शेयर
बीमा कम्पनीको पूँजी वृद्धि गर्ने निर्णयले पनि शेयर बजारमा परेन सकारात्मक प्रभाव
विराटचोकः बीमा कम्पनीको पूँजी वृद्धिको समाचार आएपछि आइतबार बजार उच्च अंकले बढ्ने र बीमा कम्पनीमा लगानीकर्ताको आकर्षण बढ्ने अनुमान थियो । तर बजार उच्च अंकले बढ्नुको साटो घट्यो । यद्यपि लगानीकर्ताको आकर्षण भने बीमा कम्पनीमा नै रह्यो ।
आइतबार बजार ४१.४१ अंकले ओरालो पनि कारोबार रकम भने बढेको छ र उच्च कारोबार गर्ने १० कम्पनीमध्ये पहिलो बाहेक बाँकी सबै बीमा कम्पनी रहेका छ । हकप्रदका लागि शेयर किन्ने अन्तिम दिन भएकाले अपि पावरको सबैभन्दा धेरै कारोबार भएर अग्र स्थानमा रहेको छ । उच्च कारोबार गर्ने १० मध्ये बाँकी ९ कम्पनी बीमा क्षेत्रका कम्पनी छन् ।
आइतबार निर्जीवन बीमा समूह मात्रै १.०९ प्रतिशतले उकालो लागेको छ । बाँकी १२ वटा समूहमा रातो पोतिएको छ । अन्य समूह सर्वाधिक ४.३६ प्रतिशतले ओरालो लागेको छ । विकास बैंक समूह ३.१७ प्रतिशतले घट्दा बैंकिङ समूहमा १.२५ प्रतिशतको गिरावट आएको छ ।
नेप्सेमा सूचीकृतमध्ये २ सय ३२ कम्पनीको ८९ लाख २३ हजार १४ कित्ता शेयर ६२ हजार १ सय ६४ पटक किनबेच भएको छ । ४ अर्ब ९८ करोड ९५ लाख १४ हजार ४ सय १५ रुपैयाँको शेयर किनबेच हुँदा अपि पावरको सर्वाधिक २७ करोड ५६ लाख ७४ हजार ३ सय ९३ रुपैयाँको शेयर कारोबार भएको छ ।
उच्च कारोबार गर्ने अन्य कम्पनीमा गुराँस लाइफ इन्स्योरेन्स, एभरेस्ट इन्स्योरेन्स, सूर्या लाइफ इन्स्योरेन्स, प्रभु इन्स्योरेन्सको संस्थापक शेयर, लाइफ इन्स्योरेन्स कर्पोरेसन, युनियन लाइफ इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स रहेका छन् ।
बजार घटे पनि जीवन विकास लघुवित्त, इमर्जिङ नेपाल, राष्ट्र उत्थान लघुवित्त, सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्सको शेयरभाउ १० प्रतिशतले बढ्दा प्रभु लाइफ इन्स्योरेन्सको शेयरमूल्य पनि ८ प्रतिशतले बढेको छ ।
मल्टीपर्पस फाइनान्स र नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य ५ प्रतिशतभन्दा बढीले ओरालो लाग्दा नेरुडे लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य पनि ५ प्रतिशत हाराहारीले ओरालो लागेको छ ।
Facebook Comment
Banner
कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए
नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।
निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।
यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।
पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।
१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login