शिक्षा / स्वास्थ्य
पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघद्वारा आयोजित हस्तलेखनमा लाइटिङ ग्लोबल एकेडेमी र निबन्ध लेखनमा बाल प्रतिभा उत्कृष्ट
विराटचोकः नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ मोरङ २ नम्बर एकाइद्वारा आयोजित हस्तलेखन तथा निबन्धलेखन प्रतियोगिता सम्पन्न भएको छ । गत शनिबार भएको निबन्ध लेखन प्रतियोगिताको नतिजा आज सार्वजनिक गरिएको हो । त्यस्तै आजै भएको हस्तलेखन प्रतियोगिताको नतिजा पनि आजै सार्वजनिक गरी पुरस्कृत गरिएको हो ।

५ कक्षासम्मका विद्यार्थीका लागि भएको प्रतियोगितामा लाइटिङ ग्लोबल एकेडेमी सुन्दरहरैंचा–६की शिक्षा भट्टराई पहिलो भएकी हुन् । ज्ञानज्योति इङ्लिस बोर्डिङ स्कुल सुन्दरहरैंचा– ७ की सञ्जना भुर्तेल दोस्रो भइन् । बालसदन एकेडेमी सुन्दरहरैंचा–९ की दिव्या केसी तेस्रो तथा स्कलर्स होम एकेडेमी सुन्दरहरैंचा–९ की ममता कार्कीले सान्त्वना स्थान हात पारे । प्रतियोगिताको निर्णायकमा अमृतप्रसाद आचार्य, प्रेमप्रसाद भट्टराई र दीपकप्रसाद न्यौपाने रहेका थिए ।
प्रतियोगिताका विजयी विद्यार्थीलाई प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरिएको थियो । हस्तलेखन प्रतियोगितामा सहभागी ३ दर्जन विद्यार्थीमध्ये पुरस्कृत हुने चारै जना छात्रा रहेका छन् । हस्तलेखन प्रतियोगिता नेपाली भाषामा गराइएको थियो । प्रतियोगिताको निर्णायकमा अनिस कार्की र तुलसी दास रहेका थिए ।
६ कक्षादेखि १० कक्षासम्मका विद्यार्थीबीच भएको निबन्धलेखन प्रतियोगितामा बाल प्रतिभा सेकेण्डरी स्कुल सुन्दरहरैंचा–१० की रिया मास्के पहिलो भइन् । शिक्षा निकेतन माध्यमिक विद्यालय सुन्दरहरैंचा–८ की सन्ध्या पौडेल दोस्रो र ब्राइट फ्युचर सेकेण्डरी स्कुल सुन्दरहरैंचा–८ का प्रह्लाद न्यौपाने तेस्रो भए । उनीहरुले पनि नगद पुरस्कार र प्रमाणपत्र पाए । निबन्ध लेखन प्रतियोगितामा १७ जना विद्यार्थी सहभागी थिए ।

पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै सुन्दरहरैंचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले प्रविधिले हस्तलेखनलाई ओझेलमा पारे पनि यस्ता प्रतियोगिताले हस्तलेखनलाई सहयोग पुग्ने बताए । कोभिड महामारीपछि सुन्दरहरैंचाको शिक्षा क्षेत्रमा सुधारका कार्यक्रम उल्लेख्य मात्रामा भएको बताउँदै नगरप्रमुख ढकालले सामुदायिक र संस्थागत विद्यालयलाई सँगसँगै लैजान नगरपालिका प्रयासरत भएको बताए । नगरको प्रयासलाई विद्यालय, पुस्तक प्रकाशन गृह, पुस्तक व्यवसायी, शिक्षक, अभिभावक सबैको सहयोग रहेको उनले जनाए ।
१२ कक्षासम्मको शिक्षाको व्यवस्थापन गर्ने जिम्मा दिने नीति सकारात्मक रहेको बताउँदै सुन्दरहरैंचामा स्थानीय पाठ्यक्रम लागू गर्न नगरपालिकाले काम गरिरहेको बताए । स्थानीय तहको शिक्षाको अवस्था जनप्रतिनिधिले मात्रै बुझ्ने उनको भनाइ थियो । शिक्षामा सुधार ल्याउन अझै केही चिन्तन र सोचको खाँचो रहेको उनले औँल्याए । यस वर्ष ७ वटा सामुदायिक विद्यालयमा स्मार्ट कक्षा सञ्चालन हुने पनि उनले जानकारी दिए ।

कार्यक्रममा बोल्दै महासंघका प्रदेश अध्यक्ष रञ्जन शर्माले विद्यालय र पुस्तक व्यवसायीबीच समन्वय गर्न यस्ता कार्यक्रम सहयोग हुने बताए । निबन्ध लेखनमा अपेक्षाकृत सहभागिता हुन नसके पनि उल्लेख्य सहभागिता रहेको उनको भनाइ थियो ।
महासंघका केन्द्रीय उपाध्यक्ष सञ्जीव सत्यालले आयोजक संस्थाको उत्कृष्ट कार्यको प्रशंसा गरे ।
प्याब्सन मोरङका सहसचिव मनोज रेग्मीले पुस्तक व्यवसायी, प्रकाशन गृह, शिक्षक, विद्यार्थी सबैलाई जोड्न महासंघको यो कार्यक्रम सफल भएको धारणा राखे । सुन्दरहरैंचाका विद्यालय र नगरप्रमुखबीच बारम्बार हुने छलफल र सहकार्यले नगरमा शिक्षा क्षेत्रको विकासमा टेवा पुगेको उनको भनाइ थियो ।

निबन्ध लेखन प्रतियोगिताका निर्णायक अमृतप्रसाद आचार्यले निबन्धलेखन प्रतियोगिताको व्यवस्थापन उत्कृष्ट भएको बताए । निबन्ध लेखिएको कागजमा प्रतियोगीको नाम र विद्यालय चिनाउने कुनै संकेत नराखी कोण नम्बर दिएर पठाइएको हुनाले प्रतियोगितामा विजयी हुने विद्यार्थीको नाम मूल्याङ्कनर्तालाई नै थाहा नहुने गरी गरिएको व्यवस्थापनको उनले खुलेर प्रशंसा गरे ।
कार्यक्रम गर्नुको औचित्य महासंघका मोरङ अध्यक्ष दिवाकर भट्टराईले गरेका थिए । महासंघको २ नम्बर एकाइ अध्यक्ष चुडामणि घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासंघका जिल्ला सचिव दुर्गाप्रसाद घिमिरेले गरेका थिए ।
कार्यक्रममा कोसेली प्रकाशन, प्रसिद्ध पब्लिकेसन, आठराई पब्लिकेसनलगायतका विभिन्न प्रकाशन गृहका प्रतिनिधि पनि उपस्थित थिए ।
https://www.facebook.com/NispakshyaKhabarDotCom/photos/pcb.688919262552557/688917565886060
पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको आयोजनामा निबन्ध लेखन प्रतियोगिता सम्पन्न


Facebook Comment
Banner
कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए
नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।
निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।
यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।
पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।
१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login