Connect with us
Advertisement

घाइतेका अनुसार सङ्खुवासभाको मादी स्थित सात घुम्तीमा यसरी झरेको थियो भीरबाट बस

Published

on

धरान : सधैँ झैँ बिहीबार बिहान सङ्खुवासभाको मादी नगरपालिका वडानं. ४ का २४ वर्षीय सुवास गोले बसमा चढेका यात्रुहरूको टिकट काट्न थाले ।

बिहान ६ः४५ बजे मादीको ओखरबोटेबाट बा ४ ख ७३५ नम्बरको रेसम फिलिलि नामक बस १९ यात्रु लिएर झापाको दमक तर्फ प्रस्थान गर्‍यो । बसका चालक थिए तेह्रथुम औशीडाँडाका विपिन निरौला । सधैँ झैँ आ आफ्नो जिम्मेवारीमा तल्लीन ओखरबोटेका बुकिङ सुवास गोले यात्रुसँग टिकट काट्न व्यस्त थिए ।

एक्कासि बसको गति विग्रिएझै लाग्यो । सुवासले बसको पछिल्लो सिट तिर टिकट काट्दै गर्दा अगाडी आएर चालक विपिनलाई सोधे । के भयो ? विपिन बोलेनन् । उनी निक्कै आत्तिएको देखिन्थे । दुर्घटना भएको स्थान भन्दा अढाई सय मिटर माथि देखि बसको स्पिड बढेको थियो । सुवास पछिल्लो भागमा यात्रुसँग टिकट काट्दै थिए ।

बस एक्कासि घुम्तीमा नमोडी भिरमा झर्‍यो । करिब अढाई सय मिटर तल झरेपछि बस रुखमा अडकीयो । चालकले सुवासलाई फाल हान हान भन्दै कराए । चालक विपिन र बुकिङ सुवास सँगै बसबाट फाल हाने । तर बस चालक विपिन फाल हाने पनि बाचेनन् । उनी फाल हानेकै तिर बस खस्यो । उनलाई बसले किच्यो र चालकको मृत्यु भयो ।

सुवास भने-अहिले उपचारको क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छन् । उनको स्वास्थ्य अवस्था सामान्यउन्मुख भइरहेको छ । बस दुर्घटना हुनुको कारण बसको पत्ती भाँचिएकोले भएको हुन सक्ने उनको अनुमान छ ।

बस दुर्घटना भएको खबर पाएका सुवासका आफन्त बेनु तामाङ घटनास्थल आइपुग्दा बीभत्स अवस्था थियो । बेनुले भने बस खसेको ठाउँ र बसको अवस्था हेर्दा बसमा सवार कोही पनि बाँचेनन् भन्ने लागेको थियो । बसको हुट थिएन । यत्रतत्र मृतकको शवहरू छरिएका थिए । एक दुई जना भित्तामा समाएर छटपटीरहेको बताउँदै बेनुले भने, बस झरेको ठाउँ सम्म पुग्न सडकबाट आधा घण्टा लागेको थियो ।

बस भिरमा खसेको अवस्था हेर्ने हो भने साँच्चै विभत्सा अवस्था थियो । बल्ल तल्ला जीवित रहेका घाइतेहरूलाई उद्धार गरिएको बताउँदै मादी नगरपालिकाका मेयर विदुर लिङ्थेपले भने पक्कै केही न केही टेक्निकल फल्टकै कारण दुर्घटना भएको हुनसक्छ । मेयर लिङथेप पनि अहिले बीपीमै घाइतेहरूसँग रहेका छन् ।

प्रहरीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा मादी नगरपालिका ६ बस्ने वर्ष नखुलेकी अञ्जना कटवाल, सोही नगरपालिका वडानं. ५ बस्ने वर्ष ४५ को दीपक दाहाल, मादी ६ का  वर्ष ३८ को इन्द्र बहादुर अधिकारी, मादी ४ बस्ने वर्ष ३५ को उमेश भट्टराई (सहचालक), मादी ४ बस्ने वर्ष ३८ को आइत बहादुर तामाङ, मादी ४ बस्ने वर्ष ३५ कि सबिता राउत कार्की, मादी ५ बस्ने वर्ष ५०/५२ को श्याम शेर्पा, मादी ५ बस्ने वर्ष ५५ को भवानी दाहाल, मादी ६ बस्ने तुलसा कटवालकी छोरी वर्ष ५ कि दीक्षा कटवाल, तेह्रथुम औशीडाँडा बस्ने वर्ष ३०/३५ को विपिन निरौला चालक सवारी धनी र बीपीमा उपचारको क्रममा मादी नगरपालिका ५ की ३० वर्षीय यूका पोखरेलको मृत्यु भएको छ । सो दुर्घटनामा परेर ज्यान गुमाएका नाम थर ठेगाना नखुलेको १ पुरुष, २ महिला, १ बालक गरी ४ जनाको सनाखत हुन सकेको छैन ।

अहिले ४ जना घाइतेको बीपीमा उपचार भइरहेको छ । बस सडकबाट करिब ३ सय मिटर तल खसेको थियो । मृतकहरुको शव चैनपुर अस्पतालमा राखिएको र उनीहरूको पोस्टमार्टम पछि मृतकका आफन्तलाई बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी लालध्वज सुबेदीले बताए ।  – कपुरी न्युजबाट

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए

Published

on

नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।

निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।

यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।

पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।

१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह

Continue Reading

Banner

चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल

Published

on

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।

खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।

Continue Reading

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक