कोशी प्रदेश
मिलिजुली साकोसका शेयर सदस्यलाई सहकारी शिक्षा तथा अभिमुखीकरण तालीम
विराटचोकः सुन्दरहरैंचा नगरपालिका -१ मा रहेको मिलिजुली बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना शेयर सदस्यहरुलाई सहकारी शिक्षा तथा अभिमुखीकरण तालिम सञ्चालन गरेको छ । तालीम कार्यक्रममा मिलिजुली साकोसको परिचय, परिकल्पना, सेवा सुविधा, सहकारीको ज्ञान, बचत गर्ने बानीको विकास, कर्जा लगानी, सहकारीका नीति नियम, सदस्यता बिस्तारका लागि सदस्यता अभिमुखीकरणलगायतका विषयमा तालीम दिइएको थियो ।
हरैंचा बजारको सामुदायिक हलमा भएको कार्यक्रमको सहजीकरण गर्दै संस्थाका अध्यक्ष रुद्र थापाले सहकारीको मूलभूत सिद्धान्त, सहकारीको कारोबारको बारेमा र सहकारीको गतिविधिको बारेमा शेयर सदस्यलाई जानकारी गराउन र सदस्य र साकोस बीचको पारस्परिक सम्बन्ध स्थापित गर्न तालीम आयोजना गरिएको बताए । संस्थाका १ हजार ६३ शेयर सदस्यलाई ४ दिनसम्म सहकारी शिक्षा तथा अभिमुखीकरण तालीम दिइने अध्यक्ष थापाले बताए ।
तालीम लिन आएका शेयर सदस्य प्रदीप खवासले तालीम फलदायी रहेको टिप्पणी गर्दै यस्ता किसिमका तालिमले सहकारी नबुझेका सदस्यलाई सहकारीको बारेमा जानकारी हुने बताए । सहकारीले बारम्बार यस्ता तालीमहरु दिइरहनुपर्ने उनको भनाइ थियो ।

देशको आर्थिक विकासका ३ खम्बाहरुमध्येको एक खम्बाको रुपमा स्वीकार भएको सहकारीले देशमा गरिबी न्यूनीकरणका लागि लक्षित समुदायको आर्थिक विकास र समाजिक विकास गर्न टेवा पुग्ने शेयर सदस्य सिखम थापाले बताए । संस्थाको कारोबार तथा यसको सेवा सुबिधाको बारेमा आफूले सिक्ने र बुझ्ने अवसर पाएको उनको भनाइ थियो ।
३६ जना शेयर सदस्यबाट २०५८ सालमा बहुउद्देश्यीय सहकारी संस्थाको रुपमा स्थापना भएको सहकारी पछि बचत तथा ऋण सहकारीमा रुपान्तरण भएको थियो । सो सहकारीले साना व्यावसायिक कर्जा तथा साना उद्यमीहरुको सानो बचत रकम सङ्कलन गरी ऋण प्रवाह गर्दै आफ्ना सेवाहरुलाई विस्तार गर्दै आएको छ ।
१ करोड ७३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको सहकारीले १८ करोड भन्दा बढी रकम ऋण लगानी गरेको छ । संस्थाका अध्यक्ष थापाका अनुसार सहकारीले आफ्नै भवनबाट पूणर् कम्प्युटराइज प्रविधिबाट कारोबार गर्दै आएको छ । यसका साथै मल र ग्यास बिक्री लगायतका कारोबार गर्दै आइरहेको अध्यक्ष थापाले जानकारी दिए ।
Facebook Comment
Banner
जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स पहिलोपटक प्लेअफमा
सिद्धार्थ बैंक एनपीएल क्रिकेटमा लुम्बिनी लायन्स प्लेअफमा प्रवेश गर्ने चौथो टोली बनेको छ। शुक्रबार जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनीले पहिलोपटक प्लेअफ स्थान सुरक्षित गरेको हो । १३३ रनको लक्ष्य लुम्बिनीले १९.१ ओभरमा ६ विकेट खोस्दै पूरा गर्यो। कप्तान रोहित पौडेलले ३४, डार्शी सर्टले ३० रन बनाए। पराजयसँगै जनकपुर, पोखरा एभेन्जर्स र चितवन राइनोज प्लेअफ दौडबाट बाहिरिए। यसअघि सुदूरपश्चिम रोयल्स, काठमाडौँ गोर्खाज र विराटनगर किंग्सले प्लेअफ बुक गरिसकेका छन्। अब शनिबारको खेलपछि दोस्रो र तेस्रो स्थानको टुङ्गो लाग्नेछ।
Banner
गछिया गोल्डकपको फाइनलमा गाईघाट युनाइटेड
सहलेस फुटबल क्लब सिरहामाथि संघर्षपूर्ण जित निकाल्दै गाईघाट युनाइटेड अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम गछिया गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
मोरङको सुन्दरहरैंचा–गछिया बजार खेल मैदानमा शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा गाईघाटले सहलेसलाई १–० ले पराजित गर्दै उपाधि नजिक पुगेको हो। खेलको ६९औँ मिनेटमा सुनिल खड्काले प्रहार गरेको फ्री–किक नै टिमका लागि निर्णायक गोल बन्यो।
विजयी टिमका विनोद राई ‘म्यान अफ द म्याच’ घोषित भए। उनले नगद ५ हजार १ सय रुपैयाँ प्राप्त गरे।
गाईघाट युनाइटेडले अब उपाधिका लागि शनिबार हुने आयोजक गछिया युवा समाज र राष्ट्रिय जागृति क्लब इटहरीबीचको दोस्रो सेमिफाइनल विजेतासँग सोमबार भिड्नेछ।
प्रतियोगितामा विजेताले २ लाख १ हजार र उपविजेताले १ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
Banner
एनपीएल क्रिकेटमा आज जनकपुर र लुम्बिनी खेल्दै
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो ४ बजे सुरु हुने छ।
रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लिग चरणको अन्तिम खेल खेल्दैछ। अघिल्ला ६ खेलमध्ये ३ मा जित निकाल्दै ६ अंकसहित प्लेअफ नजिक पुगेको लुम्बिनीका लागि आजको खेल अत्यन्तै महत्वपूर्ण मानिँदैछ। जीत हासिल गरे प्लेअफ स्थान सुरक्षित हुने छ।
पछिल्लो संस्करणको विजेता जनकपुर बोल्ट्सको भने यसपटक प्रदर्शन कमजोर रह्यो। ५ खेलमा जम्मा २ अंक जोडेको जनकपुरले एक खेल मात्र जित्न सफल भएको छ। अनिल साहको कप्तानीमा रहेको जनकपुरले आज आफ्नो छैटौँ खेल खेल्दैछ।
जनकपुरले आजको खेल जिते पनि प्लेअफ समीकरण अन्य खेलहरूमा निर्भर रहने छ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login