कोशी प्रदेश
बस र ट्रक जुध्दा लाग्यो आगो, दुवै सवारी साधनका चालकसहित ३ जनाको जलेर मृत्यु
इनरुवाः हिजो साँझ सुनसरीको भोक्राहा नरसिंह–३ र ६ को सिमाना खुनिया खोला पुलमा भएको दुर्घटनामा परी ३ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
प्रहरीका अनुसार पश्चिमबाट पूर्व तर्फ आँउदै गरेको ना ५ ख २९९६ नं. को सिमेन्ट बोकेको ट्रक र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ८ ख ८४९३ नं. को काँकडभिट्टा– काठमाडौँ चल्ने यात्रुवाहक बस जुधेका थिए । सवारी साधन जुधेपछि दुवै सवारी साधनमा आगो लागेको थियो । सो आगो राति साढे १० बजे मात्रै पूर्ण रुपमा निभाइएको थियो ।
प्रहरीका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा बस चालक झापा गोलधाप १ का ४५ बर्षीय सरोज राई, बसमा सवार भारत पश्चिम बंगाल कालचोनी बस्ने २५ बर्षीय निहाल प्रधान र ट्रक चालक बारा निजगढ नगरपालिका ९ का २७ बर्षीय शेख फिरोज रहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
यी हुन् घाइते हुनेहरु
ट्राफिक प्रहरीका अनुसार सो दुर्घटनामा परी १३ जना घाइते भएका छन् । घाइते हुनेहरुको नामावली यसप्रकार छः
१. बसका कन्डक्टर झापाको मेचीनगर नगरपालिका ४ का ३६ वर्षीय रबिन ढुङ्गेल,
२. मोरङको सुन्दरहरैचा– ९ का वर्ष २२ का विक्रम कटवाल,
३. दोलखाको बिगु–७ बस्ने वर्ष ५६ का मिङ्मा शेर्पा,
४. बाराको निजगढ– ९ बस्ने वर्ष ४० का दीपक श्रेष्ठ,
५. बसका सहचालक उदयपुरको चौदण्डीगढी–४ बस्ने २२ वर्षीय दिलकुमार बिक,
६. महोत्तरी मटियानी– ६ बस्ने २९ वर्षीय राहुलकुमार मण्डल,
७. काठमाडौँ ३० का ५० वर्षीय सादकन मिया,
८. भारत बस्ने वर्ष ४२ वर्षीया मुना प्रधान,
९. ६० वर्षीय उमेश लामा
१०. ६५ वर्षीया अमृता लामा,
११. पाँचथरको फिदिम– १० का ३८ वर्षीय पेवाहाङ जबेगू,
१२. इलामको माई नगरपालिका ४ बस्ने वर्ष ४४ का गोपाल दाहाल,
१३. तेह्रथुमको दाँगपा– ९ का ३३ वर्षीय जीतबहादुर लिम्बू ।
घाइतेहरूको विराटनगरको नोबेल र न्युरो अस्पतालमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको ट्राफिक प्रहरीले जनाएको छ ।
Facebook Comment
Banner
ज्ञानज्योती इङ्लिश स्कुलको २८औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न
ज्ञानज्योती इङ्लिश स्कुलको २८औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमका अवसरमा शिक्षा क्षेत्रमा योगदान पुर्याएका दुई जना शिक्षा सेवि तथा पाँच जना सञ्चारकर्मीलाई सम्मान गरिएको थियो। शिक्षा सेवितर्फ पञ्चायत माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक टोम बहादुर श्रेष्ठ र पूर्व शिक्षक लक्ष्मी खरेल सम्मानित हुनुभयो। त्यसैगरी सञ्चारकर्मीतर्फ शिव भट्टराई, भोजपुरे, खेमचन्द्र अधिकारी, ग्याननाथ ढकाल, मनिराम दाहाल र लीलानाथ गच्छेदारलाई सम्मान गरिएको थियो।
उत्सवमा विद्यालयका विद्यार्थीहरूले एजुकेशनल एक्जिबिशन, विभिन्न प्रदर्शनी, नाटक, नृत्य तथा गायन प्रस्तुत गर्दै आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए। विद्यार्थीहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।
विद्यालयकी प्रधानाध्यापिका देवी सिटौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख अकली देवी चौधरी प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा जनप्रतिनिधि, समाजसेवी, विद्यालय व्यवस्थापन समिति, अभिभावक तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमले विद्यार्थीहरूको क्षमता अभिवृद्धि गर्नुका साथै शिक्षा र सहकार्यको महत्व उजागर गरेको विद्यालयले जनाएको छ।
Banner
समानुपातिक सांसदहरुले विहीबार प्रमाणपत्र पाउने, सपथ चैत १२ मा हुने
प्रतिनिधि सभा निर्वाचनबाट समानुपातिकतर्फ सांसद बनेकाहरुले भोलि बिहीबार निर्वाचन आयोगमामार्फत प्रमाणपत्र पाउने भएका छन् । आयोगले बिहीबार समानुपातिकतर्फका कुल ११० सांसदलाई प्रमाणपत्र दिने भएको हो ।निर्वाचन आयोगका अनुसार, निर्वाचित सांसदहरुले प्रमाणपत्र पाएपछि आगामी चैत्र १२ गते सपथको तयारी गरिएको हो । त्यसपछि मात्र सरकार गठन हुनेछ ।
Banner
इरान युद्धमा परेर २०० अमेरिकी सैनिक घाइते
अमेरिका र इजरायलले २८ फेब्रुअरीमा इरानमाथि आक्रमण सुरु गरेयता करिब २०० अमेरिकी सैनिक घाइते भएका छन् । अमेरिकी सेनाको मध्य कमान्डका प्रवक्ता टिम हकिंसले सोमबार यसबारे जानकारी दिएका हुन् ।
हकिंसका अनुसार घाइते सैनिकहरू बहराइन, इराक, इजरायल, जोर्डन, कुवेत, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्समा घटनामा परेका हुन् । तीमध्ये १० जना सैनिक गम्भीर घाइते भएका छन् भने बाँकी १८० भन्दा बढी उपचारपछि फिर्ता जिम्मेवारीमा फर्किएका छन् ।
साथै, पश्चिमी इराकमा अमेरिकी के–सी– १३५ इन्धन आपूर्ति विमान दुर्घटना भएको थियो । यस दुर्घटनापछि अमेरिकी सेनामा मृत्यु हुने संख्या १३ पुगेको छ ।
यो घटनाले अमेरिकी–इजरायली आक्रमणका कारण क्षेत्रीय तनाव र मानवीय चुनौतीहरू अझ बढेको देखाएको छ ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login