कोशी प्रदेश
छोराको सम्झनामा बाबुआमाद्वारा ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई सम्मान
विराटचोकः व्यवसायको सिलसिलामा जापानमा रहेका छोराको निधन भएपछि उनको सम्झनामा आमाबाबु तथा परिवारका सदस्यले ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई सम्मान गरेका छन् । ज्येष्ठ नागरिक समाज सुन्दरहरैंचा– ७ र गणेशपुर टोल विकास संस्थाको आयोजनामा भएको कार्यक्रममा वडा नम्बर ३ र ७ का ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो ।

सुन्दरहरैंचा– ७ निवासी षडानन्द दाहाल (गोपाल) को गत महिना जापानमा निधन भएपछि उनको सम्झनामा बुबा पिताम्बर दाहाल, आमा रुद्रकुमारी दाहाल तथा परिवारका सदस्यले ८० वर्षमाथिका ११ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेका हुन् । ज्येष्ठ नागरिक भवन सुन्दरहरैंचा–७ को हलमा भएको कार्यक्रममा सुन्दरहरैंचाको वडा नम्बर ३ र ७ का ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो ।
ज्येष्ठ नागरिकहरु हिरण्यप्रसाद भण्डारी, कुसुमलाल यादव, अकली ऋषिदेव, रोयिबा मण्डल, चन्द्रबहादुर रायमाझी, शुकमती नाल्बो, हीरादेवी भण्डारी, मनमाया अधिकारी, बिर्खबहादुर बिक, लालसरी सरदार र पविमाया भुजेललाई सम्मान गरिएको हो । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर ७ का अध्यक्ष चैतन्यप्रसाद सिटौला तथा विशेष अतिथि ज्येष्ठ नागरिक सेवा समाज सुन्दरहरैंचाका अध्यक्ष रामकुमार कार्कीलगायतले सम्मान गरेका थिए । उनीहरुलाई दोसल्ला ओढाउनुका साथै नगद प्रदान गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सिटौलाले मृतात्माको शान्तिको कामनाका साथ ज्येष्ठ नागरिकलाई सम्मान गर्ने कार्यले समाजमा रचनात्मक काम गर्न उत्प्रेरणा जाग्ने बताए । सुन्दरहरैंचा नगरपालिकाले ज्येष्ठ नागरिकलाई सम्मान गर्दै नगरपालिकाभित्र वृद्धाश्रम बनाउन अनुमति नदिने नीति लिएको बताए । नगरपालिकाको वडा नम्बर ७ को ज्येष्ठ नागरिक समिति निस्क्रिय भएकाले सक्रिय हुन पनि उनले सुझाव दिए ।

विशेष अतिथि कार्कीले छोराको सम्झनामा ज्येष्ठ नागरिकको सम्मान गर्ने दाहाल परिवारले ज्येष्ठ नागरिक समाज सुन्दरहरैंचालाई भवन निर्माणको लागि जग्गा दान दिएको पनि स्मरण गरे । ज्येष्ठ नागरिक भवनको निर्माणमा स्थानीय तहका साथै संघ र प्रदेश सरकारमार्फत् आर्थिक स्रोत जुटाउन दाहाल परिवारले गरेको कार्यको पनि उनले प्रशंसा गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै ज्येष्ठ नागरिक समाज सुन्दरहरैंचाकी सदस्य तथा स्वर्गीय षडानन्द दाहालकी आमा रुद्रकुमारी दाहालले छोराको आत्माको चिरशान्तिको लागि गरिएको कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेकी थिइन् । ज्येष्ठ नागरिक समाजको भवन बनाउन जग्गा दान दिएको स्मरण गर्दै उनले जग्गादाता तथा अन्य सहयोग गर्नेको विवरण र इतिहास बिर्सन नहुने बताइन् ।

गणेशपुर टोल विकास संस्थाका अध्यक्ष शंकरमान कार्कीले टोल विकास संस्था समाज तथा अन्य संघसंस्थासँग मिलेर काम गर्न तयार भएको बताए ।
कार्यक्रममा स्वर्गीय षडानन्द दाहालकी भाउजू कमला पोखरेलले स्वागत मन्तव्य राखेकी थिइन् भने कार्यक्रमको सञ्चालन षडानन्दका भाइ मुकुन्द दाहालले गरेका थिए । ज्येष्ठ नागरिक समाज सुन्दरहरैंचा– ७ का अध्यक्ष लोकनाथ ढुङ्गेलको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ७ का सदस्य भुवनसिंह मगर, ब्रह्मकुमारी राजयोग सेवा केन्द्र सुन्दहरैंचा– ७ का प्रतिनिधि तथा अन्य संघसंस्थाका प्रतिनिधि उपस्थित थिए ।

Facebook Comment
Banner
कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए
नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।
निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।
यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।
पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।
१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login