शिक्षा / स्वास्थ्य
सुकुना क्याम्पसका १०३ जना विद्यार्थीलाई साढे ८ लाख रुपैयाँ छात्रवृत्ति प्रदान
विराटचोकः पूर्वकै चर्चित सुकुना बहुमुखी क्याम्पसले एक समारोहका बीच क्याम्पसमा अध्ययनरत १ सय ३ जना विद्यार्थीलाई ८ लाख ५३ हजार ३ सय रुपैयाँ छात्रवृत्ति वितरण गरेको छ । क्याम्पस परिषद्को पन्ध्रौ बैठकको अवसर पारी शुक्रबार उनीहरुलाई छात्रवृत्ति रकम वितरण गरिएको हो ।

विभिन्न सङ्घ÷संस्था तथा दाताबाट स्थापना गरिएको, अक्षयकोषको ब्याज र क्याम्पसको आन्तिरक स्रोत समेतबाट कक्षा ११ र १२ तथा स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरिएको थियो ।
छात्रवृत्ति वितरण कार्यक्रमको अध्यक्षता क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशव अधिकारीले गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि सुन्दरहरैँचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकाल रहेका थिए । सहायक क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए ।
छात्रवृत्ति वितरण कार्यक्रमलाई सम्बोधन गर्दै स्ववियु सभापति सन्तोष लिम्बूले छात्रवृत्ति वितरणमा प्राप्ताङ्कलाई मात्रै प्राथमिकता दिँदा गरीब तथा जेहेन्दार विद्यार्थी छात्रवृत्तिबाट वञ्चित हुने गरेको बताए । सो प्राविधिक त्रुटिलाई हटाउने प्रयासस्वरुप गरीब तथा जेहेन्दार विद्यार्थीलाई चाँडै नै छात्रवृत्ति वितरण गरिने बताए ।
अक्षयकोष दाताको तर्फबाट बोल्दै पूर्व क्याम्पस प्रमुख रामप्रसाद काफ्लेले जेहेनदार विद्यार्थीलाई अध्ययनमा सहयोग पुगोस् भनेर वितरण गरिएको छात्रवृत्ति निष्पक्ष ढङ्गले वितरण भएमा विद्यार्थी पढाइप्रति थप उत्साहित हुने बताए । अक्षयकोष दाता व्यक्ति तथा विभिन्न संघसंस्थाले गरेको यो सह्रानीय कामको अनुशरण हुन सकेमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीलाई थप सहयोग पुग्ने बताए ।

कार्यक्रमका प्रमुख अतिथि ढकालले सुन्दरहरैंचाका सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर बढाउनमा अक्षयकोष दाताको मुख्य भूमिका रहेको बताए । ४ वर्षमा ३० देखि १ सय २० प्रतिशतसम्म विद्यार्थीको सङ्ख्या बढ्नुमा छात्रवृत्तिका साथै अध्यापन शैलीमा आएको परिवर्तन भएको उनको भनाइ थियो । प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताउँदै उनले इञ्जिनियरिङ विषय अध्यापनका लागि सम्बन्धन प्राप्त गर्न सके नगरवासीले प्राविधिक शिक्षाका लागि बाहिर जानुपर्ने परिस्थितिको अन्त्य हुने बताए ।
कार्यक्रमका सभापति तथा क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशव अधिकारीले स्मार्ट कक्षा सञ्चालनको लागि पहल भइरहेको बताए ।
छात्रवृत्ति वितरण समारोहका तस्बिरहरुका लागि तलको लिंक क्लिक गर्नुहोस् ।
https://www.facebook.com/NispakshyaKhabarDotCom/photos/pcb.665197584924725/665196174924866/


Facebook Comment
Banner
साफ यु–१९ महिला च्याम्पियनसिप : पहिलो जितको लक्ष्यसहित मैदानमा नेपाल
साफ यु–१९ महिला च्याम्पियनसिपमा नेपाल आज पहिलो जितको लक्ष्यसहित मैदानमा उत्रिँदैछ। प्रतियोगितामा राम्रो सुरुवात गर्ने लक्ष्यसहित नेपाली टोलीले तयारी पूरा गरेको छ।
प्रशिक्षकका अनुसार टोलीले आक्रमण र रक्षात्मक दुवै पक्षमा सुधार गरेको छ। पछिल्ला अभ्यास खेलहरूमा खेलाडीहरूको तालमेल र फिटनेस सन्तोषजनक देखिएको जनाइएको छ। टोली कप्तानले पनि जितका लागि सबै खेलाडी केन्द्रित र आत्मविश्वासी रहेको बताएकी छन्।
प्रतियोगितामा नेपालसँगै दक्षिण एसियाली क्षेत्रका बलिया टोलीहरू सहभागी रहेकाले प्रत्येक खेल चुनौतीपूर्ण हुने अपेक्षा गरिएको छ। तर घरेलु तयारी र टोलीको उत्साहलाई आधार मान्दै नेपाली समर्थकहरू पहिलो जितको आशामा छन्।
नेपालको आजको खेलले प्रतियोगितामा टोलीको यात्रा र सम्भावनाको दिशा तय गर्ने भएकाले खेलप्रेमीहरूको चासो उच्च छ।
Banner
इरानमा रहेका नेपालीलाई तत्काल स्वदेश फर्कन सरकारको आग्रह
इरानमा रहेका नेपालीहरूलाई तत्काल स्वदेश फर्कन सरकारले आग्रह गरेको छ ।
इरानमा विकसित पछिल्लो घटनाक्रमलाई ध्यानमा राख्दै परराष्ट्र मन्त्रालयले ‘ट्राभल एड्भाइजरी’ निकालेर नेपाली नागरिकलाई इरान भ्रमणमा नजान र त्यहाँ रहेका नेपालीलाई तत्काल देश छाड्न आग्रह गरेको हो । मन्त्रायलले इरानबाट आपत्कालीन अवस्थामा बाहिरिन सहज होस् भनेर राहदानी र परिचयपत्रलगायतका यात्रा कागजातहरू तयारी अवस्थामा राख्न भनेको छ ।
इरानमा रहेका नेपालीहरूले समन्वय र सहयोगका लागि परराष्ट्र मन्त्रालय र कतारको दोहामा रहेको राजदूतावासलाई सम्पर्क गर्नसक्ने ‘ट्राभल एड्भाइजरी’ मा उल्लेख छ ।
Banner
सूर्यकुण्ड हाइड्रोको आईपीओमा आजदेखि आवेदन खुला
सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले आज (माघ १८ गते) देखि आईपीओ निष्काशन गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले जारी पूँजी ६८ करोड ९६ लाख ७४ हजार ४०० रुपैयाँको २० प्रतिशत अर्थात १३ करोड ७९ लाख ३५ हजार रुपैयाँ बराबरको १३ लाख ७९ हजार ३५० कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये ६ लाख ८९ हजार ६७५ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र ६८ हजार ९६७ कित्ता साधारण शेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ।
अब भने कम्पनीले दोस्रो चरणमा १३ हजार ७९३ कित्ता कर्मचारीहरुका लागि र ३४ हजार ४८४ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी रहेको ५ करोड ७२ लाख ४३ हजार १०० रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ५ लाख ७२ हजार ४३१ कित्ता शेयर निष्काशन गर्न लागेको हो।
सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा माघ २१ गते हुनेछ भने ढिलोमा फागुन ३ गते हुनेछ।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
कम्पनीले सञ्चालन गरेको ११ मेगावाटको माथिल्लो तादी खोला जलविद्युत आयोजनाको कुल लागत २ अर्ब ३६ करोड ८४ लाख ४० हजार रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २१ करोड ५३ लाख १२ हजार ७२७ रुपैयाँ २७ पैसा रहेको छ। सो जलविद्युत आयोजनाको विद्युत अनुमतिपत्र २६ वर्ष बाँकी रहेको छ। यस आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७।७१ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १६ वर्ष रहेको छ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्। यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login