Connect with us
Advertisement

सुन्दरहरैंचा उद्योग वाणिज्य संघको १० औँ वार्षिक साधारणसभा सम्पन्न

Published

on

विराटचोकः सुन्दरहरैंचा उद्योग वाणिज्य संघको १० औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार मोरङको सुन्दरहरैंचा ९ स्थित नेपालीरिका होटलमा साधारसभा सम्पन्न भएको हो ।

कार्यक्रममा संस्थाका अध्यक्ष कृष्णप्रसाद रिजालले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । आगामी दिनमा उद्यमी अभियान, सफ्टवेर निर्माण तथा सचिवालय व्यवस्थापन, व्यापार महोत्सव, सामुहिक बीमा, कर शिक्षा, व्यावसायिक सबलीकरण, हाटबजार व्यवस्थापन लगायतका काम गर्ने लक्ष्य रहेको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।

वाणिज्य संघले कोभिडका समयमा अक्सिजन सङ्कलन, स्वाब सङ्कलन पिसिआर टेष्ट गर्ने कार्य, स्वास्थ्य सामग्री हस्तान्तरणको सहजीकरण गरेकोमा अधिकांश वक्ताहरुले प्रशंसा गरेका थिए ।

कार्यक्रममा सार्वजनिक शौचालय महाअभियान अन्तर्गत सलकपुर र विराटचोकमा बनेका सार्वजनिक शौचालय सुन्दरहरैंचा उद्योग वाणिज्य संघलाई हस्तान्तरण गरेका थिए । कार्य सम्पन्न भएकाले शौचालयको सञ्चालन गर्न शौचालय निर्माण समितिले शौचालयको व्यवस्थापन हस्तान्तरण गरेको संयोजक भोलेश्वर दुलालले बताए ।

साधारणसभाको अवसरमा विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरिएको थियो । सम्मानित हुने व्यवसायीमा ४४ वर्षदेखि कृषि पेशामा लाग्ने रेवतीकुमार तिम्सिनालाई सम्मान गरिएको थियो । तिम्सिनाले वडा नम्बर १ मा मह, च्याउ र मेवा खेती गर्दै आएका छन् । यस्तै लामो समयदेखि व्यवसाय गर्दै आएका विजय मिष्ठान्न भण्डारका सञ्चालक हरि काफ्ले, आरती अग्रहरी, धनमाया तामाङ र कुमारी सुवेदीलाई व्यावसायिक क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मान गरेको हो ।

कोभिडको बेलामा सहयोग गर्ने व्यक्तिलाई समेत संघले सम्मान गरेको छ । जनताको जीवन रक्षाका लागि उद्योग वाणिज्य संघले सञ्चालन गरेको स्वाब सङ्कलन कार्यमा खटिने प्राविधिक मुनादेवी भट्टराईलाई सम्मान गरिएको हो । यस्तै, स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउने मृगौलिया स्वास्थ्य चौकीका इन्चार्ज माधव रेग्मी, एम्बुलेन्स चालक डिल्लीराम ढकाल र कोभिडको बेलामा शव व्यवस्थापन गर्ने समुन्द्र बिकलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालले प्रमाणपत्रद्वारा सम्मान गरेका थिए ।

आगलागीपीडित तीर्थ श्रेष्ठलाई २५ हजार र सुकुना बहुमुखी क्याम्पस सञ्चालक समति अध्यक्ष केशव अधिकारीलाई २० हजारको छात्रवृत्तिवापतको रकम हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा लेखा समितिको प्रतिवेदन लेखा संयोजक कृष्णप्रसाद ओझाले प्रस्तुत गरेका थिए । कार्यक्रममा उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष किशोर प्रधान, उमेशलाल श्रेष्ठ लगायता वक्ताले देशमा सिर्जित आर्थिक तरलता अभाव र महङ्गीले व्यावसायिक क्षेत्रमा परेको असरका बारेमा प्रश्न उठाएका थिए ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए

Published

on

नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।

निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।

यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।

पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।

१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह

Continue Reading

Banner

चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल

Published

on

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।

खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।

Continue Reading

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक