Connect with us
Advertisement

प्रदेश १ मा जम्बो मन्त्रिपरिषद् गठन

Published

on

विराटनगरः प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले मन्त्रिपरिषद् बिस्तार गरेका छन् । मुख्यमन्त्री राजेन्द्र राईले नियुक्तिको ३ महिनापछि ८ जना मन्त्री थप गर्दै मन्त्रिपरिषद् सदस्य सङ्ख्या १४ जना पुर्याएका हुन् ।

पाँच दलीय गठबन्धन सरकारमा नेपाली काङ्ग्रेसबाट पाँच, नेकपा एकीकृत समाजवादीबाट चार, माओवादी केन्द्रबाट तीन र जनता समाजवादी पार्टीबाट एक जना मन्त्री थपिएका हुन् । सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट एक जना राज्यमन्त्री थपिएका छन् ।

बिस्तारित मन्त्रिमण्डलमा काङ्ग्रेसबाट ओमप्रकाश सरावगी, प्रकाशप्रताप हाङगाम र शेखरचन्द्र थापा, नेकपा एकीकृत समाजवादीबाट खिनु लङ्वा लिम्बू, राजन राई र उपेन्द्र घिमिरे मन्त्री बनेका छन् । माओवादी केन्द्रबाट झलकसिंह दर्लामी मगर र रामकुमार राई मन्त्री बनेका छन् ।

सामाजिक विकास मन्त्री राजन राई खोटाङ १ को ‘क’ बाट निर्वाचित सांसद हुन् । नेकपा एमाले निकट अखिल हुँदै राजनीति शुरु गरेका उनी साहित्यकार पनि हुन् ।
खिनु लङ्वा लिम्बू सत्तारूढ गठबन्धनभित्र निर्वाचित एकमात्र महिला सांसद हुन् । उनी इलाम क्षेत्र नम्बर १ को ‘क’ बाट निर्वाचित भएकी थिइन् ।

मोरङको क्षेत्र नम्बर १ को ‘ख’ बाट निर्वाचित उपेन्द्र घिमिरे २०४८ सालमा तत्कालीन जाँते गाविसको अध्यक्ष निर्वाचित भएका थिए । २०५४ सालमा पनि उनी गाविस अध्यक्ष बनेका थिए ।

ताप्लेजुङबाट नेपाली कांग्रेसबाट समानुपातिक सांसद बनेका प्रतापप्रकाश हाङगाम ५ पटक प्रधानपञ्च भएका व्यक्ति हुन् । २१ वर्षको हुँदा प्रधानपञ्च बनेका उनी जिल्ला विकास समितिको सदस्य हुँदै उपसभापति पनि बनेका थिए ।

मन्त्री शेखरचन्द्र थापा पूर्वशिक्षक हुन् । नेपाली काङ्ग्रेसको समानुपातिक सांसद उनी तत्कालीन क्षेत्रीय सभापति हुँदै एक कार्यकाल जिल्लाको सहसचिव पनि बनेका थिए । कांग्रेस नेता स्व. गिरिजाप्रसाद कोइरालाको स्वकीय सचिवको रूपमा पनि उनले काम गरेका थिए ।

२ पटक भद्रपुरको प्रधानपञ्च भएका ओमप्रकाश सराबगी उद्योगी हुन् । झापामा प्लाइउड, राइस मिल र चिया उद्योग सञ्चालन गर्ने उनी २०४६ सालको आन्दोलनपछि नेपाली काङ्ग्रेसमा लागेका थिए ।

झलकसिंह मगरले अखिल क्रान्तिकारी हुँदै राजनीति शुरु गरेका थिए । जनयुद्धको सुरुआतदेखि नै माओवादीसँग जोडिएका उनी जनमुक्ति सेनाको कम्पनी कमिसार पनि भएका थिए । उनी २०७४ सालको निर्वाचनमा झापाको क्षेत्र नम्बर ४ को १ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

रामकुमार राई जनयुद्ध लडेका नेता हुन् । माओवादी केन्द्र खोटाङको इञ्चार्ज भइ काम गरेका राई खोटाङ १ को ‘ख’ बाट निर्वाचित सांसद हुन् ।

यी हुन् मन्त्री र उनीहरुले पाएको मन्त्रालय

राजेन्द्र राई – मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
ईन्द्रबहादुर आङ्बो – आर्थिक मामिला तथा योजना मन्त्रालय
हिमाल कार्की – सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालय
केदार कार्की – आन्तरिक मामिला तथा कानुन मन्त्रालय
जयराम यादव – स्वास्थ्य मन्त्रालय
रामकुमार राई – खानेपानी सिँचाइ तथा उर्जा मन्त्रालय
राजन राई – सामाजिक विकास मन्त्रालय
खिनु लङ्वा लिम्बू – पर्यटन तथा संस्कृति मन्त्रालय
झलकबहादुर मगर – कृषि मन्त्रालय
शेखरचन्द्र थापा – वन वातावरण तथा भू–संरक्षण मन्त्रालय
ओमप्रकाश सरावगी – भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय
प्रतापप्रकाश हाङ्गाम – उद्योग श्रम तथा रोजगार मन्त्रालय
उपेन्द्रप्रसाद घिमिरे – यातायात व्यवस्था तथा सञ्चार मन्त्रालय
विष्णु तुम्बाहाम्फे – सामाजिक विकास मन्त्रालय

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए

Published

on

नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।

निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।

यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।

पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।

१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह

Continue Reading

Banner

चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल

Published

on

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।

खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।

Continue Reading

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक