अपराध
हत्यापछि धरानको जंगलमा शव टुक्रा पारेर फ्याँक्ने श्रीमती र उनका प्रेमी पक्राउ
धरानः अघिल्लो हप्तका धरानको जंगलमा भेटिएको शवको सनाखत नहुँदा प्रहरीलाई अनुसन्धानमा समस्या परेकोमा शवको सनाखत हुनासाथ प्रहरीले २ जनालाई पक्राउ गरेको छ । प्रेमीसँग मिलेर आफ्नै श्रीमान्को हत्या गरि शरीर टुक्र्याएर धरानको जंगलमा फाल्ने महिला र उनका प्रेमीलाई प्रहरीले मंगलबार सार्वजनिक गरेको हो ।
आज साँझ ५ बजे इलाका प्रहरी कार्यालय धरानले पत्रकार सम्मेलन गर्दै हत्या गरिएका व्यक्ति झापाको दमकका ४३ वर्षीय दिनेश सिग्देल भएको जानकारी दिएको हो । सिग्देलको हत्यामा संलग्न उनकी कान्छी श्रीमती ३० वर्षीया अनिता केसी र उनका प्रेमी २९ वर्षीय सरोज भण्डारीलाई पक्राउ गरेर प्रहरीले सार्वजनिक गरेको हो ।
प्रहरीका अनुसार दिनेशले १० वर्षअघि सुनसरीको वराहक्षेत्र– १० प्रकाशपुरकी अनितासँग दिनेशले दोस्रो विवाह गरेका थिए । उनका प्रेमी सरोज भण्डारीको घर विराटनगर महानगरपालिका ४ इक्राही टोलमा रहेको छ । उनी सिटी सफारी चालक हुन् । विवाहित भण्डारीको श्रीमतीसँग सम्बन्ध विच्छेदको प्रक्रिया चलिरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार अनिताको सम्बन्ध सरोजसँग बढेको थाहा पाएपछि बहराइनमा रहेका दिनेश कसैलाई थाहै नदिई नेपाल आएका थिए । १५ दिनको बिदा लिएर पुस २० गते नेपाल आएका उनी पुस २१ गते विराटनगर आएका थिए । सो दिन विराटनगरमा कान्छी श्रीमती अनितासँगै होटलमा बसेका थिए भने २२ गते बेलुका उनीहरु अनिताको डेरा विराटनगर– ३, पीपल चोकमा बसेका थिए ।

सो रात दिनेश र अनिताबीच विवाद भइरहेको समयमा आएका सरोजले दिनेशकै गलबन्दीले घाँटीमा कसेर हत्या गरेको प्रहरीले जनाएको छ । हत्या गरेपछि त्यस रात शवलाई नचलाई राखेर उनीहरु अन्यत्रै बसेको र पुस २३ गते ग्रेण्डर मेसिनले शव टुक्र्याएको पक्राउ परेकाले बयानको क्रममा बताएका छन् । पुस २३ गते साँझमा टेम्पो भाडामा लिएर धरान भेडेटार सडकखण्डमा फालेर सो रात उनीहरु भेडेटारमा बास बसेर भोलिपल्ट मात्र विराटनगर फर्किएको पाइएको प्रहरीले जनाएको छ ।
पुख्र्यौली घर इलामको चुलाचुली गाउँपालिका ५ बाँझो भएका सिग्देशलका जेठी श्रीमतीतर्फ २ छोरा र २ छोरी छन् भने कान्छी श्रीमतीतर्फ एउटी छोरी छिन् ।
गत बुधबार र बिहीबार धरान ४ को आपगाँछी क्षेत्रको जंगलमा २ वटा झोलामा पुरुषको शरीरको विभिन्न भागहरु काटेर फालेको अवस्थामा भेटिएको थियो । दाउरा खोज्न गएका स्थानीयले जेब्रा झोलामा मानिसको शरीरका अंग देखेपछि प्रहरीलाई खबर गरेका थिए । सो झोलामा टाउको र एउटा खुट्टा फेला परेको थियो । संघीय प्रहरी इकाई र इलाका प्रहरी कार्यालय धरानको टोली जंगलमा सर्च गर्दा भोलिपल्ट बिहीबार थप अर्को जेब्रा झोलामा शरीरका अन्य भागहरु फेला परेका थिए ।
शवको सनाखत हुन नसक्दा प्रहरीले मृतकको अनुहारको स्केच बनाएर सार्वजनिक समेत गरेको थियो ।

Facebook Comment
Banner
कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए
नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।
निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।
यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।
पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।
१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login