अपराध
अपहरणमा ‘उन्मुक्ति’ पाएका अजयले गरे नाबालिकाको बलात्कारपछि हत्या
काठमाडौंः गत वर्ष फागुन महिनामा भएको एउटा अपराधलाई नजरअन्दाज गर्दा मोरङमा १६ महिने नाबालिकाले ज्यान गुमाउनु परेको छ ।
मोरङको सुन्दरहरैंचामा १३ फागुन २०७७ मा दुई वर्षीया बालिकाको अपहरण गरेका अजय चौधरीलाई पीडितका आफन्तले ‘छाडिदिँदा’ अर्को गम्भीर घटना भएको हो ।
अपहरणको मुद्दामा पीडित परिवारले दिएको कमजोर बयान र परिस्थितिजन्य प्रमाण पर्याप्त नहुँदा १६ मंसिर २०७८ मा जिल्ला कारागार, मोरङबाट छुटेका चौधरी फेरि अर्को महिना फागुनमा उस्तै शैलीबाट गम्भिर प्रकृतिको अपराधमा संलग्न भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय, मोरङका प्रमुख एसपी जनार्दन जिसीका अनुुसार २७ फागुन शुक्रबारको दिन उनै चौधरीले सोही नगरपालिकाको वडा नंं ७, गणेशपुरकी १६ महिने नाबालिकाको अपहरण र बलात्कारपछि हत्या गरेका छन् ।
घटनामा चौधरीका दाइ मिथुनको पनि संलग्नता देखिएपछि दुवै जनालाई पक्राउ गरिएको एसपी जिसीले अनलाइनखबरलाई बताए । ‘हिजो अपहरण हुँदा उनले अरु केही गर्न नपाई उद्दार भएको रहेछ, पीडितको परिवारले पनि बच्ची पायौं, छिमेकी हुन् भनेर त्यतिधेरै जोड गरेनछन्’ उनले भने, ‘तर चौधरीको मनोबल बढेपछि छुट्ने वित्तिकै उस्तै अपराधमा संलग्न भइहाले ।’
प्रहरीका अनुसार गत शुक्रबार बेलुकी साढे ५ बजे १६ महिने बालिका घरबाट खेल्दै गरेको अवस्थामा अचानक हराइन् । ‘पहिले उनी आमासँगै आँगनमा बसिरहेकी थिइन्, आमाभित्र गएका बेला चौधरीले बालिकालाई लगेको पाइएको छ’ जिसीले भने, ‘उनले बालिकालाई फकाउन चकलेट दिएको पाइएको छ ।’
जिसीका अनुसार उनी दिउँसो ३ बजेतिर गछिया खोलामा बालुवा चाल्दै गर्दा दाजुभाइको भेट भएको थियो । ‘केही समय भेटघाट र गफ भएपछि केरा बगानमा गएर गाँजा खाएको पाइएको छ’ उनले भने, ‘गाँजा खाएपछि अजयले केटी लिएर आउँछ भनेर हिँडेको बयानमा खुलेको छ ।’ त्यसक्रममा पहिले पनि घरमा एक्लै देख्ने गरेकाले आफू ती बालिकाको घरमा गएको अजयले बयान दिएका छन् ।

पहिले भाइ र दाजुले क्रमैसँग नाबालिकालाई करणी गरेको पाइएको प्रहरी बताउँछ । जिल्ला प्रहरी कार्यालय, मोरङका डीएसपी मञ्जिल मुकारुङका अनुसार करणी गर्ने क्रममा पीडित रुन थालेपछि पोल खुल्ने डरले उनीहरुले बोतल र ढुंगाले टाउकोमा हानेको पाइएको छ । ‘हानेर भागिसकेपछि बच्चीको आवाज सुनेर घरबाट खोज्दै आफन्तहरु आइपुगेछन्’ उनले भने, ‘आफन्तले उद्दार गरेर स्थानीय मेडिकलमा लगेका थिए, त्यहाँबाट गछियास्थित स्थानीय अस्पताल हुँदो नोबेल मेडिकल कलेज बिराटनगर लगिएको थियो ।’
तर राति १२ बजे उनको उपचारका क्रममा मृत्यु भएको डीएसपी मुकारुङले बताए । चौधरीद्वय चाहिँ आक्रमणपछि घटनास्थलबाट केही सयमिटर पर रहेको एक भट्टीमा गएर रक्सी खाएको पाइएको प्रहरी बताउँछ ।
नदी नजिक सुनसान स्थानमा घटना भएकाले प्रहरी अनुसन्धानका लागि घटनास्थल चुनौतिपूर्ण थियो । क्लोज सर्किट (सीसी) क्यामरा कतै हुने कुरा भएन भने प्रविधिको प्रयोग हुने अवस्था पनि थिएन । ‘यो घटना मूलतः म्यानुअल अनुसन्धानबाटै सल्भ भएको हो’ एक अनुसन्धान अधिकृत भन्छन्, ‘बच्ची ५ः३० बाट हराएकी थिइन्, ६ः३० मा भेटिएको थियो । त्यही समयलाई आधार बनाएर अनुसन्धान थालिएको थियो ।’
सुनसान ठाउँतिर आउजाने व्यक्ति थोरै हुने भएकाले प्रहरीले त्यस्ता शंकास्पद व्यक्तिको सूची बनाएर अनुसन्धान थालेको थियो । त्यसक्रममा प्राविधिक पक्षको विश्लेषण पनि भइरहेको थियो । बिटीएस लोकेसको आधारमा पनि प्रहरीले नम्बरहरु केलाइरहेको थियो । ‘त्यहीबीच चौधरीको विगत पनि शंकास्पद देखियो, फेरि अपराधको शैली पनि उनको पुरानो शैलीसँग मिल्दोजुल्दो थियो’ जिल्ला प्रहरी कार्यालय, मोरङका एक अधिकृत भन्छन्, ‘नभन्दै उनले कसूर पनि स्वीकारे ।’
प्रहरीका अनुसार मृतकको शवलाई पोष्टमार्टमका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको छ । पोष्टमार्टमको प्रतिवेदन आइसकेको छैन । प्रारम्भिक विवरणमा चाहिँ नाबालिकाको टाउकोमा कानभन्दा माथि बायाँ र दायाँ दुवैतिर गम्भीर चोट देखिएको छ । – अनलाइन खबरबाट
Facebook Comment
Banner
कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए
नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।
निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।
यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।
पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।
१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login