कोशी प्रदेश
प्रेस चौतारीको स्थापना दिवसमा शुभकामना आदानप्रदान
धनकुटाः प्रेस चौतारी नेपालको २४ औं स्थापना दिवसको अवसरमा प्रेस चौतारी धनकुटाले शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ । प्रेस चौतारी धनकुटाका अध्यक्ष रविन कट्टेलको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकारहरुबीच शुभकामना आदान प्रदान गरिएको थियो ।
कार्यक्रममा प्रेस चौतारीका केन्द्रीय सदस्य एवं धनकुटा इञ्चार्ज नैन विश्वकर्माले पत्रकारिता क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउनुपर्ने आवश्यकता औल्याए । अर्का केन्द्रीय सदस्य सन्तोष रुचालले प्रेस चौतारी नेपाली पत्रकारहरुको अगुवा संगठन भएकाले चौतारीले सधै पत्रकारहरुको हक हितमा अग्रणी भूमिका निर्वाह गर्ने बताए ।
नेपाल पत्रकार महासंघकी प्रदेश उपाध्यक्ष हिमा चेम्जोङले पत्रकारका संगठनहरुले श्रमजीवी पत्रकारहरुका समस्या र मुद्दामा गम्भीर भएर लाग्नुपर्ने बताइन् । पत्रकार महासंघका जिल्ला अध्यक्ष नगेन्द्र राईले पत्रकारहरुका सबै संगठनको मुख्य उद्धेश्य प्रेस स्वतन्त्रताको ग्यारेन्टी गराउनु भएकाले यसका लागि सबै पत्रकारहरु लागिपर्नुपर्ने बताए ।

प्रेस चौतारीका पूर्व अध्यक्ष एवं सल्लाहकार भेषराज कट्टेलले पत्रकारहरुले अरुका कमजोरी औँल्याउने मात्र नभई आफ्ना कमी कमजोरीलाई पनि सुधार्दै पेशालाई मर्यादित बनाउनुपर्ने धारणा राखे । पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष सञ्जयसन्तोषी राईले अन्याय, अत्याचारको विरोध गर्दै आवाजविहीनको आवाजका रुपमा प्रस्तुत हुन नयाँ पुस्ताका पत्रकारहरुलाई सुझाव दिए । प्रेस युनियनका उपाध्यक्ष विजयसन्तोषी राईले राजनीति र पत्रकारिताबीच नङ र मासुको जस्तो सम्बन्ध रहेको भन्दै पत्रकारितालाई राजनीतिबाट अलग्याउन नसकिने धारणा राखे ।
पत्रकार महासंघ धनकुटाका निवर्तमान अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठले स्थानीय सरकारको रुपमा रहेका पालिकाहरुले सञ्चार क्षेत्रलाई कञ्जुस्याइँ नगरी सहयोग गर्नुपर्ने उल्लेख गरे । पत्रकार महासंघ धनकुटाका पूर्व अध्यक्ष खगेन्द्रप्रसाद घिमिरेले पत्रकारहरुले सामाजिक सञ्जालमा पनि सोचविचार गरेर मात्र धारणा व्यक्त गर्नुपर्नेमा जोड दिए ।
आदिवासी जनजाति पत्रकार महासंघ फोनिजका प्रदेश अध्यक्ष सन्तवीर लामाले प्रेस स्वतन्त्रता बढ्नुको सट्टा खुम्चिँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै यो विषयमा पत्रकारहरु सचेत हुनुपर्ने बताए । प्रेस चौतारीका धनकुटा अध्यक्ष रबिन कट्टेलले पत्रकार महासंघमा राजनीति गर्नका लागि गैरपत्रकारलाई सदस्य बनाउने होडवाजी अन्त्य गर्दै वास्तविक पत्रकार उत्पादनमा ध्यान दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा प्रेस युनियनका पूर्व अध्यक्ष यानिन्द्र तिगेला, प्रेस संगठनका पूर्व अध्यक्ष ईश्वर थापा, फोनिजका अध्यक्ष विनु चेम्जोङ, रेडियो मकालुका अध्यक्ष सोविस चेम्जोङ र रेडियो लालीगुँरासका स्टेशन मेनेजर विदुर खवासले प्रेस चौतारीलाई स्थापना दिवसको अवसरमा शुभकामना दिएका थिए । प्रेस चौतारी धनकुटाका सह–सचिव माया राउतले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष विश्वराज श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए ।
Facebook Comment
Banner
कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए
नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।
निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।
यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।
पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।
१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login