, सुरेश गन्धर्व ,सीताराम ताजपुरिया, कृष्णभक्त राई, दुर्गा पराजुली, मनु मञ्जिल, एलपी जोशी, छवि वैरागी घिमिरे, सृष्टि हिङ्माङ, अमृतप्रसाद आचार्य, मीनकुमार नवोदित श्रेष्ठ, हेमन यात्री,श्रीकृष्ण लुइँटेल, मेदिनीप्रसाद बराल,मोहनप्रसाद काफ्ले,रेखा सुवेदी, रमेश कार्की,भीम बस्नेत, जेबि थुलुङ,तारा पराजुली, रेखा सुवेदी, बादलदेवी चाम्लिङ,तीला लेकाली,अजर सङ्गमलगायत तीन दर्जनभन्दा बढी स्रष्टालाई पलेँटी शृङ्खलामा समावेश गरी सम्मान गरिसकेको आयोजकले जनाएको छ ।
को हुन् ज्ञानु राणा? :
सुप्रसिद्ध साहित्यकार एवम् गायक जनकवि केशरी स्व. धर्मराज थापाकी छोरी हुन् ज्ञानु राणा । उनको जन्म वि.सं. २००६ साल कात्तिक ३ गते भएको थियोे।राणाले १५ बर्षकै उमेरदेखि गीत गाउन थालेकी हुन् । उनी इन्द्रराज्यलक्ष्मी पुरस्कार, छिन्नलता पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार, संगीत महाविद्यालय प्रथम पुरस्कारलगायत दर्जनौं पुरस्कार तथा सम्मानले सम्मानित भइसकेकी छिन् ।
स्वरसम्राट नारायणगोपालसँग ज्ञानु राणाले युगल गाएको ‘सिरिमा सिरी नि कान्छा’ अत्यन्त लोकप्रिय गीत हो । त्यस्तै ‘मान्छेको माया यहाँ खोलाको पानीजस्तो’ आधुनिक गीत पनि उत्तिकै लोकप्रिय गीत हो । चालीसको दशकमा ज्ञानु राणाले गायक तथा सङ्गीतकार गोपाल योन्जनसँग गाएको ‘च्याङबा है च्यांङबा सुन सुन है च्यांङबा’ पनि रेडियो नेपालमा बज्न थालेदेखि आजसम्म पनि लोकप्रियता उत्तिकै छ ।
पलेँटी साँझ कार्यक्रममा गायिका राणालाई गायक दुर्गा पराजुलीले युगल गीतमा साथ दिने आयोजकले बताएको छ। गायिका पम्फा चाहारको समेत केही प्रस्तुति रहने बताइएको छ।गायिका चाहार युवा पुस्ताकी लोकप्रिय गायिकासमेत हुन् ।
कार्यक्रमको व्यवस्थापनमा लामिछाने थापा कुल प्रतिष्ठान नेपाल सुन्दरहरैँचा मोरङ, लामिछाने क्षत्री समाज नेपाल क्षेत्रीय समिति पूर्व क्षेत्र र लामिछाने क्षत्री कुल पूजा समिति सुन्दरहरैँचा मोरङ, लामिछाने थापा क्षत्री समाज नेपाल जिल्ला कार्यसमिति झापा रहेको छ भने सह–आयोजकमा एकता युवा क्लब र सुन्दरहरैँचा कला साहित्य विकास समिति रहेको छ। अफिसियल मिडिया निष्पक्ष खबर.कम र सुन्दरहरैँचा पत्रकार समूह रहेको छ।
कार्यक्रम बेलुकी ७ बजेदेखि सुरु हुने र प्रवेश नि:शुल्क गरिएको नझरेका फूलहरू कला केन्द्रका अध्यक्ष केपी घिमिरेले बताउनुभयो ।
Facebook Comment
Banner
कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए
नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।
निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।
यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।
पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।
१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login