शिक्षा / स्वास्थ्य
वराहक्षेत्र नगरपालिकाको वडा नम्बर २ देशकै पहिलो पूर्ण स्वास्थ्य बीमा भएको वडा घोषणा
चतराः सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं २ लाई देशकै पहिलो पूर्ण बीमायुक्त वडा घोषणा गरिएको छ ।
स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत नमूना स्थानीय तह घोषणा कार्यविधि २०७८ को परिच्छेद २ को बुँदाको (ख) लाई आधार मानेर पूर्ण बीमायुक्त घोषणा गरिएको हो । स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ तथा स्वास्थ्य बीमा बोर्डका पूर्व कार्यकारी निर्देशक गुणराज लोहनीले शुक्रबार वराहक्षेत्रको नगरपालिकाको वडा नं २ लाई देशकै पहिलो पूर्ण स्वास्थ्य बीमायुक्त वडा घोषणा गरेका हुन् ।
वडा कार्यालय र चतरा अस्पतालले संयुक्त रूपमा वडालाई स्वास्थ्य बीमायुक्त वडा घोषणा गरिएको हो । वडा कार्यालयको फागुन १० गतेको निर्णय अनुसार वडालाई स्वास्थ्य बीमायुक्त वडा घोषणा गरिएको हो । २०६८ सालको जनगणना अनुसार १ हजार ७ सय ३१ परिवार ८ हजार २ सय ६ जनसङ्ख्या रहेको वडामा ९५ दशमलव ८५ प्रतिशत अर्थात् ७ हजार ८ सय ६५ ले स्वास्थ्य बीमा गरेको वडाले जनाएको छ ।
चतरा अस्पतालको प्राङ्गणमा आयोजना भएको कार्यक्रम वडा नं २ का अध्यक्ष तथा चतरा अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष हरिकृष्ण भट्टराईको सभाध्यक्षतामा भएको थियो । कार्यक्रममा वडाध्यक्ष भट्टराईले वडाको महत्वपूर्ण योजना सफल गर्न पाउँदा खुशी लागेको बताए ।
कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ तथा स्वास्थ्य बीमा बोर्डका पूर्व कार्यकारी निर्देशक गुणराज लोहनीले वडालाई पूर्ण बिमा युक्त वडा घोषणा हुनु ऐतिहासिक नमूना कार्य भएको बताए ।
कार्यक्रममा स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईँ, नेकपा एमालेका प्रदेश कमिटी सदस्य मनोज पौडेल, नेपाली कांग्रेस वडा नं २ का सभापति अमर कटुवाल, माओवादी केन्द्रकी नेतृ दिलु गजमेर, नेकपा एकीकृत समाजवादीका सुनसरी जिल्ला कार्य समिति सदस्य सुरेशमणि नेपाल, जसपा वराहक्षेत्र २ का अध्यक्ष दिपल राई, अस्पतालका पूर्व शिवराज दाहाल, पूर्व सदस्य युवराज बस्नेत सदस्य लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा अस्पतालका पूर्व अध्यक्ष, सदस्यहरू, पूर्व प्रमुखहरू, सहयोगी संघ, संस्था, व्यक्तिहरूलाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रमममा अस्पतालका कर्मचारीद्वय सुकुमाया लिम्बू र उत्सव खतिवडालाई जनही नगद १० हजारसहित सम्मानपत्रसहित उत्कृष्ट कर्मचारीको रूपमा पुरस्कृत गरिएको थियो ।
Facebook Comment
Banner
जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स पहिलोपटक प्लेअफमा
सिद्धार्थ बैंक एनपीएल क्रिकेटमा लुम्बिनी लायन्स प्लेअफमा प्रवेश गर्ने चौथो टोली बनेको छ। शुक्रबार जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनीले पहिलोपटक प्लेअफ स्थान सुरक्षित गरेको हो । १३३ रनको लक्ष्य लुम्बिनीले १९.१ ओभरमा ६ विकेट खोस्दै पूरा गर्यो। कप्तान रोहित पौडेलले ३४, डार्शी सर्टले ३० रन बनाए। पराजयसँगै जनकपुर, पोखरा एभेन्जर्स र चितवन राइनोज प्लेअफ दौडबाट बाहिरिए। यसअघि सुदूरपश्चिम रोयल्स, काठमाडौँ गोर्खाज र विराटनगर किंग्सले प्लेअफ बुक गरिसकेका छन्। अब शनिबारको खेलपछि दोस्रो र तेस्रो स्थानको टुङ्गो लाग्नेछ।
Banner
गछिया गोल्डकपको फाइनलमा गाईघाट युनाइटेड
सहलेस फुटबल क्लब सिरहामाथि संघर्षपूर्ण जित निकाल्दै गाईघाट युनाइटेड अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम गछिया गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
मोरङको सुन्दरहरैंचा–गछिया बजार खेल मैदानमा शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा गाईघाटले सहलेसलाई १–० ले पराजित गर्दै उपाधि नजिक पुगेको हो। खेलको ६९औँ मिनेटमा सुनिल खड्काले प्रहार गरेको फ्री–किक नै टिमका लागि निर्णायक गोल बन्यो।
विजयी टिमका विनोद राई ‘म्यान अफ द म्याच’ घोषित भए। उनले नगद ५ हजार १ सय रुपैयाँ प्राप्त गरे।
गाईघाट युनाइटेडले अब उपाधिका लागि शनिबार हुने आयोजक गछिया युवा समाज र राष्ट्रिय जागृति क्लब इटहरीबीचको दोस्रो सेमिफाइनल विजेतासँग सोमबार भिड्नेछ।
प्रतियोगितामा विजेताले २ लाख १ हजार र उपविजेताले १ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
Banner
एनपीएल क्रिकेटमा आज जनकपुर र लुम्बिनी खेल्दै
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो ४ बजे सुरु हुने छ।
रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लिग चरणको अन्तिम खेल खेल्दैछ। अघिल्ला ६ खेलमध्ये ३ मा जित निकाल्दै ६ अंकसहित प्लेअफ नजिक पुगेको लुम्बिनीका लागि आजको खेल अत्यन्तै महत्वपूर्ण मानिँदैछ। जीत हासिल गरे प्लेअफ स्थान सुरक्षित हुने छ।
पछिल्लो संस्करणको विजेता जनकपुर बोल्ट्सको भने यसपटक प्रदर्शन कमजोर रह्यो। ५ खेलमा जम्मा २ अंक जोडेको जनकपुरले एक खेल मात्र जित्न सफल भएको छ। अनिल साहको कप्तानीमा रहेको जनकपुरले आज आफ्नो छैटौँ खेल खेल्दैछ।
जनकपुरले आजको खेल जिते पनि प्लेअफ समीकरण अन्य खेलहरूमा निर्भर रहने छ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login