अर्थ
सुन्दरहरैंचा उद्योग वाणिज्य संघको १० औँ वार्षिक साधारणसभा सम्पन्न
विराटचोकः सुन्दरहरैंचा उद्योग वाणिज्य संघको १० औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार मोरङको सुन्दरहरैंचा ९ स्थित नेपालीरिका होटलमा साधारसभा सम्पन्न भएको हो ।
कार्यक्रममा संस्थाका अध्यक्ष कृष्णप्रसाद रिजालले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । आगामी दिनमा उद्यमी अभियान, सफ्टवेर निर्माण तथा सचिवालय व्यवस्थापन, व्यापार महोत्सव, सामुहिक बीमा, कर शिक्षा, व्यावसायिक सबलीकरण, हाटबजार व्यवस्थापन लगायतका काम गर्ने लक्ष्य रहेको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।
वाणिज्य संघले कोभिडका समयमा अक्सिजन सङ्कलन, स्वाब सङ्कलन पिसिआर टेष्ट गर्ने कार्य, स्वास्थ्य सामग्री हस्तान्तरणको सहजीकरण गरेकोमा अधिकांश वक्ताहरुले प्रशंसा गरेका थिए ।
कार्यक्रममा सार्वजनिक शौचालय महाअभियान अन्तर्गत सलकपुर र विराटचोकमा बनेका सार्वजनिक शौचालय सुन्दरहरैंचा उद्योग वाणिज्य संघलाई हस्तान्तरण गरेका थिए । कार्य सम्पन्न भएकाले शौचालयको सञ्चालन गर्न शौचालय निर्माण समितिले शौचालयको व्यवस्थापन हस्तान्तरण गरेको संयोजक भोलेश्वर दुलालले बताए ।
साधारणसभाको अवसरमा विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरिएको थियो । सम्मानित हुने व्यवसायीमा ४४ वर्षदेखि कृषि पेशामा लाग्ने रेवतीकुमार तिम्सिनालाई सम्मान गरिएको थियो । तिम्सिनाले वडा नम्बर १ मा मह, च्याउ र मेवा खेती गर्दै आएका छन् । यस्तै लामो समयदेखि व्यवसाय गर्दै आएका विजय मिष्ठान्न भण्डारका सञ्चालक हरि काफ्ले, आरती अग्रहरी, धनमाया तामाङ र कुमारी सुवेदीलाई व्यावसायिक क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मान गरेको हो ।
कोभिडको बेलामा सहयोग गर्ने व्यक्तिलाई समेत संघले सम्मान गरेको छ । जनताको जीवन रक्षाका लागि उद्योग वाणिज्य संघले सञ्चालन गरेको स्वाब सङ्कलन कार्यमा खटिने प्राविधिक मुनादेवी भट्टराईलाई सम्मान गरिएको हो । यस्तै, स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउने मृगौलिया स्वास्थ्य चौकीका इन्चार्ज माधव रेग्मी, एम्बुलेन्स चालक डिल्लीराम ढकाल र कोभिडको बेलामा शव व्यवस्थापन गर्ने समुन्द्र बिकलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालले प्रमाणपत्रद्वारा सम्मान गरेका थिए ।
आगलागीपीडित तीर्थ श्रेष्ठलाई २५ हजार र सुकुना बहुमुखी क्याम्पस सञ्चालक समति अध्यक्ष केशव अधिकारीलाई २० हजारको छात्रवृत्तिवापतको रकम हस्तान्तरण गरिएको छ ।
कार्यक्रममा लेखा समितिको प्रतिवेदन लेखा संयोजक कृष्णप्रसाद ओझाले प्रस्तुत गरेका थिए । कार्यक्रममा उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष किशोर प्रधान, उमेशलाल श्रेष्ठ लगायता वक्ताले देशमा सिर्जित आर्थिक तरलता अभाव र महङ्गीले व्यावसायिक क्षेत्रमा परेको असरका बारेमा प्रश्न उठाएका थिए ।

Facebook Comment
Banner
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस
सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।
बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।
सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।
Banner
शिक्षकलाई सवारी किन्न ब्याज अनुदान
शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।
प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।
त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।
सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।
Banner
साउदी विमानस्थलमा हुथीको आक्रमण
यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।
इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।
हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्याएको दाबी गरेका छन् ।
यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।
सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।
संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।
यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















You must be logged in to post a comment Login