Connect with us
Advertisement

सुन्दरहरैंचाका साहित्यकारहरुको कविता संग्रह ‘सुन्दरहरैंचा दर्पण’ लोकार्पित

Published

on

विराटचोकः सुन्दरहरैंचाका ३० जना कविहरुको कविता संग्रह सुन्दरहरैंचा दर्पण लोकार्पण भएको छ । कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकाल, विशिष्ट अतिथि प्रा.डा. टङ्कप्रसाद न्यौपाने तथा अतिथिहरु डा. दिवाकर रेग्मी, दधिराज सुवेदी, डा. भोलानाथ पोखरेल, आचार्य अ, मोहनप्रसाद काफ्ले, बम देवान, गायक रामा मण्डल तथा लक्ष्मी सिर्जन बजगाईँलगायतले संयुक्त रुपमा सङ्ग्रहको लोकार्पण गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले साहित्यकारसँग आफ्नो न नजिकको न टाढाको सम्बन्ध रहेको बताए । साहित्यको महत्वलाई बुझाएर सुन्दरहरैंचाले स्थानीय पाठ्यक्रममा कला साहित्यलाई पनि समावेश गराएको उनको भनाइ थियो ।

भाषाविद् प्रा. डा. टङ्क न्यौपानेले स्थानीय सरकारले साहित्यिक संस्थालाई स्वायत्त छोड्न नचाहने हुनाले स्थानीय स्तरमा प्रज्ञा प्रतिष्ठानको महत्व नहुने बताए । जनगणनामा भाषिक तथ्याङ्क नै गलत आउने गरेको उनको भनाइ थियो । नेपालमा संस्कृत र अङ्ग्रेजी मातृभाषा भएका मानिस नभए पनि तथ्याङ्कमा ती मातृभाषी रहेको पाइने गरेको उनले औँल्याए ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै संस्थाका सल्लाहकार आचार्य अ ले संस्था जन्मिएको १ वर्ष नहुँदै राम्रो कामको शुरुवात गरेको बताए । नाटकसम्बन्धी अधिगोष्ठी पनि साहित्यिक संस्थाले गर्नुपर्ने उनको सुझाव थियो ।

प्राज्ञ दधिराज सुवेदीले साहित्यिक रचनाले पाठकलाई पूर्ण अनुभूति र सन्तुष्टि दिन सक्नुपर्ने बताए ।

डा. दिवाकर रेग्मीले लोकार्पित पुस्तकमाथि समीक्षा गरेका थिए । कविता नभएको भए सभ्यताको विकास असम्भव रहेको उनको भनाइ थियो ।

कार्यक्रममा रोहिणी रसिक, बम देवान, पशुपति पराजुली, चन्द्र सम्बाहाम्फे, लक्ष्मी अच्युत ढुङ्गानालगायतले आफ्ना सिर्जना वाचन गरेका थिए ।

कार्यक्रममा साहित्यकार मोहनप्रसाद काफ्ले तथा गायक तथा संगीतकारद्वय रामा मण्डल र लक्ष्मी सृजन बजगाईँलार्य सम्मान गरिएको थियो ।

सुन्दरहरैंचा कला साहित्य विकास समितिका अध्यक्ष छवि वैरागी घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नझरेका फूलहरुका प्रस्तोता केपी घिमिरेले गरेका थिए । कार्यक्रम आयोजक सुन्दरहरैंचा कला साहित्य विकास समितिका उपाध्यक्ष दीपक न्यौपानेले कार्यक्रममा स्वागत मन्तव्य राखेका थिए ।

 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

ओमानमाथि नेपाल ‘ए’ को सानदार जित

Published

on

नेपाल ‘ए’ टोलीले दोस्रो अभ्यास खेलमा ओमानलाई ११५ रनको फराकिलो जित हात पारेको छ ।

ब्याटिङ र बलिङ दुवै क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले शुक्रबार मूलपानीस्थित माथिल्लो क्रिकेट मैदानमा भएको खेलमा जित निकाल्दै दुई खेलको शृङ्खला १0१ को बराबरीमा गरेको हो ।

यसअघि बिहीबार भएको पहिलो खेलमा ओमानले नेपाल ‘ए’ लाई ७० रनले पराजित गरेको थियो । विश्वकप लिग–२ को तयारीमा रहेको ओमानले नेपाल ‘ए’ सँग अभ्यास खेल खेलेको हो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ‘ए’ ले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २८४ रनको बलियो योगफल तयार पारेको थियो । नेपालका लागि ‘प्लेयर अफ द म्याच’ इशान पाण्डेले ७८ बलमा ६ चौकाको मद्दतले सर्वाधिक ६९ रनको योगदान दिए । यस्तै, देव खनालले ९५ बलमा ६४ रन र कुशल मल्लले ३२ बलमा ५७ रनको आक्रामक पारी खेल्नुभयो । ओमानका जितेनकुमार रमानन्दीले २ विकेट लिए ।

२८५ रनको लक्ष्य पछ्याएको ओमान ३६.३ ओभरमा १६९ रनमै अलआउट भयो । ओमानका लागि मुजिबुर अलीले सर्वाधिक ४३ रन जोड्नुभयो भने रमानन्दीले २४ र विनायक शुक्लले २१ रन बनाए । ओमानलाई सस्तैमा समेट्न नेपालका युवराज खत्रीले घातक बलिङ गर्दै ३ विकेट लिनुभयो । उहाँले ६ ओभरमा १ मेडन राख्दै २४ रन खर्चिए।

त्यस्तै, हेमन्त धामी, आकाश चन्द र शेर मल्लले समान २-२ विकेट लिए भने सन्तोष यादवले १ विकेट लिए । ओमानले लिग-२ अन्तर्गत सोमबार युएई र बुधबार नेपालको राष्ट्रिय टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

Continue Reading

Banner

लगातार तेस्रो दिन सुनचाँदीको भाउ घट्यो

Published

on

सुनचाँदीको भाउ लगातार तेस्रो दिन आज पनि घटेको छ । बुधबारदेखि सुन चाँदीको भाउ लगातार घट्दै आएको हो ।

सुनको भाउ आज तोलामा २ हजार २००  रुपैयाँ घटेर २ लाख ९६ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज चाँदीको भाउ ७५ रुपैयाँले घटेर तोलाको चार हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Continue Reading

Banner

कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दै

Published

on

नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि शुक्रबार निर्वाचन प्रक्रिया अघि बढाउँदै छ। पार्टीले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी दर्ता बिहान ११ देखि १२ बजेसम्म हुनेछ भने मतदान साँझ ५ बजेसम्म सम्पन्न गरिने छ ।

दलको नेतृत्वका लागि अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन्। यस्तै मोहन आचार्यदेखि निष्कल राईसम्मका नाम पनि सम्भावित उम्मेदवारका रूपमा चर्चामा छन्।

प्रतिनिधि सभामा नेपाली कांग्रेसका ३८ सांसद छन्, जसले दलको नेता चयनका लागि मतदान गर्नेछन्।

पार्टीभित्रको आन्तरिक मतभेदका कारण ढिलाइ हुँदै आएको नेतृत्व चयन प्रक्रिया हाल औपचारिक रूपमा अघि बढाइएको हो। सर्वोच्च अदालतले सभापति गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि संसदीय दलको निर्वाचन प्रक्रिया अघि बढेको हो।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक