Connect with us
Advertisement

 कमजोर अर्थतन्त्रका कारण उद्योग बन्द गर्ने अवस्था आयो: चण्डीराज ढकाल

Published

on

विराटचोकः नेपालको कमजोर अर्थतन्त्रका कारण चलिरहेका उद्योग बन्द गरेर बस्ने अवस्था आएको नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालले बताएका छन् । सुन्दरहरैंचा उद्योग वाणिज्य संघको साधारण सभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

शनिबार भएको संघको १० औँ वार्षिक साधारणभामा ढकालले स्थानीय सरकारसँग समन्वय गरेर बनाइएका सार्वजनिक शौचालयको प्रशंसा समेत गरे । नेपालको निजी क्षेत्रको महासंघ भए पनि यसले अहिले केही गर्न नसकेको उनको भनाइ थियो । सुन्दरहरैंचा उद्योग वाणिज्य संघलाई महासंघको सदस्यता प्रदान गर्न आफूले सक्दो सहयोग गर्ने र ३ महिना भित्रैमा सदस्यता दिलाउन पहल गर्ने उनले बताए । कामका आधारमा यो संस्थालाई सदस्यता दिन कसैले रोक्न नसक्ने उनको धारणा रहेको थियो ।

सुन्दरहरैंचालाई उद्योग ग्रामको रुपमा विकास गर्ने कुरामा आफ्नो सहयोग रहने समेत उनले बताए । ढकालले उत्पादनशील उद्योगहरुलाई अगाडि बढाउनुको सट्टा सुपारी, केराउ जस्ता अनुत्पादक क्षेत्रमा लगानी गर्ने सरकारको निर्णयले आज नेपालमा रोजगारी गुमाएर अर्थतन्त्र कमजोर हुनुको साथै चलिरहेको उद्योग बन्द गरेर बस्ने अवस्था आएको बताए ।

ढकालले भने, ‘नेपाल उद्योग वाणिज्य महासंघले अहिले प्रेस विज्ञप्ती जारी गर्ने भन्दा कुनै काम गर्न नसकेकाले नेपालको अर्थतन्त्र कमजोर हुन पुगेको हो ।’ नेतृत्व परिपक्व नहँुदा यो अवस्था आएको उनको आरोप थियो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष किशोर प्रधानले सही नेतृत्वको चयन गर्ने परम्पराको विकास गर्न नसकेको बताए । वास्तवमा दुःख बुझेर,

साना तथा मझौला उद्योगलाई विकास गरेर ठूला बनाउने व्यक्तिलाई छनोट गर्ने व्यवस्था नभएको र ठूूला उद्योगलाई हातमा लिएर अघि बढाउने परम्पराले सक्षम व्यक्तिको नेतृत्व लिन नसकिएको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व गतिविहीन भएको उनको भनाइ थियो । अहिले हरेक क्षेत्रमा चाप्लुसी गर्ने परम्पराले नेपाल उद्योग वाणिज्य महासंघको अस्तित्व

समाप्त हुने अवस्थामा पुगेको उनले औँल्याए ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

फिफा विश्वकप २०२६ : कुन टोली कुन समूहमा ?

Published

on

२३औँ संस्करणको फिफा पुरुष विश्वकप आउँदो जुन ११ देखि जुलाई १९ सम्म आयोजना हुँदैछ।

तीन राष्ट्रले आयोजना गर्न लागेको उक्त विश्वकपमा अहिलेसम्मकै सबैभन्दा ठूलो फिफा विश्वकप हुनेछ। क्यानडा, मेक्सिको र संयुक्त राज्य अमेरिकामा खेलहरू हुन्छ। ३९ दिने प्रतियोगितामा ४८ राष्ट्रहरूले सहभागिता जनाउँदै छन्।

३२ वर्षपछि उत्तर अमेरिकाले विश्वकप आयोजना गर्न लागेको हो। तीन देशको १६ रगंशालमा १०४ खेलहरू आयोजना हुने छन्।

फिफा विश्वकपको उद्घाटन खेल मेक्सिककाे सिटीमा रहेको एस्टाडियो एज्टेका रगंशालमा हुनेछ भने विश्वकपको फाइनल खेल अमेरिकाको न्यूयोर्कमा रहेको मेटलाइफ स्टेडियममा हुनेछ।

यस्तो छ समूह

यस पटक कुल ४८ राष्ट्रले विश्वकपमा सहभागिता जनाइरहँदा टोलीहरूलाई १२ समूहमा विभाजन गरिएको छ, जहाँ हरेक समूहमा कुल ४ टोली रहेका छन्। समूह ‘ए’मा आयोजक मेक्सिकोसहित दक्षिण अफ्रिका, दक्षिण कोरिया र चेक रिपब्लिका रहेका छन्।

त्यस्तै, समूह ‘बी’मा आयोजक क्यानडा, बोस्निया हर्जगोभिना, कतार र स्विट्जरल्याण्ड रहेका छन्। समूह ‘सी’मा ब्राजिल, मोरक्को, हैटी र स्कटल्याण्ड रहँदा समूह ‘डी’मा आयोजक अमेरिका, पाराग्वे, अष्ट्रेलिया र टर्की रहेका छन्।

त्यस्तै, विश्वकप खेल्ने समूह ‘इ’मा जर्मनी, कुराकाओ, आइभरी कोस्ट र इक्वेडर रहेका छन्। समूह ‘एफ’मा नेदरल्याण्ड्स, जापान, स्वीडेन, र ट्युनिसिया रहेका छन् भने समूह ‘जी’मा बेल्जियम, इजिप्ट, इरान, र न्यूजील्याण्ड छन्।

त्यस्तै, समूह ‘आइ’मा साविक उपविजेता फ्रान्स, सेनेगल, इराक र नर्वे छन्। समूह ‘जे’मा साविक विजेता अर्जेन्टिना, अल्जेरिया, अस्ट्रिया र जोर्डन छन्। समूह ‘के’मा पोर्चुगल, कंगो, उज्वेकिस्तान र कोलम्बिया रहेका छन् भने समूह ‘एल’मा इङ्गल्याण्ड, क्रोएसिया, घाना र पानामा रहेका छन्।

फिफा विश्वकप २०२६ को फर्म्याट कस्तो छ?

फिफा विश्वकपमा एक समूह चरण र फाइनल अघि चार नकआउट राउन्डहरू हुने छन्। अघिल्ला संस्करणहरू भन्दा फरक नकआउटहरू राउन्ड अफ ३२ बाट सुरु हुने छ, त्यसपछि राउन्ड अफ १६, चार क्वार्टरफाइनल र दुई सेमिफाइनलहरू हुने छन्। जहाँ समूह चरणका खेलहरू जुन ११ जुन २७ सम्म हुनेछ। राउन्ड अफ ३२ का खेल जुन २८ देखि जुलाई ३ सम्म खेलिनेछ।

त्यस्तै, राउन्ड अफ १६ का खेलहरू जुलाई ४-७ जुलाईसम्म हुनेछ भने क्वार्टरफाइनलका खेलहरू जुलाई ९-११ जुलाईसम्म हुनेछ। त्यस्तै, फिफा विश्वकपको सेमिफाइनल जुलाई १४-१५ मा हुन्छ। त्यस्तै, तेस्रो टोलीका लागि खेल  जुलाई १८ मा हुनेछ भने यस वर्षको फिफा विश्वकपको फाइनल जुलाई १९ मा हुनेछ।

फिफा विश्वकपको साविक विजेता अर्जेन्टिना हाे।

Continue Reading

Banner

आज २०८३ साल वैशाख २३ गते बुधबारको राशिफल

Published

on

आज २०८३ साल वैशाख २३ गते बुधबार । जेठ कृष्ण पक्षको चतुर्थी तिथि। तदनुसार सन् २०२६ मे ६ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।

 

मेष : दिन राम्रो छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। गुम्न लागेको धन प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा ठग सक्रिय भएकाले जोगिएर काम गर्नुपर्नेछ।

वृष : धन प्राप्ति हुने दिन छ। नयाँ लुगा लगाउने मौका मिल्नेछ। आफन्त र साथीको साथ र सहयोग मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : आम्दानीका दृष्टिकोणले दिन राम्रो छ। राजनीतिक क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। स्वास्थ्यमा सुधारका संकेत देखिनाले मन शान्त बन्नेछ। गोप्य कुरा आफूभित्र मात्र राख्नु उचित हुनेछ।

कर्कट : आफ्ना बोलीका कारण बन्न लागेको काम बिग्रिन सक्छ। सोचेर बोल्नु पर्नेछ। अध्ययनमा जोस र जाँगर बढ्नेछ। निजी शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ।

सिंह : मन खुशी हुनेछ। सोचेका काम बन्नेछन्। शत्रु बढ्ने जोखिम छ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा हरेक काममा सफलता मिल्नेछ।

कन्या : राजनीतिक क्षेत्रमा महत्त्वपूर्ण नियुक्तको मौका मिल्नेछ। कृषि सम्बन्धी कारोबारबाट फाइदा हुनेछ। परिवारलाई समय दिन नसक्दा खटपटी बढ्नेछ।

तुला : बौद्धिक क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। महत्त्वपूर्ण काम गर्नु अगाडि सामूहिक निर्णय गर्दा राम्रो हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

विश्चिक : धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नेपर्ने दिन छ। नयाँ खबरले मनमा उत्साह थपिनेछ। आफन्त र परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

धनु : दिन सामान्य छ। उत्तरको लामो यात्रा नगर्नु उचित हुनेछ। शिक्षामा मन जानेछ। परीक्षा लेखेको भए सफलता मिल्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा सम:या आइपर्न सक्छ।

मकर : दिन सामान्य छ। मन अशान्त र खटपटी बढ्ने जोखिम छ। विपक्षी साथीको आवाज चर्को बन्दै जानेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ।

कुम्भ : मनमा खुशी मिल्ने दिन छ। साथीभाइको साथ र सहयोग प्राप्त हुनेछ। धार्मिक कार्यमा सहभागी भएर कामको सुरुवात गरेमा दिन सहज बन्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मीन : दिन राम्रो छ। विकासमा गरेको लगानीबाट फाइदा हुनेछ। विपक्षी साथीले तपाईंलाई सहयोग गर्नेछन्। खानपानमा सम:या हुँदा स्वास्थ्यमा सम:या हुनेछ।

Continue Reading

Banner

चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारी स्वतः पदमुक्त

Published

on

गएको चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारीहरु स्वतः पदमुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अस्ति जारी गर्नुभएको ‘सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था अध्यादेश, २०८३’ को दफा २ को (१) मा यो व्यवस्था छ ।

दफामा सार्वजनिक पदाधिकारीहरुको नियुक्तिमा जुनसुकै शर्त, सुविधा र पदावधि तोकिएको भए पनि यो अध्यादेश प्रारम्भ भएपछि त्यस्ता पदाधिकारीहरु कार्यरत रहेको पदबाट स्वतः पदमुक्त हुने उल्लेख छ । यो अध्यादेश कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले हिजो सार्वजनिक गरेको हो ।

अध्यादेशको दफा २ को उपदफा (२) मा पदमुक्त भएको पदाधिकारीलाई सम्बन्धित मन्त्रालयको सचिव वा निजले अख्तियारी दिएको अधिकारीले पदमुक्त भएको सूचना दिने उल्लेख छ । दफा १ को (२) बमोजिम यो अध्यादेश कार्यान्वयनमा आइसकेको छ ।

प्रचलित कानुनबमोजिम नियुक्त तथा मनोनयन भएका वा तोकिएको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा तत्काल कानुनी व्यवस्था गर्न वाञ्छनीय भएको र हाल सङ्घीय संसद्को अधिवेशन नभएकाले यो अध्यादेश जारी भएको प्रस्तावनामा भनिएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले प्रशासनिक सुदृढीकरण र राज्यका निकायलाई नयाँ गति दिने उद्देश्यले यो कदम चालेको हो । अध्यादेश जारी भएसँगै विभिन्न ऐन र संरचनाअन्तर्गत राजनीतिक नियुक्ति पाएका कुल १ हजार ५९४ पदाधिकारी एकमुष्ट पदमुक्त भएका छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक