Connect with us
Advertisement

सुन्दरहरैंचाका सुकुम्बासी बस्तीमा जग्गा नापजाँचका लागि राष्ट्रिय भूमि आयाेग पुग्दा स्थानीय हर्षित

Published

on

विराटचोकः सरकारले सुकुम्बासी समस्या समाधानका लागि नयाँ आयोग गठन गरेसँगै आयोगले काम थालेको छ ।

मोरङको सुन्दरहरैंचा नगरपालिकामा आयोगका केन्द्रीय अध्यक्ष केशव निरौला तथा जनप्रतिनिधिहरु स्थानीय तहमा आयोगबाट खटिएका कर्मचारीसहित वडा नम्बर १० मा रहेको सुकुम्बासी बस्तीमा बुधबार जग्गा नापजाँचका लागि प्राविधिक टोलीसहित पुगेका थिए । उच्चस्तरीय जिपीएस प्रविधिबाट जग्गाको नापजाँच गर्न शुरु गरिएको बताइएको छ ।

पहिलो चरणमा छनोटमा परेका ६८ पालिकामध्येको पहिलो पटक सम्झौता गर्ने सुन्दरहरैंचामा तत्थ्याङ्क सङ्कलन गरी सफ्टवेयरमा प्रविष्ट गराइसकेपछि नापजाँचको कार्य शुरु भएको अध्यक्ष निरौलाले बताए ।

नापजाँचको प्रक्रिया समापन भएपछि सुकुम्बासी पहिचान गरेर वडामा रहेको सहजीकरण समिति, पालिका स्तरीय समितिबाट जिल्लामा पुगेपछि निणर्य गरेर श्रेस्ता तयार पारी कित्ता नम्बर उल्लेख भएपछि लालपूर्जा बन्ने बताइएको छ । आयोगले वडा नं ८ को कार्यालय चिरममा स्थानीय सेवा केन्द्र स्थापना गरेको छ ।

सुकुम्बासीहरुका लागि निःशुल्क जग्गा उपलब्ध गराउन लागेको बताइएको छ । धेरै पहिलेदेखि १० धुर सरकारी जग्गामा संरचना बनाएर बस्दा सरकारले उठाउने पो हो कि भनेर डर लाग्ने गरेकोमा नापजाँच गर्न कर्मचारी आउँदा ज्यादै खुशी लागेको स्थानीय उर्मिला रोक्का बताउँछिन् ।

नगरपालिकामा अहिलेसम्म ६ हजार ७२ घरधुरीले अव्यवस्थित बसोबास, भूमिहीन सुकुम्बासी र दलित सुकुम्बासीको फारम भरेको नगरप्रमुख शिवप्रसाद ढकालले बताए । नगरभित्रका यस्ता सबै परिवारलाई चाँडै लालपूर्जा उपलब्ध गराउने उनले बताए । यसका लागि ४ वटा स्टेशन र मेसिनले काम गरिरहेको पनि उनले जानकारी दिए । आफ्नै कार्यकालमा यो काम समापन गर्ने योजना रहेको समेत मेयर ढकाल बताउँछन् ।

यस्तै, वडा नम्बर १० का वडाध्यक्ष राजेन्द्रबहादुर थापाले यो कार्यबाट जनतामा अव चाहिँ जग्गा पाइन्छ कि भन्ने आशा र खुशी पलाउन थालेको बताउँछन् ।

हालका जनप्रतिनिधिको पदावधि सकिन लागेको र नयाँ निर्वाचनको मिति घोषणा भएसँगै जनप्रतिनिधिहरु आफ्नै पालामा पूर्जा वितरण गर्न कम्मर कसेर लागि परेका छन । खास गरी यस्ता बस्तीलाई भोट बैंकको रुपमा हेरिने गरेको र यसअघिका चुनावमा विभिन्न राजनीतिक दलका उमेद्वारले सुकुम्बासीलाई लालपूर्जा उपलब्ध गराउने आश्वासन समेत बाँड्दै आएका थिए ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए

Published

on

नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।

निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।

यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।

पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।

१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह

Continue Reading

Banner

चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल

Published

on

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।

खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।

Continue Reading

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक