खेलकुद
३१ र ३५ मिनेटमा १० किमी दौडेर जुम्लाका बुढा र एपीएफकी भण्डारी धरान रनमा विजयी
धरानः १० औँ धरान रन नेवा च्यारिटी १० किमीको खुल्ला पुरुषतर्फ जुम्लाका दुर्गाबहादुर बुढा र महिलातर्फ एपिएफका खेलाडी पुष्पा भण्डारी विजयी भएका छन् ।
प्रतियोतिामा खुला पुरुषतर्फ जुम्लाका दुर्गाबहादुर बुढाले १० किमी दुरी ३१ मिनेट ३ सेकेन्डमा दौड पूरा गरी विजयी भएका हुन् । सोही समूहमा जुम्लाकै अनीश थापाले ३१ मिनेट ४ सेकेन्डमा दुरी पार गरी दोस्रो भएका छन् । उनीहरू दुवै जना भारतीय सेनामा कार्यरत रहेका छन् । सोही समूहबाट काठमाडौका मुकेश पालले ३१ मिनेट २० सेकेन्डमा १० किमी दुरी पार गरी तेस्रो भएका छन् । उनीहरूले क्रमशः ६० हजार, ५० हजार र ३० हजार नगद सहित प्रमाणपत्र ट्रफी र मेडल प्राप्त गरेका छन् ।
यसैगरी, महिलातर्फको खुलातर्फ एपिएफकी खेलाडी पुष्पा भण्डारीले ३५ मिनेट २६ सेकेन्डमा १० किमी दुरी पार गरी विजयी भएकी छिन् । यसै गरी एपिएफ काठमाण्डौकै फुलमति रानाले ३८ मिनेट ४० सेकेन्डमा दुरी पार गरी दोस्रो र काठमाण्डौकी हान्ह कारलले ४१ मिनेट १४ सेकण्डमा दुरी पार गरी तेस्रो भएकी छिन् । उनीहरूले पनि नगद ६० हजार, ५० हजार, ३० हजार र प्रमाणपत्र, ट्रफी र मेडल प्राप्त गरेका छन् ।
यस्तै, १६ वर्ष उमेर समूह मुनिका प्रशान्त तामाङले ३६ मिनेट १० सेकेन्डमा १० किमी दुरी पार गरी पहिलो, रोदन राईले ३६ मिनेट ५० सेकेन्डमा दुरी पार गरी दोस्रो र सरोज सिंहले ४० मिनेट ५८ सेकेन्डमा दुरी पूरा गरी तेस्रो भएका छन् ।
सोही समूहको महिलातर्फ पेमा तामाङले ५२ मिनेट ५९ सेकेन्डमा दुरी पूरा गरी पहिलो, कुसुम राईले ५९ मिनेट ९ सेकेन्डमा दुरी पूरा गरी दोस्रो र जस्मिता राईले १ घण्टा १ मिनेट ४५ सेकेन्डमा दुरी पूरा गरी तेस्रो भएका छन् । उनीहरू सबैले पहिलो हुनेले ७ हजार, दोस्रोले ५ हजार र तेस्रोले ३ हजार नगद र प्रमाणपत्र, ट्रफी र मेडल प्राप्त गरेका छन् ।
भेट्रान पुरुषतर्फ काठमाडौंका धर्म महर्जन पहिलो, निमेष क्षेत्री दोस्रो र मङ्गल तामाङ तेस्रो भएका छन् ।सोही समूहको महिलातर्फ भारतको कालिम्पोङकी सरस्वती राई पहिलो, दार्जिलिङकी तेन्जिङ लामा भुटिया दोस्रो र धरान १६ की शर्मिला राई तेस्रो भएका छन् । उनीहरूले क्रमशः ७ हजार, ५ हजार र ३ हजार नगद र प्रमाणपत्र, ट्रफी र मेडल प्राप्त गरे ।
सुपर भेटेरियनतर्फ इन्द्रबहादुर लिम्बू पहिलो र दार्जिलिङका पवनदास प्रधान दोस्रो भएका छन् ।

Facebook Comment
Banner
कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए
नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।
निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।
यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।
पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।
१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login