अपराध
अपहरणमा ‘उन्मुक्ति’ पाएका अजयले गरे नाबालिकाको बलात्कारपछि हत्या
काठमाडौंः गत वर्ष फागुन महिनामा भएको एउटा अपराधलाई नजरअन्दाज गर्दा मोरङमा १६ महिने नाबालिकाले ज्यान गुमाउनु परेको छ ।
मोरङको सुन्दरहरैंचामा १३ फागुन २०७७ मा दुई वर्षीया बालिकाको अपहरण गरेका अजय चौधरीलाई पीडितका आफन्तले ‘छाडिदिँदा’ अर्को गम्भीर घटना भएको हो ।
अपहरणको मुद्दामा पीडित परिवारले दिएको कमजोर बयान र परिस्थितिजन्य प्रमाण पर्याप्त नहुँदा १६ मंसिर २०७८ मा जिल्ला कारागार, मोरङबाट छुटेका चौधरी फेरि अर्को महिना फागुनमा उस्तै शैलीबाट गम्भिर प्रकृतिको अपराधमा संलग्न भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय, मोरङका प्रमुख एसपी जनार्दन जिसीका अनुुसार २७ फागुन शुक्रबारको दिन उनै चौधरीले सोही नगरपालिकाको वडा नंं ७, गणेशपुरकी १६ महिने नाबालिकाको अपहरण र बलात्कारपछि हत्या गरेका छन् ।
घटनामा चौधरीका दाइ मिथुनको पनि संलग्नता देखिएपछि दुवै जनालाई पक्राउ गरिएको एसपी जिसीले अनलाइनखबरलाई बताए । ‘हिजो अपहरण हुँदा उनले अरु केही गर्न नपाई उद्दार भएको रहेछ, पीडितको परिवारले पनि बच्ची पायौं, छिमेकी हुन् भनेर त्यतिधेरै जोड गरेनछन्’ उनले भने, ‘तर चौधरीको मनोबल बढेपछि छुट्ने वित्तिकै उस्तै अपराधमा संलग्न भइहाले ।’
प्रहरीका अनुसार गत शुक्रबार बेलुकी साढे ५ बजे १६ महिने बालिका घरबाट खेल्दै गरेको अवस्थामा अचानक हराइन् । ‘पहिले उनी आमासँगै आँगनमा बसिरहेकी थिइन्, आमाभित्र गएका बेला चौधरीले बालिकालाई लगेको पाइएको छ’ जिसीले भने, ‘उनले बालिकालाई फकाउन चकलेट दिएको पाइएको छ ।’
जिसीका अनुसार उनी दिउँसो ३ बजेतिर गछिया खोलामा बालुवा चाल्दै गर्दा दाजुभाइको भेट भएको थियो । ‘केही समय भेटघाट र गफ भएपछि केरा बगानमा गएर गाँजा खाएको पाइएको छ’ उनले भने, ‘गाँजा खाएपछि अजयले केटी लिएर आउँछ भनेर हिँडेको बयानमा खुलेको छ ।’ त्यसक्रममा पहिले पनि घरमा एक्लै देख्ने गरेकाले आफू ती बालिकाको घरमा गएको अजयले बयान दिएका छन् ।

पहिले भाइ र दाजुले क्रमैसँग नाबालिकालाई करणी गरेको पाइएको प्रहरी बताउँछ । जिल्ला प्रहरी कार्यालय, मोरङका डीएसपी मञ्जिल मुकारुङका अनुसार करणी गर्ने क्रममा पीडित रुन थालेपछि पोल खुल्ने डरले उनीहरुले बोतल र ढुंगाले टाउकोमा हानेको पाइएको छ । ‘हानेर भागिसकेपछि बच्चीको आवाज सुनेर घरबाट खोज्दै आफन्तहरु आइपुगेछन्’ उनले भने, ‘आफन्तले उद्दार गरेर स्थानीय मेडिकलमा लगेका थिए, त्यहाँबाट गछियास्थित स्थानीय अस्पताल हुँदो नोबेल मेडिकल कलेज बिराटनगर लगिएको थियो ।’
तर राति १२ बजे उनको उपचारका क्रममा मृत्यु भएको डीएसपी मुकारुङले बताए । चौधरीद्वय चाहिँ आक्रमणपछि घटनास्थलबाट केही सयमिटर पर रहेको एक भट्टीमा गएर रक्सी खाएको पाइएको प्रहरी बताउँछ ।
नदी नजिक सुनसान स्थानमा घटना भएकाले प्रहरी अनुसन्धानका लागि घटनास्थल चुनौतिपूर्ण थियो । क्लोज सर्किट (सीसी) क्यामरा कतै हुने कुरा भएन भने प्रविधिको प्रयोग हुने अवस्था पनि थिएन । ‘यो घटना मूलतः म्यानुअल अनुसन्धानबाटै सल्भ भएको हो’ एक अनुसन्धान अधिकृत भन्छन्, ‘बच्ची ५ः३० बाट हराएकी थिइन्, ६ः३० मा भेटिएको थियो । त्यही समयलाई आधार बनाएर अनुसन्धान थालिएको थियो ।’
सुनसान ठाउँतिर आउजाने व्यक्ति थोरै हुने भएकाले प्रहरीले त्यस्ता शंकास्पद व्यक्तिको सूची बनाएर अनुसन्धान थालेको थियो । त्यसक्रममा प्राविधिक पक्षको विश्लेषण पनि भइरहेको थियो । बिटीएस लोकेसको आधारमा पनि प्रहरीले नम्बरहरु केलाइरहेको थियो । ‘त्यहीबीच चौधरीको विगत पनि शंकास्पद देखियो, फेरि अपराधको शैली पनि उनको पुरानो शैलीसँग मिल्दोजुल्दो थियो’ जिल्ला प्रहरी कार्यालय, मोरङका एक अधिकृत भन्छन्, ‘नभन्दै उनले कसूर पनि स्वीकारे ।’
प्रहरीका अनुसार मृतकको शवलाई पोष्टमार्टमका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको छ । पोष्टमार्टमको प्रतिवेदन आइसकेको छैन । प्रारम्भिक विवरणमा चाहिँ नाबालिकाको टाउकोमा कानभन्दा माथि बायाँ र दायाँ दुवैतिर गम्भीर चोट देखिएको छ । – अनलाइन खबरबाट
Facebook Comment
Banner
नाइमा अटो शो सकियो, ३ हजार २ सयभन्दा बढी गाडी बुकिङ
२६ साउनदेखि सुरु भएको नाइमा नेपाल मोबिलिटी एक्सपो, २०२६ आज औपचारिक रूपमा समापन भएको छ । नेपाल अटोमोबाइल इम्पोटर्स एन्ड म्यानुफ्याक्चरिङ एसोसिएसन (नाइमा) ले आयोजना गरेको दोस्रो संस्करणको अटो एक्सपो भव्यताका साथ सम्पन्न भएको जनाएको छ ।
२६ साउनदेखि ३१ साउनसम्म ६ दिनसम्म चलेको अटो शोमा १ लाख ७० हजारभन्दा बढी अवलोकनकर्ताहरूले प्रदर्शनीको अवलोकन गरेको दाबी गरिएको छ ।
‘नाइमा मोबिलिटी एक्सपो सोचेभन्दा राम्रो र सफल भयो,’ नाइमाकी अध्यक्ष रितुसिंह वैद्यले भनिन् । बर्खाको सिजन पानी पर्दा पनि अवलोकनकर्ताहरूको उत्साह उल्लेखनीय रहेको अध्यक्ष वैद्यको भनाइ छ ।
यसैगरी, नाइमा एक्सपोको संयोजकसमेत रहेका नाइमा बोर्ड सदस्य गौरव सारडाले अघिल्लो वर्षको एक्सपो भन्दा पनि यसपटक विशेष र उत्साहपूर्ण रहेको जानकारी दिए । एक्सपो संयोजन र व्यवस्थापनमा निकै थकान भए पनि सफलताले असीमित खुसी दिएको उनले बताए ।
यसैगरी, नाइमाका बोर्ड सदस्यसमेत रहेका लक्ष्मी ग्रुपका प्रमुख निराकार श्रेष्ठले एक्सपोमा उल्लेख्य मात्रामा अवलोकनकर्ताको आगमन भएको र गाडीको बुकिङ भएको बताए । उनले भने, ‘एक्सपोमा असीमित उत्साह मिलेको छ । अवलोकनकर्ताहरूको उत्साहप्रद सहभागिता अन्तिम दिनसम्मै रहर्यो । ६ दिनसम्मको शोमा उल्लेखनीय रूपमा गाडीहरूको बुकिङ भएका छन् । अब यसलाई सेल्समा कन्भर्ट गर्न कति सकिन्छ, हेरौँ ।’
यसैगरी, नाइमा बोर्ड सदस्य एवं व्यवसायी आकाश गोल्छाले अटो शोमा यसपटक अनपेक्षित उत्साह मिलेको बताए । सस्तादेखि महँगा गाडी हेर्ने मात्र नभएर बुकिङसमेत हुँदा आफू खुसी भएको उनले बताए ।
६ दिनको अटो शोमा कति भयो बिजनेस ?
नाइमा एक्सपोको अन्तिम दिन अर्थात् ३१ साउनको बेलुका सहभागी कम्पनी तथा ब्रान्डहरूले उपलब्ध गराएको तथ्यांकअनुसार चार पाङ्ग्रे सवारीतर्फ ३ हजार २ सयभन्दा बढी गाडीको बुकिङ भएको छ । उपलब्ध ब्रान्डका गाडीहरूको बुकिङ संख्या ३ हजार २९० रहेको दाबी गरिएको छ ।
यसैगरी दुई पाङ्ग्रेतर्फ १ हजार १८० भन्दामाथिको बुकिङ तथा बिक्री भएको कम्पनीहरूले दाबी गरेका छन् ।
Banner
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने मधेस र कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा कोशी, लुम्बिनी र कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराईका केही स्थान र मधेश प्रदेश तथा सुदूरपश्चिमको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
त्यसैगरी आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थान मधेस तथा कर्णाली पहाडी भूभागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुहुन र विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन महाशाखाको अनुरोध छ । रासस
Banner
मनसुनी वायुको प्रभाव: देशका केही स्थानमा भारी वर्षाको सम्भावना
हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ ।
विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
विभागद्वारा मौसम ‘बुलेटिन’का अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, मधेस प्रदेश तथा कर्णाली पहाडी भू–भागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login