कोशी प्रदेश
प्रदेश १ मा जम्बो मन्त्रिपरिषद् गठन
विराटनगरः प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले मन्त्रिपरिषद् बिस्तार गरेका छन् । मुख्यमन्त्री राजेन्द्र राईले नियुक्तिको ३ महिनापछि ८ जना मन्त्री थप गर्दै मन्त्रिपरिषद् सदस्य सङ्ख्या १४ जना पुर्याएका हुन् ।
पाँच दलीय गठबन्धन सरकारमा नेपाली काङ्ग्रेसबाट पाँच, नेकपा एकीकृत समाजवादीबाट चार, माओवादी केन्द्रबाट तीन र जनता समाजवादी पार्टीबाट एक जना मन्त्री थपिएका हुन् । सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट एक जना राज्यमन्त्री थपिएका छन् ।
बिस्तारित मन्त्रिमण्डलमा काङ्ग्रेसबाट ओमप्रकाश सरावगी, प्रकाशप्रताप हाङगाम र शेखरचन्द्र थापा, नेकपा एकीकृत समाजवादीबाट खिनु लङ्वा लिम्बू, राजन राई र उपेन्द्र घिमिरे मन्त्री बनेका छन् । माओवादी केन्द्रबाट झलकसिंह दर्लामी मगर र रामकुमार राई मन्त्री बनेका छन् ।
सामाजिक विकास मन्त्री राजन राई खोटाङ १ को ‘क’ बाट निर्वाचित सांसद हुन् । नेकपा एमाले निकट अखिल हुँदै राजनीति शुरु गरेका उनी साहित्यकार पनि हुन् ।
खिनु लङ्वा लिम्बू सत्तारूढ गठबन्धनभित्र निर्वाचित एकमात्र महिला सांसद हुन् । उनी इलाम क्षेत्र नम्बर १ को ‘क’ बाट निर्वाचित भएकी थिइन् ।
मोरङको क्षेत्र नम्बर १ को ‘ख’ बाट निर्वाचित उपेन्द्र घिमिरे २०४८ सालमा तत्कालीन जाँते गाविसको अध्यक्ष निर्वाचित भएका थिए । २०५४ सालमा पनि उनी गाविस अध्यक्ष बनेका थिए ।
ताप्लेजुङबाट नेपाली कांग्रेसबाट समानुपातिक सांसद बनेका प्रतापप्रकाश हाङगाम ५ पटक प्रधानपञ्च भएका व्यक्ति हुन् । २१ वर्षको हुँदा प्रधानपञ्च बनेका उनी जिल्ला विकास समितिको सदस्य हुँदै उपसभापति पनि बनेका थिए ।
मन्त्री शेखरचन्द्र थापा पूर्वशिक्षक हुन् । नेपाली काङ्ग्रेसको समानुपातिक सांसद उनी तत्कालीन क्षेत्रीय सभापति हुँदै एक कार्यकाल जिल्लाको सहसचिव पनि बनेका थिए । कांग्रेस नेता स्व. गिरिजाप्रसाद कोइरालाको स्वकीय सचिवको रूपमा पनि उनले काम गरेका थिए ।
२ पटक भद्रपुरको प्रधानपञ्च भएका ओमप्रकाश सराबगी उद्योगी हुन् । झापामा प्लाइउड, राइस मिल र चिया उद्योग सञ्चालन गर्ने उनी २०४६ सालको आन्दोलनपछि नेपाली काङ्ग्रेसमा लागेका थिए ।
झलकसिंह मगरले अखिल क्रान्तिकारी हुँदै राजनीति शुरु गरेका थिए । जनयुद्धको सुरुआतदेखि नै माओवादीसँग जोडिएका उनी जनमुक्ति सेनाको कम्पनी कमिसार पनि भएका थिए । उनी २०७४ सालको निर्वाचनमा झापाको क्षेत्र नम्बर ४ को १ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।
रामकुमार राई जनयुद्ध लडेका नेता हुन् । माओवादी केन्द्र खोटाङको इञ्चार्ज भइ काम गरेका राई खोटाङ १ को ‘ख’ बाट निर्वाचित सांसद हुन् ।
यी हुन् मन्त्री र उनीहरुले पाएको मन्त्रालय
राजेन्द्र राई – मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
ईन्द्रबहादुर आङ्बो – आर्थिक मामिला तथा योजना मन्त्रालय
हिमाल कार्की – सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालय
केदार कार्की – आन्तरिक मामिला तथा कानुन मन्त्रालय
जयराम यादव – स्वास्थ्य मन्त्रालय
रामकुमार राई – खानेपानी सिँचाइ तथा उर्जा मन्त्रालय
राजन राई – सामाजिक विकास मन्त्रालय
खिनु लङ्वा लिम्बू – पर्यटन तथा संस्कृति मन्त्रालय
झलकबहादुर मगर – कृषि मन्त्रालय
शेखरचन्द्र थापा – वन वातावरण तथा भू–संरक्षण मन्त्रालय
ओमप्रकाश सरावगी – भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय
प्रतापप्रकाश हाङ्गाम – उद्योग श्रम तथा रोजगार मन्त्रालय
उपेन्द्रप्रसाद घिमिरे – यातायात व्यवस्था तथा सञ्चार मन्त्रालय
विष्णु तुम्बाहाम्फे – सामाजिक विकास मन्त्रालय
Facebook Comment
Banner
आज संविधान दिवस मनाइँदै
आज संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी भएको दिनको स्मरण गर्दै संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने गरिन्छ ।
दिवसको अवसरमा हरेक वर्ष विशेष समारोह आयोजना हुँदै आएको छ । विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्षलगायत उच्च पदस्थ व्यक्तिहरु सहभागी हुने गर्दछन्
प्रदेश सरकार, स्थानीय सरकारका साथै गणतन्त्रवादी राजनीतिक दलहरु, विभिन्न संघसंस्था र नागरिकस्तरमा पनि छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेर संविधान दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा नेताहरुले शुभकामना सन्देश पनि जारी गरेका छन् ।।
Banner
कांग्रेस वडा अधिवेशन आजदेखि सुरु, निर्वाचन समितिद्वारा सक्रिय सहभागिताको आह्वान
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले आज र भोलि हुने वडा तहको अधिवेशनमा उत्साहपूर्वक सहभागी हुन पार्टीका क्रियाशील सदस्य तथा सबै तहका नेता, कार्यकर्तालाई आग्रह गरेको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार यही असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत वडा तहको निर्वाचन कार्यक्रम असोज ३ र ४ गतेदेखि सुरु हुँदैछ ।
समितिका सदस्य सचिव राजु कटुवालले विज्ञप्ति जारी गरी वडा तहको निर्वाचन सम्पन्न गर्न ७७ वटै जिल्लामा निर्वाचन अधिकृत खटिएर कार्यप्रारम्भ गरिसकेको बताएका छन्।
जिल्ला निर्वाचन अधिकृतले जिल्ला तह तथा स्थानीयस्तरका पार्टीका जिम्मेवार पदाधिकारी र सदस्यसँग निर्वाचनसम्बन्धी व्यापक छलफल गर्नुका साथै वडा तहमा मतदान अधिकृत खटाउनेलगायतका कार्य सम्पन्न गरिसकेको विज्ञप्तिमा उल्लेख छ ।
समितिले कुनै पनि अफवाह र भ्रामक कुरामा नलागी असोज ३ र ४ गते हुने वडा अधिवेशन प्रक्रियामा उत्साहपूर्वक सहभागी भई निर्वाचन प्रक्रियामा भाग लिन सम्पूर्ण क्रियाशील सदस्य तथा पार्टीका सबै तह र निकायलाई हार्दिक अनुरोध गरेको छ ।
Banner
कांग्रेस वडा अधिवेशनका लागि ७७ जिल्लामा खटिए निर्वाचन अधिकृत
नेपाली कांग्रेसको वडा तहको अधिवेशनका लागि ७७ वटै जिल्लामा निर्वाचन अधिकृत खटिएका छन् ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार ३ र ४ असोजमा हुने वडा तहको निर्वाचनका लागि जिल्ला निर्वाचन अधिकृतहरूले आफ्नो कार्य प्रारम्भ गरिसकेका छन् ।
उनीहरूले जिल्ला तह तथा स्थानीयस्तरका पार्टीका जिम्मेवार पदाधिकारी र सदस्यसँग निर्वाचन प्रक्रियाबारे छलफल गर्नुका साथै वडा तहमा मतदान अधिकृत खटाउनेलगायतका काम सम्पन्न गरेका छन् ।
समितिका सदस्य सचिव राजु कटुवालका अनुसार कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन १६ देखि १९ असोजसम्म हुँदै छ । महाधिवेशनअन्तर्गत वडा तहको निर्वाचन कार्यक्रम ३ र ४ असोजमा हुँदै छ ।
केन्द्रीय निर्वाचन समितिले निर्वाचन प्रक्रियाबारे फैलिन सक्ने अफवाह तथा भ्रममा नपरी वडा अधिवेशनमा सहभागी हुन सम्पूर्ण क्रियाशील सदस्य तथा पार्टीका सबै तह र निकायलाई आग्रह गरेको छ ।
कटुवालले विज्ञप्तिमार्फत ३ र ४ असोजमा हुने वडा अधिवेशनमा उत्साहपूर्वक सहभागी भई निर्वाचन प्रक्रियामा भाग लिन आग्रह गरेका हुन् ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner7 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login