Connect with us
Advertisement
Advertisement

नोबेलमा तोडफोड, जबरजस्ती कक्षा सञ्चालन गरेको विद्यार्थीको भनाइ

Published

on

विराटनगरः नोबेल मेडिकल कलेज विराटनगरले अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीलाई प्रवेश नदिई थोरै विद्यार्थीलाई मात्रै राखेर अध्यापन शुरु गरेपछि नोबेल मेडिकल कलेजमा विद्यार्थीले तोडफोड गरेका छन् ।

अतिरिक्ति शुल्कको विरोधमा शुक्रबार विद्यार्थीले कोशी राजमार्ग अवरुद्ध गरेका थिए । कलेज सञ्चालक र विद्यार्थीबीचको विवाद साम्य नहुन्जेल कक्षा रोक्ने सहमतिविपरीत नोबेलले कक्षा चलाएपछि एमबिबिएस प्रथम वर्षका विद्यार्थीहरू आन्दोलनमा उत्रिएका थिए ।

आन्दोलनमा उत्रिएका विद्यार्थीहरूलाई साथ दिन पुगेका विद्यार्थी संगठनका नेताहरूले नोबेल कलेजमा तोडफोड गरेपछि त्यहाँ तनाव सिर्जना भएको हो । नोबेलले गत बिहीबार स्थानीय प्रशासनसँग कुनै पनि अतिरिक्त शुल्क नलिने, विवाद साम्य नभएसम्म कक्षा नचलाउने सहमति गरेको थियो ।

Continue Reading

Facebook Comment

Advertisement
Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सुनको भाउ १००० रुपैयाँ बढ्यो, चाँदीको ३० रुपैयाँ

Published

on

विराटचोकः आज सुन र चाँदी दुवैको भाउ बढेको छ । सुनको भाउ तोलामा १ हजार रुपैयाँ तथा चाँदीको भाउ तोलामा ३० रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला ९३ हजार ७ सय रुपैयाँ कायम भएको छ । तेजाबी सुनको भाउ प्रति तोला ९३ हजार २ सय रुपैयाँ र असली चाँदीको भाउ प्रति तोला १ हजार ३ सय १५ रुपैयाँ निर्धारण भएको छ ।

हिजो र अस्ति सुनको भाउ तोलमा १ सय रुपैयाँका दरले बढेको थियो ।

 

Continue Reading

Banner

सुनवर्षी नगरपालिकाको प्रशासकीय भवन उद्घाटन

Published

on

विराटनगरः सुनवर्षी– ९ मुस्लिम टोलमा सुनवर्षी नगरपालिकाको प्रशासकीय भवन सञ्चालनमा आएको छ । भूकम्पप्रतिरोधी सो भवनको नेपाली कांग्रेसका नेता एंव पूर्व मन्त्री डा मीनेन्द्र रिजालले उद्घाटन गरे ।

स्थानीयले उपलव्ध गराएको १ बिघा ६ कठ्ठा जग्गामा ३ करोड ४१ लाख रुपैयाँको लागतमा पालिकाले भवन निर्माण भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरेले बताए । २०७६ साल चैत १० गते भवनको शिलान्यास भएको थियो । बाबुल एण्ड खान जेवी सुनसरीले समय अगावै भवन निर्माण गरेर हस्तान्तरण गरेको घिमिरेले बताए ।

भवन निमार्णका लागि प्रदेश सरकारबाट १ करोड तथा जिल्ला समन्वय समिति मोरङबाट ७६ लाख रुपैयाँ सहयोग प्राप्त भएको कार्यक्रममा जानकारी गराइएको थियो ।
भवन उद्घाटन गर्दै सांसद डा. रिजालले सुनवर्षी नगरपालिकाले विकास निर्माणसँगै पूर्वाधार निमार्णमा समेत उल्लेखनीय काम गरेको बताए । भवन निर्माणपछि पालिकाले दिेने सेवा थप प्रभावकारी हुने उनको भनाइ थियो ।

नगरपालिकाका मेयर कालीप्रसाद दासले सीमित स्रोत साधनका बाबजुद नगरपालिकाले सडक निर्माण कालोपत्रे तथा कृषि, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा काम गरिरहेको बताए । भवन निर्माणका लागि स्थानीय महताव आलम, हामी अव्दुल रहिम, जमिमुल रहमान, खुर्सिद आलम, इस्तियाक अहमद, उतिउर रहमान लगायतले जग्गा प्रदान गरेका थिए । जग्गादातालाई कार्यक्रममा सम्मान गरिएको थियो ।

उद्घाटन कार्यक्रममा प्रदेश सांसद लीलाबल्लभ अधिकारी, रतुवामाई नगरपालिकाका मेयर रविन राई, सुनवर्षी नगरपालिकाकी उपमेयर मन्जु राई, वडाध्यक्ष तेजनारायण ताजपुरिया, नेपाली कांग्रेसका नेता गोपालराज भण्डारी तथा जग्गादात महताव आलम तथा पदमविनोद घिमिरे लगायतले आफ्नो भनाइ राखेका थिए ।

Continue Reading

Banner

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

Published

on

विराटचोकः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

निगमले पेट्रोल, डिजल, मट्टीतेलमा ३ रूपैयाँ र हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँले मूल्यवृद्धि गरेको हो ।

निगमका अनुसार बुधबार राति १२ बजेपछि बढेको मूल्य कायम हुनेछ ।

आयल निगमले एलपी ग्यास र अन्तर्राष्ट्रिय हवाइ उडानको इन्धनको मूल्य भने बढाएको छैन ।

पछिल्लो पटक मिति २०७८ कात्तिक २४ गते मूल्य समायोजन भएको थियो ।

चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा १२ पटक नयाँ मूल्य प्राप्त गरेको र अधिकांश पटक मूल्य बढेर आएको भएपनि ३ पटक मात्र मूल्य समायोजन गरेको निगमले जानकारी दिएको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५११३३२९९, ९८४२१९२४१२, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक खेमचन्द्र अधिकारी
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः नवराज पोख्रेल
व्यवस्थापकः कृष्णचन्द्र सुवेदी
हाम्रो फेसबुक