Connect with us
Advertisement

पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघद्वारा आयोजित हस्तलेखनमा लाइटिङ ग्लोबल एकेडेमी र निबन्ध लेखनमा बाल प्रतिभा उत्कृष्ट

Published

on

विराटचोकः नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ मोरङ २ नम्बर एकाइद्वारा आयोजित हस्तलेखन तथा निबन्धलेखन प्रतियोगिता सम्पन्न भएको छ । गत शनिबार भएको निबन्ध लेखन प्रतियोगिताको नतिजा आज सार्वजनिक गरिएको हो । त्यस्तै आजै भएको हस्तलेखन प्रतियोगिताको नतिजा पनि आजै सार्वजनिक गरी पुरस्कृत गरिएको हो ।

५ कक्षासम्मका विद्यार्थीका लागि भएको प्रतियोगितामा लाइटिङ ग्लोबल एकेडेमी सुन्दरहरैंचा–६की शिक्षा भट्टराई पहिलो भएकी हुन् । ज्ञानज्योति इङ्लिस बोर्डिङ स्कुल सुन्दरहरैंचा– ७ की सञ्जना भुर्तेल दोस्रो भइन् । बालसदन एकेडेमी सुन्दरहरैंचा–९ की दिव्या केसी तेस्रो तथा स्कलर्स होम एकेडेमी सुन्दरहरैंचा–९ की ममता कार्कीले सान्त्वना स्थान हात पारे । प्रतियोगिताको निर्णायकमा अमृतप्रसाद आचार्य, प्रेमप्रसाद भट्टराई र दीपकप्रसाद न्यौपाने रहेका थिए ।

प्रतियोगिताका विजयी विद्यार्थीलाई प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरिएको थियो । हस्तलेखन प्रतियोगितामा सहभागी ३ दर्जन विद्यार्थीमध्ये पुरस्कृत हुने चारै जना छात्रा रहेका छन् । हस्तलेखन प्रतियोगिता नेपाली भाषामा गराइएको थियो । प्रतियोगिताको निर्णायकमा अनिस कार्की र तुलसी दास रहेका थिए ।

६ कक्षादेखि १० कक्षासम्मका विद्यार्थीबीच भएको निबन्धलेखन प्रतियोगितामा बाल प्रतिभा सेकेण्डरी स्कुल सुन्दरहरैंचा–१० की रिया मास्के पहिलो भइन् । शिक्षा निकेतन माध्यमिक विद्यालय सुन्दरहरैंचा–८ की सन्ध्या पौडेल दोस्रो र ब्राइट फ्युचर सेकेण्डरी स्कुल सुन्दरहरैंचा–८ का प्रह्लाद न्यौपाने तेस्रो भए । उनीहरुले पनि नगद पुरस्कार र प्रमाणपत्र पाए । निबन्ध लेखन प्रतियोगितामा १७ जना विद्यार्थी सहभागी थिए ।

पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै सुन्दरहरैंचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले प्रविधिले हस्तलेखनलाई ओझेलमा पारे पनि यस्ता प्रतियोगिताले हस्तलेखनलाई सहयोग पुग्ने बताए । कोभिड महामारीपछि सुन्दरहरैंचाको शिक्षा क्षेत्रमा सुधारका कार्यक्रम उल्लेख्य मात्रामा भएको बताउँदै नगरप्रमुख ढकालले सामुदायिक र संस्थागत विद्यालयलाई सँगसँगै लैजान नगरपालिका प्रयासरत भएको बताए । नगरको प्रयासलाई विद्यालय, पुस्तक प्रकाशन गृह, पुस्तक व्यवसायी, शिक्षक, अभिभावक सबैको सहयोग रहेको उनले जनाए ।

१२ कक्षासम्मको शिक्षाको व्यवस्थापन गर्ने जिम्मा दिने नीति सकारात्मक रहेको बताउँदै सुन्दरहरैंचामा स्थानीय पाठ्यक्रम लागू गर्न नगरपालिकाले काम गरिरहेको बताए । स्थानीय तहको शिक्षाको अवस्था जनप्रतिनिधिले मात्रै बुझ्ने उनको भनाइ थियो । शिक्षामा सुधार ल्याउन अझै केही चिन्तन र सोचको खाँचो रहेको उनले औँल्याए । यस वर्ष ७ वटा सामुदायिक विद्यालयमा स्मार्ट कक्षा सञ्चालन हुने पनि उनले जानकारी दिए ।

कार्यक्रममा बोल्दै महासंघका प्रदेश अध्यक्ष रञ्जन शर्माले विद्यालय र पुस्तक व्यवसायीबीच समन्वय गर्न यस्ता कार्यक्रम सहयोग हुने बताए । निबन्ध लेखनमा अपेक्षाकृत सहभागिता हुन नसके पनि उल्लेख्य सहभागिता रहेको उनको भनाइ थियो ।

महासंघका केन्द्रीय उपाध्यक्ष सञ्जीव सत्यालले आयोजक संस्थाको उत्कृष्ट कार्यको प्रशंसा गरे ।

प्याब्सन मोरङका सहसचिव मनोज रेग्मीले पुस्तक व्यवसायी, प्रकाशन गृह, शिक्षक, विद्यार्थी सबैलाई जोड्न महासंघको यो कार्यक्रम सफल भएको धारणा राखे । सुन्दरहरैंचाका विद्यालय र नगरप्रमुखबीच बारम्बार हुने छलफल र सहकार्यले नगरमा शिक्षा क्षेत्रको विकासमा टेवा पुगेको उनको भनाइ थियो ।

निबन्ध लेखन प्रतियोगिताका निर्णायक अमृतप्रसाद आचार्यले निबन्धलेखन प्रतियोगिताको व्यवस्थापन उत्कृष्ट भएको बताए । निबन्ध लेखिएको कागजमा प्रतियोगीको नाम र विद्यालय चिनाउने कुनै संकेत नराखी कोण नम्बर दिएर पठाइएको हुनाले प्रतियोगितामा विजयी हुने विद्यार्थीको नाम मूल्याङ्कनर्तालाई नै थाहा नहुने गरी गरिएको व्यवस्थापनको उनले खुलेर प्रशंसा गरे ।

कार्यक्रम गर्नुको औचित्य महासंघका मोरङ अध्यक्ष दिवाकर भट्टराईले गरेका थिए । महासंघको २ नम्बर एकाइ अध्यक्ष चुडामणि घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासंघका जिल्ला सचिव दुर्गाप्रसाद घिमिरेले गरेका थिए ।

कार्यक्रममा कोसेली प्रकाशन, प्रसिद्ध पब्लिकेसन, आठराई पब्लिकेसनलगायतका विभिन्न प्रकाशन गृहका प्रतिनिधि पनि उपस्थित थिए ।

https://www.facebook.com/NispakshyaKhabarDotCom/photos/pcb.688919262552557/688917565886060

पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको आयोजनामा निबन्ध लेखन प्रतियोगिता सम्पन्न

 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कर्मचारीका लागि विद्युतीय हाजिरी प्रणाली अनिवार्य

Published

on

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीको विद्युतीय हाजिरी प्रणाली अनिवार्य कार्यान्वयन गर्न निर्देशन दिएको छ।

मन्त्रालयले एक सूचना जारी गरी मन्त्रालय/विभाग/कार्यालय/निकाय र स्थानीय तहहरूलाई कर्मचारीहरूको उपस्थितिको अभिलेखिकरणका लागि विद्युतीय हाजिरी प्रणाली अनिवार्य कार्यान्वयन गर्न निर्देशन दिएको हो । साथै, प्रत्येक १५ दिनको हाजिरी विवरण प्रिन्ट गरी प्रमाणित गरेर सम्बन्धित कार्यालयमा सुरक्षित राख्न पनि भनिएको छ।

पत्रमा भनिएको छ, ‘प्रस्तुत विषयमा तहाँ कार्यालयहरूमा कार्यरत कर्मचारीहरूको उपस्थितिको अभिलेखिकरणका लागि विद्युतीय हाजिरी प्रणाली अनिवार्य कार्यान्वयन गर्नु गराउनु हुन अनुरोध छ । सो व्यवस्था कार्यान्वयन नभएको अवस्था भए कर्मचारीको दैनिक उपस्थिति (आएको तथा गएको) विवरण अनिवार्य रूपमा विद्युतीय हाजिरी प्रणालीबाटै गर्ने व्यवस्था मिलाउनु हुन र प्रत्येक १५ दिनको हाजिरी विवरण प्रिन्ट गरी, प्रमाणित गरी सो अभिलेख कार्यालयमा सुरक्षित राख्न समेत यस मन्त्रालयको मिति २०८३।०१।०८ गतेको निर्णय (सचिवस्तर) अनुसार अनुरोध छ ।’

Continue Reading

Banner

दशौंं पीएम कप एनभीए भलिबल लिग आजदेखि

Published

on

नेपाल भलिबल संघ (एनभीए)को आयोजनामा दशौँ पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिग आजदेखि सुरु हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा दश दिन सञ्चालन हुने लिगमा पुरुषतर्फ ८ र महिलातर्फ ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, खिल्जी युवा क्लब (लुम्बिनी), रुकुम पश्चिम भलिबल क्लब, कोशी प्रदेश भलिबल क्लब र बुढानिलकण्ठ भलिबल क्लबले प्रतिस्पर्धा गर्नेछन् भने महिलातर्फ न्यू डायमण्ड युथ स्पोर्ट्स क्लब, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, एभरेष्ट क्लब र सुदूरपश्चिम प्रदेशले प्रतिस्पर्धा गर्नेछन् ।

नवौँ एनभीए महिला तथा पुरुष राष्ट्रिय भलिबल च्याम्पियनसिपबाट छनोट भएका शीर्ष टोलीहरुले दशौँ एनभीएल लिग खेल्न लागेका हुन् ।

नवौँ एनभीएल महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको उपाधि पुरुषतर्फ हेल्प नेपाल र महिलातर्फ न्यु डायमण्डले जितेको थियो ।

लिगका खेलहरु सिंगल राउण्ड रोविनका आधारमा खेलाइनेछ । एनभीए लिगमा महिला र पुरुषतर्फ गरी कूल ४५ खेल हुनेछ । जसमा लिग चरणमा पुरुषतर्फ २८ र महिलातर्फ १५ खेल हुनेछन् । दुवैतर्फ लिग चरणपछि शीर्ष दुईमा रहने टोलीले उपाधिका लागि फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।

एनभीएल लिगका उत्कृष्ट टोलीले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) ले सन् २०२६ मा आयोजना गर्ने काभा क्लब च्याम्पियनसिप (महिला र पुरुष) मा छनोट हुने प्रावधान रहेकोले सहभागि सबै टोलीका लागि एनभीएल भलिबल लिग महत्वपूर्ण हुनेछ ।

पहिलो दिन चार खेल

लिगको पहिलो दिन महिला र पुरुषतर्फ दुई-दुई गरी कूल चार खेल हुनेछ । महिलातर्फ बिहान ८ बजे एपीएफ र त्रिभुवन आर्मी क्लबबीच खेल हुनेछ भने बिहान १० बजे नेपाल पुलिस क्लब र एभरेष्ट भलिबल क्लबबीच खेल हुनेछ ।

यस्तै पुरुषथर्फ हेल्प नेपाल क्लब र बुढानिलकण्ठ भलिबल क्लबबीच मध्यान्न १२ बजे खेल हुनेछ भने त्रिभुवन आर्मी क्लब र खिल्ली युवा क्लबबीचको खेल अपरान्ह ४ बजे सुरु हुने तालिका छ । यसैगरी उद्घाटन समारोह दिउँसो ३ बजे हुने नेपाल भलिबल संघले जनाएको छ ।

चार टोलीमा विदेशी खेलाडी

दशौँ संस्करणको पीएम कप एनभीए भलिबल लिगमा सहभागि कूल १४ मध्ये ४ टोलीले मात्र विदेशी खेलाडी आफ्नो टिममा समावेश गरेका छन् । त्यसमा पुरुषतर्फ हेल्प नेपाल, रुकुम पश्चिम भलिबल क्लब र खिल्ली युवा क्लब छन् भने महिलातर्फ बुटवलको एभरेष्ट भलिबल क्लबले विदेशी खेलाडी टिममा राखेको छ ।

नेपाल भलिबल संघको अनुसार लिगमा तीन विदेशी खेलाडी राख्न पाउने प्रावधान छ । त्यही अनुसार मोफसलका क्लबहरुले विदेशी खेलाडी समावेश गर्दै टिम बलियो बनाएका छन् ।

त्यसमा पनि टिपटपले लामो समयदेखि विदेशी खेलाडीहरु टिममा राख्दै घरेलु भलिबल प्रतियोगितामा सधैँ दाबेदारी दिँदै आएको छ । यस पटक पनि हेल्प नेपालले मुराद जेहान, उस्मान फर्‍याद अली र मुह्मद कासिफ नाभिदलाई अनुबन्ध गरेको छ ।

यस्तै नवौँ एनभीए राष्ट्रिय भलिबल च्याम्पियनसिपमा विदेशी खेलाडीको साथ उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष ८ मा रहेर एनभीएल लिगमा छनोट भएको रुकुम पश्चिम र खिल्जी युवा क्लबले पनि दशौँ एनभीएल लिगमा विदेशी खेलाडी समावेश गरेको छ । रुकुम पश्चिमले फहद राजा, एडनान खान र आफा खानलाई अनुबन्ध गरेको छ भने खिल्जीले भारतीय खेलाडीहरु शुभम चौधरी, रजत चौधरी र सुरज चौधरीलाई अनुबन्ध गरेको छ ।

महिलातर्फ पनि एभरेष्ट क्लबले भारतबाटै केपी अनुश्री, अमिथा किकोथ र अनाघा राधाकृष्ननलाई अनुबन्ध गरेको छ । एभरेष्टले गत संस्करणमा थाइल्यान्डका तीन खेलाडी अनुबन्ध गरेर खेलाएको थियो ।

महिला र पुरुक्ष दुवैमा तीन विभागीय टोलीले आफ्नै क्लबका खेलाडीहरु समावेश गरेका छन् भने पुरुषतर्फ कोशी प्रदेश र बुढानिलकण्ठ क्लबले पनि विदेशी खेलाडी राखेको छैन । यस्तै महिलातर्फ सुदूरपश्चिमले पनि विदेशि खेलाडी समावेश गरेको छैन ।

विजेतालाई १० लाख पुरस्कार

यसपटक एनभीए लिग जित्ने टोलीले पाउने पुरस्कार राशीमा पनि वृद्धि गरिएको छ । लिगमा महिला र पुरुष दुवैतर्फ विजेतादेखि अन्य पुरस्कार समान राखिएको छ ।

लिगको दुवै विजेताले १० लाख नगदसहित ट्रफी प्राप्त गर्नेछन् । यस्तै उपविजेताले ५ लाख र तेस्रो हुनेले २ लाख ५० हजार रुपैयाँ पाउनेछन् । नेपाली भलिबल इतिहासमा नेपाल भलिबल संघले आयोजना गर्ने कुनै पनि प्रतियोगितामा यो अहिलेसम्मकै सबैभन्दा ठूलो नगद पुरस्कार हो ।

यस्तै महिला र पुरुषतर्फ सर्वोत्कृष्ट खेलाडीले ६० हजार हात पार्नेछन् भने दुवैतर्फ उत्कृष्ट सर्भर, ब्लकर, लिवेरो, स्पाइकर, सेटर र प्रशिक्षकले ३०-३० हजार प्राप्त गर्नेछन् ।

नवौँ एनभीए लिगमा महिला र पुरुष दुवैतर्फ विजेताले नगद ८ लाख, उपविजेताले ४ लाख र तेस्रो हुनेले २ लाख प्राप्त गरेका थिए भने सर्वोत्कृष्ट खेलाडीले ५० हजार र विधागत उत्कृष्ट सबैले २५ हजार पाएका थिए ।

नवौँ पीएम कप एनभीए लिगमा पुरुषतर्फ हेल्प नेपाल र महिला तर्फ नेपाल पुलिस क्लब च्याम्पियन बनेको थियो ।

Continue Reading

Banner

संघीय संसद् अधिवेशन आह्वान

Published

on

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को नयाँ अधिवेशन आह्वान गरेका छन्।

राष्ट्रपति कार्यालयका अनुसार आगामी वैशाख १७ गते बिहीबार दिउँसो २ बजे सिंहदरबारस्थित संघीय संसद् भवनमा दुवै सदनको बैठक बस्ने गरी अधिवेशन बोलाइएको हो।

यो निर्णय नेपाल सरकार, मन्त्रिपरिषद्को वैशाख ८ गतेको सिफारिसका आधारमा गरिएको जनाइएको छ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक