Connect with us
Advertisement

प्रथम बागमती प्रदेश खेलकुदमा ५ खेल सम्पन्न, ३ खेल बाँकी

Published

on

काठमााडौंः प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिताका ८ खेलमध्ये ५ खेल सम्पन्न भएका छन् । कराते, बक्सिङ र महिला फुटबलको फाइनल चरणका खेल हुन बाँकी रहेका छन् ।

अन्य खेलमध्ये २ सय मिटर दौडमा चितवनका शेखर उप्रेती र भक्तपुरकी स्वागता खाइजू पहिलो भएका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पुरुषतर्फ शेखरले निर्धारित दूरी २३.६१ सेकेन्डमा पूरा गरे । मकवानपुरका सन्देश राई दोस्रो तथा सिन्धुलीका कर्णवीर अधिकारी तेस्रो भए । महिलामा स्वागताले २८.८९ सेकेन्डमा दूरी तय गरिन् । ललितपुरकी रजिना दुलाल दोस्रो र भक्तपुरकी प्रकृति सुवाल तेस्रो भए ।

स्वागताले त्रिपल जम्पमा पनि स्वर्ण जितिन् । स्वागताले ९.७६ मिटर फाल फालिन् । चितवनकी आशिका गुरुङले रजत तथा दोलखाकी पसलेकी शेर्पाले कांस्य हात पारे । सो स्पर्धाको पुरुषमा चितवनका भुवन महतो १३.३८ मिटर फाल हानेर पहिलो भए । चितवनकै सुजित दराईं दोस्रो तथा रामेछापका मनोज श्रेष्ठ तेस्रो भए ।

पुरुष हाफ म्याराथनमा काठमाडौंका धर्म महर्जन पहिलो भए । उनले १ घण्टा २० मिनेट २० सेकेन्डको समय निकाले । धादिङका श्रीलाल तामाङ दोस्रो तथा धादिङकै आशिषकुमार तामाङ तेस्रो भए । उक्त स्पर्धाको महिलामा निर्धारित दूरी १ घण्टा ४८ मिनेट ४७ सेकेन्डमा सकेर धादिङकी लक्ष्मी थापाले शीर्ष स्थान कब्जा गरिन् । भक्तपुरकी रेस्टिना सितिखु दोस्रो तथा धादिङकै तिलमाया तामाङ तेस्रो भए ।

पुरुष डिस्कस थ्रोमा चितवनका जन्नुराम चौधरीले २८.७६ मिटर टाढा फाल्दै पहिलो स्थान हात पारे । चितवनकै दीपेश महतो दोस्रो तथा धादिङका राजेन्द्र लम्साल तेस्रो भए । सोही स्पर्धाको महिलातर्फको खेलमा १६.९७ मिटर टाढा फालेकी अनिता कार्कीले स्वर्ण चुमिन् । नुवाकोटकी रोजना राईले रजत तथा रामेछापकी पूजा तामाङले कांस्य हात पारिन् ।

पुरुष ४ गुणा ४ सय मिटर रिलेमा चितवन पहिलो, सिन्धुली दोस्रो र मकवानपुर तेस्रो भए । सो रिलेको महिलामा भक्तपुर, दोलखा र चितवनले क्रमशः शीर्ष तीन स्थान हात पारे ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइरालालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरेका थिए ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए

Published

on

नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।

निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।

यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।

पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।

१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह

Continue Reading

Banner

चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल

Published

on

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।

खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।

Continue Reading

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक