Connect with us
Advertisement

प्रेस चौतारीको स्थापना दिवसमा शुभकामना आदानप्रदान

Published

on

धनकुटाः प्रेस चौतारी नेपालको २४ औं स्थापना दिवसको अवसरमा प्रेस चौतारी धनकुटाले शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ । प्रेस चौतारी धनकुटाका अध्यक्ष रविन कट्टेलको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकारहरुबीच शुभकामना आदान प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रेस चौतारीका केन्द्रीय सदस्य एवं धनकुटा इञ्चार्ज नैन विश्वकर्माले पत्रकारिता क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउनुपर्ने आवश्यकता औल्याए । अर्का केन्द्रीय सदस्य सन्तोष रुचालले प्रेस चौतारी नेपाली पत्रकारहरुको अगुवा संगठन भएकाले चौतारीले सधै पत्रकारहरुको हक हितमा अग्रणी भूमिका निर्वाह गर्ने बताए ।

नेपाल पत्रकार महासंघकी प्रदेश उपाध्यक्ष हिमा चेम्जोङले पत्रकारका संगठनहरुले श्रमजीवी पत्रकारहरुका समस्या र मुद्दामा गम्भीर भएर लाग्नुपर्ने बताइन् । पत्रकार महासंघका जिल्ला अध्यक्ष नगेन्द्र राईले पत्रकारहरुका सबै संगठनको मुख्य उद्धेश्य प्रेस स्वतन्त्रताको ग्यारेन्टी गराउनु भएकाले यसका लागि सबै पत्रकारहरु लागिपर्नुपर्ने बताए ।

प्रेस चौतारीका पूर्व अध्यक्ष एवं सल्लाहकार भेषराज कट्टेलले पत्रकारहरुले अरुका कमजोरी औँल्याउने मात्र नभई आफ्ना कमी कमजोरीलाई पनि सुधार्दै पेशालाई मर्यादित बनाउनुपर्ने धारणा राखे । पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष सञ्जयसन्तोषी राईले अन्याय, अत्याचारको विरोध गर्दै आवाजविहीनको आवाजका रुपमा प्रस्तुत हुन नयाँ पुस्ताका पत्रकारहरुलाई सुझाव दिए । प्रेस युनियनका उपाध्यक्ष विजयसन्तोषी राईले राजनीति र पत्रकारिताबीच नङ र मासुको जस्तो सम्बन्ध रहेको भन्दै पत्रकारितालाई राजनीतिबाट अलग्याउन नसकिने धारणा राखे ।

पत्रकार महासंघ धनकुटाका निवर्तमान अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठले स्थानीय सरकारको रुपमा रहेका पालिकाहरुले सञ्चार क्षेत्रलाई कञ्जुस्याइँ नगरी सहयोग गर्नुपर्ने उल्लेख गरे । पत्रकार महासंघ धनकुटाका पूर्व अध्यक्ष खगेन्द्रप्रसाद घिमिरेले पत्रकारहरुले सामाजिक सञ्जालमा पनि सोचविचार गरेर मात्र धारणा व्यक्त गर्नुपर्नेमा जोड दिए ।

आदिवासी जनजाति पत्रकार महासंघ फोनिजका प्रदेश अध्यक्ष सन्तवीर लामाले प्रेस स्वतन्त्रता बढ्नुको सट्टा खुम्चिँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै यो विषयमा पत्रकारहरु सचेत हुनुपर्ने बताए । प्रेस चौतारीका धनकुटा अध्यक्ष रबिन कट्टेलले पत्रकार महासंघमा राजनीति गर्नका लागि गैरपत्रकारलाई सदस्य बनाउने होडवाजी अन्त्य गर्दै वास्तविक पत्रकार उत्पादनमा ध्यान दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रेस युनियनका पूर्व अध्यक्ष यानिन्द्र तिगेला, प्रेस संगठनका पूर्व अध्यक्ष ईश्वर थापा, फोनिजका अध्यक्ष विनु चेम्जोङ, रेडियो मकालुका अध्यक्ष सोविस चेम्जोङ र रेडियो लालीगुँरासका स्टेशन मेनेजर विदुर खवासले प्रेस चौतारीलाई स्थापना दिवसको अवसरमा शुभकामना दिएका थिए । प्रेस चौतारी धनकुटाका सह–सचिव माया राउतले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष विश्वराज श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए ।

 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

नेप्सेमा निरन्तर वृद्धि, लगानीकर्तामा उत्साह

Published

on

शुक्रबार नेप्से परिसूचक २२.८५ अंक बढेर २६४७.२२ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ५.३२ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.८७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९० अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बिहीबार ५ अर्ब ४९ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४५ स्टकको ६४ हजार ७२ पटकको कारोबारमा ६ अर्ब ७४ करोड ५६ लाख ३१ हजार रुपैयाँबराबरको २ करोड १२ लाख ७२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन स्नो रिभर्स लिमिटेडको शेयरमूल्य सर्वाधिक १३.६६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ। कारोबारमा आएको हाथवे इन्भेष्टमेन्टको शेयरमूल्य यस दिन सर्वाधिक १५ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन कुमारी बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ३२ करोड १३ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन लक्ष्मी सनराइज बैंकको २७ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने ग्लोबल आइएमई बैंकको कारोबार रकम २३ करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक १.५९ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन जीवन बीमा उपसमूहको परिसूचक साढे १ प्रतिशत बढेको छ। कारोबारमा आएको वित्त र अन्य उपसमूहको परिसूचक भने यस दिन सामान्य अंक घटेको छ।

Continue Reading

Banner

गुराँस लघुवित्तको लाभांश घोषणा

Published

on

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड (GLBSL ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको ९.५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

असोज २ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

Continue Reading

Banner

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

Published

on

इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा धनकुटा नगरपालिका–२ भिरगाउँका २९ अनिल राईको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकलमा सवार सोही स्थानका २६ वर्षीय सन्दीप राई घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए।

विराट शिक्षण अस्पतालमा अनिलको मृत्यु भएको हो भने सोही अस्पतालमा सन्दीपको उपचार जारी छ । सडकमा राखिएका डिभाइडरमा द्रुत गतिको मोटरसाइकल ठोक्किएको हो ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक